Search This Blog

Monday, October 31, 2011

१. मेरो सपनाको नेपाल
जनताले सुखको सास फर्ेन नपाएको
विश्वको यो अनौंठो भूगोलको गणतन्त्रमा
कल्पना गर्दा गर्दै थाकेर
अचेल म, अनविज्ञ भै सपना देख्छु ।
विपनाको वर्तमान नेपालसँग
रोइरहेको अतीतको नेपाल
मेरा परेलीका डिलमा नाच्दै
रुन्छ, कराउँछ अनि चिच्याउँछ
अनि भन्छ
खै तेरो कल्पनाको नेपाल -

राजा हटाएर, जनता नै राजा भएको बेला
आफ्नो गाँस काटेको पैसाले
आफ्नै विरुद्धमा हतियार किनेको बेला,
काम चलाउ सरकार, काम चलाउ जनता
अनि काम चलाउ जिन्दगीका त्रिवेणीमा
निस्फल पसिना बगाउँदै सपना देखेको छु ।
मेरो सपनामा नेपाल घुम्छ,
अहिलेको भन्दा फरक, सामान्य तर संभव अनि सत्य ।

मेरो नेपालको सपनामा
अनि मेरो सपनाको नेपालमा
बन्दुकका नालमा नडराइकन
चराहरू बस्छन्, नाच्छन् र गाउँछन् ।
मानिसको रगतको रङ्ग नदलेका
गुराँसका थुङ्गा फुल्दै फक्रन्छन् टाकुरामा
बम, बारुज र विष्फोटन इतिहासमा मात्र पढेर
कलेजको विद्यार्थीले प्रश्न सोध्छ,
नेपाल बन्द भनेको के हो -

मेरो सपनाको नेपालमा
दार्चुला र जुम्लाका मानिसहरूले
आफ्नै अनुभवमा नून र चामलको स्वाद बताउँछन् ।
सबै नेपाली एउटै चौतारी बसेर
पर्ुखाका जातीय र रङ्गीय भेदमा पछुताउँछन् ।
देश हाम्रो हो भनेर चर्को स्वरमा
जनता छाती फुलाएर बोल्दै हुन्छन् ।
आफ्नो देशको माती नचिनेर,
विदेशका ढुङ्गा रङ्गाउन पुगेका बन्धुहरू
देशको सुगन्ध अनुभव गर्दै र्फकन्छन् ।
भावीले भाग्य कोरीदिने कलम
परिश्रमी हातमा सरेर भाग्य लेखिदिन्छ
र, पसिनाको प्रतिफल गुलियो बनाउँदै
आफ्नो परिचयले संसार सुवासित पार्नेछ ।
सगरमाथा र बुद्धको देश नेपाल हैन,
सगरमाथा र बुद्धचाहिँ नेपालका रहेछन् भनेर ।

मेरो सपनाको नेपालमा वीरेनहरू हुन्नन्
र हुन्छन् ख्यातीहरू मात्र ।
प्रविधि हुन्छ र प्राविधिक हुन्छन् सुरक्षालाई
माटोको माया पलाउँछ र पसिनाले विवेक फलाउँछ,
नेता हुन्छन्, नीति हुन्छ र नेतृत्व पनि हुन्छ ।
फरक यति हो देश बेच्ने ठेकेदार हुन्नन् ।
तपाईं आफ्नै ठाउँमा बस्नुहोस् र पसिना पोख्नुहोस्,
देशको सुगन्धले संसार नाचेको देख्न पाउनु हुन्छ ।

म यतिखेर बिउँझको छु,
निदाएन भने सत्य सपनाहरू विपना बन्छन् भन्थे बूढापाका
किनकि मेरोजस्तो सपना
मेरा भावी पुस्ताले देख्न नपरोस्,
मेरोजस्तो यथार्थ र दर्ुदशा
भावी पुस्ताले भोग्न नपरोस् ।



२गुमेको गणतन्त्र
प्रिय पर्ूवज !
श्रद्धेय अग्रज !!
सम्झनाको इतिहास र
भोगाइको वर्तमनका
दर्ुइ किनाराबीच बगिरहेछौं हामी ।
तिमी बाँचेको गणतन्त्र अनि
हामी मनभरि ढुङ्गा बोकेका जनताका
ढुङ्गे युगको चित्र
बिनारङ्ग, बिनाकुची र बिनाक्यानभास
हृदयभरि कोरिरहेछौं हामी ।

मानिसहरू तिमीलाई हेपेर
जंगली, बर्बर र असभ्य भन्दारहेछन्
अशिक्षित, पाखे र अचेतन ठान्दारहेछन् ।
फूलको आँखामा संसार फूल हुन्छ भन्थे
काडाँको आँखामा संसार काँडा हुन्छ भन्थे,
त्यसैले बिनारङ्गमञ्च, बिनाकलाकारको
यो कलियुगी नाटक हेरिरहेछौं हामी ।
र, आदिम कालका तिमी आर्‍याङ्उटेन अनि रामापिथेकसको
गणतन्त्र सम्भिmरहेछौं हामी ।

तिमीले जीव हन्या गर्‍यौ जिविकोपार्जननिम्ति
हामी उपद्रो उपार्जननिम्ति मानिसै हत्या गरिरहेछौं ।
हातमा रगत दलेर आफू साधु बनिरहेछौं ।
तिमी लुगा नभएर नाङ्गै हिंड्यौ
हामी त्यही लुगाको प्रभावले
झन खुला र नाङ्गै हिडींरहेछौं
त्यसैले वर्तमान मरेको बेला
हामी हार्दीकतापर्ूवक सम्भिmरहेछौं
इतिहास बाँचेको त्रि्रो गणतन्त्र ।

तिमी आनन्दित थियौ
त्रि्रो युगमा जन्मेनन् वीरेनहरू
र बाँचे ख्यातीहरू
लक्ष्मी, काली र सरस्वती बनेर ।
तर, हाम्रो युगमा
सहर, सडक र गाउँका पाखाभरि
असरल्ल वीरेनहरू जन्माउँछन् आमाहरूले
अनि मार्छन् अबोध लक्ष्मी, काली र सरस्वतीलाई
ख्याती बनाएर ।
सायद अशिक्षा र अअखबारले
तिमीले पढ्न पाएनौ आफ्नै इतिहास
तर हामी सुशिक्षित नागरिकहरू
प्रयास, प्रविधि र प्रकाशको शिकार बनेर
आफ्नै आँखाले पढिरहेछौं
आफैं मरेका इतिहास र समचारहरू ।

सहरका भित्तामा टाँसिएका विज्ञापनका फोटामा
आफैं चुसिएको रगत हेरिरहेछौं ।
टेबलका टेलिभिजनका काँचमा
आफैं ठगिएको पसिना देखिरहेछौं ।
बम, बारुज र बन्दुकको बिस्फोटनमा
भोका पेटहरूको क्रन्दन सुनिरहेछौं ।
एकाध सुँगुरका सुन्दर खोरमा
सहस्र जीवनको कला र सीप बुुनिरहेछौं ।
शरीरका कोष कोष छरेर
सिङ्गै बाँचेको भ्रममा
कलियुगको निसासिँदो यो ढुङ्ग युगबाट
बचेको स्मरणशक्तिभरि हामी
त्रि्रो आदिमकालको गणतन्त्र सम्भिmरहेछौं ।

त्रि्रो सिङ्गो संसारीय देशलाई,
बगरेले मासु भाग लाएझैं
स्वदेश र विदेश बनाएका छौं ।
हामीसँग आफ्ना र बिराना छन्
त्यसैले सीमाना मिचिने पीर छ आज,
जनता हेपिने त्रास छ आज ।
प्रतिश्पर्धाको भावनाले
बिफलताको डरमा छौं हामी
जीवनमा पटक पटक असफल भएर पनि
अङ्कगणितीय सफलता निम्ति परीक्षा दिइरहेछौं ।
परीक्षा नै नदिइ
जीवनमा सफलता पाएका त्रि्रासामु
ननिदाइ बाँच्न विवस हामी,
बेचैनको यो ढुङ्गे युगबाट
स्वार्थको सिंढीमाथिको शिखरबाट
मनभरि अँध्यारो बोकेका उज्याला अनुहारले
स्वहीत र र्सवहीतको मन्त्र जप्तै
मनभरि चाँदनी बोकेर
अघाँउजी निदाएर
आफ्नै जिन्दगी बाँचेको
गुमेको आल्लादित
त्रि्रो यृुगको गणतन्त्र सम्भिmरहेछौं हामी ।



३. संविधान
बा !
संविधान भनेको के हो -
मरुभूमिमा हुने नाकपिणीको काँडा हो -
त्यही भएर हाम्रो सुन्दर देशमा नआएको हो -
त्यसैले पो नेताजी डराएको हो -

बा !
नेता को हो -
के नेताले मात्र संविधान बनाउँछ हो -
तिमीलाई संविधान बनाउन आउँदैन -
डोको, डालो र थुन्से त बन्छौ त,
मोही पनि पार्र्छौ, गोठ पनि सार्र्छौ,
कि तिमीले संविधान बनाउन हुँदैन हो -

बा ! किन तिमीले संविधान बनाउँदैनौ -
लुगा सुकिलो नभएर हो -
अघाउँजी भात नखाएर हो -
फोहोरी खेल नजानेर हो -
कि गरिबले संविधान बनाउन हुँदैन र हो -

बा ! संविधानले के गर्छ -
शान्ति हुन्छ भन्छन् नि
संविधानले बन्दुक बनाउँछ हो -
जनता खुसी हुन्छन् रे नि
संविधानले चामल फलाउँछ हो -
कि संविधानमा सिटामोल पाइन्छ -
जनता रमाउँछन् भनेर
संविधान नबनाको हो -

बा ! संविधानले देश एउटै बनाउँछ भन्छन् नि,
अहिले देश दर्ुइटा छ हो -
जनताले दुःख पाउने एउटा
र नेताले मस्ती लुट्ने अर्को हो -

बा ! हाम्रो संविधान हामी आफैं बनाउन,
हामी पनि सघाउँछौं नि तिमीलाई ।
म घोचा काट्छु,
बैनी पानी ओसार्छिन्
तिमी नै संविधान बनाउन ।

तिमीले बनाए पो हाम्रो हुन्छ ।
पर्राईले त हामीलाई के दिन्छ -
बा ! संविधानमा अब
बैनीले लाउने घाँघर हुन्छ हो -
मैले पढ्ने बाह्रखरी हुन्छ हो -
नया संविधानले अब
हाम्रो दाजु बाँचेर र्फकन्छ हो -

बा ! संविधान बनाउन तिमी
हामी पनि सघाउँछौं नि ।

गजल


१. गजल
च्ाोखो प्रीत लाउँछु भन्ने, केवल त्रि्रो कुरा रै'छ ।
श्रीखण्डका दापभित्र, आत्मघाती छुरा रै'छ । ।

साथ छँदा वाचा थिए, सधैं सधैं सँगै जिउँने ,
यात्रारत पाङ्ख्राबीच, कागजको धुरा रै'छ ।

राम्रै ठानी नजिकिएँ, मान्छे चिन्न कति गाह्रो ,
पियुसका भाँडाभित्र, सडिएको सुरा रै'छ ।

आफ्नै पार्ने प्रयास गरें, पछि मात्र थाहा भयो ,
उसका हातमा छम्छम् बज्ने, पर्राईको चुरा रै'छ ।

२. गजल
 नरम ती हात लुकाई, आँखा छोप्ने को हो कुन्नी -
गालामाथि स्नेहले, प्रीति पोख्ने को हो कुन्नी --

सामुन्नेमा मौन बनी, सधैं साथ बस्न खोज्ने ,
लुकाएर मेरो आफ्नो, तस्विर बोक्ने को हो कुन्नी -

दिन रात तड्पिएर, यादभित्र छट्पटाउँदै ,
सपनीमा पनि मेरो, नाम घोक्ने को हो कुन्नी -

एक दर्ुइ दिनको रिक्ततामा, कापीभरि अक्षर पर्ठाई ,
कसको कति रै'छ भनी, दिल जोख्ने को हो कुन्नी -

अनायसै झाँगिदै गो, श्रेय यसको मलाई किन ,
सुटुक्क यो मुटुभित्र, माया रोप्ने को हो कुन्नी -

३. गजल
अनांैठो दुनियाँ, मनका कुरा, जान्दैन कसैले ।
भावको पिंध, पुगेर किन, छान्दैन कसैले --

बगैँचा डुली, लाखौंका बीच, तिमी नै भेट्टाएँ ,
चाखेर पैले,नजर्को वाँण, हान्दैन कसैले ।

मञ्जुर गर, सोचेर धेर, मौका छ तिमीमा ,
बलले पक्री,त्यो त्रि्रो हात, तान्दैन कसैले ।

के साह्रो लाज, ती त्रि्रा ओठमा, बैंसले फक्रेका,
पिरती साट्दा, हामीलाई निच, ठान्दैन कसैले ।

विवाह भन्या, सम्झौता मात्र, नचिम्ल आँखा ती,
एक्लो यो तन, बोकेर सृष्टि, धान्दैन कसैले ।

अन्तिम मौका, सुम्पन्छु प्यारी, हुँदैन नभन्नु,
जवानी चखाई, पन्छिन खोज्दा, मान्दैन कसैले ।

४. गजल
मैले उसलाई नजाने नि, उसले मलाई जान्दी रै'छे ।
नजरको वाँण बनाई, सधैं मलाई हान्दी रै'छे । ।

निराधार मन परे'छि, कारण चाहिन्न स्वीकार्नलाई,
मनभित्र मर्ूर्ति जस्तो, देव मलाई मान्दी रै'छे ।

हजार आएछन् हात माग्न, तै नि सबै रित्तै फर्के,
किन कुन्नी आँखै चिम्ली, ढुक्कै मलाई छान्दी रै'छे ।

छातीभित्र खुल्ला आँगन, घुमी घुमी नाँच्न पुग्ने,
नबोलेरै एक्लो जीवन, पर्खी मलाई धान्दी रै'छे ।

कत्रा कस्ता चाहना ती, रात दिन साथै हुने,
सिरान् उल्र्टाई सपनीमा, सँगै मलाई तान्दी रै'छे ।

केही सीप नचल्ने भो, जाडा लाउनु भन्दा बाहेक,
मनभित्र सजाई बरा, स्वामी मलाई ठान्दी रै'छे ।

५. गजल
सुकेछ आँत घातमा, बगेन आँसु चोटले ।
कठोर प्रेम मातमा, बगेन आँसु चोटले । ।

भएन बोल्न फोनमा, खराब काम के भयो,
मनुज मित्र जातमा, बगेन आँसु चोटले ।

कुरा छ धेर सम्झना, पियार दिन्छु बन्दकी,
उडेछ आश रातमा, बगेन आँसु चोटले ।

पिएर उष्ण वेदना, हँुदैन शान्ति अग्निको,
नराख फूल हातमा, बगेन आँसु चोटले ।

म लाग्छु दूर देशमा, नखोज्नु घाउ याद यो,
नलेख पत्र पातमा, बगेन आँसु चोटले ।

६. गजल
नलागी घाम उज्यालो, पानीले किन सताउँछ ।
कसैका छड्के नजरको, नानीले किन सताउँछ । ।

उमेर यस्तै दोषी हो, या मन मेरो बदमासी,
मस्केर हिंड्ने चञ्चले, बानीले किन सताउँछ ।

लोभ नै रै'छ खराब, देखे'छि सबै चाहिने,
देखाएर वैंस स्वादिलो, दानीले किन सताउँछ ।

जीवन आफैं खेल हो, जन्म र मृत्यु बीचको,
संसार अँट्ने मायाको, खानीले किन सताउँछ ।

७. गजल
किन हो देख्छु सपनी, साथमा तिमी रमेकी ।
मधुरो मीठो अमृत, बातमा तिमी रमेकी । ।

खोज्दिन कहिल्यै बिउँझिन, न्रि्रा नै प्यारो भएछ,
अँगालोभित्र बेहोसी, हातमा तिमी रमेकी ।

कहाँबाट पस्यौ हृदयमा, सकिन कहिल्यै बिर्सन,
चन्द्रमा बनी जुनेली, रातमा तिमी रमेकी ।

धर्ती त मेरो केही होइन, एउटै छ कुनै संसार,
नजर पान गरेरै, मातमा तिमी रमेकी ।

८. गजल
अन्तिम पटक रुन्छु आज, फेरि कहिल्यै रुन्न प्यारी ।
यही निर्ण्र्ाागरें मैले, अब त्रि्रो हुन्न प्यारी । ।

त्रि्रैसाथ कायल भएँ, माया भन्या विष रै'छ ,
खोज्दिन म कोहीसँग, प्रेममाला बुन्न प्यारी ।

होचो अग्लो सबै हिंड्यौं, तरल बनी बग्यौं पनि,
पानी जस्तै आँसु बगाई, मन्का बह धुन्न प्यारी ।

हृदय नै अँगेनु भो, जहिलेसुकै पिडा बल्ने,
सक्छु अब सधैंभरि, पीर व्याथा सुन्न प्यारी ।

परी जस्तै पर भाग्यौ, हाम्रो भेट सपनी भो,
फूलै जस्तो बने पनि, तिमीलाई छुन्न प्यारी ।

९. गजल
पहाड् हाँसे पैह्रो जाला, हामी हाँस्तैमा के हुन्छ र !
चुपै बसे जोवन् बित्ला, प्रित गाँस्तैमा के हुन्छ र !!

मानव यो सभ्य जीव, सभ्यताको मूल खानी,
हँसिलो यो वदनको, रिस मास्तैमा के हुन्छ र !

उज्यालो त आफैं हुन्छ, पृथिवीले घुमेपछि,
शुभ साइत्मा सानन्दको, गीत बास्तैमा के हुन्छ र !

मनको कुरा कालजयी, शरीर त पानी फोको,
छ पिरती हृदयमा, तन टाँस्दैमा के हुन्छ र !


१०. गजल
जनताको रगत चुसी, सधैं सधैं रमाउँछ ऊ ।
हजुरबाको थोत्रो मादल, खुसी मानी बजाउँछ ऊ ।।

कति साह्रो मातेको छ, हाम्रो घरको साँढे अचेल,
थान थापी हामीलाई नै, दु ःख दिई कजाउँछ ऊ ।

पानीमाथि ओभानु भै, आफैंलाई असल मान्दै,
बुद्ध जस्ता योगीसँग, जबरजस्ती दजाउँछ ऊ ।

अति भयो मर्छ अब, आफ्नै सिङ्ग पेट्मा धसी,
त्यसकै लागि आङ्गभरि, आफ्नै मृत्यु सजाउँछ ऊ ।

११. गजल
हातमा हात, जोडेर सानी, रोयथ्यौ बेसरी ।
आँखामा आँसु, बगाई पीर, धोएथयौ बेसरी ।।

पिरती भर्न, गरेको ढिपी, कृत्रिम रहेछ,
मनका मेरा, भावना चोर्न, दोएथयौ बेसरी ।

रहिछौ बाठी, जोवनै चोर्ने, मैले त नचिन्या,
नखरा पार्न, मनका पोका, फोएथयौ बेसरी ।

बिर्सन सफल, हुन्छु कि हुन्न, म भन्न सक्तिन,
तर त्यो दिन, मायाले छाती, छोएथयौ बेसरी ।

१२. गजल
अति भयो कालो शासन, अब यसलाई ढाल्नर्ुपर्छ ।
प्रत्यक हातमा राँको बोकी, आन्दोलन थाल्नर्ुपर्छ ।।

अँध्यारो छ देशै सारा, बत्ति निभाए शासकले,
भष्म पार्न तिन्लाई अब, चर्को आगो बाल्नर्ुपर्छ ।

बिर्ता पाएका भरौटेले, दाइँ गरे देशको यहाँ,
जीवनबाटै तिन्लाई अब, धेरै टाढा फाल्नर्ुपर्छ ।

उठ हेर जागिरहेछ, धानबारीमा मल्लिँडो नि,
उखेलेर मल्खाडीमा, तिन्लाई पनि हाल्नर्ुपर्छ ।

बुद्ध मारी हिट्लरको, यात्रा अघि बढिरहेछ,
देशको माया बोकी हाम्ले, फेदैबाट ढाल्नर्ुपर्छ ।

प्रजा भए राजा हुन्छ, दुबै यहाँ थोत्रा भए,
त्यसैले त अब हाम्ले, लोकतन्त्र पाल्नर्ुपर्छ ।

१३. गजल
राजतन्त्रका चौघेरामा, कविले नि लेख्दैन अब ।
मनमा आगो बोकी बढें, गोली पनि देख्दैन अब ।।

जताततै सुनामी छ, जनछालको उत्ताउलो,
हिमाल् पग्ली सागर बग्यो, बलौटाले छेक्दैन अब ।

ललीपप्का मीठा स्वाद, कति आए कति गए,
वार्तारुपी बल्छी थापी, देशभित्र थेग्दैन अब ।

मक्किएको बुख्याँचाले, बाली रुङ्न असंभव छ,
बन्दुकका खुट्टा लगाई, कति पनि टेक्दैन अब ।

जनभिड तात्तिई सक्यो, स्वणिर्म रेखा आफैं कोर्न,
खरानीको न्यानो पनले, रत्तिभर सेक्दैन अब ।

१४. गजल
अन्तिम पटक जागौं अब, फेरि कहिल्यै जाग्नु हुन्न ।
यही पटक खत्तम पारौं, अर्को पटक लाग्नु हुन्न ।।

बाँची बाँची मर्नुभन्दा, मरेर नै बाँच्नु बेस,
त्यसैले त डराएर, कसैले नि भाग्नु हुन्न ।

देश सधैं हाम्रो हुन्छ, कोहीका बाउको प्यावा हैन,
अधिकार खोसे पाइन्छ, जालीसँग माग्नु हुन्न ।

मरिसक्या बुख्याँचालाई, जलाइदिए सकिन्छ नि,
इतिहासका धरहरामा, त्यसलाई कहिल्यै टाँग्नु हुन्न ।

निर्ण्र्ाागरौं बुलन्दको, जसले सधैं शीतल देओस,
जनताको भावनालाई, कसैले नि नाङ्नु हुन्न ।

१५. गजल
आवाज उठी मुड्की जुट्दा, सारा देश फुक्यो आज ।
जुगौं बाँच्या बूढो रुख, सर्ल्याङ् र्सर्ुलङ् सुक्यो आज ।।

दिउसैं आँगन बिरानो थियो, बौलाएका कुकुरले,
जनशक्तिले दाह्रा भाँच्दा, पातालमुनि लुक्यो आज ।

अति थिए आततायी, मानवकै रगत् पिउँथे,
उभो फर्की थुक्न खोज्दा, आपै+mलाई थुक्यो आज ।

मान्छे पेल्छु सधैं भन्थ्यो, डोजरले पेले जस्तै,
सडक उठी पेलेपछि, ऊ आफू नै चुक्यो आज ।

वंशै टेकी उठेको थियो, रगतको पोष लाग्दा,
आकाश हर्ेदा खुट्टा भाँचिए, जन्तै सामु झुक्यो आज ।

१६. गजल
सानी नानी, ओर सरी, गाला छाम्न थाली ।
छड्के नजर्, शान्त चाल, मन डाम्न थाली ।।

मेरो मनको, ढोका खोली, उल्टै लÞÝ पार्दै,
प्रेमालाप, गर्न निम्ति, शब्द राम्न थाली ।

संवेगले, सीमा नाघ्यो, दुवै एक भयौं,
नारी भन्या, धर्ती नै हो, विश्व थाम्न थाली ।

निकैबेर, हराएछौं, मन्मा डुल्दैजाँदा,
टोलाएर, उठी बरा, थर्र काम्न थाली ।


१७. गजल
देशको लागि लड्नुु परे, सँगै लडौं साथी ।
विकाशमा, हात जोडी, सँगै बढौं साथी ।।

गाँसभन्दा, साथ ठूला,े मानवको धर्म,
सभ्यताका, सोपानमा, सँगै चढौं साथी ।

पर्ुखा मिली, खन्या बाटो, हाम्ले भुल्न हुन्न,
त्यो बाटोको, मूल मन्त्र, नित्य पढौं साथी ।

ज्वाला बढ्यो, आतङ्कको, हेरी बस्न गाह्रो,
देशको सट्टा, दृढ हामी, आफू डढौं साथी ।

१८. गजल
दबाबको हुरी चल्यो, तै नि कहीँ हलिएन ।
अविश्राम यात्रा गर्‍यौं, कही कतै गलिएन ।।

गन्तव्य त निश्चितै थ्यो, सँगीहरु थपिदैथें,
बीचको ठूलो भिर्ले पनि, लक्ष्य हाम्रो छलिएन ।

अठोट हाम्रो सगरमाथा, विचार लालीगँुरास झैँ,
ढाल्न खोज्थे प्रतिगामी, तै नि कतै ढलिएन ।

जित हुन्छ जनताको, सफा मन बोकी लडे,
त्यसैले त विचलनले, थिच्दा पनि चलिएन ।

१९. गजल
नदी हो जवानी, बगेरै भयो के -
तिमीले मलाई, चुडेरै भयो के -

थियो रात हामी, दर्ुइ मात्र साथ,
अँध्यारो नठानी,  ठगेरै भयो के -

न छोयौ तिमीले, न चुम्यौ गालामा,
नछोप्ने चरीले, उडेरै भयो के -

पछार्दै धुलोमा, सकिदैन वास,
नफुल्ने चमेली, लगेरै भयो के -

बिदा लिन्छु आजै, पियारी नभन्नू,
नहाँस्ने म आफू, मरेरै भयो के -

२०. गजल
आज फेरि रगत दिएँ, जसको कुनै दाम छैन ।
जसले लिए नि गजल लेख्ला, त्यसको झनै काम छैन ।।

यता चल्यो उता चल्यो, जताततै साहित्य छ,
खेती गर्‍यो अक्षरको, तर मुखमा माम छैन ।

भुइँ भित्ता चारैतिर, साहित्यले टालें मात्र,
हिंडेजस्तो धेरै लाग्छ, कहिँ कतै डाम छैन ।

हेरेको नि पैसा लाग्ने, 'विवेकी' यो संसारमा,
आदर्शको फूल फुल्ने, ममताको गाम छैन ।

नलेख्नु है कहिल्यै केहि, अन्तिम चिठी यहि ठानी,
शब्द गाँस्ता पत्रै भए नि, पुर्‍याउने खाम छैन ।

२१. गजल
चरेको गरेको नभुल्नू कहिल्यै ।
भनेरै फकायौ मलाई पहिल्यै ।।

म मान्थें त्यहि रुपलाई परी झैं,
इशारा गरेरै भुलायौ जहिल्यै ।

नछोड्नू भनेको कुराले पिर्‍यो नि,
लुकेको छ पिडा पसेरै पहिल्यै ।

पियारी समाऊ सिढीं यो सुनौलो,
सजाऊ तिमी माथ सिन्दूर अहिल्यै ।

२२. गजल
फकायौ तिमीले भुलायौ मलाई ।
पिलायौ जवानी डुलायौ मलाई ।।

छुटेको सुसेली समेटूँ कसोरी,
तिमीले असाध्यै झुलायौ मलाई ।

रिसाएँ सभामा म कड्कें तिमीमा,
र मीठा कुराले फुलायौ मलाई ।

अधेंरो थियो साँझ मैले बिसाएँ,
डढेलो निभाई खुलायौ मलाई ।

२३. गजल
आत्मले बोल लौ, साथमा सुन्दरी ।
हात त्यो राख यो, हातमा सुन्दरी ।

भाव नै हानि हो, प्रेममा मान्दिनँ,
ओठले बोल लौ रातमा सुन्दरी ।

हेर त्यो नाममा, यो कुरा छुट्छ कि,
लेख है रक्तले, पातमा सुन्दरी ।

बेहुलो बन्न यो, साइतै पाइँन,
निश्चितै पार लौ बातमा सुन्दरी ।

२४. गजल
जूनको भूलमा साथ भो मानिस ।
त्रास भो आँतमा रात भो मानिस ।।

निन्दगी गन्ध झैं कामको तपमा,
मार्ग लौ छुंट्टियो पात भो मानिस ।

हातमा हल्लिने शीतको वासना,
दीपको शत्रु झैं, बात भो मानिस ।

मिल्नु नै शुत्र हो तिर्सना मेटिने,
डाम झैं देखिने जात भो मानिस ।

२५. गजल
भूमिका बाँध लौ, चाहना यो भयो ।
जीवनै लम्कने, कामना यो भयो ।।

काट्छ रे मार्छ रे, छोड है चाल ती,
बुद्धले रोपने, भावना यो भयो ।।

खेतमा खेल्दथे दुःखमा आँसुले ,
शान्तिको मार्गमा वाहना यो भयो ।।

दानवी जीव भो मानवी जीव हो,
गीतले जाग लौ, सामना यो भयो ।।

२६. गजल
दिएनौ साथ आत्माको, चिनेनौ घाम उज्यालो ।
थिएनौ साथ आत्माको, चिनेनौ घाम उज्यालो ।।

अँध्यारो रातमा एक्लै, घुमी एकान्तमा रम्थें ,
सिएनौ साथ आत्माको, चिनेनौ घाम उज्यालो ।

पिलायौ पीर घोलेरै, बिकामी फोन बाजाले,
पिएनौ साथ आत्माको, चिनेनौ घाम उज्यालो ।

दिएथें प्यार खन्याई, न मागे भोलि ब्याजैमा,
लिएनौ साथ आत्माको, चिनेनौ घाम उज्यालो ।

२७. गजल
भएन बोल्न गाउँमा, चुरोट तान्छु पीरले ।
चढाइ आँसु पाउमा, चुरोट तान्छु पीरले ।

खुलेर दुःख सम्झदै, अतीत बिम्ब खोतली,
चुमेर शान्त ठाउँमा, चुरोट तान्छु पीरले ।

घुमेर गीत सुस्तरी, वियोग पार्छ रातमा,
जलेर भाव दाउमा, चुरोट तान्छु पीरले ।

विलासि हुन्न चोटले, चिमोट्छ याद बेसरी,
नरोप तीर घाउमा, चुरोट तान्छु पीरले ।

जलाइ गाथ दीप झैं, उखेल्छु बोट आशको,
नखोज आज नाउँमा, चुरोट तान्छु पीरले ।

२८. गजल
भएछ लाश देशको, रहेन ज्योति दीपमा ।
डढेछ आश देशको, रहेन ज्योति दीपमा ।।

बतास चल्छ शान्तिको, बिजोग हुन्छ मानिस,
उडेछ वास देशको, रहेन ज्योति दीपमा ।

सुनीतिको अभावमा, धुलो भयो फुटेर यो,
मरेछ सास देशको, रहेन ज्योति दीपमा ।

छलेर काम थाति यो, बिगार हुन्छ राज्यको,
सडेर गासँ देशको, रहेन ज्योति दीपमा ।

भुलेर मार्ग नाशको, नहार्न बोल एकता,
बनेछ तास देशको, रहेन ज्योति दीपमा ।

२९. गजल
रक्सी पिउने बानी परें, जति पनि पिइदिन्छु ।
कृत्रिम माया लाउने तलाई, छोडेर नि जिइदिन्छु ।।

जीवनका यात्राबीच, उकाली र ओराली छन्,
हार मेरो पर्याय हो, धोका पनि लिइदिन्छु ।

मान्छेहरू भन्ने गर्छन्, हृदय पनि चिनिन्छ रे,
तर म त अश्रुडोरी,बनाएर सिइदिन्छु ।

यहि मीठो स्वाद पाएँ, हरपल आसु चाख्दा,
जाँतो बनी थिच मलाइ, म त सधैं पिसिइदिन्छु ।

३०. गजल
मेची दुख्ता कोशी दुख्यो दुख्यो काली पनि ।
बास बस्ने गुँड भत्क्यो झर्‍यो डाली पनि ।।

पसिनाले भिजाएर लायौं खेतीपाती,
भाग्यले नै ठगेपछि मर्यो बाली पनि ।

आशा त्यान्द्रो तन्काएर कुर्यौ अर्को वर्ष
बेमौसमी पानी पर्यो बग्यो आली पनि ।

हामीले त पेट कस्यौं आकाशतिर फर्किएर,
बचेराले खाँदाखाँदै, रित्यो थाली पनि ।

आगो बल्यो पानीभित्रै, सकेन यो निभ्न आफैं
बगैँचाको फूलसँगै, डढ्यो माली पनि ।

३१. गजल
मान्छे रम्ने धेरै ठाउँ छन् साँझ ढलेपछि ।
खै कसरी सुख पाउँछन् साँझ ढलेपछि ।।

मनभरि तनाव छ बाँच्नै पर्ने दवाव छ,
त्यही भएर भट्टी धाउँछन् साँझ ढलेपछि ।

केही हुन्न विपनीमा पसिनाले साथ दिन्न,
सपना मात्र सल्बलाउँछन् साँझ ढलेपछि ।

देशभित्र छैन कोही कोहिभित्र छैन देश,
मान्छे खाने मान्छे आउँछन् साँझ ढलेपछि ।

विचित्र नै चित्र भयो देश भयो रङ्गमञ्च,
सबका आफ्ना आफ्नै दाउ छन् साँझ ढलेपछि ।र्

३२. गजल
मलाई भेट्न जून आउँछ, किन होला रात भरि ।
व्यर्थै धुन बजाउँछ, किन होला रात भरि ।।

सपनी र बिपनीमा सधैं सधैं बेचैन छ ,
तै पनि फकाउँछ, किन होला रात भरि ।

पागल छु बियोगले जीवन नै निरस् भयो,
त्यही जून गीत गाउँछ, किन होला रात भरि ।

आँखा चिम्ली कुरेको छु, देख्छु कि त फेरि,
कल्पनैले लुकाउँछ, किन होला रात भरि ।

बाँचेको छु स्मृतिमा, उनको मीठो यादभित्र,
हृदयले चोट पाउँछ, किन होला रात भरि ।

चतुरे र चमेली



चतुरेः     आऊ साथी बात मारौं, कविताको भाषा ।
        प्रश्न, उत्तर गरी खेलौं, दोहोरीको पासा ।।
        गाउँहरू नदिएरै, उत्तर भन है त ।
        छ फन्कामा बिसाउनलाई, पहिले सोध्छु म त ।।

        सानी सानी तिखी नानी, घोच्ने उनको बानी ।
        एउटै मात्र आँखो छ नि, हर्ेर्छिन् धागो तानी ।।
        हात, गोडा केही छैनन्, त्यस्तो वस्तु के हो -
        जानेदेखि उत्तर भन, नत्र गाउँ देऊ भो !

चमेलीः    कस्तो खाले प्रश्न सोध्यौ, साह्रो भयो भन्न ।
        उत्तर खोज्न प्रयास गर्छर्ुुम त गाउँ दिन्न ।।
        धागो भए नि आँखो हुन्न, होइन रै छ टाँगो ।
        उत्तर यसको सियो हो नि, तानी हर्ेर्ने धागो ।।

चतुरेः    स्यावास् ! तिम्लाई उत्तर दियौ, अब भन अर्को ।।
        धर्ैय गरी विचार गर, नमान है झर्को ।।
        ज्रि्रो उसको निकै ठूलो, बोल्ने भने होइन ।
        खुट्टा एउटै नभए पनि, हिँड्न छोड्ने होइन ।।

चमेलीः    इस्कुसको ज्रि्रो हुन्छ, सक्दैन त्यो बोल्न ।
        गाह्रो भयो उत्तर भन्न, हिँड्दैन त्यो डुल्न ।।
        चुप लागी बस्छन् होला, उसको मालिक सुत्दा ।
        नबोले नि हिँड्छन भने, हुनर्ुपर्छ जुत्ता ।।   
       
चतुरेः    एउटै सानो घरभित्र, धेरै भाइ बस्ने ।
        बाहिर निस्की टाउको ठोकी, आगो बाली हाँस्ने ।।
        के होला त त्यस्तो चिज, भान्सामा नि पाइने -
        चुरोट खाने अम्मलीलाई हरबखत्मा चाहिने ।।

चमेलीः    जुम्रा पनि बस्ने गर्छन, धेरै मिली केशमा ।
        टाउँको ठोक्तै आगो बाल्ने, शक्ति हुन्न त्यसमा ।।
        उत्तर त्यसको पत्ता लाउन, गाह्रो भयो मलाई ।
        ए ए, त्यस्तो चिज पक्कै, हुनर्ुपर्छ सलाई ।।

चतुरेः    उसको एउटा खुट्टो मात्र, तल तिर बाङ्गो । तलतिर
        बन्द गरे इज्जतिलो, उघार्दा झन् नाङ्गो ।।
        घामपानीमा मान्छेहरू, लिन्छन् उसको साथ ।
        के होला त त्यस्तो चिज, ढाकिदिने माथ - चीज
चमेलीः    के होला त त्यसतो चिज, बाङ्गो हुने खुट्टो ।
        घामपानीमा चाहिन्छ भने, होइन त्यो त कुट्टो ।।
        बुहारी र जेठाजु भैFm, टाउको ढाक्ने नाता ।
        करङ् पनि हुन्छ भने, हुनर्ुपर्छ छाता ।।

चतुरेः    टाउको मात्र खान खोज्ने, उसको ठूलो मुख ।
        तालु टेकी बस्न पाए, निकै मान्छ सुख ।।
        ओजन भने छँदै छैन, बोक्छन् दर्ुइ हातले ।
        आफ्नो गौरव ठानी लाउँछन्, नेपालीका जात्ले ।।

चमेलीः    मुख मात्रै हुन्छ होला, हुन्न् आँखाकान । हुन्न
        नेपालीले लाउने गर्छन्, मानी आफ्नो सान ।।
        रमाउँछ बस्न पाए, सधैँ टाउको छोपी ।
        दर्ुइ हातले बोक्ने कुरो, हुनर्ुपर्छ टोपी ।।

चतुरेः    सुरिलो छ रुख एउटा, टुप्पामा छ पात ।
        भान्साभित्र पस्यो भने, बाँडने गर्छ भात ।। बाँड्ने
        बाहुन पनि होइन ऊ त, साँझबिहान नुहाउँछ ।
        चुपै लागी बस्यो भने, भोकै राखी रुवाउँछ ।।

चमेलीः    अचम्मको कुरा गर्र्छौ, रुखले बाँड्ने भात ।
        त्रि्रो प्रश्न सुन्दै खेरी, लाग्यो मलाई मात ।।
        एउटा रुखमा एउटै पात, आजै मात्र सुन्या ।।
        कि त हो त्यो डाडु चम्चा, कि त हो त्यो पन्यू ।।

        छछ वटा प्रश्न सोध्यौ, यत्ति पहिलो फेरो ।
        उत्तर भन्ने पालो त्रि्रो, प्रश्न सोध्ने मेरो ।।
        प्रश्नहरू सोधिकन, गर्न लागे पूरा ।
        सबै उत्तर मिलाएर, बन है त सुरा ।।

        महिलाको हात बाँध्छ, हैन त्यो त दाम्लो ।
        छम्छम आवाज दिने, हैन पक्कै नाम्लो ।। छमछम
        सुन्दरहुन लागाइन्छ, विविध त्यसका रङ्ग । सुन्दर हुन
        के होला त त्यस्तो चिज, परिदिने दङ्ग -

चतुरेः    कस्तो खाल्को बाँध्ने चिज, दाम्लो पनि होइन ।
        रङ्गीचङ्गी हुन्छ भने, नाम्लो पनि होइन ।।
        सजावटका लागि लाइने, अनौठो त्यो कुरा ।
        महिलाले लाउँछन् भने, पक्कै पनि चुरा ।।

चमेलीः    रङ्गहीन स्वादहीन, जताततै पाइने ।
        सजीवको जीवन धान्ने, सधैंभरि चाहिने ।। धान्न
        आकार पनि नभएको, आगो भने मार्ने ।
        के होला त त्यस्तो चिज, ओरालामा झर्ने -

चतुरेः    रङ्ग, आकार, स्वाद छैन, अनौठो त्यो जात ।
        ओरालामा बगीकन, लाग्ने गर्छ खात ।। बगिकन
        पत्ता लाएँ जस्तो लाग्छ, सुन है त ज्ञानी ।
        हामीलाई सधैँ चाहिनेे, पक्कै हो त्यो पानी ।।

चमेलीः    जति तान्यो उति छोटो, धुवाँ आउने धेर ।
        बारम्बार प्रयोग गरे, जीवन जान्छ खेर ।।
        क्यान्सरको जन्मदाता, निकोटिनको पोको ।
        के हो त्यस्तो अम्मलीले, मेट्ने गर्छन् धोको -

चतुरेः    जति तान्यो उति छोटो, उल्टो भयो कुरा ।
        धुवाँ आई जीवन लाने, डर लाग्यो पूरा ।।
        अम्मलीले नपाएमा, मानिहाल्छ उराठ । उराठ्
        क्यान्सरलाई जन्म दिने, पक्कै हो त्यो चुरोट ।।

चमेलीः    जति ताछ्यो उति ठूलो, जेजे पर्ुन चाहिने ।
        आकाशमा हुने होइन, धर्तीमा चै पाइने ।।
        खुकुरीको भन्दा पनि, कोदालाको काम ।
        कत्तिको जान्या रहेछ, सुनौ न त नाम - सुनौं

चतुरेः    प्रश्न सुन्दै हाँसो उठ्यो, ताछ्दा खेरि ठूलो ।
        संसारमा नभएको, पक्कै त्रि्रो भुल हो ।।
        उत्तर मैले नदिए त, गाउँ दिनु पर्छ ।
        ए ए, सुन त्यस्तो चिज, खाल्डो हुनर्ुपर्छ ।।

चमेलीः    पेटभरि कालो पानी, टुप्पामा चै तिखो ।
        लेख्नेहरू मान्छन् उसलाई, सधैँभरि निको ।।
        सफा सादा देख्यो कि त, उसको कामै कुध्ने ।
        के होला त्यो, अन्यायमा विचार पोखी जुध्ने -

चतुरेः    सानोसानो आकारको, पेटमा बोक्ने पानी ।
        पक्का पनि बनाउँछ, मानिसलाई ज्ञानी ।।
        संसारको सबै लेख्ने, दुःखीहरूको मलम ।
        विचार जन्माई जुझछ भने, पक्कै हो त्यो कलम ।।

चमेलीः    बन्द एउटा घैंटोभित्र, लेदबेदे पानी ।
        त्यही पानीमा अडेको छ, एउटा जिन्दगानी ।।
        पौष्टिक तत्त्व ठानिकन, मान्छे खाने गर्छन । गर्छन्
        के हो त्यस्तो, जोगाएमा सबै खेर जान्छन् -

चतुरेः    अनौठो छ कुरै सुन्दा, जीवन घैंटाभित्र ।
        जोगाएमा खेर जाने, गाह्रो भयो मित्र ।।
        मुख नभै सेतो भए, चल्लाहरूको मूल ।।
        मैले पक्का पत्ता लाएँ, पंक्षीहरूको फुल ।।

चमेलीः    पत्याएकै थिइन मैले, तिमी रहिछौ छुरा ।
        छछ वटै सोधी सिध्यो, दोस्रो फन्को पूरा ।।
        जति सोधें मैले तिम्लाई, मिलाई दियौ सब ।।
        प्रश्न सोध्ने त्रि्रो पालो, उत्तर मेरो अब ।।

चतुरेः    आकाशमा उडे पनि, त्यो त होइन चरो ।
        पानी हुन्छ सधैं साथ, दमकल होइन मेरो ।।
        सेलाएर ठोक्किएर, धर्ती भिजाइ दिन्छ ।
        के होला त त्यस्तो चीज, किसान रिझाइ दिन्छ -

चमेलीः    समुद्रमा जन्मेपछि, उडने उसको काम । उड्ने
        पागल जस्तो लक्ष्यहीन, हुन्न एकै ठाम ।।
        पहाडमा ठोक्कियो कि, घन्काइ दिन्छ मादल ।
        तिमले सोध्या पक्का पनि, हुनर्ुपर्छ बादल ।। तिम्ले

चतुरेः    चारखुट्टा त्यसको नानी, चेप्टो पर्‍यो जीउ ।
        हरेक सामान राख्न परे, थापिदिन्छ जीउ ।।
        कार्यालय, विद्यालय, घरमा पनि हुने ।
        पुरस्कार पाउछ्यौ नानी, त्यसको उत्तर भने ।। पाउँछ्यौ

चमेलीः    जनावरको चारखुट्टा, चेप्टो जीउ चै हुन्न ।
        कर्ुर्सर्ीीलङ हो कि हो कि, मन लाग्यो भन्न ।।
        सामान पो राख्ने बस्तु, बस्ने सुत्ने होइन । वस्तु
        टेबल भन्दा बाहेक अरू, विकल्प नै छैन ।।

चतुरेः    पहाडमा गर्ल्यामगर्ुर्लुम, तर्राई पुगे शान्त । गर्ल्याम्गर्ुर्लुम्
        पानीबाहेक उसलाई कहिल्यै, भेटिँदैन अन्त ।। उस्लाई
        उकालो चै चढ्ने होइन, ओरालो भई झर्छर्ेे
        के हो त्यस्तो चीज भन, समुद्रमा मर्छर्ेे।

चमेलीः    पहाड हिमाल उत्ताउली, तर्राईमा ज्ञानी ।
        भन्छौ फेरि भेटिन्न ऊ, नभएमा पानी ।।
        समुद्रमा पुगी भने, त्यागी दिन्छे चोला ।
        त्यस्तो चिज कि त नदी, कि त हुन्छ खोला ।।

चतुरेः    अँध्यारामा साथ हुन्न, खोइ कता धाउँछ ।
        घामजुन उज्यालामा, मेरो साथ आउँछ ।। जून
        निर्जीव भए नि सँगै हिँड्छ, हैन आफ्नो मित ।
        छाम्न खोज्यो भेने फेरि, भेटिँदैन ऊ त ।। भने

चमेलीः    निर्जीव भए नि अचम्मको, त्रि्रो साथ धाउने ।
        अँध्यारामा हुन्न भन्छौ, उज्यालामा आउने ।।
        छाम्न खोज्दा भागे पनि, गर्दो रैछ माया ।
        त्यस्तो खालको अनौठो त, हुनर्ुपर्छ छाया ।।

चतुरेः    एउटा सानो गाउँभित्र, तीन भाइको राज ।
        हिजो भोलि दुवै हुन्न, खाली हुुन्छ आज ।।
        बार वटा घर घुम्छन्, फरकफरक गति ।
        के हो त्यस्तो घुमिरहने, नखाइकन राति -

चमेलीः    कति सानो गाउँ रहेछ, बारै घरले भर्‍या ।
        मिलिजुली तीनै भाइले, फेरि रुङले गर्‍या ।। रुङ्ने
        दाइँ जस्तो घुम्छन् होला, आकार पनि छडी ।
        नखाइकन हिँडछन् भने, पक्का हो त्यो घडी ।।

        त्रि्रो पनि पालो सिद्धियो, अब मेरो फन्को ।
        सुन तिमी प्रश्न सोध्छु, अब मेरो मनको ।।
        अहिलेसम्म बराबर छ, प्रश्नउत्तरहरू ।
        हर्ेर्दै जाऊ केके हुन्छन्, बाँकी रहेका अरू ।।

        तर्राईमा पाइँदैन, हिमालमा हुन्छ ।
        पानी धेरै चिसो भए, पनि त्यस्तो हुन्छ ।।
        घामको तातो पायो भने, भस्याकभुसुक् बिल्ने ।
        त्यस्तो चिज के हो भन, हिमनदीमा मिल्ने ।।

चतुरेः    कस्तो खालको चिज हो त्यो, हिमालमा हुने ।
        घामको तातो पाउनासाथ, मृत्यु मुख छुने ।।
        छँुदैखेरि हुन्छ होला, सायद चिसो जिउ । जीउ
        त्यस्तो चिज पक्कै हुन्छ, हिमालको हिउँ ।।

चमेलीः    काली डल्ली, भुन्टीको छ, पेटभरि पानी ।
        टाउकामाथि आगो बोक्छे, उज्यालेमा खानी ।। उज्यालोकी
        शिरदेखि पीँधसम्म, कपडाको त्यान्द्रो ।
        के हो त्यस्तो भन बाबु, पेट उसको ध्वान्द्रो ।।

चतुरेः    कस्ती खालकी डर लाग्दी, बोकी बस्या धागो ।।
        पेटभरि पानी भए नि, टाउको चै आगो ।।
        बिजुलीमा कामै छैन, आँध्यारामा अति । अँध्यारामा
        ध्रि्री, कुपी भन्छन् कतै, कतै भन्छन् बत्ती ।।

चमेलीः    एउटा सानो डल्ले भाइको, हात खुट्टा छैन ।
        लात्ती खान्छ हजारौंको, रुने कहिल्यै हैन ।।
        कुटाइ खाए हाँसीउप|mी, मैदानभरि घुम्छ ।
        के हो त्यस्तो खेलाडीका, आसपासमा झुम्छ -

चतुरेः    कस्तो रै छ त्रि्रो भाइ, नभएको अङ्ग ।
        कुट्दाखेरि खुसी हुने, परें म त दङ्ग ।।
        खेलाडीले खेल्छन् होला, लात्ती उज्याइ ठोकी ।
        त्यस्तो खालको नौलो वस्तु, भकुन्डो पो हो कि ।।

चमेलीः    आँखा खोले देखिँदैन, चिम्लिँदा चै पाइने ।
        आछ्यानमै सुतीसुती, संसार घुम्न जाइने ।। ओछ्यानमा
        यात्राहरू रमाइला छन्, व्यवहार चै बन्दा ।
        के हो त्यस्तो निदाउँदा चै, देख्न पाइने धन्दा - -चै धेर हुन्छ कि)

चतुरेः    त्यस्तो कुन चिज होला, आँखा चिम्ली देख्ने ।
        निदाउँदा भेट हुने, बिउँझदा लुक्ने ।।
        कल्पनाका लामा कुरा, पक्कै होइन विपना । विप्ना
        त्यस्तो खालको हुनुपर्ने, निश्चितै हो सपना ।। सप्ना

चमेलीः    बुढाबुढी हिँडे भने, अघिअघि लाग्ने । बूढाबूढी
        सत्रु पक्ष भेट्यो भने, प्रतिकारमा जाने ।। शत्रु
        हातखुट्टा नभएको, हर्ेदा खेरि सिख्टो । सिटो
        के हो त्यस्तो सधैँ हिड्ने, मान्छेभन्दा छिटो - हिंड्ने

चतुरेः    बुढाबुढीसँग साथी, जवानसँग छैन । बूढाबूढी
        शत्रुहरू देखेपछि, छोड्ने पनि होइन ।।
        हातखुट्टा नभए नि, अघि हिँड्ने बौरो ।
        लङ्गडालाई पनि साथी, पक्का हो त्यो लौरो ।।

        सोध्ने पालो मेरो आयो, उत्तर भन्नै मिठो ।
        अझै धेरै मिलाइदिन्छु, प्रश्न सोध छिटो ।।
        मेरो बुद्धिदेखि तिमी, छक्कै पर्छर्ेेहोला । पर्छर्ेे
        छिटो सोध अरू मलाई किन गर्छर्ेेढिला ।। गर्छर्ेे

चमेलीः    जङ्गल जाँदा काध चढी, घरतिर हर्ेछ ।
        घर आउँदा पनि चढ्छ, जङ्गलतिर फिर्छ ।।
        रुख ढाल्ने दाउरा चिर्ने, भरपर्दो साथी ।
        के हो त्यस्तो एकखुट्टे, चढ्ने काँधमाथि -

चतुरेः    जता छाड्यो उतै हर्ेर्ने, अनौठो त्यो साथी ।
        आउँदाजाँदा चढ्दो रैछ, सधैँ काँधमाथि ।।
        खुट्टा एउटै भए पनि, रुख ढाल्दो रैछ ।।
        त्यस्तो दरो हाम्रो साथी, बन्चरो पो रैछ ।।

चमेलीः    एउटै सानो मुठ्ठीभित्र, सोर भाइ बस्छन् ।
        सब्जनाको दाउ बोलाइ, सबै भुइँमा खस्छन् ।।
        चित पोट दर्ुइ सुताइ, जोस रिस धेर ।
        के हो त्यस्तो खेल्दाखेरि, पैसा जाने खेर -

चतुरेः    कस्ता खालका सोर भाइ, मुठ्ठीभित्र अट्ने ।
        चित पोट हुँदै खेरि, पैसा डाँडो काट्ने ।। कट्ने
        उत्तर भन्न सम्भिmदैमा, छुटी सक्यो धुँवा ।
        हड्डीबाट बन्नर्ुपर्छ, त्यस्तो चिज जुवा ।।

चमेलीः    चोयैबाट बने पनि, जउिभरि आँखा । जीउभरि
        साँझबिहान घाँस बोक्न, जाने गर्छ पाखा ।।
        आमा उसकी नभए नि, बाबु भने बाँस ।
        के हो त्यस्तो चिज भन, नभएको सास -

चतुरेः    कस्तो खालको चिज हो त्यो, आँखा भाको ज्यानमा ।
        घाँस लिन जाने गर्छ, साँझबिहान वनमा ।।
        बाँसको छोरो भएपनि, आमाको चै भोको । भए पनि
        सास नभा चिज भए, पक्कै हो त्यो डोको ।।

चमेलीः    घर भन्दा धेरै ऊ त, गोठैतिर बस्छ । घरभन्दा
        वस्तुभाउ भेट्यो भने, घाँटी समाइ कस्छ ।।
        आगोमा चै पर्‍यो भने, भस्याकभुसुक हुन्छ ।
        दिउँसो सुत्ने को हो त्यस्तो, राती जागै हुन्छ - के

चतुरेः    घरमा भन्दा गोठमा बस्ने, घिन लाग्दो मोरो ।
        वस्तु देख्तै घाँटी ताक्ने, होइन बाघको छोरो -
        आगामा चै भस्याक भुसुक, बन्न सक्छ नाम्लो ।
        दिउँसो सुती राती उठे, पक्कै हो त्यो दाम्लो ।।

चमेलीः    गयो गयो भन्छन सबै, आको देखिँदैन ।
        सारा संसार भत्काउँछ, कहिले छेकिँदैन ।।
        रूप रङ्ग नभए नि, विनास गर्न जाग्ने ।
        के हो त्यस्तो कुरा भन, सुन्दै डर लाग्ने -

चतुरेः    तिम्ले मलाई सोध्दैखेरि, डर लाग्यो धेर ।
        आको भने देखिँदैन, गयो भन्छन फेरि ।।
        आकार उसको नभए नि, बिनास गर्न आउने । विनास
        भुकम्प पो होला त्यस्तो, थाहै नदिइ धाउने ।। भूकम्प

चमेलीः    उसलाई हर्ेन खोजे भने, उल्टै मलाई हर्ेछ । खोजें
        मुख बङ्ग्याइ जिस्काएमा, ऊ नि त्यसै गर्छ ।।
        आफ्नो रूप हर्ेनलाई, सधँैभरि चाहिने ।
        के होला त त्यस्तो चिज, कोठाभित्र पाइने -

चतुरेः    कोठाभित्र बसिकन, जिस्काउने भन्छौ ।
        उसलाई च्याउन खोज्यो भने, उल्टै च्याउने भन्छौ ।।
        कस्तो त्रि्रो प्रश्न हो यो, हराइसक्यो चैन ।
        तिम्ले मलाई माग्या उत्तर, पक्कै हो त्यो ऐना ।।

चमेलीः    यो फन्का नै सिद्धिसक्यो, अर्को पालो आयो । नि
        गाउँ दिनुभन्दा पनि, उत्तर मज्जा लाग्यो ।।
        दुवै जना जान्ने जान्ने, परिएन फेला ।
        प्रश्नउत्तर थाली अब, बढाउँ फेरि खेला ।। बढाऊँ   

चतुरेः    सास उसको नभए नि, बेस्या भैFm बानी । बेस्याको
        एकै ठाउँ बस्ने होइन, कहिल्यै मज्जा मानी ।।
        जेसुकै नै किन्नु पर्दा, उनै पहिले चाहिने ।
        के होला त त्यस्तो चिज, सबैसँग पाइने -

चमेलीः    बेस्याको भैFm बानी भनौं, धेरैसँग धाउने । भन्यौ
        भेट्दै छोड्दै सबैसँग, माया प्रीति लाउने ।।
        एकै ठाउँ कहिल्यै पनि, नबस्ने रे ऐसा ।
        त्यस्तो चञ्चल् पक्का पनि, हुनर्ुपर्छ पैसा ।।

चतुरेः    फलफूल केही छैन, रोप्ता र्सर्ने होइन ।
        एकै ठाउँ निकै बाक्लो, काट्दा मर्ने होइन ।।
        कालो भई उम्रे पनि, बुढो भई प'mुल्ने । बूढो
        के होला त त्यस्तो वस्तु, जन्तुसँग डुल्ने -

चमेलीः    फलफूल नभए नि, मास्न अति गारो ।
        त्रि्रो उत्तर सम्झनलाई, मलाई पर्‍यो सारो ।।
        एकैछिन पर्ख है त, बुद्धि खियाउन धौ । द्यौ
        त्रि्रो प्रश्न जे भएनि, उत्तर त रौँ ।। भए नि

चतुरेः    काखभरि मान्छे बोक्छ, आमाजस्तो छैन ।
        पानीभित्रै खेले पनि, पक्कै माछो होइन ।।
        मान्छेहरू खोला तार्छ, पक्कै होइन पुल ।
        उत्तर भन अब बाबु, नगरी नि भुल -

चमेलीः    पानीभित्रै खेल्ने भए, आमा होइन पक्कै ।
        माछो पनि होइन भन्दा, म त परे छक्कै ।।
        पानीमाथि उत्रनलाई सक्दैन त्यो ढुङ्गा ।
        वारिपारि तार्छ भने, पक्कै हो त्यो डुङ्गा ।।

चतुरेः    पर्ूवबाट निस्किएर, पश्चिम पुग्ने काम ।
        संसार सारा पार गर्दा, छैन कतै डाम ।।
        छेउमा भए भष्म पार्छ, परै ताप ज्योति ।
        के हो त्यस्तो युगौंयुग, अमर बन्ने मोती -

चमेलीः    युगौंयुग बाँची बस्ने, अचम्मको वस्तु ।
        छेउ परे भष्म पार्ने, चिज हो त्यो कस्तो -
        जति हिँडोस् संसारमा, नभेटिने डाम ।
        त्यस्तो खालको चिज भन्या, पक्कै पनि घाम ।।


चतुरेः    नसा झिकी रेटे पनि, मिठो कुरा बोल्छ ।
        सङ्गीतका वाणी बोकी, माधर्ूयता खोज्छ ।। खोल्छ
        उसको आफ्नो मन छैन, कलाकारकै हात ।
        के हो त्यस्तो नौलो कुरा, मिठो मार्ने बात -

चमेलीः    रिसराग नभएको, कस्तो सुन्दर जात ।
        जोसँग नि गास्ँँन खोज्ने, सङ्गीतको नाता ।।
        बोल्न थाले उसले स्वर, सबको मन छोला ।
        त्यस्तो खालको प्यारो कुरा, सारङ्गी पो होला ।।

चतुरेः    शरीर उसको घ्याम्पोजस्तो, एउटै मात्रै गाला ।
        गालभरि मोसो दली, बज्नु पर्ने खेला ।।
        लौरो बोकी हिर्काएमा, बात मार्न थाल्ने ।
        त्यस्तो के हो निर्दयीलाई, क्षणभरमै गाल्ने ।।

चमेलीः    फर्सर्ीीो कि भनौं भने, त्यसको हुन्न गालो ।
        सारा जीउ गालो भए नि, त्यसमा हुन्न कालो ।।
        बज्न भने बजाउँछन्, उचालेर ठोकी । बज्छ
        त्यस्तो खाले भाव भको, ट्याम्को चे पो हो कि ।। चै

चतुरेः    कसै गरे गाउँ पाइन, कति सारो तेजी ।
        केही क्षण गम खाएर, उत्तर दिन्छौ खोजी ।।
        प्रश्न गर अब तिमी, तयार भएँ म त ।
        गाउँ मेरो जिती अब, सोधी हेर न त ।।

चमेलीः    झुसेमुसे झ्यासभित्र, काठको छ गोल  ।
        गोलभित्र मासु हुन्छ, मासुभित्र जाल ।। झोल
        पहाडमा भन्दा पनि, तर्राईमा धेर  ।
        रुखमा फली पाइने खान, के हो त्यस्तो कुरा -

चतु्रेः    रुखमा फल्ने कुराहरू -प्रायः), पाइन्छ नि खान ।
        मासुभित्र जल भन्दा, अप्ठ्यारो भो जान्न ।।
पहाड-मा) भन्दा तर्राईमा, धेरै पाइने फल ।
त्यस्तो खाले खानेकुरा, पक्का नरिवल ।।

चमेलीः    गोकरकी डल्ली बुढी, लडिबुडी गर्छर्ेे गोबरकी
        भान्साभित्र जुठो टिपी, आफ्नो पेट भर्छर्ेे।
        खाइपिई सकेपछि, दुलही हात रुङने ।
        के हो त्यस्तो एकै क्षणमा, जुठेल्नामा पुग्ने -

चतुरेः    कस्ती खाले बुढी भन्छौ, गोबरले बन्या ।
        भान्साभित्र जुठो टिपी, टिपी सधैं खान्या ।।
        जुठेल्नामा पुग्ने भन्दा, भेटाएको हो कि ।
        तिम्ले माग्याँ उत्तर त, लोटाएको हो कि ।।

चमेलीः    भूँ भूँ गरी कराए नि, मौरी भने होइन ।
        काँधमा जनै भिरे पनि, मान्छेसम्म होइन ।।
        जतिसुकै घुमे पनि, कहीँ छैन पुग्ने ।
        के हो त्यस्तो सधैँभरि, धागो कात्न रुङने -

चतुरेः    जतिसुकै घुमे पनि, हैन कहिल्यै धाउने ।
        मान्छे ऊ नभए नि, जनै भने लाउने ।।
        मौरी पनि होइन भने, भन्छु भन्छु पर्ख ।
        धागो काती बस्छ भने, पक्का हो त्यो चर्खा ।।   

चमेलीः    फोहोरी त्यो कति सारो, सिंगानसम्म बोक्छ ।
        भाँचीकुची पटिएर, गोजीभित्र लुक्छ ।।
        गरिबसँग भन्दा पनि, धनीसँग पाइने ।
        के हो त्यस्तो वस्तु भन, प्रायः सधैं चाहिने -

चतुरेः    कस्तो खाले चिज हो त्यो धनीहरूले बोक्ने ।
        सिंगान बोकी भाँचिएर, गोजीभित्र लुक्ने ।।
        प्रश्न त्रि्रो सुुुुुुन्दैखेरि, कस्तो खालको कमाल ।
        सबैलाई चाहिन्छ भने, पक्का हो त्यो रुमाल ।।

चमेलीः    आकार उसको सानो तर, घर रुङने काम ।
        राङ्लो समाइ बसेपनि, खाने होइन माम ।। साङ्लो
        न त आउँछ कहिल्यै बाहिर, न त भित्र पस्छ ।
        के हो त्यस्तो चिज भन, सधैं झुन्डिइ बस्छ -

चतुरेः    कस्तो खालको चिज हो त्यो झुन्डिएर बस्ने ।
        सङ्लो समाइ भोकै बस्ता, न त कहिल्यै खस्ने ।। साङ्लो समाई
        उत्तर भन्न नजान्दा त, प्रश्न भयो हावी ।
        रक्षा खातिर बस्छ भने, निश्चित् हो त्यो चाबी ।।

चमेलीः    सेती बुढी घुम्न जाँदा, तातो तेलमा परी ।
        रातीपिरी  हुँदाहुँदै, झनै भई खरी ।।
        चुरा जस्तो शरीर बोकी, तिहारमा भेट्ने ।
        के हो त्यस्तो भन न त, खाँदा स्वाद मेट्ने -

चतुरेः    बिचरी त्यो सेती बुढी, हुँदै गई राती । विचरी
        एक्लै गइछन् घुम्न क्यारे, नलिएर साथी ।।
        निकै पार्‍यो गारो मलाई, भन्छु एकै चोटि ।
        त्यस्तो खालको खानेकुरा, होला सेल रोटी ।।

चमेलीः    खेल्दाखेल्दै बेर भयो, टुङ्ग्याउने पो हो कि -
        गाउँ दिनै नपाएर, मज्जा आएन कि -
        फेरि फेरि अर्को दिन, सँगै साथआउँला ।
        भेट हुँदा प्रश्न उत्तर, खेली माया लाउँला ।।

अर्कोदिन

चतुरेः    शरीरभरि अक्षर बोकी, देशविदेश घुम्ने ।
        ज्ञानगुनका कुरा सिकाई, मनमुटु चुम्ने ।।
        मुख उसको नभए पनि, थुप्रै कुरा बोल्छ ।
के हो त्यस्तो वस्तु भन, संसारभरि डुल्छ -

चमेलीः    मुखैबेगर बोल्ने कुरा, अनौठो छ मान ।
        अक्षर बोकी दिन्छ भन्छौ, संसारलाई ज्ञान ।।
        प्रश्न सोधी झुक्याउने, तिमी कस्ता हौ पो -
        कोही भन्छन् खबर कागज, कोही पत्रिका पो ।।

चतुरेः    फेदै काटौं टुप्पा काटौं, कसै मर्ने होइन ।
        उखेलेर सार्‍यो भने, फेरि र्सर्ने होइन ।।
        बैंस छँदा कालो खैरो, बुढो भए सेतो ।
        पातै न भा त्यान्द्रो रुख, के हो भन त्यस्तो -

चमेलीः    पातै न भा त्यान्द्रो रुख, प्रश्न अचम्मको ।
        र्सार्न खोज्दा नसरे नि, मर्न बिर्सिएको ।।
        जालीफटाहा कुरा गरी, नझुक्याकै बेश ।
        कोहीले भन्छन् कपाल भने, कोहीले भन्छन् केश ।।

चतुरेः    दुवैपट्ट िलेखिएको, किताब पनि होइन ।
        खुट्टैबेगर संसार डुल्न, कहिल्यै भुल्ने होइन ।।
        धनीगरिब बनाउने अचम्मको जात हो ।
        देशैपिच्छे छुट्टै हुने, भन भन के हो -

चमेलीः    दुवैपट्ट िलेख्या भन्दा किताब मानेको थें ।
        खुट्टै बेगर संसार डुल्ने, चिठी ठानेको थें ।।
        जसले पायो उसले सधैं, मान्छ होला ऐसा ।
        धनी गरिब पार्छ भने, पक्कै हो त्यो पैसा ।।

चतुरेः    लुगाचाहिं सुनको छ, चाँदीको छ जिउ ।
        जिउ सबै घ्युजस्तो, त्यसैभित्र बिउ ।।
        मिलीजुली रुखमाथि, झुन्डिएर बस्ने ।
        के हो त्यस्तो फल भन, स्वाद मिठो गाँस्ने -

चमेलीः    चाँदीबाहिर सुन लाउने, घमन्डको बल ।
        घ्युजस्तो जिउ त्यसको, कस्तो खालको फल ।।
        मिलिजुली स्वाद गाँसे, भन्छु एक फेरा ।
        नउम्रने विउ भए, पक्का हो त्यो केरा ।। बिउ

अर्कोदिन

चमेलीः    जिउभरि खटिरा छ, बाहिर बाक्लो लुगा ।
        मुख भने छ कि छैन, तर लामो जुँगा ।।
        के हो त्यस्तो अन्न भन, खाजा खान चाहिने -
        जिउभित्र मोटो ठूलो, एउटै हाड पाइने ।।

चतुरेः    मुखैबिना लामो जुँगा, अचम्मको अन्न ।
        जिउभरि खटिरा रे, गारो भयो भन्न ।।
        ठूलो हाड बाक्लो लुगा, झुक्याएको पो हो कि -
        खाजा खान पाइने भए, मकै घोगो हो कि ।।

चमेलीः    घरभरि कपडा छन्, लाउन सधैं भुल्छ ।
        बुढाबुढी भेट्यो भने, साथी बनी डुल्छ ।।
        हात खुट्टा केही छैन, केही होइन खाने -
        स्यावास पाउँछौं तिमले अब, यको उत्तर जाने -

चतुरेः    लाजै नभा लबस्तरो, लुगा लाउँदै भुल्दो रैछ । लाउनै
        खुट्टाबिना नखाइकन, सारा संसार डुल्छ रैछ ।। डुल्दो
        स्यावास पाउने अञ्जन मै, उत्तर हान्छु झट्टी । पाउन अञ्जान
        केहीले भन्लान् "लौरो" यसलाई, कोहीले भन्लान् लठ्ठी ।। कोहीले

चमेलीः    कागजका पोकाभित्र, अक्षरको खेती ।
        मायामोह साटिदिन्छ, आफन्तलाई भेटी ।।
        भोकै डुल्छ संसारभरि, खबर लिन दिन ।
        उत्तर भन झट्टै अब, ढिलो गर्र्छौ किन -

चतुरेः    ढिला गर्न खोज्या हैन, प्रश्न भयो गारो ।
        माया साट्ने खबर बोक्ने, झनै पार्‍यो सारो ।।
        गाउँ तिम्लाई दिनुभन्दा, उत्तर भन्छु मित्र ।
        कोहीले त्यसलाई चिठी भन्लान्, कोहीले भन्लान् पत्र ।।


चमेलीः    टाउकामा छ पुरुषको, मस्तिष्क नि हैन ।
        झुन्डयाउनलाई काम दिने, उझिन्डो नि हैन ।। छैन
        न त लौरो न त हतियार, होइन फेरि अङ्ग ।
        भन के हो यसको उत्तर, नपर न दङ्ग -

चतुरेः    लौरो हतियार अङ्ग होइन, टाउकोमा रे फेरि ।
        छक्कै परें म त हेर, त्रि्रो प्रश्न हेरी ।।
        डोरीजस्तो नरम त्यान्द्रो, तार पनि होइन ।
        "टुप्पी" बाहेक अर्को उत्तर केही पनि छैन ।।

अर्कोदिन

चमेलीः    खानेकुरा पाकाउँछे, भान्से होइन फेरि ।
        जे भेटे नि डढाइ दिने, मान्छे होइन फेरि ।। डर्ढाई
        हाम्लाई सधैँ चाहिए पनि, छुनै हुन्न ताती ।
        के हो त्यस्तो वस्तु भन, हटाइ दिन्छ राती -

चतुरेः    खानेकुरा पाकाउँदैमा, भान्से हुन्न साथी । पकाउँदैमा
        छुँदै खेरि पोल्छे भने, हैन रै छ जाति ।। जाती
        हाम्लाई सधैं चाहिने कुरा, भन्न मन लाग्यो । लागो
        अँध्यारालाई खान्छ भने, हुनर्ुपर्छ आगो ।।

चमेलीः    कालो भए सफा लाग्ने, सेतो भए छि छि ।
        हेर्र्छौँ हामी सधैं उसलाई, कक्षाभित्र बसी ।।
        एउटा सानो सेतो भाइ, त्यसलाई टेकी हिँड्छ ।
        के हो त्यस्तो कुरा भन, हाम्लाई ज्ञान दिन्छ -

चतुरेः    कक्षा पसी बाहिर हेरे, मर्ूख ठान्नर्ुपर्छ  ।
        कालो भए फोहोर हुन्छ, हाम्ले जान्नु पर्छ ।।
        सेतो भाइ हिँड्छ भन्दा, मलाई विपत भो कि ।
        ज्ञान दिन्छ भन्छौ फेरि कालोपाटी हो कि ।।

चमेलीः    एउटा सानो चेप्टी नानी, टेबलमा बस्छे । एउटी सानी
        त्यसका अङ्ग थिच्यो भने, ज्ञान दिँदै हाँस्छे ।।
        विद्युत खाई बुद्धि दिन्छे, संसारभर पुगि । पुगी
        के हो त्यस्तो कुरा भन, विश्व विकास गरी -

चतुरेः    विद्युत खाई ज्ञान दिने, अनौठी -त्यो ) नानी रै छ ।
        पढ्ने ठाउँमा बस्छे भने, छुच्चो त्यसको बानी रै छ ।।
        अङ्ग थिच्दा खुसी मान्दै, विश्व विकास गर्ने भए त ।
        कम्प्युटर भन्ने गर्‍या, सुसाङ्ख पो हो त ।। सुसाङ्ख्य

चमेलीः    तातो पार्छ त्यसले फेरि, फेरि पार्छ चिसो ।
        अँध्यारामा पुग्यो भने, पारिदिन्छ दिउँसो ।।
        देखिने त्यो वस्तु होइन, सबथोक चलाउँछ ।
        के हो त्यस्तो कुरा भन, पानीभित्रै पलाउँछ -

चतुरेः    पानीभित्र पलाएर, तातो चिसो गर्ने ।
        प्रश्न सोध्छौ खाली उल्टो, छक्क पर्नु पर्ने ।।
        नदेखिए नि चल्न सक्ने, सारै धर्ुत रै छ ।
        सबैथोक चलाउने, विद्युत पो रै छ ।। सबै थोक

चमेलीः    अन्न खाई भुइँ खन्ने, डोजर त्यो कस्तो ।
        बिजुलीमा नजोडे नि, पछाडि छ तार जस्तो ।।
        चालक त्यसको छैन अहिले, गणेशजी चढ्छन अरे । चढ्छन्
        के हो त्यस्तो पराइले -देख), लठ्ठी बोकी लखेड्छन् अरे - खेद्छन्

चतुरेः    डोजर भए पेट्रोल खान्थ्यो, खान्न त्यसले अन्न ।
        कस्तो खाले प्रश्न सोध्यौ, गारो भयो भन्न ।।
        सुरुङभित्रै बस्छ भने, पक्का होइन हात्ती ।
        तार भए नि गणेश चढे, मुसा हो त्यो साथी ।।

अर्कोदिन

चतुरेः    मुखभन्दा पिँध सानो, सेतो ठेकी चाँदीको छ ।
        जमिनमुनि ठेकी राखी, स्याउला बिर्को खाँदेको छ ।।
        दही, मही कोही छैन, खाँदा पिरो पाइने । केही
        के हो त्यस्तो वस्तु भन, तरकारीमा चाहिने -

चमेलीः    खर्ुसानीभैFm लागेको थ्यो, तर सेतो हुन्न ।
        मुखभन्दा पिंध सानो, चाँदीको त ठेकी हुन्न ।।
        ठेकी भन्दै झुक्याउँदा, मलाई शङ्का लागेको हो ।
        सेतो मुला भन्ने उत्तर तिमले मलाई मागेको हो ।। तिम्ले

चतुरेः    दाँत भाको तरवार, घेरो लगाइ बोकेको छ ।
        तरवारककै बीचमा बसी, मिठो मह रोकेको छ ।।
        जिउभरि आँखा उसका, एउटै मुख छैन ।
        के हो त्यस्तो फल जसको, ठूलो रुख हुन्न - जस्को

चमेलीः    दुइटा आँखा एउटा मुख, सब कोहीको हुनुपर्ने । दर्ुइ
के रै छ त त्यस्तो फल, मह बोकी रुनुपर्ने -
        गाउँ मेरो लैजाऊ बरु, दिन्न जिल्ला म त ।
        भुइँकटहर भनें भने, त्रि्रो उत्तर मिल्ला कि त ।।

चतुरेः    सुरिलो छ रुख एउटा, तर कतै हाँगा छैन ।
        फल त्यस्को परै जावस, फूल फुल्ने जाँगर छैन ।। जावस्
        बोटै टोकी कपास थुके, महजस्तै मिठो रै छ ।
        के हो त्यस्तो बोट भन, बाँस जस्तै ठिटो रै छ -

चमेलीः    बाँस जस्तै सुरिलो रे, हाँगा फल नरहेको ।
        कस्तो खाले मह देला, फूलसम्म नभएको ।।
        फेद रोपे मर्ला त्यो त टुप्पा रोपे र्सर्ने ।
        उखु भनी उत्तर मिलाए, भन के -  ) गर्नेर् - पो

चतुरेः    एउटा रातो पृथ्वीमा, भित्र धेरै चिरा रै छ ।
        प्रत्येक चिरा फोरी हर्ेदा, रस बोक्या किरा रै छ ।। कीरा
        त्यही किरा टिपी खाए, गुलियो स्वाद पाउने ।
        के हो त्यस्तो वस्तु भन, खाँदा मजा आउने -

चमेलीः    किरा खाको कुरा गर्‍यौ, मलाई घिन लाग्यो ।
        पृथ्वीभैFm फल होला, भन्न मन लाग्यो ।।
        चिरा भन्या केस्रा भए, किरा भन्या बिजुली हो । बिजुली
        तिम्ले माग्या उत्तर त, पक्का पनि सुन्तला हो ।।

चतुरेः    मानिसलाई बाँधेको छ, फेरि त्यसमा किला छैन ।
        संसार घुम्न भ्याइसक्यो, हिँड्न डुल्न ढिला छैन ।।
        कस्तो खालको दाम्लो हो त्यो, एकातिर सानो ।
        अर्कातिर ठूलो हुने, उत्तर भन नानु - नानू

चमेलीः    संसार डुल्या कुरा गर्र्छौ, फेरि भन्छौ दाम्लो ।
        घाँटी समाई बान्छ भने, पक्का होइन नाम्लो ।।
        उत्तर यसको मिलाएँ भने, खुवाउ है त मिठाइँ ।
        संसारलाई मनपर्ने, हुनर्ुपर्छ त्यो र्टाई ।।

अर्कोदिन

चमेलीः    जता जाउँ आफू भन्यो, ऊ पनि पछि लाग्छ । नि
        घाम लागे कालो हुन्छ, अँध्यारामा भाग्छ ।
        जति हिडोस साथी फेरि, शब्द बोल्ने हैन । हिंडोस्
        के हो त्यस्तो वस्तु भन, जीवन उसको छैन -

चतुरेः    कस्तो साथी त्रि्रो हो त्यो, सधैँ पछि लाग्ने ।
        चुप लागी दिउँसो हिँड्ने, अँध्यारामा भाग्ने ।।
        खानपिउन नमागे नि, गर्दो रहेछ माया ।
        जीवन उसको छैन भने, पक्का हो त्यो छाया ।।

चमेलीः    पेट उसको नभए पनि, सधैँ मासु खान्छ ।
        मोटाउला भन्छु म त, झन्झन् घट्दै जान्छ ।।
        खुकुरीले काट्छन सबले, तै नि घाइते छैन ।
        यसको उत्तर तिम्ले अब, नभनी नि भएन -

चतुरेः    मासु खाँदा नमोटाउने, पेट नभएको मोरो ।
        घाइते नभइ काटिने त, भेट छैन मेरो ।।
        उत्तर भन्न गाह्रो पार्‍यो, गाउँ खोज्या हो कि -
        तिम्ले खोज्या उत्तर त अचानो पो हो कि ।।

चमेलीः    आमा छोरी एकै ठाउँ, झगडा छ सधैँ ।
        आमा सोझी छोरी भने, तगडा छ सधँैं ।।
        छोरी कुट्छे आमालाई, आमा रुन्छे बरा ।
        के हो त्यस्तो मन्दिरमा पार्छ हरबरा -

चतुरेः    मन्दिरमा आमा छोरी, रुन्छे भन्छौ बुढी फेरि ।
        हातै बेगर आमा कुट्ने, विचरी त्यो डुँडी छोरी ।।
        कुर्टाई खाए नि छोरी बोक्ने, क्या मजाको दिल् छ कि त -
        घन्टी भन्ने उत्तर दिए, तिम्ले खोज्या मिल्छ कि त -

चमेलीः    रङ्गहीन स्वादहीन, अचम्मको झोल ।
        पाइन्छ त्यो नि जताततै, चाहिँदैन मोल ।।
        पातलजमिन दुवैतिर, हुन्छ बादलमाथि ।
        हाम्लाई बाँच्न चाहिने त्यस्तो, के होला त साथी -

चतुरेः    रङ्गस्वाद दुवै नभा, अचम्मको झोल ।   
        कस्तो चीज होला त्यस्तो, नपर्ने त्यो मोल ।।
        हाम्लाई बाँच्न चाहिन्छ भन्दा, मैले बुभे+m नानी ।
        नुहाउन, धुन, पिउन चाहिने, पक्का हो त्यो पानी ।।

अर्को दिन

चतुरेः    एउटा सानो सोलीभित्र, भरी सेता जन्ती ।
        कति धेरै कति धेरै, कस्ले गर्ने गन्ती -
        कहिले सोली हरियो हुने, कहिले हुने रातो -
        के हो त्यस्तो वस्तु भन, खाँदा लिन्छ सातो -

चमेलीः    सोलीभित्र जन्ती भन्यौ, चट्पटे पो हो कि -
        रङ्ग फेरि हरियो रातो, उत्तर बिग्रियो कि -
        मैले आज हारे भने, निकै जाग्छौ तिमी । हारें
        झट्ट भन कुन गाउँ, आज माग्छौ तिमी -

चतुरेः    गाउँ नै नदिई कोहीले उत्तर, खोज्न पाउँदैन ।
        माग्नेले त छाडी पाउँछ, रोज्न पाउँदैन ।।
        उत्तर चाडो चाहिने भए, गाउँ तिम्ले दिनर्ुपर्छ ।
        मैले लाएको भागबन्डा, तिम्ले लिनर्ुपर्छ ।।

चमेलीः    निकै छट्टु रहेछौ साथी, गाउँ तान्ने भयौ । छट्टु
        राम्रा कुरा आफू राखी, नराम्रोचाहिँ बाँड्ने भयौ ।।
        गाउँ दिदै दिन्न साथी, एउटा सहर दिन्छु ।
        गन्हाउने काठमाडौं दिई, अब उत्तर लिन्छु ।।

चतुरेः    कहिले देखि जाती भयौ, पहिले छुच्ची थियौ । कहिलेदेखि
        धन्यवाद तिम्लाई साथी, फोहोर सहर दियौ ।।
        फलफूल प्रगतिचाहिं, मेरो राख्ने धोको ।
        दर्र्ुगर्न्ध र अगतिको, लैजाउ त्रि्रो पोको ।। लैजाऊ

चमेलीः    चुप साथी फोहोर नदेउ, मैले नाक थुने । नदेऊ थुनें
        तैबरु उत्तर भन्छु, मनभित्र गुनेँ ।।
        च्यातिएको सोली होला, त्यसमाथि जुँगा ।
        मकैको घोगो हो नि, बाहिर खस्रो लुगा ।।

चतुरेः    स्यावास ! भन्ने मन थियो, मिलाएनौ नि तिम्ले ।
        फेरि बाठो भयौ भने, लोपार्दिन्छु अहिले ।।
        फुर्ती कहिल्यै नलाऊ साथी, तिम्ले हार्नु पर्ला ।
        कान समाई सबैसामु, उठ्बस  गर्नु पर्ला ।। उठ्बस्

चमेलीः    यस्तो लाज नपार न, उठ्बस चाहिँ गर्दिन म ।
        त्रि्रा सामु कहिल्यै पनि, घमन्ड नि गर्दिन म ।।
        सहरमाथि गाउँ थप्दै, लैजाउ बरु सब ।
        नगर न बेइज्जत साथी, उत्तर भन अब ।।

चतुरेः    जान्नु तान्नु केही छैन, फुर्ती लायौ धेर ।
        सबैसामु बेइज्जतको, लोप्पा खायौ हेर ।।
        तिम्ले दिएको गाउँको म, राजा हुन्छु अब । ठालु
        सिठी फुकी तिम्ले सधैं, फोहोर फाल्नु सब ।।

        हार्‍यौ भने ग्वाँ गर, जित्या भए ठूली हुन्थ्यौ ।
        फोहोर फाल्ने काम छोडी, राजा जस्तै खुला हुन्थ्यौ ।
        गाउँ खोज्ने काम छोडी, तिम्ले हार्‍या जाती ।
        मैले माग्या उत्तर त, खर्ुसानी हो साथी ।।

चमेलीः    चतुरे भाइ मैले हारे, मलाई गर माफ । हारें मलाई माफ गर
        सुटुक्क आई यही ठाउँमा, कहिले मलाइ भेट ।। मलाई भेट्ने गर

चतुरेः    हार्दैखेरि जिल खाने, चमेलीको बानी रै छ । त्रि्रो
        जा जा बरु घरै जा न, ननिकी त भगर्ुइ रै छ ।।

अर्को दिन

चतुरेः    घरि कस्ती घरि कस्ती, रङ्ग रूप फेर्छर्ेे
        अनन्तमा घुमीफिरी, हामीतिर हर्ेर्छर्ेे।
        पोल्टाभरि पानी बोक्छे, भिज्ने होइन कहिल्यै ।
        टाढा टाढै भागी रहन्छे, मिल्ने होइन कहिल्यै ।।

चमेलीः    पोल्टाभरि पानी बोक्ने, कुरा जाती होइन ।
        टाढाटाढै भाग्ने भए, हाम्रो साथी होइन ।।
        न त जानें उत्तर मैले, न त सार पाएँ ।
        तिम्ले नै उत्तर भन, मैले हार खाएँ ।। तिमीले

चतुरेः    गाउँखाने कविता हो, उत्तर त्यसै पाइँदैन ।
        गाउँँँँँँ देऊ एउटा राम्रो, अर्थोक केही चाहिँदैन ।। अरु
        यति पनि नजान्नेले, किन फुर्ति लाउने । फर्ुर्ती
        तिम्ले उत्तर नमिलाए त, मैले गाउँ पाउने ।।

चमेलीः    कठिन कठिन प्रश्न सोधी, मलाई गारो पार्‍यौ ।
        कस्तो खाले गाउँ दिनु्, मलाई सारो पार्‍यौ ।। दिनू
        छिट्टै भन उत्तर अब, नहेर न टोलाई ।
        बानियाँटार तिम्लाई दिन्छु, अरू गाउँ मलाई ।।

चतुरेः    बानियाँटारको सेरोफेरो, राम्रो जति मेरो ।
        तिम्लाई दिन्छु गन्हाउने, विष्णुमती घेरो ।।
        जाती गर्ने सर, मिस, माया जति मलाई ।
        पिट्ने कुट्ने गाली जति, दिन्छु तिमीलाई ।।

चतुरेः    यो गाउँको राजा हुँ म, तिमी भयौ थाङ्ने ।
        कस्तो खालको अवस्तरो, उत्तर पनि माग्ने ।। लवस्तरो
        आकार हुन्छ तरल यसको, तीव्र हुन्छ वेग ।
        कोहीले भन्छन् बादल यसलाइ कोहीले भन्छन् मेघ ।।

चमेलीः     सेतो खैरो सानो भाइको, उघ्रिएको छाता ।
        पक्का पनि पर्छ होला, भ्यागुत्ताको नाता ।।
        कोही भने जाती खाले, भोक मेटाइदिने ।
        कोही भने खराब हुन्छ, के हो ज्यान लिने -

चतुरेः    जाती खराब कस्ता होलान, त्रि्रा भाइहरू । होलान्
        छाता ओढ्छ भाइले भने, सोझो दाइ बरु ।।
        प्रश्न सुन्दा सजिलैथ्यो, उत्तर त गारो रै छ ।
        भन साथी काबु भएँ, कुन र्सत चाहिन्छ -त) ।।

चमेलीःर्    र्सत केही चाहिदैन, गाउँ खाने कवितामा ।
        एउटा राम्रो गाउँ दिए, उत्तर त भन्दिन्छु म ।। भन्छु
        भन साथी कुन गाउँ दिन्छौ, मलाई रोजी ।
        भागबन्डा लाउनु पर्लार्, तराजुमा जोखी ।।

चतुरेः    उत्तर भन्न नसके छि, हार्नु पर्छ मैले ।।
        राम्रोराम्रो कुरा उसले, कहाँ पाउँछ पहिले ।
        बेइज्जत -मेरो) हुन लाग्यो, उत्तर भन खोजी ।
        कुन गाउँ चाहियो तिम्लाई, लग आफै रोजी ।।


चमेलीः    म त हेर धर्ैय नै छु, रोजी गाउँ चाहिँदैन ।
        त्रि्रो मनमा पापबाहेक, अरू केही पाँइदैन ।।
        भाग बन्डा केही लाउन्न, अब अक्कल पुर्‍याऊ ।
        मैले माग्या उत्तर त, सानो फुच्चे च्याउ ।।

चतुरेः    वनमै जन्म्यो वनमै हुक्र्यो, वनमै थियो वास ।
        सिकारीको हतियारले, पार्‍यो उसलाई नास ।।
        कर्मी आई मर्मत गर्दा, रूप फेर्न पुग्छ ।
        के हो त्यस्तो वस्तु अहिले, जलमा पौडी कुद्छ -

चमेलीः    वनमा जन्मी जलमा डुब्ने, सिकारीले मार्‍या ।
        मित्र रहिछ कर्मीचाहिँ, जसले राम्रो पार्‍या ।।
        उत्तर भन्न निकै सोचेँ, तै नि लाइन टुङ्गो । टुङ्गा
        पानीमाथी कुद्छ भने, पक्का हो त्यो डुङ्गा ।।माथि

चतुरेः    वारिपारि दिदीबहिनी, बीचमा ठूलो भीर ।
        भेट कहिल्यै नभइ दिँदा, मनमा पर्छ पीर ।।
        एउटी खोज्छे अर्की हर्ेन, अर्की टाढा भाग्ने ।
        के हो त्यस्तो दुवै मिली, संसार हर्ेन जाग्ने -

चमेलीः    दुवै मिली संसार हर्ेर्ने, फेरि भेट हुन्न भन्छौ ।
        भेट गर्न दुइटीलाई, ठूलो भीरले दिन्न भन्छौ ।।
        निकै सोची मुहार छामें, तै नि आएन भाका ।
        औलो पुगी बल्ल छोएँ, पक्का रैछन् आँखा ।।

चतुरेः    जति खेल्यो दोहोरी यो, खेलौं भन्छ मन त ।
        हारजित कहिल्यै हुन्न, हुन्न कहिल्यै अन्त ।

चमेलीः    डाँडामाथि घाम पनि, डुब्न लाग्यो भाइ ।
        माया गाँस्तै बिदा पाउFm, छुटौं आजलाई

   


   





बाल कोशेली

बाह्र महिना
बैशाखमा बिहे भयो, जन्त गइन म ।
जेठमा धेरै गर्मी भयो, तै नि रोइन म ।।

असारमा पानी पर्‍यो, बाटो भयो हिलो ।
साउनमा खेत रोप्न, किन भयो ढिलो ।।

भदौ महिना भेल बढी, पाखो बगायो ।
असोजमा दसैं आई, सब्लाई जगायो ।।

कार्तिकमा तिहार थियो, गाउँ नै झिलिमिली ।
मंसिरमा धान काट्यौं, सबै मिलिजुली ।।

पुस महिना जाडो भयो, सेतो हुस्सु टम्म ।
माघ महिना हिउँ पर्‍यो, डाँडामाथि डम्म ।।

फागुनमा होली खेल्यौं, रङ्ग दलिदली ।
चैत महिना कोइली नाच्यो, वसन्तमा खेली ।।

यो वर्षा बाह्रै महिना, मेरा भए जाती ।
तिम्रा झनै राम्रा होलान्, सुनाऊ न त साथी ।।


अङ्क गणना
मानिसको जहिल्यै पनि, एउटा नाक हुन्छ ।
दुवैपट्टि कान गन्दा, जम्मा दुइ हुन्छ ।।

नाक कान दुवै मिली, अब भयो तीन ।
नाक आँखा जोड्दा जम्मा, चार भयो जान ।।

एउटा हातका सबै औंला, गन्दा भयो पाँच ।
छ बनाउन अर्को हातको, एउटा औंलो भाँच ।।

एउटै हातले दुइटै आँखा, छुँदा भयो सात ।
आठ पार्न आँखा नाक, छुन लग हात ।।

एउटा हातको एउटा औंलो, लुक्दा नौ भयो ।
दुईटै हातका सबै औंला, फुक्दा दश भयो ।।



म र ऊ
म -    मेरो सानो साथी ।
हेर आकासमाथि ।।

ऊ-     मेरो ठूलो साथी ।
हेरें आकासमाथि ।।

म -    सेतो कालो रङ्ग छ ।
बादल आफैं दङ्ग छ ।।

ऊ -     बादलभन्दा माथि त ।
जून हुन्छ राति त ।।

म -     राति जून देखिन्छ ।
दिउँसो घाम भेटिन्छ ।।

ऊ -     बिजुलीझैं बलेका ।
जून तारा खेलेका ।।

म -     हामी पनि मिलौं है ।
साथी साथी खेलौं है ।।

सानु साथी
सानु साथी आउनुहोस्, मिली हात समाऊँ ।
ओरिपरी घुमेर, गोलो घेरा बनाऊँ ।।

आफ्नो आफ्नो ठाउँमा, थच्याक्थुचुक् बसौं न ।
सबैजना मिलेर, रूमाल लुकाइ खेलौं न ।।

फनफनी घुम्नुहोस्, हामी हेर्र्छौं अगाडि ।
रूमाल लुकाइ सुटुक्क, राखी दिनुस् पछाडि ।।

मैले भेटें रूमाल, छाम्छाम् छुम्छुम् पारेर ।
अघि बढें खुसुक्क, बीचमा रूमाल झारेर ।।

एक फन्को म घुम्दा, थाहै पाएन साथीले ।
प्याट्ट पिटें पिठ्यँुमा, डुम भयो ऊ अहिले ।।


जङ्गल
सानो सानो जङ्गलमा, हाम्रो साथी हरायो ।
साथी साथी भनेर, चिच्याई चिच्याई करायो ।।

खोज्न जाऊँ उसलाई, ऊ त एक्लो परेछ ।
डर लागी मनमा, उसको आँसु झरेछ ।।

एक्लै जान हुँदैन, जङ्गलमा हामीले ।
हाम्लाई डर देखाउँछ, बाघ अनि भालुले ।।

सबै मिली गएर, हाम्रो साथी खोजौं न ।
विचराका आँसुलाई, हामी मिली पुछौं न ।।

कोहीलाई दुःख परेमा, हामी सबै मिल्दछौं ।
सुख दुःख बाँडेर मिली मिली खेल्दछौं ।।

स्याउ
स्याउ खोई स्याउ, झोलाभित्र होला ।
आहा कति राम्रा, सबै गोला गोला ।।

झोलाभित्र केके छ, फेरि पनि हेर ।
लामो लामो पहेंलो, कति राम्रो केरा ।।

स्याउभन्दा सानो छ, तर छैन टुप्पो ।
पाके पनि हरियो, अङ्गुरको, झुप्पो ।।

पहेंला यी दानालाई, खाँदा मिठो होला ।
जुनार अनि मौसम, सँगै रै छ सुन्तला ।।

फलफूल बोकी धारामा, पखाल्नलाई जाउँ न ।
चक्कु लिई काटेर, बाँडी बाँडी खाउँ न ।।

गन्ती
हात पुर्‍याएँ नाकमा, १ मात्र रै छ ।
मानिसको जहिल्यै, २ आँखा हुन्छ ।।

नाक आँखा जोडौं न, अब ३ भयो ।
कान आँखा जोडेमा, अनि ४ भयो ।।

मुठ्ठी पारौं पहिले, अनि खोलौं अहिले ।
एउटा मुठ्ठीभित्र, ५ औंला जहिले ।।

अब आफैं ६ भयो, औंला राखें नाकमा ।
७ पार्न राखौं न, सधैं दुबै आँखामा ।।
नाक आँखा छुँदामा, जम्मा ८ भयो ।
हातका सबै औंलामा, एक झिके ९ रह्यो ।।

दुबै हातका औंला ती, खोल्दा भयो १० ।
१ देखि १० जान्ने, ज्ञानी तिमी बस ।।

मनोज गजुरेल

धर्ती हाम्रो घर, आकास हाम्रो छाना
छानामुनी बरोबरी हामी सबै जना

रुवाण्डाका हुत्तु तुत्सी मेरा दाजुभाई
श्रीलंकामा जनता मर्दा चित्त दुख्छ मलाई
अप्रिmकाका काला हुन् कि अमृकाका गोरा
देशबाट खेदिएका भुटानीका छोरा

धर्ती फुलबारी, मानिस हामी फुल
फूल्न पाउनु हाम्रो अधिकार चुड्नु भूल

मृत्यूदण्ड तोकिएकी तस्लिमाको कथा
कथा सुन्दा कस्मिरको बढ्छ हाम्रो ब्यथा
बंगालादेशमा बाढी आउंदा पाकिस्तानमा पहिरो
देशभन्दा मानवताको नाता हुन्छ गहिरो

सिंगो धर्ती भरी घाम अनि छाया“
मानिसलाई मानिसलाई गर्नुपर्छ माया“
उत्तर दक्षिण बा“डिएका कोरियाली मन
मन दुख्दा इरानीको चाइना कठै भन
जातपात धर्ममा लर्डाईं भयो धेर
भगवान सबको एउटै आखा खोली हेर
प्रेम हाम्रो धर्म हो, मानिस हो जात
जातधर्म मिलेपछि आउ मिलाऔं हात



सिस्नुपानी देउसी - २०६८

भन भन भाइ हो -       राम राम
भन भन बैनी हो-          राम राम
स्वर मिलाईकन -          राम राम राम
राम्ररी भन -          रामै राम

जोडले भने -                 जय जय राम
देशै भरी-           रामै राम
प्रधानमन्त्री -                  बाबुराम
राष्ट्रपति -                 बरन-राम
विपक्षी नेता -             चन्द्र-राम
व्रि्रोही नेता -             बादल राम
ओलीका झोली -          पर्शुराम

बाबुराम विचार -          दिल्लीराम
र्सकारका मन्त्री -          सिल्लीराम
आउने पो हो कि -         राज्य राम
भइएने पो हो कि -     जिल्लाराम

हाम्रो देशका प्रधानमन्त्री मुस्ताङ्ग चढ्छन् लुरुलुरु नि लै लै
मन्त्राणीलाई प्राडो, प्र.म.ज्युलाई घाडो
हिसिलाको चुरुफुरु...........
गच्छेदारको अच्छा भाषन, खोजी गर्ने भ्रष्टाचारी नि लै लै
नखोज न धेर, आफैं ऐना हेर
कालो चस्मा फुकालेर
सबै डाक्टर प्रधानमन्त्री हुदैनन् है पढेर
देउसी खेल्न जाऔं साथी मुस्ताङ् चढेर
जुन पार्टी  डाक्टर बैद्य त्यही पार्टी रोगी भो
पार्टी रोगी, नेता ढोंगी, जनता जोगी भो

कुद्न खोज्ने बाबुराम, बैद्य छिर्के लगाउने
नारानकाजी फुत्त निस्की खाने, अघाउने

मार्क्सबाद हो कि मार्क्स'बेद' त्रि्रो, बुझ्नलाई गाह्रो भो !
प्रचण्डलाई 'पथ'मा पुग्न कस्तो साह्रो भो

'बैद्यजी'लाई जंगलतिरै फर्के राम्रो होला नि
जडीबुटी खोज्न लैजाऊ रातो झोला नि 

संविधान फल्छ भन्थ्यौ, संघियता ल्याउ“छु भन्थ्यौ नि लै लै
न  संघि यता भो, न त संघि उता भो
उल्टै देश कता कता गो

छ सय एकको लामो ताती, पुत्ले पाङ्ग्रे भाती भाती नि लै लै
संवि धान जप्छन्, म्यादमात्रै थप्छन्
लाग्दैन कि कुरी कुरी
चरी उड्यो भुरुरुरु, पर्शु दिउ“सै हरायो
ओलीजीको जोक सुन्दा जोकै डरायो

बल्खु पनि बिरानो भो दिल्लीले नि फाल्दियो   
दिल्लीले नि अर्कैलाई टेण्डर हाल्दियो 

झलनाथको झिल्के सरकार छ महिना नि रहेन
किन आयो, किन गयो पत्तै भएन

र्'वर्तमान पर्रि्रेक्ष' माधवजीको नारा हो
न बिर्गाछन्, न सपार्छन् डमी पारा हो -

शुशिलदा र देउवा दाइको का“ग्रेसभित्र रडाको
चुनाव हार्ने पालो सधैं पौडेल बूढाको

बुढै बूढा नेता छन्, अझै भन्छन् जवान 
युवालाई उठ्नै दिन्नन्, कठै गगन ।

मधेशीलाई मुक्ति दिन्छौं भन्छन् नेता मधेशका
काठमाण्डौमा घर ठड्याउछन्, सयर विदेशका

भ्रष्टाचार अन्त्य गर्छु भन्दै हिड्छन् गच्छेदार
एउटा ऐना किनौं जनता, दिऊ“ न उपहार
नेपाली हौं हामी भन्छन्, देश त्यागी कता कता नि लै लै
ऊ बेलामा फाले, अहिले माग्न थाले
एनआरएनले नागरिकता

घा“टी दुख्ने रोग लागे, नजाऊ भाउजू अस्पताल नि लै लै
डाक्टर सिस्टर आउलान्, बेहोस्को सुइ  लाउलान्
झिकी देलान् पाठेघर ।
ए भन भन भाई हो-     के भन्ने -
देउसिरे भन-         नभन्ने
स्वर मिलाई भन-     नभन्ने
भन्नेचाहीं के त -     मिसावट
मिर्ठाई हाम्रा-         मिसावट
दबाई हाम्रा-         मिसावट
दुधका पोका -         मिसावट
गुदपाकका प्याकेट-     मिसावट
पानीका बोतल-        मिसावट
फलफुलमा केमिकल-     मिसावट
तरकारी हाम्रो -        मिसावट
सरकारै हाम्रो -        मिसावट
हाम्लाई भने भिषा दिन महिनौंसम्म झुलाउने
भिषैबिना मुसालाई हङ्कङ डुलाउने

भारतको रक्त चन्दन बिरामी पो भएछ
एम्बुलेन्समा चढेर चाइना गएछ
नेपालका टेलिकमले ठूलो आपत् पारेछन्
को को - भन्दा बोको सुनी, झन्डै मारेछन्

ज्ालस्रोतको धनी भन्दै सधैं गीत गाइरहने
आक्कल-झुक्कल कहिले काहीं बत्ती आइरहने

राष्ट्र बन्न चाहिएको थ्यो धेरै नेता निपूर्ण 
सयौं कुम्भकर्ण बिचमा कठै गोकर्ण
अर्थतन्त्र टाट उल्टाउने कस्तो तिम्रो रहर
प्लटिङ गर्ने पल्टने दाई के छ खबर -
भ्याट छल्ने व्यापारी, कर छल्ने तस्कर
सरकारका अघिपछि तिनकै लस्कर

आशिष
ए दिदैछौं आशिष -      गनेर
महङ्गी घटोस् -         भनेर
ए सुनको भाउ-        झन् बढोस्
नूनको भाउ -          झन् घटोस्
शेयरको मूल्य -        बढ्दो होस्
लोड सेडिङ् सधैं -      घट्दो होस्
आयकर तिर्ने -         बानी होस्
धारामा सधैं -          पानी होस्
सिलिण्डरमा -           प्वाल  नहोस्
दूतावासको जस्तो -      वाल नहोस्
थोत्रा पिलेन -         नउडून्
भिरमा गाडी -         नगुडून्
मिर्ठाई बासी -          नपरोस्
रोगले निम्तो -          नगरोस्
कोशेली गुदपाक -       नआओस्
आइहालेपनि -          नखाओस्
प्रभुले ज्यान -          नहरुन्
काशीको बास  -       नगरुन्
बाबुलाई अल्सर -      नलागोस्
छोराले पल्सर -        नमागोस्
चोरलाई खेद्ने -       लाठी होस्
घरकी जहान -        बाठी होस्
देउसीको जस्तो -      लय होस्
नेपाली जनताको -      जय होस्
आगौं आउला देउसी गाउला सारङ्गी नि रेटौंला
बिपा सप्रे उज्यालोमा फेरि भेटौंला ।।