चतुरेः आऊ साथी बात मारौं, कविताको भाषा ।
प्रश्न, उत्तर गरी खेलौं, दोहोरीको पासा ।।
गाउँहरू नदिएरै, उत्तर भन है त ।
छ फन्कामा बिसाउनलाई, पहिले सोध्छु म त ।।
सानी सानी तिखी नानी, घोच्ने उनको बानी ।
एउटै मात्र आँखो छ नि, हर्ेर्छिन् धागो तानी ।।
हात, गोडा केही छैनन्, त्यस्तो वस्तु के हो -
जानेदेखि उत्तर भन, नत्र गाउँ देऊ भो !
चमेलीः कस्तो खाले प्रश्न सोध्यौ, साह्रो भयो भन्न ।
उत्तर खोज्न प्रयास गर्छर्ुुम त गाउँ दिन्न ।।
धागो भए नि आँखो हुन्न, होइन रै छ टाँगो ।
उत्तर यसको सियो हो नि, तानी हर्ेर्ने धागो ।।
चतुरेः स्यावास् ! तिम्लाई उत्तर दियौ, अब भन अर्को ।।
धर्ैय गरी विचार गर, नमान है झर्को ।।
ज्रि्रो उसको निकै ठूलो, बोल्ने भने होइन ।
खुट्टा एउटै नभए पनि, हिँड्न छोड्ने होइन ।।
चमेलीः इस्कुसको ज्रि्रो हुन्छ, सक्दैन त्यो बोल्न ।
गाह्रो भयो उत्तर भन्न, हिँड्दैन त्यो डुल्न ।।
चुप लागी बस्छन् होला, उसको मालिक सुत्दा ।
नबोले नि हिँड्छन भने, हुनर्ुपर्छ जुत्ता ।।
चतुरेः एउटै सानो घरभित्र, धेरै भाइ बस्ने ।
बाहिर निस्की टाउको ठोकी, आगो बाली हाँस्ने ।।
के होला त त्यस्तो चिज, भान्सामा नि पाइने -
चुरोट खाने अम्मलीलाई हरबखत्मा चाहिने ।।
चमेलीः जुम्रा पनि बस्ने गर्छन, धेरै मिली केशमा ।
टाउँको ठोक्तै आगो बाल्ने, शक्ति हुन्न त्यसमा ।।
उत्तर त्यसको पत्ता लाउन, गाह्रो भयो मलाई ।
ए ए, त्यस्तो चिज पक्कै, हुनर्ुपर्छ सलाई ।।
चतुरेः उसको एउटा खुट्टो मात्र, तल तिर बाङ्गो । तलतिर
बन्द गरे इज्जतिलो, उघार्दा झन् नाङ्गो ।।
घामपानीमा मान्छेहरू, लिन्छन् उसको साथ ।
के होला त त्यस्तो चिज, ढाकिदिने माथ - चीज
चमेलीः के होला त त्यसतो चिज, बाङ्गो हुने खुट्टो ।
घामपानीमा चाहिन्छ भने, होइन त्यो त कुट्टो ।।
बुहारी र जेठाजु भैFm, टाउको ढाक्ने नाता ।
करङ् पनि हुन्छ भने, हुनर्ुपर्छ छाता ।।
चतुरेः टाउको मात्र खान खोज्ने, उसको ठूलो मुख ।
तालु टेकी बस्न पाए, निकै मान्छ सुख ।।
ओजन भने छँदै छैन, बोक्छन् दर्ुइ हातले ।
आफ्नो गौरव ठानी लाउँछन्, नेपालीका जात्ले ।।
चमेलीः मुख मात्रै हुन्छ होला, हुन्न् आँखाकान । हुन्न
नेपालीले लाउने गर्छन्, मानी आफ्नो सान ।।
रमाउँछ बस्न पाए, सधैँ टाउको छोपी ।
दर्ुइ हातले बोक्ने कुरो, हुनर्ुपर्छ टोपी ।।
चतुरेः सुरिलो छ रुख एउटा, टुप्पामा छ पात ।
भान्साभित्र पस्यो भने, बाँडने गर्छ भात ।। बाँड्ने
बाहुन पनि होइन ऊ त, साँझबिहान नुहाउँछ ।
चुपै लागी बस्यो भने, भोकै राखी रुवाउँछ ।।
चमेलीः अचम्मको कुरा गर्र्छौ, रुखले बाँड्ने भात ।
त्रि्रो प्रश्न सुन्दै खेरी, लाग्यो मलाई मात ।।
एउटा रुखमा एउटै पात, आजै मात्र सुन्या ।।
कि त हो त्यो डाडु चम्चा, कि त हो त्यो पन्यू ।।
छछ वटा प्रश्न सोध्यौ, यत्ति पहिलो फेरो ।
उत्तर भन्ने पालो त्रि्रो, प्रश्न सोध्ने मेरो ।।
प्रश्नहरू सोधिकन, गर्न लागे पूरा ।
सबै उत्तर मिलाएर, बन है त सुरा ।।
महिलाको हात बाँध्छ, हैन त्यो त दाम्लो ।
छम्छम आवाज दिने, हैन पक्कै नाम्लो ।। छमछम
सुन्दरहुन लागाइन्छ, विविध त्यसका रङ्ग । सुन्दर हुन
के होला त त्यस्तो चिज, परिदिने दङ्ग -
चतुरेः कस्तो खाल्को बाँध्ने चिज, दाम्लो पनि होइन ।
रङ्गीचङ्गी हुन्छ भने, नाम्लो पनि होइन ।।
सजावटका लागि लाइने, अनौठो त्यो कुरा ।
महिलाले लाउँछन् भने, पक्कै पनि चुरा ।।
चमेलीः रङ्गहीन स्वादहीन, जताततै पाइने ।
सजीवको जीवन धान्ने, सधैंभरि चाहिने ।। धान्न
आकार पनि नभएको, आगो भने मार्ने ।
के होला त त्यस्तो चिज, ओरालामा झर्ने -
चतुरेः रङ्ग, आकार, स्वाद छैन, अनौठो त्यो जात ।
ओरालामा बगीकन, लाग्ने गर्छ खात ।। बगिकन
पत्ता लाएँ जस्तो लाग्छ, सुन है त ज्ञानी ।
हामीलाई सधैँ चाहिनेे, पक्कै हो त्यो पानी ।।
चमेलीः जति तान्यो उति छोटो, धुवाँ आउने धेर ।
बारम्बार प्रयोग गरे, जीवन जान्छ खेर ।।
क्यान्सरको जन्मदाता, निकोटिनको पोको ।
के हो त्यस्तो अम्मलीले, मेट्ने गर्छन् धोको -
चतुरेः जति तान्यो उति छोटो, उल्टो भयो कुरा ।
धुवाँ आई जीवन लाने, डर लाग्यो पूरा ।।
अम्मलीले नपाएमा, मानिहाल्छ उराठ । उराठ्
क्यान्सरलाई जन्म दिने, पक्कै हो त्यो चुरोट ।।
चमेलीः जति ताछ्यो उति ठूलो, जेजे पर्ुन चाहिने ।
आकाशमा हुने होइन, धर्तीमा चै पाइने ।।
खुकुरीको भन्दा पनि, कोदालाको काम ।
कत्तिको जान्या रहेछ, सुनौ न त नाम - सुनौं
चतुरेः प्रश्न सुन्दै हाँसो उठ्यो, ताछ्दा खेरि ठूलो ।
संसारमा नभएको, पक्कै त्रि्रो भुल हो ।।
उत्तर मैले नदिए त, गाउँ दिनु पर्छ ।
ए ए, सुन त्यस्तो चिज, खाल्डो हुनर्ुपर्छ ।।
चमेलीः पेटभरि कालो पानी, टुप्पामा चै तिखो ।
लेख्नेहरू मान्छन् उसलाई, सधैँभरि निको ।।
सफा सादा देख्यो कि त, उसको कामै कुध्ने ।
के होला त्यो, अन्यायमा विचार पोखी जुध्ने -
चतुरेः सानोसानो आकारको, पेटमा बोक्ने पानी ।
पक्का पनि बनाउँछ, मानिसलाई ज्ञानी ।।
संसारको सबै लेख्ने, दुःखीहरूको मलम ।
विचार जन्माई जुझछ भने, पक्कै हो त्यो कलम ।।
चमेलीः बन्द एउटा घैंटोभित्र, लेदबेदे पानी ।
त्यही पानीमा अडेको छ, एउटा जिन्दगानी ।।
पौष्टिक तत्त्व ठानिकन, मान्छे खाने गर्छन । गर्छन्
के हो त्यस्तो, जोगाएमा सबै खेर जान्छन् -
चतुरेः अनौठो छ कुरै सुन्दा, जीवन घैंटाभित्र ।
जोगाएमा खेर जाने, गाह्रो भयो मित्र ।।
मुख नभै सेतो भए, चल्लाहरूको मूल ।।
मैले पक्का पत्ता लाएँ, पंक्षीहरूको फुल ।।
चमेलीः पत्याएकै थिइन मैले, तिमी रहिछौ छुरा ।
छछ वटै सोधी सिध्यो, दोस्रो फन्को पूरा ।।
जति सोधें मैले तिम्लाई, मिलाई दियौ सब ।।
प्रश्न सोध्ने त्रि्रो पालो, उत्तर मेरो अब ।।
चतुरेः आकाशमा उडे पनि, त्यो त होइन चरो ।
पानी हुन्छ सधैं साथ, दमकल होइन मेरो ।।
सेलाएर ठोक्किएर, धर्ती भिजाइ दिन्छ ।
के होला त त्यस्तो चीज, किसान रिझाइ दिन्छ -
चमेलीः समुद्रमा जन्मेपछि, उडने उसको काम । उड्ने
पागल जस्तो लक्ष्यहीन, हुन्न एकै ठाम ।।
पहाडमा ठोक्कियो कि, घन्काइ दिन्छ मादल ।
तिमले सोध्या पक्का पनि, हुनर्ुपर्छ बादल ।। तिम्ले
चतुरेः चारखुट्टा त्यसको नानी, चेप्टो पर्यो जीउ ।
हरेक सामान राख्न परे, थापिदिन्छ जीउ ।।
कार्यालय, विद्यालय, घरमा पनि हुने ।
पुरस्कार पाउछ्यौ नानी, त्यसको उत्तर भने ।। पाउँछ्यौ
चमेलीः जनावरको चारखुट्टा, चेप्टो जीउ चै हुन्न ।
कर्ुर्सर्ीीलङ हो कि हो कि, मन लाग्यो भन्न ।।
सामान पो राख्ने बस्तु, बस्ने सुत्ने होइन । वस्तु
टेबल भन्दा बाहेक अरू, विकल्प नै छैन ।।
चतुरेः पहाडमा गर्ल्यामगर्ुर्लुम, तर्राई पुगे शान्त । गर्ल्याम्गर्ुर्लुम्
पानीबाहेक उसलाई कहिल्यै, भेटिँदैन अन्त ।। उस्लाई
उकालो चै चढ्ने होइन, ओरालो भई झर्छर्ेे
के हो त्यस्तो चीज भन, समुद्रमा मर्छर्ेे।
चमेलीः पहाड हिमाल उत्ताउली, तर्राईमा ज्ञानी ।
भन्छौ फेरि भेटिन्न ऊ, नभएमा पानी ।।
समुद्रमा पुगी भने, त्यागी दिन्छे चोला ।
त्यस्तो चिज कि त नदी, कि त हुन्छ खोला ।।
चतुरेः अँध्यारामा साथ हुन्न, खोइ कता धाउँछ ।
घामजुन उज्यालामा, मेरो साथ आउँछ ।। जून
निर्जीव भए नि सँगै हिँड्छ, हैन आफ्नो मित ।
छाम्न खोज्यो भेने फेरि, भेटिँदैन ऊ त ।। भने
चमेलीः निर्जीव भए नि अचम्मको, त्रि्रो साथ धाउने ।
अँध्यारामा हुन्न भन्छौ, उज्यालामा आउने ।।
छाम्न खोज्दा भागे पनि, गर्दो रैछ माया ।
त्यस्तो खालको अनौठो त, हुनर्ुपर्छ छाया ।।
चतुरेः एउटा सानो गाउँभित्र, तीन भाइको राज ।
हिजो भोलि दुवै हुन्न, खाली हुुन्छ आज ।।
बार वटा घर घुम्छन्, फरकफरक गति ।
के हो त्यस्तो घुमिरहने, नखाइकन राति -
चमेलीः कति सानो गाउँ रहेछ, बारै घरले भर्या ।
मिलिजुली तीनै भाइले, फेरि रुङले गर्या ।। रुङ्ने
दाइँ जस्तो घुम्छन् होला, आकार पनि छडी ।
नखाइकन हिँडछन् भने, पक्का हो त्यो घडी ।।
त्रि्रो पनि पालो सिद्धियो, अब मेरो फन्को ।
सुन तिमी प्रश्न सोध्छु, अब मेरो मनको ।।
अहिलेसम्म बराबर छ, प्रश्नउत्तरहरू ।
हर्ेर्दै जाऊ केके हुन्छन्, बाँकी रहेका अरू ।।
तर्राईमा पाइँदैन, हिमालमा हुन्छ ।
पानी धेरै चिसो भए, पनि त्यस्तो हुन्छ ।।
घामको तातो पायो भने, भस्याकभुसुक् बिल्ने ।
त्यस्तो चिज के हो भन, हिमनदीमा मिल्ने ।।
चतुरेः कस्तो खालको चिज हो त्यो, हिमालमा हुने ।
घामको तातो पाउनासाथ, मृत्यु मुख छुने ।।
छँुदैखेरि हुन्छ होला, सायद चिसो जिउ । जीउ
त्यस्तो चिज पक्कै हुन्छ, हिमालको हिउँ ।।
चमेलीः काली डल्ली, भुन्टीको छ, पेटभरि पानी ।
टाउकामाथि आगो बोक्छे, उज्यालेमा खानी ।। उज्यालोकी
शिरदेखि पीँधसम्म, कपडाको त्यान्द्रो ।
के हो त्यस्तो भन बाबु, पेट उसको ध्वान्द्रो ।।
चतुरेः कस्ती खालकी डर लाग्दी, बोकी बस्या धागो ।।
पेटभरि पानी भए नि, टाउको चै आगो ।।
बिजुलीमा कामै छैन, आँध्यारामा अति । अँध्यारामा
ध्रि्री, कुपी भन्छन् कतै, कतै भन्छन् बत्ती ।।
चमेलीः एउटा सानो डल्ले भाइको, हात खुट्टा छैन ।
लात्ती खान्छ हजारौंको, रुने कहिल्यै हैन ।।
कुटाइ खाए हाँसीउप|mी, मैदानभरि घुम्छ ।
के हो त्यस्तो खेलाडीका, आसपासमा झुम्छ -
चतुरेः कस्तो रै छ त्रि्रो भाइ, नभएको अङ्ग ।
कुट्दाखेरि खुसी हुने, परें म त दङ्ग ।।
खेलाडीले खेल्छन् होला, लात्ती उज्याइ ठोकी ।
त्यस्तो खालको नौलो वस्तु, भकुन्डो पो हो कि ।।
चमेलीः आँखा खोले देखिँदैन, चिम्लिँदा चै पाइने ।
आछ्यानमै सुतीसुती, संसार घुम्न जाइने ।। ओछ्यानमा
यात्राहरू रमाइला छन्, व्यवहार चै बन्दा ।
के हो त्यस्तो निदाउँदा चै, देख्न पाइने धन्दा - -चै धेर हुन्छ कि)
चतुरेः त्यस्तो कुन चिज होला, आँखा चिम्ली देख्ने ।
निदाउँदा भेट हुने, बिउँझदा लुक्ने ।।
कल्पनाका लामा कुरा, पक्कै होइन विपना । विप्ना
त्यस्तो खालको हुनुपर्ने, निश्चितै हो सपना ।। सप्ना
चमेलीः बुढाबुढी हिँडे भने, अघिअघि लाग्ने । बूढाबूढी
सत्रु पक्ष भेट्यो भने, प्रतिकारमा जाने ।। शत्रु
हातखुट्टा नभएको, हर्ेदा खेरि सिख्टो । सिटो
के हो त्यस्तो सधैँ हिड्ने, मान्छेभन्दा छिटो - हिंड्ने
चतुरेः बुढाबुढीसँग साथी, जवानसँग छैन । बूढाबूढी
शत्रुहरू देखेपछि, छोड्ने पनि होइन ।।
हातखुट्टा नभए नि, अघि हिँड्ने बौरो ।
लङ्गडालाई पनि साथी, पक्का हो त्यो लौरो ।।
सोध्ने पालो मेरो आयो, उत्तर भन्नै मिठो ।
अझै धेरै मिलाइदिन्छु, प्रश्न सोध छिटो ।।
मेरो बुद्धिदेखि तिमी, छक्कै पर्छर्ेेहोला । पर्छर्ेे
छिटो सोध अरू मलाई किन गर्छर्ेेढिला ।। गर्छर्ेे
चमेलीः जङ्गल जाँदा काध चढी, घरतिर हर्ेछ ।
घर आउँदा पनि चढ्छ, जङ्गलतिर फिर्छ ।।
रुख ढाल्ने दाउरा चिर्ने, भरपर्दो साथी ।
के हो त्यस्तो एकखुट्टे, चढ्ने काँधमाथि -
चतुरेः जता छाड्यो उतै हर्ेर्ने, अनौठो त्यो साथी ।
आउँदाजाँदा चढ्दो रैछ, सधैँ काँधमाथि ।।
खुट्टा एउटै भए पनि, रुख ढाल्दो रैछ ।।
त्यस्तो दरो हाम्रो साथी, बन्चरो पो रैछ ।।
चमेलीः एउटै सानो मुठ्ठीभित्र, सोर भाइ बस्छन् ।
सब्जनाको दाउ बोलाइ, सबै भुइँमा खस्छन् ।।
चित पोट दर्ुइ सुताइ, जोस रिस धेर ।
के हो त्यस्तो खेल्दाखेरि, पैसा जाने खेर -
चतुरेः कस्ता खालका सोर भाइ, मुठ्ठीभित्र अट्ने ।
चित पोट हुँदै खेरि, पैसा डाँडो काट्ने ।। कट्ने
उत्तर भन्न सम्भिmदैमा, छुटी सक्यो धुँवा ।
हड्डीबाट बन्नर्ुपर्छ, त्यस्तो चिज जुवा ।।
चमेलीः चोयैबाट बने पनि, जउिभरि आँखा । जीउभरि
साँझबिहान घाँस बोक्न, जाने गर्छ पाखा ।।
आमा उसकी नभए नि, बाबु भने बाँस ।
के हो त्यस्तो चिज भन, नभएको सास -
चतुरेः कस्तो खालको चिज हो त्यो, आँखा भाको ज्यानमा ।
घाँस लिन जाने गर्छ, साँझबिहान वनमा ।।
बाँसको छोरो भएपनि, आमाको चै भोको । भए पनि
सास नभा चिज भए, पक्कै हो त्यो डोको ।।
चमेलीः घर भन्दा धेरै ऊ त, गोठैतिर बस्छ । घरभन्दा
वस्तुभाउ भेट्यो भने, घाँटी समाइ कस्छ ।।
आगोमा चै पर्यो भने, भस्याकभुसुक हुन्छ ।
दिउँसो सुत्ने को हो त्यस्तो, राती जागै हुन्छ - के
चतुरेः घरमा भन्दा गोठमा बस्ने, घिन लाग्दो मोरो ।
वस्तु देख्तै घाँटी ताक्ने, होइन बाघको छोरो -
आगामा चै भस्याक भुसुक, बन्न सक्छ नाम्लो ।
दिउँसो सुती राती उठे, पक्कै हो त्यो दाम्लो ।।
चमेलीः गयो गयो भन्छन सबै, आको देखिँदैन ।
सारा संसार भत्काउँछ, कहिले छेकिँदैन ।।
रूप रङ्ग नभए नि, विनास गर्न जाग्ने ।
के हो त्यस्तो कुरा भन, सुन्दै डर लाग्ने -
चतुरेः तिम्ले मलाई सोध्दैखेरि, डर लाग्यो धेर ।
आको भने देखिँदैन, गयो भन्छन फेरि ।।
आकार उसको नभए नि, बिनास गर्न आउने । विनास
भुकम्प पो होला त्यस्तो, थाहै नदिइ धाउने ।। भूकम्प
चमेलीः उसलाई हर्ेन खोजे भने, उल्टै मलाई हर्ेछ । खोजें
मुख बङ्ग्याइ जिस्काएमा, ऊ नि त्यसै गर्छ ।।
आफ्नो रूप हर्ेनलाई, सधँैभरि चाहिने ।
के होला त त्यस्तो चिज, कोठाभित्र पाइने -
चतुरेः कोठाभित्र बसिकन, जिस्काउने भन्छौ ।
उसलाई च्याउन खोज्यो भने, उल्टै च्याउने भन्छौ ।।
कस्तो त्रि्रो प्रश्न हो यो, हराइसक्यो चैन ।
तिम्ले मलाई माग्या उत्तर, पक्कै हो त्यो ऐना ।।
चमेलीः यो फन्का नै सिद्धिसक्यो, अर्को पालो आयो । नि
गाउँ दिनुभन्दा पनि, उत्तर मज्जा लाग्यो ।।
दुवै जना जान्ने जान्ने, परिएन फेला ।
प्रश्नउत्तर थाली अब, बढाउँ फेरि खेला ।। बढाऊँ
चतुरेः सास उसको नभए नि, बेस्या भैFm बानी । बेस्याको
एकै ठाउँ बस्ने होइन, कहिल्यै मज्जा मानी ।।
जेसुकै नै किन्नु पर्दा, उनै पहिले चाहिने ।
के होला त त्यस्तो चिज, सबैसँग पाइने -
चमेलीः बेस्याको भैFm बानी भनौं, धेरैसँग धाउने । भन्यौ
भेट्दै छोड्दै सबैसँग, माया प्रीति लाउने ।।
एकै ठाउँ कहिल्यै पनि, नबस्ने रे ऐसा ।
त्यस्तो चञ्चल् पक्का पनि, हुनर्ुपर्छ पैसा ।।
चतुरेः फलफूल केही छैन, रोप्ता र्सर्ने होइन ।
एकै ठाउँ निकै बाक्लो, काट्दा मर्ने होइन ।।
कालो भई उम्रे पनि, बुढो भई प'mुल्ने । बूढो
के होला त त्यस्तो वस्तु, जन्तुसँग डुल्ने -
चमेलीः फलफूल नभए नि, मास्न अति गारो ।
त्रि्रो उत्तर सम्झनलाई, मलाई पर्यो सारो ।।
एकैछिन पर्ख है त, बुद्धि खियाउन धौ । द्यौ
त्रि्रो प्रश्न जे भएनि, उत्तर त रौँ ।। भए नि
चतुरेः काखभरि मान्छे बोक्छ, आमाजस्तो छैन ।
पानीभित्रै खेले पनि, पक्कै माछो होइन ।।
मान्छेहरू खोला तार्छ, पक्कै होइन पुल ।
उत्तर भन अब बाबु, नगरी नि भुल -
चमेलीः पानीभित्रै खेल्ने भए, आमा होइन पक्कै ।
माछो पनि होइन भन्दा, म त परे छक्कै ।।
पानीमाथि उत्रनलाई सक्दैन त्यो ढुङ्गा ।
वारिपारि तार्छ भने, पक्कै हो त्यो डुङ्गा ।।
चतुरेः पर्ूवबाट निस्किएर, पश्चिम पुग्ने काम ।
संसार सारा पार गर्दा, छैन कतै डाम ।।
छेउमा भए भष्म पार्छ, परै ताप ज्योति ।
के हो त्यस्तो युगौंयुग, अमर बन्ने मोती -
चमेलीः युगौंयुग बाँची बस्ने, अचम्मको वस्तु ।
छेउ परे भष्म पार्ने, चिज हो त्यो कस्तो -
जति हिँडोस् संसारमा, नभेटिने डाम ।
त्यस्तो खालको चिज भन्या, पक्कै पनि घाम ।।
चतुरेः नसा झिकी रेटे पनि, मिठो कुरा बोल्छ ।
सङ्गीतका वाणी बोकी, माधर्ूयता खोज्छ ।। खोल्छ
उसको आफ्नो मन छैन, कलाकारकै हात ।
के हो त्यस्तो नौलो कुरा, मिठो मार्ने बात -
चमेलीः रिसराग नभएको, कस्तो सुन्दर जात ।
जोसँग नि गास्ँँन खोज्ने, सङ्गीतको नाता ।।
बोल्न थाले उसले स्वर, सबको मन छोला ।
त्यस्तो खालको प्यारो कुरा, सारङ्गी पो होला ।।
चतुरेः शरीर उसको घ्याम्पोजस्तो, एउटै मात्रै गाला ।
गालभरि मोसो दली, बज्नु पर्ने खेला ।।
लौरो बोकी हिर्काएमा, बात मार्न थाल्ने ।
त्यस्तो के हो निर्दयीलाई, क्षणभरमै गाल्ने ।।
चमेलीः फर्सर्ीीो कि भनौं भने, त्यसको हुन्न गालो ।
सारा जीउ गालो भए नि, त्यसमा हुन्न कालो ।।
बज्न भने बजाउँछन्, उचालेर ठोकी । बज्छ
त्यस्तो खाले भाव भको, ट्याम्को चे पो हो कि ।। चै
चतुरेः कसै गरे गाउँ पाइन, कति सारो तेजी ।
केही क्षण गम खाएर, उत्तर दिन्छौ खोजी ।।
प्रश्न गर अब तिमी, तयार भएँ म त ।
गाउँ मेरो जिती अब, सोधी हेर न त ।।
चमेलीः झुसेमुसे झ्यासभित्र, काठको छ गोल ।
गोलभित्र मासु हुन्छ, मासुभित्र जाल ।। झोल
पहाडमा भन्दा पनि, तर्राईमा धेर ।
रुखमा फली पाइने खान, के हो त्यस्तो कुरा -
चतु्रेः रुखमा फल्ने कुराहरू -प्रायः), पाइन्छ नि खान ।
मासुभित्र जल भन्दा, अप्ठ्यारो भो जान्न ।।
पहाड-मा) भन्दा तर्राईमा, धेरै पाइने फल ।
त्यस्तो खाले खानेकुरा, पक्का नरिवल ।।
चमेलीः गोकरकी डल्ली बुढी, लडिबुडी गर्छर्ेे गोबरकी
भान्साभित्र जुठो टिपी, आफ्नो पेट भर्छर्ेे।
खाइपिई सकेपछि, दुलही हात रुङने ।
के हो त्यस्तो एकै क्षणमा, जुठेल्नामा पुग्ने -
चतुरेः कस्ती खाले बुढी भन्छौ, गोबरले बन्या ।
भान्साभित्र जुठो टिपी, टिपी सधैं खान्या ।।
जुठेल्नामा पुग्ने भन्दा, भेटाएको हो कि ।
तिम्ले माग्याँ उत्तर त, लोटाएको हो कि ।।
चमेलीः भूँ भूँ गरी कराए नि, मौरी भने होइन ।
काँधमा जनै भिरे पनि, मान्छेसम्म होइन ।।
जतिसुकै घुमे पनि, कहीँ छैन पुग्ने ।
के हो त्यस्तो सधैँभरि, धागो कात्न रुङने -
चतुरेः जतिसुकै घुमे पनि, हैन कहिल्यै धाउने ।
मान्छे ऊ नभए नि, जनै भने लाउने ।।
मौरी पनि होइन भने, भन्छु भन्छु पर्ख ।
धागो काती बस्छ भने, पक्का हो त्यो चर्खा ।।
चमेलीः फोहोरी त्यो कति सारो, सिंगानसम्म बोक्छ ।
भाँचीकुची पटिएर, गोजीभित्र लुक्छ ।।
गरिबसँग भन्दा पनि, धनीसँग पाइने ।
के हो त्यस्तो वस्तु भन, प्रायः सधैं चाहिने -
चतुरेः कस्तो खाले चिज हो त्यो धनीहरूले बोक्ने ।
सिंगान बोकी भाँचिएर, गोजीभित्र लुक्ने ।।
प्रश्न त्रि्रो सुुुुुुन्दैखेरि, कस्तो खालको कमाल ।
सबैलाई चाहिन्छ भने, पक्का हो त्यो रुमाल ।।
चमेलीः आकार उसको सानो तर, घर रुङने काम ।
राङ्लो समाइ बसेपनि, खाने होइन माम ।। साङ्लो
न त आउँछ कहिल्यै बाहिर, न त भित्र पस्छ ।
के हो त्यस्तो चिज भन, सधैं झुन्डिइ बस्छ -
चतुरेः कस्तो खालको चिज हो त्यो झुन्डिएर बस्ने ।
सङ्लो समाइ भोकै बस्ता, न त कहिल्यै खस्ने ।। साङ्लो समाई
उत्तर भन्न नजान्दा त, प्रश्न भयो हावी ।
रक्षा खातिर बस्छ भने, निश्चित् हो त्यो चाबी ।।
चमेलीः सेती बुढी घुम्न जाँदा, तातो तेलमा परी ।
रातीपिरी हुँदाहुँदै, झनै भई खरी ।।
चुरा जस्तो शरीर बोकी, तिहारमा भेट्ने ।
के हो त्यस्तो भन न त, खाँदा स्वाद मेट्ने -
चतुरेः बिचरी त्यो सेती बुढी, हुँदै गई राती । विचरी
एक्लै गइछन् घुम्न क्यारे, नलिएर साथी ।।
निकै पार्यो गारो मलाई, भन्छु एकै चोटि ।
त्यस्तो खालको खानेकुरा, होला सेल रोटी ।।
चमेलीः खेल्दाखेल्दै बेर भयो, टुङ्ग्याउने पो हो कि -
गाउँ दिनै नपाएर, मज्जा आएन कि -
फेरि फेरि अर्को दिन, सँगै साथआउँला ।
भेट हुँदा प्रश्न उत्तर, खेली माया लाउँला ।।
अर्कोदिन
चतुरेः शरीरभरि अक्षर बोकी, देशविदेश घुम्ने ।
ज्ञानगुनका कुरा सिकाई, मनमुटु चुम्ने ।।
मुख उसको नभए पनि, थुप्रै कुरा बोल्छ ।
के हो त्यस्तो वस्तु भन, संसारभरि डुल्छ -
चमेलीः मुखैबेगर बोल्ने कुरा, अनौठो छ मान ।
अक्षर बोकी दिन्छ भन्छौ, संसारलाई ज्ञान ।।
प्रश्न सोधी झुक्याउने, तिमी कस्ता हौ पो -
कोही भन्छन् खबर कागज, कोही पत्रिका पो ।।
चतुरेः फेदै काटौं टुप्पा काटौं, कसै मर्ने होइन ।
उखेलेर सार्यो भने, फेरि र्सर्ने होइन ।।
बैंस छँदा कालो खैरो, बुढो भए सेतो ।
पातै न भा त्यान्द्रो रुख, के हो भन त्यस्तो -
चमेलीः पातै न भा त्यान्द्रो रुख, प्रश्न अचम्मको ।
र्सार्न खोज्दा नसरे नि, मर्न बिर्सिएको ।।
जालीफटाहा कुरा गरी, नझुक्याकै बेश ।
कोहीले भन्छन् कपाल भने, कोहीले भन्छन् केश ।।
चतुरेः दुवैपट्ट िलेखिएको, किताब पनि होइन ।
खुट्टैबेगर संसार डुल्न, कहिल्यै भुल्ने होइन ।।
धनीगरिब बनाउने अचम्मको जात हो ।
देशैपिच्छे छुट्टै हुने, भन भन के हो -
चमेलीः दुवैपट्ट िलेख्या भन्दा किताब मानेको थें ।
खुट्टै बेगर संसार डुल्ने, चिठी ठानेको थें ।।
जसले पायो उसले सधैं, मान्छ होला ऐसा ।
धनी गरिब पार्छ भने, पक्कै हो त्यो पैसा ।।
चतुरेः लुगाचाहिं सुनको छ, चाँदीको छ जिउ ।
जिउ सबै घ्युजस्तो, त्यसैभित्र बिउ ।।
मिलीजुली रुखमाथि, झुन्डिएर बस्ने ।
के हो त्यस्तो फल भन, स्वाद मिठो गाँस्ने -
चमेलीः चाँदीबाहिर सुन लाउने, घमन्डको बल ।
घ्युजस्तो जिउ त्यसको, कस्तो खालको फल ।।
मिलिजुली स्वाद गाँसे, भन्छु एक फेरा ।
नउम्रने विउ भए, पक्का हो त्यो केरा ।। बिउ
अर्कोदिन
चमेलीः जिउभरि खटिरा छ, बाहिर बाक्लो लुगा ।
मुख भने छ कि छैन, तर लामो जुँगा ।।
के हो त्यस्तो अन्न भन, खाजा खान चाहिने -
जिउभित्र मोटो ठूलो, एउटै हाड पाइने ।।
चतुरेः मुखैबिना लामो जुँगा, अचम्मको अन्न ।
जिउभरि खटिरा रे, गारो भयो भन्न ।।
ठूलो हाड बाक्लो लुगा, झुक्याएको पो हो कि -
खाजा खान पाइने भए, मकै घोगो हो कि ।।
चमेलीः घरभरि कपडा छन्, लाउन सधैं भुल्छ ।
बुढाबुढी भेट्यो भने, साथी बनी डुल्छ ।।
हात खुट्टा केही छैन, केही होइन खाने -
स्यावास पाउँछौं तिमले अब, यको उत्तर जाने -
चतुरेः लाजै नभा लबस्तरो, लुगा लाउँदै भुल्दो रैछ । लाउनै
खुट्टाबिना नखाइकन, सारा संसार डुल्छ रैछ ।। डुल्दो
स्यावास पाउने अञ्जन मै, उत्तर हान्छु झट्टी । पाउन अञ्जान
केहीले भन्लान् "लौरो" यसलाई, कोहीले भन्लान् लठ्ठी ।। कोहीले
चमेलीः कागजका पोकाभित्र, अक्षरको खेती ।
मायामोह साटिदिन्छ, आफन्तलाई भेटी ।।
भोकै डुल्छ संसारभरि, खबर लिन दिन ।
उत्तर भन झट्टै अब, ढिलो गर्र्छौ किन -
चतुरेः ढिला गर्न खोज्या हैन, प्रश्न भयो गारो ।
माया साट्ने खबर बोक्ने, झनै पार्यो सारो ।।
गाउँ तिम्लाई दिनुभन्दा, उत्तर भन्छु मित्र ।
कोहीले त्यसलाई चिठी भन्लान्, कोहीले भन्लान् पत्र ।।
चमेलीः टाउकामा छ पुरुषको, मस्तिष्क नि हैन ।
झुन्डयाउनलाई काम दिने, उझिन्डो नि हैन ।। छैन
न त लौरो न त हतियार, होइन फेरि अङ्ग ।
भन के हो यसको उत्तर, नपर न दङ्ग -
चतुरेः लौरो हतियार अङ्ग होइन, टाउकोमा रे फेरि ।
छक्कै परें म त हेर, त्रि्रो प्रश्न हेरी ।।
डोरीजस्तो नरम त्यान्द्रो, तार पनि होइन ।
"टुप्पी" बाहेक अर्को उत्तर केही पनि छैन ।।
अर्कोदिन
चमेलीः खानेकुरा पाकाउँछे, भान्से होइन फेरि ।
जे भेटे नि डढाइ दिने, मान्छे होइन फेरि ।। डर्ढाई
हाम्लाई सधैँ चाहिए पनि, छुनै हुन्न ताती ।
के हो त्यस्तो वस्तु भन, हटाइ दिन्छ राती -
चतुरेः खानेकुरा पाकाउँदैमा, भान्से हुन्न साथी । पकाउँदैमा
छुँदै खेरि पोल्छे भने, हैन रै छ जाति ।। जाती
हाम्लाई सधैं चाहिने कुरा, भन्न मन लाग्यो । लागो
अँध्यारालाई खान्छ भने, हुनर्ुपर्छ आगो ।।
चमेलीः कालो भए सफा लाग्ने, सेतो भए छि छि ।
हेर्र्छौँ हामी सधैं उसलाई, कक्षाभित्र बसी ।।
एउटा सानो सेतो भाइ, त्यसलाई टेकी हिँड्छ ।
के हो त्यस्तो कुरा भन, हाम्लाई ज्ञान दिन्छ -
चतुरेः कक्षा पसी बाहिर हेरे, मर्ूख ठान्नर्ुपर्छ ।
कालो भए फोहोर हुन्छ, हाम्ले जान्नु पर्छ ।।
सेतो भाइ हिँड्छ भन्दा, मलाई विपत भो कि ।
ज्ञान दिन्छ भन्छौ फेरि कालोपाटी हो कि ।।
चमेलीः एउटा सानो चेप्टी नानी, टेबलमा बस्छे । एउटी सानी
त्यसका अङ्ग थिच्यो भने, ज्ञान दिँदै हाँस्छे ।।
विद्युत खाई बुद्धि दिन्छे, संसारभर पुगि । पुगी
के हो त्यस्तो कुरा भन, विश्व विकास गरी -
चतुरेः विद्युत खाई ज्ञान दिने, अनौठी -त्यो ) नानी रै छ ।
पढ्ने ठाउँमा बस्छे भने, छुच्चो त्यसको बानी रै छ ।।
अङ्ग थिच्दा खुसी मान्दै, विश्व विकास गर्ने भए त ।
कम्प्युटर भन्ने गर्या, सुसाङ्ख पो हो त ।। सुसाङ्ख्य
चमेलीः तातो पार्छ त्यसले फेरि, फेरि पार्छ चिसो ।
अँध्यारामा पुग्यो भने, पारिदिन्छ दिउँसो ।।
देखिने त्यो वस्तु होइन, सबथोक चलाउँछ ।
के हो त्यस्तो कुरा भन, पानीभित्रै पलाउँछ -
चतुरेः पानीभित्र पलाएर, तातो चिसो गर्ने ।
प्रश्न सोध्छौ खाली उल्टो, छक्क पर्नु पर्ने ।।
नदेखिए नि चल्न सक्ने, सारै धर्ुत रै छ ।
सबैथोक चलाउने, विद्युत पो रै छ ।। सबै थोक
चमेलीः अन्न खाई भुइँ खन्ने, डोजर त्यो कस्तो ।
बिजुलीमा नजोडे नि, पछाडि छ तार जस्तो ।।
चालक त्यसको छैन अहिले, गणेशजी चढ्छन अरे । चढ्छन्
के हो त्यस्तो पराइले -देख), लठ्ठी बोकी लखेड्छन् अरे - खेद्छन्
चतुरेः डोजर भए पेट्रोल खान्थ्यो, खान्न त्यसले अन्न ।
कस्तो खाले प्रश्न सोध्यौ, गारो भयो भन्न ।।
सुरुङभित्रै बस्छ भने, पक्का होइन हात्ती ।
तार भए नि गणेश चढे, मुसा हो त्यो साथी ।।
अर्कोदिन
चतुरेः मुखभन्दा पिँध सानो, सेतो ठेकी चाँदीको छ ।
जमिनमुनि ठेकी राखी, स्याउला बिर्को खाँदेको छ ।।
दही, मही कोही छैन, खाँदा पिरो पाइने । केही
के हो त्यस्तो वस्तु भन, तरकारीमा चाहिने -
चमेलीः खर्ुसानीभैFm लागेको थ्यो, तर सेतो हुन्न ।
मुखभन्दा पिंध सानो, चाँदीको त ठेकी हुन्न ।।
ठेकी भन्दै झुक्याउँदा, मलाई शङ्का लागेको हो ।
सेतो मुला भन्ने उत्तर तिमले मलाई मागेको हो ।। तिम्ले
चतुरेः दाँत भाको तरवार, घेरो लगाइ बोकेको छ ।
तरवारककै बीचमा बसी, मिठो मह रोकेको छ ।।
जिउभरि आँखा उसका, एउटै मुख छैन ।
के हो त्यस्तो फल जसको, ठूलो रुख हुन्न - जस्को
चमेलीः दुइटा आँखा एउटा मुख, सब कोहीको हुनुपर्ने । दर्ुइ
के रै छ त त्यस्तो फल, मह बोकी रुनुपर्ने -
गाउँ मेरो लैजाऊ बरु, दिन्न जिल्ला म त ।
भुइँकटहर भनें भने, त्रि्रो उत्तर मिल्ला कि त ।।
चतुरेः सुरिलो छ रुख एउटा, तर कतै हाँगा छैन ।
फल त्यस्को परै जावस, फूल फुल्ने जाँगर छैन ।। जावस्
बोटै टोकी कपास थुके, महजस्तै मिठो रै छ ।
के हो त्यस्तो बोट भन, बाँस जस्तै ठिटो रै छ -
चमेलीः बाँस जस्तै सुरिलो रे, हाँगा फल नरहेको ।
कस्तो खाले मह देला, फूलसम्म नभएको ।।
फेद रोपे मर्ला त्यो त टुप्पा रोपे र्सर्ने ।
उखु भनी उत्तर मिलाए, भन के - ) गर्नेर् - पो
चतुरेः एउटा रातो पृथ्वीमा, भित्र धेरै चिरा रै छ ।
प्रत्येक चिरा फोरी हर्ेदा, रस बोक्या किरा रै छ ।। कीरा
त्यही किरा टिपी खाए, गुलियो स्वाद पाउने ।
के हो त्यस्तो वस्तु भन, खाँदा मजा आउने -
चमेलीः किरा खाको कुरा गर्यौ, मलाई घिन लाग्यो ।
पृथ्वीभैFm फल होला, भन्न मन लाग्यो ।।
चिरा भन्या केस्रा भए, किरा भन्या बिजुली हो । बिजुली
तिम्ले माग्या उत्तर त, पक्का पनि सुन्तला हो ।।
चतुरेः मानिसलाई बाँधेको छ, फेरि त्यसमा किला छैन ।
संसार घुम्न भ्याइसक्यो, हिँड्न डुल्न ढिला छैन ।।
कस्तो खालको दाम्लो हो त्यो, एकातिर सानो ।
अर्कातिर ठूलो हुने, उत्तर भन नानु - नानू
चमेलीः संसार डुल्या कुरा गर्र्छौ, फेरि भन्छौ दाम्लो ।
घाँटी समाई बान्छ भने, पक्का होइन नाम्लो ।।
उत्तर यसको मिलाएँ भने, खुवाउ है त मिठाइँ ।
संसारलाई मनपर्ने, हुनर्ुपर्छ त्यो र्टाई ।।
अर्कोदिन
चमेलीः जता जाउँ आफू भन्यो, ऊ पनि पछि लाग्छ । नि
घाम लागे कालो हुन्छ, अँध्यारामा भाग्छ ।
जति हिडोस साथी फेरि, शब्द बोल्ने हैन । हिंडोस्
के हो त्यस्तो वस्तु भन, जीवन उसको छैन -
चतुरेः कस्तो साथी त्रि्रो हो त्यो, सधैँ पछि लाग्ने ।
चुप लागी दिउँसो हिँड्ने, अँध्यारामा भाग्ने ।।
खानपिउन नमागे नि, गर्दो रहेछ माया ।
जीवन उसको छैन भने, पक्का हो त्यो छाया ।।
चमेलीः पेट उसको नभए पनि, सधैँ मासु खान्छ ।
मोटाउला भन्छु म त, झन्झन् घट्दै जान्छ ।।
खुकुरीले काट्छन सबले, तै नि घाइते छैन ।
यसको उत्तर तिम्ले अब, नभनी नि भएन -
चतुरेः मासु खाँदा नमोटाउने, पेट नभएको मोरो ।
घाइते नभइ काटिने त, भेट छैन मेरो ।।
उत्तर भन्न गाह्रो पार्यो, गाउँ खोज्या हो कि -
तिम्ले खोज्या उत्तर त अचानो पो हो कि ।।
चमेलीः आमा छोरी एकै ठाउँ, झगडा छ सधैँ ।
आमा सोझी छोरी भने, तगडा छ सधँैं ।।
छोरी कुट्छे आमालाई, आमा रुन्छे बरा ।
के हो त्यस्तो मन्दिरमा पार्छ हरबरा -
चतुरेः मन्दिरमा आमा छोरी, रुन्छे भन्छौ बुढी फेरि ।
हातै बेगर आमा कुट्ने, विचरी त्यो डुँडी छोरी ।।
कुर्टाई खाए नि छोरी बोक्ने, क्या मजाको दिल् छ कि त -
घन्टी भन्ने उत्तर दिए, तिम्ले खोज्या मिल्छ कि त -
चमेलीः रङ्गहीन स्वादहीन, अचम्मको झोल ।
पाइन्छ त्यो नि जताततै, चाहिँदैन मोल ।।
पातलजमिन दुवैतिर, हुन्छ बादलमाथि ।
हाम्लाई बाँच्न चाहिने त्यस्तो, के होला त साथी -
चतुरेः रङ्गस्वाद दुवै नभा, अचम्मको झोल ।
कस्तो चीज होला त्यस्तो, नपर्ने त्यो मोल ।।
हाम्लाई बाँच्न चाहिन्छ भन्दा, मैले बुभे+m नानी ।
नुहाउन, धुन, पिउन चाहिने, पक्का हो त्यो पानी ।।
अर्को दिन
चतुरेः एउटा सानो सोलीभित्र, भरी सेता जन्ती ।
कति धेरै कति धेरै, कस्ले गर्ने गन्ती -
कहिले सोली हरियो हुने, कहिले हुने रातो -
के हो त्यस्तो वस्तु भन, खाँदा लिन्छ सातो -
चमेलीः सोलीभित्र जन्ती भन्यौ, चट्पटे पो हो कि -
रङ्ग फेरि हरियो रातो, उत्तर बिग्रियो कि -
मैले आज हारे भने, निकै जाग्छौ तिमी । हारें
झट्ट भन कुन गाउँ, आज माग्छौ तिमी -
चतुरेः गाउँ नै नदिई कोहीले उत्तर, खोज्न पाउँदैन ।
माग्नेले त छाडी पाउँछ, रोज्न पाउँदैन ।।
उत्तर चाडो चाहिने भए, गाउँ तिम्ले दिनर्ुपर्छ ।
मैले लाएको भागबन्डा, तिम्ले लिनर्ुपर्छ ।।
चमेलीः निकै छट्टु रहेछौ साथी, गाउँ तान्ने भयौ । छट्टु
राम्रा कुरा आफू राखी, नराम्रोचाहिँ बाँड्ने भयौ ।।
गाउँ दिदै दिन्न साथी, एउटा सहर दिन्छु ।
गन्हाउने काठमाडौं दिई, अब उत्तर लिन्छु ।।
चतुरेः कहिले देखि जाती भयौ, पहिले छुच्ची थियौ । कहिलेदेखि
धन्यवाद तिम्लाई साथी, फोहोर सहर दियौ ।।
फलफूल प्रगतिचाहिं, मेरो राख्ने धोको ।
दर्र्ुगर्न्ध र अगतिको, लैजाउ त्रि्रो पोको ।। लैजाऊ
चमेलीः चुप साथी फोहोर नदेउ, मैले नाक थुने । नदेऊ थुनें
तैबरु उत्तर भन्छु, मनभित्र गुनेँ ।।
च्यातिएको सोली होला, त्यसमाथि जुँगा ।
मकैको घोगो हो नि, बाहिर खस्रो लुगा ।।
चतुरेः स्यावास ! भन्ने मन थियो, मिलाएनौ नि तिम्ले ।
फेरि बाठो भयौ भने, लोपार्दिन्छु अहिले ।।
फुर्ती कहिल्यै नलाऊ साथी, तिम्ले हार्नु पर्ला ।
कान समाई सबैसामु, उठ्बस गर्नु पर्ला ।। उठ्बस्
चमेलीः यस्तो लाज नपार न, उठ्बस चाहिँ गर्दिन म ।
त्रि्रा सामु कहिल्यै पनि, घमन्ड नि गर्दिन म ।।
सहरमाथि गाउँ थप्दै, लैजाउ बरु सब ।
नगर न बेइज्जत साथी, उत्तर भन अब ।।
चतुरेः जान्नु तान्नु केही छैन, फुर्ती लायौ धेर ।
सबैसामु बेइज्जतको, लोप्पा खायौ हेर ।।
तिम्ले दिएको गाउँको म, राजा हुन्छु अब । ठालु
सिठी फुकी तिम्ले सधैं, फोहोर फाल्नु सब ।।
हार्यौ भने ग्वाँ गर, जित्या भए ठूली हुन्थ्यौ ।
फोहोर फाल्ने काम छोडी, राजा जस्तै खुला हुन्थ्यौ ।
गाउँ खोज्ने काम छोडी, तिम्ले हार्या जाती ।
मैले माग्या उत्तर त, खर्ुसानी हो साथी ।।
चमेलीः चतुरे भाइ मैले हारे, मलाई गर माफ । हारें मलाई माफ गर
सुटुक्क आई यही ठाउँमा, कहिले मलाइ भेट ।। मलाई भेट्ने गर
चतुरेः हार्दैखेरि जिल खाने, चमेलीको बानी रै छ । त्रि्रो
जा जा बरु घरै जा न, ननिकी त भगर्ुइ रै छ ।।
अर्को दिन
चतुरेः घरि कस्ती घरि कस्ती, रङ्ग रूप फेर्छर्ेे
अनन्तमा घुमीफिरी, हामीतिर हर्ेर्छर्ेे।
पोल्टाभरि पानी बोक्छे, भिज्ने होइन कहिल्यै ।
टाढा टाढै भागी रहन्छे, मिल्ने होइन कहिल्यै ।।
चमेलीः पोल्टाभरि पानी बोक्ने, कुरा जाती होइन ।
टाढाटाढै भाग्ने भए, हाम्रो साथी होइन ।।
न त जानें उत्तर मैले, न त सार पाएँ ।
तिम्ले नै उत्तर भन, मैले हार खाएँ ।। तिमीले
चतुरेः गाउँखाने कविता हो, उत्तर त्यसै पाइँदैन ।
गाउँँँँँँ देऊ एउटा राम्रो, अर्थोक केही चाहिँदैन ।। अरु
यति पनि नजान्नेले, किन फुर्ति लाउने । फर्ुर्ती
तिम्ले उत्तर नमिलाए त, मैले गाउँ पाउने ।।
चमेलीः कठिन कठिन प्रश्न सोधी, मलाई गारो पार्यौ ।
कस्तो खाले गाउँ दिनु्, मलाई सारो पार्यौ ।। दिनू
छिट्टै भन उत्तर अब, नहेर न टोलाई ।
बानियाँटार तिम्लाई दिन्छु, अरू गाउँ मलाई ।।
चतुरेः बानियाँटारको सेरोफेरो, राम्रो जति मेरो ।
तिम्लाई दिन्छु गन्हाउने, विष्णुमती घेरो ।।
जाती गर्ने सर, मिस, माया जति मलाई ।
पिट्ने कुट्ने गाली जति, दिन्छु तिमीलाई ।।
चतुरेः यो गाउँको राजा हुँ म, तिमी भयौ थाङ्ने ।
कस्तो खालको अवस्तरो, उत्तर पनि माग्ने ।। लवस्तरो
आकार हुन्छ तरल यसको, तीव्र हुन्छ वेग ।
कोहीले भन्छन् बादल यसलाइ कोहीले भन्छन् मेघ ।।
चमेलीः सेतो खैरो सानो भाइको, उघ्रिएको छाता ।
पक्का पनि पर्छ होला, भ्यागुत्ताको नाता ।।
कोही भने जाती खाले, भोक मेटाइदिने ।
कोही भने खराब हुन्छ, के हो ज्यान लिने -
चतुरेः जाती खराब कस्ता होलान, त्रि्रा भाइहरू । होलान्
छाता ओढ्छ भाइले भने, सोझो दाइ बरु ।।
प्रश्न सुन्दा सजिलैथ्यो, उत्तर त गारो रै छ ।
भन साथी काबु भएँ, कुन र्सत चाहिन्छ -त) ।।
चमेलीःर् र्सत केही चाहिदैन, गाउँ खाने कवितामा ।
एउटा राम्रो गाउँ दिए, उत्तर त भन्दिन्छु म ।। भन्छु
भन साथी कुन गाउँ दिन्छौ, मलाई रोजी ।
भागबन्डा लाउनु पर्लार्, तराजुमा जोखी ।।
चतुरेः उत्तर भन्न नसके छि, हार्नु पर्छ मैले ।।
राम्रोराम्रो कुरा उसले, कहाँ पाउँछ पहिले ।
बेइज्जत -मेरो) हुन लाग्यो, उत्तर भन खोजी ।
कुन गाउँ चाहियो तिम्लाई, लग आफै रोजी ।।
चमेलीः म त हेर धर्ैय नै छु, रोजी गाउँ चाहिँदैन ।
त्रि्रो मनमा पापबाहेक, अरू केही पाँइदैन ।।
भाग बन्डा केही लाउन्न, अब अक्कल पुर्याऊ ।
मैले माग्या उत्तर त, सानो फुच्चे च्याउ ।।
चतुरेः वनमै जन्म्यो वनमै हुक्र्यो, वनमै थियो वास ।
सिकारीको हतियारले, पार्यो उसलाई नास ।।
कर्मी आई मर्मत गर्दा, रूप फेर्न पुग्छ ।
के हो त्यस्तो वस्तु अहिले, जलमा पौडी कुद्छ -
चमेलीः वनमा जन्मी जलमा डुब्ने, सिकारीले मार्या ।
मित्र रहिछ कर्मीचाहिँ, जसले राम्रो पार्या ।।
उत्तर भन्न निकै सोचेँ, तै नि लाइन टुङ्गो । टुङ्गा
पानीमाथी कुद्छ भने, पक्का हो त्यो डुङ्गा ।।माथि
चतुरेः वारिपारि दिदीबहिनी, बीचमा ठूलो भीर ।
भेट कहिल्यै नभइ दिँदा, मनमा पर्छ पीर ।।
एउटी खोज्छे अर्की हर्ेन, अर्की टाढा भाग्ने ।
के हो त्यस्तो दुवै मिली, संसार हर्ेन जाग्ने -
चमेलीः दुवै मिली संसार हर्ेर्ने, फेरि भेट हुन्न भन्छौ ।
भेट गर्न दुइटीलाई, ठूलो भीरले दिन्न भन्छौ ।।
निकै सोची मुहार छामें, तै नि आएन भाका ।
औलो पुगी बल्ल छोएँ, पक्का रैछन् आँखा ।।
चतुरेः जति खेल्यो दोहोरी यो, खेलौं भन्छ मन त ।
हारजित कहिल्यै हुन्न, हुन्न कहिल्यै अन्त ।
चमेलीः डाँडामाथि घाम पनि, डुब्न लाग्यो भाइ ।
माया गाँस्तै बिदा पाउFm, छुटौं आजलाई