Search This Blog

Monday, October 31, 2011

गजल


१. गजल
च्ाोखो प्रीत लाउँछु भन्ने, केवल त्रि्रो कुरा रै'छ ।
श्रीखण्डका दापभित्र, आत्मघाती छुरा रै'छ । ।

साथ छँदा वाचा थिए, सधैं सधैं सँगै जिउँने ,
यात्रारत पाङ्ख्राबीच, कागजको धुरा रै'छ ।

राम्रै ठानी नजिकिएँ, मान्छे चिन्न कति गाह्रो ,
पियुसका भाँडाभित्र, सडिएको सुरा रै'छ ।

आफ्नै पार्ने प्रयास गरें, पछि मात्र थाहा भयो ,
उसका हातमा छम्छम् बज्ने, पर्राईको चुरा रै'छ ।

२. गजल
 नरम ती हात लुकाई, आँखा छोप्ने को हो कुन्नी -
गालामाथि स्नेहले, प्रीति पोख्ने को हो कुन्नी --

सामुन्नेमा मौन बनी, सधैं साथ बस्न खोज्ने ,
लुकाएर मेरो आफ्नो, तस्विर बोक्ने को हो कुन्नी -

दिन रात तड्पिएर, यादभित्र छट्पटाउँदै ,
सपनीमा पनि मेरो, नाम घोक्ने को हो कुन्नी -

एक दर्ुइ दिनको रिक्ततामा, कापीभरि अक्षर पर्ठाई ,
कसको कति रै'छ भनी, दिल जोख्ने को हो कुन्नी -

अनायसै झाँगिदै गो, श्रेय यसको मलाई किन ,
सुटुक्क यो मुटुभित्र, माया रोप्ने को हो कुन्नी -

३. गजल
अनांैठो दुनियाँ, मनका कुरा, जान्दैन कसैले ।
भावको पिंध, पुगेर किन, छान्दैन कसैले --

बगैँचा डुली, लाखौंका बीच, तिमी नै भेट्टाएँ ,
चाखेर पैले,नजर्को वाँण, हान्दैन कसैले ।

मञ्जुर गर, सोचेर धेर, मौका छ तिमीमा ,
बलले पक्री,त्यो त्रि्रो हात, तान्दैन कसैले ।

के साह्रो लाज, ती त्रि्रा ओठमा, बैंसले फक्रेका,
पिरती साट्दा, हामीलाई निच, ठान्दैन कसैले ।

विवाह भन्या, सम्झौता मात्र, नचिम्ल आँखा ती,
एक्लो यो तन, बोकेर सृष्टि, धान्दैन कसैले ।

अन्तिम मौका, सुम्पन्छु प्यारी, हुँदैन नभन्नु,
जवानी चखाई, पन्छिन खोज्दा, मान्दैन कसैले ।

४. गजल
मैले उसलाई नजाने नि, उसले मलाई जान्दी रै'छे ।
नजरको वाँण बनाई, सधैं मलाई हान्दी रै'छे । ।

निराधार मन परे'छि, कारण चाहिन्न स्वीकार्नलाई,
मनभित्र मर्ूर्ति जस्तो, देव मलाई मान्दी रै'छे ।

हजार आएछन् हात माग्न, तै नि सबै रित्तै फर्के,
किन कुन्नी आँखै चिम्ली, ढुक्कै मलाई छान्दी रै'छे ।

छातीभित्र खुल्ला आँगन, घुमी घुमी नाँच्न पुग्ने,
नबोलेरै एक्लो जीवन, पर्खी मलाई धान्दी रै'छे ।

कत्रा कस्ता चाहना ती, रात दिन साथै हुने,
सिरान् उल्र्टाई सपनीमा, सँगै मलाई तान्दी रै'छे ।

केही सीप नचल्ने भो, जाडा लाउनु भन्दा बाहेक,
मनभित्र सजाई बरा, स्वामी मलाई ठान्दी रै'छे ।

५. गजल
सुकेछ आँत घातमा, बगेन आँसु चोटले ।
कठोर प्रेम मातमा, बगेन आँसु चोटले । ।

भएन बोल्न फोनमा, खराब काम के भयो,
मनुज मित्र जातमा, बगेन आँसु चोटले ।

कुरा छ धेर सम्झना, पियार दिन्छु बन्दकी,
उडेछ आश रातमा, बगेन आँसु चोटले ।

पिएर उष्ण वेदना, हँुदैन शान्ति अग्निको,
नराख फूल हातमा, बगेन आँसु चोटले ।

म लाग्छु दूर देशमा, नखोज्नु घाउ याद यो,
नलेख पत्र पातमा, बगेन आँसु चोटले ।

६. गजल
नलागी घाम उज्यालो, पानीले किन सताउँछ ।
कसैका छड्के नजरको, नानीले किन सताउँछ । ।

उमेर यस्तै दोषी हो, या मन मेरो बदमासी,
मस्केर हिंड्ने चञ्चले, बानीले किन सताउँछ ।

लोभ नै रै'छ खराब, देखे'छि सबै चाहिने,
देखाएर वैंस स्वादिलो, दानीले किन सताउँछ ।

जीवन आफैं खेल हो, जन्म र मृत्यु बीचको,
संसार अँट्ने मायाको, खानीले किन सताउँछ ।

७. गजल
किन हो देख्छु सपनी, साथमा तिमी रमेकी ।
मधुरो मीठो अमृत, बातमा तिमी रमेकी । ।

खोज्दिन कहिल्यै बिउँझिन, न्रि्रा नै प्यारो भएछ,
अँगालोभित्र बेहोसी, हातमा तिमी रमेकी ।

कहाँबाट पस्यौ हृदयमा, सकिन कहिल्यै बिर्सन,
चन्द्रमा बनी जुनेली, रातमा तिमी रमेकी ।

धर्ती त मेरो केही होइन, एउटै छ कुनै संसार,
नजर पान गरेरै, मातमा तिमी रमेकी ।

८. गजल
अन्तिम पटक रुन्छु आज, फेरि कहिल्यै रुन्न प्यारी ।
यही निर्ण्र्ाागरें मैले, अब त्रि्रो हुन्न प्यारी । ।

त्रि्रैसाथ कायल भएँ, माया भन्या विष रै'छ ,
खोज्दिन म कोहीसँग, प्रेममाला बुन्न प्यारी ।

होचो अग्लो सबै हिंड्यौं, तरल बनी बग्यौं पनि,
पानी जस्तै आँसु बगाई, मन्का बह धुन्न प्यारी ।

हृदय नै अँगेनु भो, जहिलेसुकै पिडा बल्ने,
सक्छु अब सधैंभरि, पीर व्याथा सुन्न प्यारी ।

परी जस्तै पर भाग्यौ, हाम्रो भेट सपनी भो,
फूलै जस्तो बने पनि, तिमीलाई छुन्न प्यारी ।

९. गजल
पहाड् हाँसे पैह्रो जाला, हामी हाँस्तैमा के हुन्छ र !
चुपै बसे जोवन् बित्ला, प्रित गाँस्तैमा के हुन्छ र !!

मानव यो सभ्य जीव, सभ्यताको मूल खानी,
हँसिलो यो वदनको, रिस मास्तैमा के हुन्छ र !

उज्यालो त आफैं हुन्छ, पृथिवीले घुमेपछि,
शुभ साइत्मा सानन्दको, गीत बास्तैमा के हुन्छ र !

मनको कुरा कालजयी, शरीर त पानी फोको,
छ पिरती हृदयमा, तन टाँस्दैमा के हुन्छ र !


१०. गजल
जनताको रगत चुसी, सधैं सधैं रमाउँछ ऊ ।
हजुरबाको थोत्रो मादल, खुसी मानी बजाउँछ ऊ ।।

कति साह्रो मातेको छ, हाम्रो घरको साँढे अचेल,
थान थापी हामीलाई नै, दु ःख दिई कजाउँछ ऊ ।

पानीमाथि ओभानु भै, आफैंलाई असल मान्दै,
बुद्ध जस्ता योगीसँग, जबरजस्ती दजाउँछ ऊ ।

अति भयो मर्छ अब, आफ्नै सिङ्ग पेट्मा धसी,
त्यसकै लागि आङ्गभरि, आफ्नै मृत्यु सजाउँछ ऊ ।

११. गजल
हातमा हात, जोडेर सानी, रोयथ्यौ बेसरी ।
आँखामा आँसु, बगाई पीर, धोएथयौ बेसरी ।।

पिरती भर्न, गरेको ढिपी, कृत्रिम रहेछ,
मनका मेरा, भावना चोर्न, दोएथयौ बेसरी ।

रहिछौ बाठी, जोवनै चोर्ने, मैले त नचिन्या,
नखरा पार्न, मनका पोका, फोएथयौ बेसरी ।

बिर्सन सफल, हुन्छु कि हुन्न, म भन्न सक्तिन,
तर त्यो दिन, मायाले छाती, छोएथयौ बेसरी ।

१२. गजल
अति भयो कालो शासन, अब यसलाई ढाल्नर्ुपर्छ ।
प्रत्यक हातमा राँको बोकी, आन्दोलन थाल्नर्ुपर्छ ।।

अँध्यारो छ देशै सारा, बत्ति निभाए शासकले,
भष्म पार्न तिन्लाई अब, चर्को आगो बाल्नर्ुपर्छ ।

बिर्ता पाएका भरौटेले, दाइँ गरे देशको यहाँ,
जीवनबाटै तिन्लाई अब, धेरै टाढा फाल्नर्ुपर्छ ।

उठ हेर जागिरहेछ, धानबारीमा मल्लिँडो नि,
उखेलेर मल्खाडीमा, तिन्लाई पनि हाल्नर्ुपर्छ ।

बुद्ध मारी हिट्लरको, यात्रा अघि बढिरहेछ,
देशको माया बोकी हाम्ले, फेदैबाट ढाल्नर्ुपर्छ ।

प्रजा भए राजा हुन्छ, दुबै यहाँ थोत्रा भए,
त्यसैले त अब हाम्ले, लोकतन्त्र पाल्नर्ुपर्छ ।

१३. गजल
राजतन्त्रका चौघेरामा, कविले नि लेख्दैन अब ।
मनमा आगो बोकी बढें, गोली पनि देख्दैन अब ।।

जताततै सुनामी छ, जनछालको उत्ताउलो,
हिमाल् पग्ली सागर बग्यो, बलौटाले छेक्दैन अब ।

ललीपप्का मीठा स्वाद, कति आए कति गए,
वार्तारुपी बल्छी थापी, देशभित्र थेग्दैन अब ।

मक्किएको बुख्याँचाले, बाली रुङ्न असंभव छ,
बन्दुकका खुट्टा लगाई, कति पनि टेक्दैन अब ।

जनभिड तात्तिई सक्यो, स्वणिर्म रेखा आफैं कोर्न,
खरानीको न्यानो पनले, रत्तिभर सेक्दैन अब ।

१४. गजल
अन्तिम पटक जागौं अब, फेरि कहिल्यै जाग्नु हुन्न ।
यही पटक खत्तम पारौं, अर्को पटक लाग्नु हुन्न ।।

बाँची बाँची मर्नुभन्दा, मरेर नै बाँच्नु बेस,
त्यसैले त डराएर, कसैले नि भाग्नु हुन्न ।

देश सधैं हाम्रो हुन्छ, कोहीका बाउको प्यावा हैन,
अधिकार खोसे पाइन्छ, जालीसँग माग्नु हुन्न ।

मरिसक्या बुख्याँचालाई, जलाइदिए सकिन्छ नि,
इतिहासका धरहरामा, त्यसलाई कहिल्यै टाँग्नु हुन्न ।

निर्ण्र्ाागरौं बुलन्दको, जसले सधैं शीतल देओस,
जनताको भावनालाई, कसैले नि नाङ्नु हुन्न ।

१५. गजल
आवाज उठी मुड्की जुट्दा, सारा देश फुक्यो आज ।
जुगौं बाँच्या बूढो रुख, सर्ल्याङ् र्सर्ुलङ् सुक्यो आज ।।

दिउसैं आँगन बिरानो थियो, बौलाएका कुकुरले,
जनशक्तिले दाह्रा भाँच्दा, पातालमुनि लुक्यो आज ।

अति थिए आततायी, मानवकै रगत् पिउँथे,
उभो फर्की थुक्न खोज्दा, आपै+mलाई थुक्यो आज ।

मान्छे पेल्छु सधैं भन्थ्यो, डोजरले पेले जस्तै,
सडक उठी पेलेपछि, ऊ आफू नै चुक्यो आज ।

वंशै टेकी उठेको थियो, रगतको पोष लाग्दा,
आकाश हर्ेदा खुट्टा भाँचिए, जन्तै सामु झुक्यो आज ।

१६. गजल
सानी नानी, ओर सरी, गाला छाम्न थाली ।
छड्के नजर्, शान्त चाल, मन डाम्न थाली ।।

मेरो मनको, ढोका खोली, उल्टै लÞÝ पार्दै,
प्रेमालाप, गर्न निम्ति, शब्द राम्न थाली ।

संवेगले, सीमा नाघ्यो, दुवै एक भयौं,
नारी भन्या, धर्ती नै हो, विश्व थाम्न थाली ।

निकैबेर, हराएछौं, मन्मा डुल्दैजाँदा,
टोलाएर, उठी बरा, थर्र काम्न थाली ।


१७. गजल
देशको लागि लड्नुु परे, सँगै लडौं साथी ।
विकाशमा, हात जोडी, सँगै बढौं साथी ।।

गाँसभन्दा, साथ ठूला,े मानवको धर्म,
सभ्यताका, सोपानमा, सँगै चढौं साथी ।

पर्ुखा मिली, खन्या बाटो, हाम्ले भुल्न हुन्न,
त्यो बाटोको, मूल मन्त्र, नित्य पढौं साथी ।

ज्वाला बढ्यो, आतङ्कको, हेरी बस्न गाह्रो,
देशको सट्टा, दृढ हामी, आफू डढौं साथी ।

१८. गजल
दबाबको हुरी चल्यो, तै नि कहीँ हलिएन ।
अविश्राम यात्रा गर्‍यौं, कही कतै गलिएन ।।

गन्तव्य त निश्चितै थ्यो, सँगीहरु थपिदैथें,
बीचको ठूलो भिर्ले पनि, लक्ष्य हाम्रो छलिएन ।

अठोट हाम्रो सगरमाथा, विचार लालीगँुरास झैँ,
ढाल्न खोज्थे प्रतिगामी, तै नि कतै ढलिएन ।

जित हुन्छ जनताको, सफा मन बोकी लडे,
त्यसैले त विचलनले, थिच्दा पनि चलिएन ।

१९. गजल
नदी हो जवानी, बगेरै भयो के -
तिमीले मलाई, चुडेरै भयो के -

थियो रात हामी, दर्ुइ मात्र साथ,
अँध्यारो नठानी,  ठगेरै भयो के -

न छोयौ तिमीले, न चुम्यौ गालामा,
नछोप्ने चरीले, उडेरै भयो के -

पछार्दै धुलोमा, सकिदैन वास,
नफुल्ने चमेली, लगेरै भयो के -

बिदा लिन्छु आजै, पियारी नभन्नू,
नहाँस्ने म आफू, मरेरै भयो के -

२०. गजल
आज फेरि रगत दिएँ, जसको कुनै दाम छैन ।
जसले लिए नि गजल लेख्ला, त्यसको झनै काम छैन ।।

यता चल्यो उता चल्यो, जताततै साहित्य छ,
खेती गर्‍यो अक्षरको, तर मुखमा माम छैन ।

भुइँ भित्ता चारैतिर, साहित्यले टालें मात्र,
हिंडेजस्तो धेरै लाग्छ, कहिँ कतै डाम छैन ।

हेरेको नि पैसा लाग्ने, 'विवेकी' यो संसारमा,
आदर्शको फूल फुल्ने, ममताको गाम छैन ।

नलेख्नु है कहिल्यै केहि, अन्तिम चिठी यहि ठानी,
शब्द गाँस्ता पत्रै भए नि, पुर्‍याउने खाम छैन ।

२१. गजल
चरेको गरेको नभुल्नू कहिल्यै ।
भनेरै फकायौ मलाई पहिल्यै ।।

म मान्थें त्यहि रुपलाई परी झैं,
इशारा गरेरै भुलायौ जहिल्यै ।

नछोड्नू भनेको कुराले पिर्‍यो नि,
लुकेको छ पिडा पसेरै पहिल्यै ।

पियारी समाऊ सिढीं यो सुनौलो,
सजाऊ तिमी माथ सिन्दूर अहिल्यै ।

२२. गजल
फकायौ तिमीले भुलायौ मलाई ।
पिलायौ जवानी डुलायौ मलाई ।।

छुटेको सुसेली समेटूँ कसोरी,
तिमीले असाध्यै झुलायौ मलाई ।

रिसाएँ सभामा म कड्कें तिमीमा,
र मीठा कुराले फुलायौ मलाई ।

अधेंरो थियो साँझ मैले बिसाएँ,
डढेलो निभाई खुलायौ मलाई ।

२३. गजल
आत्मले बोल लौ, साथमा सुन्दरी ।
हात त्यो राख यो, हातमा सुन्दरी ।

भाव नै हानि हो, प्रेममा मान्दिनँ,
ओठले बोल लौ रातमा सुन्दरी ।

हेर त्यो नाममा, यो कुरा छुट्छ कि,
लेख है रक्तले, पातमा सुन्दरी ।

बेहुलो बन्न यो, साइतै पाइँन,
निश्चितै पार लौ बातमा सुन्दरी ।

२४. गजल
जूनको भूलमा साथ भो मानिस ।
त्रास भो आँतमा रात भो मानिस ।।

निन्दगी गन्ध झैं कामको तपमा,
मार्ग लौ छुंट्टियो पात भो मानिस ।

हातमा हल्लिने शीतको वासना,
दीपको शत्रु झैं, बात भो मानिस ।

मिल्नु नै शुत्र हो तिर्सना मेटिने,
डाम झैं देखिने जात भो मानिस ।

२५. गजल
भूमिका बाँध लौ, चाहना यो भयो ।
जीवनै लम्कने, कामना यो भयो ।।

काट्छ रे मार्छ रे, छोड है चाल ती,
बुद्धले रोपने, भावना यो भयो ।।

खेतमा खेल्दथे दुःखमा आँसुले ,
शान्तिको मार्गमा वाहना यो भयो ।।

दानवी जीव भो मानवी जीव हो,
गीतले जाग लौ, सामना यो भयो ।।

२६. गजल
दिएनौ साथ आत्माको, चिनेनौ घाम उज्यालो ।
थिएनौ साथ आत्माको, चिनेनौ घाम उज्यालो ।।

अँध्यारो रातमा एक्लै, घुमी एकान्तमा रम्थें ,
सिएनौ साथ आत्माको, चिनेनौ घाम उज्यालो ।

पिलायौ पीर घोलेरै, बिकामी फोन बाजाले,
पिएनौ साथ आत्माको, चिनेनौ घाम उज्यालो ।

दिएथें प्यार खन्याई, न मागे भोलि ब्याजैमा,
लिएनौ साथ आत्माको, चिनेनौ घाम उज्यालो ।

२७. गजल
भएन बोल्न गाउँमा, चुरोट तान्छु पीरले ।
चढाइ आँसु पाउमा, चुरोट तान्छु पीरले ।

खुलेर दुःख सम्झदै, अतीत बिम्ब खोतली,
चुमेर शान्त ठाउँमा, चुरोट तान्छु पीरले ।

घुमेर गीत सुस्तरी, वियोग पार्छ रातमा,
जलेर भाव दाउमा, चुरोट तान्छु पीरले ।

विलासि हुन्न चोटले, चिमोट्छ याद बेसरी,
नरोप तीर घाउमा, चुरोट तान्छु पीरले ।

जलाइ गाथ दीप झैं, उखेल्छु बोट आशको,
नखोज आज नाउँमा, चुरोट तान्छु पीरले ।

२८. गजल
भएछ लाश देशको, रहेन ज्योति दीपमा ।
डढेछ आश देशको, रहेन ज्योति दीपमा ।।

बतास चल्छ शान्तिको, बिजोग हुन्छ मानिस,
उडेछ वास देशको, रहेन ज्योति दीपमा ।

सुनीतिको अभावमा, धुलो भयो फुटेर यो,
मरेछ सास देशको, रहेन ज्योति दीपमा ।

छलेर काम थाति यो, बिगार हुन्छ राज्यको,
सडेर गासँ देशको, रहेन ज्योति दीपमा ।

भुलेर मार्ग नाशको, नहार्न बोल एकता,
बनेछ तास देशको, रहेन ज्योति दीपमा ।

२९. गजल
रक्सी पिउने बानी परें, जति पनि पिइदिन्छु ।
कृत्रिम माया लाउने तलाई, छोडेर नि जिइदिन्छु ।।

जीवनका यात्राबीच, उकाली र ओराली छन्,
हार मेरो पर्याय हो, धोका पनि लिइदिन्छु ।

मान्छेहरू भन्ने गर्छन्, हृदय पनि चिनिन्छ रे,
तर म त अश्रुडोरी,बनाएर सिइदिन्छु ।

यहि मीठो स्वाद पाएँ, हरपल आसु चाख्दा,
जाँतो बनी थिच मलाइ, म त सधैं पिसिइदिन्छु ।

३०. गजल
मेची दुख्ता कोशी दुख्यो दुख्यो काली पनि ।
बास बस्ने गुँड भत्क्यो झर्‍यो डाली पनि ।।

पसिनाले भिजाएर लायौं खेतीपाती,
भाग्यले नै ठगेपछि मर्यो बाली पनि ।

आशा त्यान्द्रो तन्काएर कुर्यौ अर्को वर्ष
बेमौसमी पानी पर्यो बग्यो आली पनि ।

हामीले त पेट कस्यौं आकाशतिर फर्किएर,
बचेराले खाँदाखाँदै, रित्यो थाली पनि ।

आगो बल्यो पानीभित्रै, सकेन यो निभ्न आफैं
बगैँचाको फूलसँगै, डढ्यो माली पनि ।

३१. गजल
मान्छे रम्ने धेरै ठाउँ छन् साँझ ढलेपछि ।
खै कसरी सुख पाउँछन् साँझ ढलेपछि ।।

मनभरि तनाव छ बाँच्नै पर्ने दवाव छ,
त्यही भएर भट्टी धाउँछन् साँझ ढलेपछि ।

केही हुन्न विपनीमा पसिनाले साथ दिन्न,
सपना मात्र सल्बलाउँछन् साँझ ढलेपछि ।

देशभित्र छैन कोही कोहिभित्र छैन देश,
मान्छे खाने मान्छे आउँछन् साँझ ढलेपछि ।

विचित्र नै चित्र भयो देश भयो रङ्गमञ्च,
सबका आफ्ना आफ्नै दाउ छन् साँझ ढलेपछि ।र्

३२. गजल
मलाई भेट्न जून आउँछ, किन होला रात भरि ।
व्यर्थै धुन बजाउँछ, किन होला रात भरि ।।

सपनी र बिपनीमा सधैं सधैं बेचैन छ ,
तै पनि फकाउँछ, किन होला रात भरि ।

पागल छु बियोगले जीवन नै निरस् भयो,
त्यही जून गीत गाउँछ, किन होला रात भरि ।

आँखा चिम्ली कुरेको छु, देख्छु कि त फेरि,
कल्पनैले लुकाउँछ, किन होला रात भरि ।

बाँचेको छु स्मृतिमा, उनको मीठो यादभित्र,
हृदयले चोट पाउँछ, किन होला रात भरि ।

No comments:

Post a Comment