Search This Blog

Monday, October 31, 2011

मनोज गजुरेल

धर्ती हाम्रो घर, आकास हाम्रो छाना
छानामुनी बरोबरी हामी सबै जना

रुवाण्डाका हुत्तु तुत्सी मेरा दाजुभाई
श्रीलंकामा जनता मर्दा चित्त दुख्छ मलाई
अप्रिmकाका काला हुन् कि अमृकाका गोरा
देशबाट खेदिएका भुटानीका छोरा

धर्ती फुलबारी, मानिस हामी फुल
फूल्न पाउनु हाम्रो अधिकार चुड्नु भूल

मृत्यूदण्ड तोकिएकी तस्लिमाको कथा
कथा सुन्दा कस्मिरको बढ्छ हाम्रो ब्यथा
बंगालादेशमा बाढी आउंदा पाकिस्तानमा पहिरो
देशभन्दा मानवताको नाता हुन्छ गहिरो

सिंगो धर्ती भरी घाम अनि छाया“
मानिसलाई मानिसलाई गर्नुपर्छ माया“
उत्तर दक्षिण बा“डिएका कोरियाली मन
मन दुख्दा इरानीको चाइना कठै भन
जातपात धर्ममा लर्डाईं भयो धेर
भगवान सबको एउटै आखा खोली हेर
प्रेम हाम्रो धर्म हो, मानिस हो जात
जातधर्म मिलेपछि आउ मिलाऔं हात



No comments:

Post a Comment