१. मेरो सपनाको नेपाल
जनताले सुखको सास फर्ेन नपाएको
विश्वको यो अनौंठो भूगोलको गणतन्त्रमा
कल्पना गर्दा गर्दै थाकेर
अचेल म, अनविज्ञ भै सपना देख्छु ।
विपनाको वर्तमान नेपालसँग
रोइरहेको अतीतको नेपाल
मेरा परेलीका डिलमा नाच्दै
रुन्छ, कराउँछ अनि चिच्याउँछ
अनि भन्छ
खै तेरो कल्पनाको नेपाल -
राजा हटाएर, जनता नै राजा भएको बेला
आफ्नो गाँस काटेको पैसाले
आफ्नै विरुद्धमा हतियार किनेको बेला,
काम चलाउ सरकार, काम चलाउ जनता
अनि काम चलाउ जिन्दगीका त्रिवेणीमा
निस्फल पसिना बगाउँदै सपना देखेको छु ।
मेरो सपनामा नेपाल घुम्छ,
अहिलेको भन्दा फरक, सामान्य तर संभव अनि सत्य ।
मेरो नेपालको सपनामा
अनि मेरो सपनाको नेपालमा
बन्दुकका नालमा नडराइकन
चराहरू बस्छन्, नाच्छन् र गाउँछन् ।
मानिसको रगतको रङ्ग नदलेका
गुराँसका थुङ्गा फुल्दै फक्रन्छन् टाकुरामा
बम, बारुज र विष्फोटन इतिहासमा मात्र पढेर
कलेजको विद्यार्थीले प्रश्न सोध्छ,
नेपाल बन्द भनेको के हो -
मेरो सपनाको नेपालमा
दार्चुला र जुम्लाका मानिसहरूले
आफ्नै अनुभवमा नून र चामलको स्वाद बताउँछन् ।
सबै नेपाली एउटै चौतारी बसेर
पर्ुखाका जातीय र रङ्गीय भेदमा पछुताउँछन् ।
देश हाम्रो हो भनेर चर्को स्वरमा
जनता छाती फुलाएर बोल्दै हुन्छन् ।
आफ्नो देशको माती नचिनेर,
विदेशका ढुङ्गा रङ्गाउन पुगेका बन्धुहरू
देशको सुगन्ध अनुभव गर्दै र्फकन्छन् ।
भावीले भाग्य कोरीदिने कलम
परिश्रमी हातमा सरेर भाग्य लेखिदिन्छ
र, पसिनाको प्रतिफल गुलियो बनाउँदै
आफ्नो परिचयले संसार सुवासित पार्नेछ ।
सगरमाथा र बुद्धको देश नेपाल हैन,
सगरमाथा र बुद्धचाहिँ नेपालका रहेछन् भनेर ।
मेरो सपनाको नेपालमा वीरेनहरू हुन्नन्
र हुन्छन् ख्यातीहरू मात्र ।
प्रविधि हुन्छ र प्राविधिक हुन्छन् सुरक्षालाई
माटोको माया पलाउँछ र पसिनाले विवेक फलाउँछ,
नेता हुन्छन्, नीति हुन्छ र नेतृत्व पनि हुन्छ ।
फरक यति हो देश बेच्ने ठेकेदार हुन्नन् ।
तपाईं आफ्नै ठाउँमा बस्नुहोस् र पसिना पोख्नुहोस्,
देशको सुगन्धले संसार नाचेको देख्न पाउनु हुन्छ ।
म यतिखेर बिउँझको छु,
निदाएन भने सत्य सपनाहरू विपना बन्छन् भन्थे बूढापाका
किनकि मेरोजस्तो सपना
मेरा भावी पुस्ताले देख्न नपरोस्,
मेरोजस्तो यथार्थ र दर्ुदशा
भावी पुस्ताले भोग्न नपरोस् ।
२गुमेको गणतन्त्र
प्रिय पर्ूवज !
श्रद्धेय अग्रज !!
सम्झनाको इतिहास र
भोगाइको वर्तमनका
दर्ुइ किनाराबीच बगिरहेछौं हामी ।
तिमी बाँचेको गणतन्त्र अनि
हामी मनभरि ढुङ्गा बोकेका जनताका
ढुङ्गे युगको चित्र
बिनारङ्ग, बिनाकुची र बिनाक्यानभास
हृदयभरि कोरिरहेछौं हामी ।
मानिसहरू तिमीलाई हेपेर
जंगली, बर्बर र असभ्य भन्दारहेछन्
अशिक्षित, पाखे र अचेतन ठान्दारहेछन् ।
फूलको आँखामा संसार फूल हुन्छ भन्थे
काडाँको आँखामा संसार काँडा हुन्छ भन्थे,
त्यसैले बिनारङ्गमञ्च, बिनाकलाकारको
यो कलियुगी नाटक हेरिरहेछौं हामी ।
र, आदिम कालका तिमी आर्याङ्उटेन अनि रामापिथेकसको
गणतन्त्र सम्भिmरहेछौं हामी ।
तिमीले जीव हन्या गर्यौ जिविकोपार्जननिम्ति
हामी उपद्रो उपार्जननिम्ति मानिसै हत्या गरिरहेछौं ।
हातमा रगत दलेर आफू साधु बनिरहेछौं ।
तिमी लुगा नभएर नाङ्गै हिंड्यौ
हामी त्यही लुगाको प्रभावले
झन खुला र नाङ्गै हिडींरहेछौं
त्यसैले वर्तमान मरेको बेला
हामी हार्दीकतापर्ूवक सम्भिmरहेछौं
इतिहास बाँचेको त्रि्रो गणतन्त्र ।
तिमी आनन्दित थियौ
त्रि्रो युगमा जन्मेनन् वीरेनहरू
र बाँचे ख्यातीहरू
लक्ष्मी, काली र सरस्वती बनेर ।
तर, हाम्रो युगमा
सहर, सडक र गाउँका पाखाभरि
असरल्ल वीरेनहरू जन्माउँछन् आमाहरूले
अनि मार्छन् अबोध लक्ष्मी, काली र सरस्वतीलाई
ख्याती बनाएर ।
सायद अशिक्षा र अअखबारले
तिमीले पढ्न पाएनौ आफ्नै इतिहास
तर हामी सुशिक्षित नागरिकहरू
प्रयास, प्रविधि र प्रकाशको शिकार बनेर
आफ्नै आँखाले पढिरहेछौं
आफैं मरेका इतिहास र समचारहरू ।
सहरका भित्तामा टाँसिएका विज्ञापनका फोटामा
आफैं चुसिएको रगत हेरिरहेछौं ।
टेबलका टेलिभिजनका काँचमा
आफैं ठगिएको पसिना देखिरहेछौं ।
बम, बारुज र बन्दुकको बिस्फोटनमा
भोका पेटहरूको क्रन्दन सुनिरहेछौं ।
एकाध सुँगुरका सुन्दर खोरमा
सहस्र जीवनको कला र सीप बुुनिरहेछौं ।
शरीरका कोष कोष छरेर
सिङ्गै बाँचेको भ्रममा
कलियुगको निसासिँदो यो ढुङ्ग युगबाट
बचेको स्मरणशक्तिभरि हामी
त्रि्रो आदिमकालको गणतन्त्र सम्भिmरहेछौं ।
त्रि्रो सिङ्गो संसारीय देशलाई,
बगरेले मासु भाग लाएझैं
स्वदेश र विदेश बनाएका छौं ।
हामीसँग आफ्ना र बिराना छन्
त्यसैले सीमाना मिचिने पीर छ आज,
जनता हेपिने त्रास छ आज ।
प्रतिश्पर्धाको भावनाले
बिफलताको डरमा छौं हामी
जीवनमा पटक पटक असफल भएर पनि
अङ्कगणितीय सफलता निम्ति परीक्षा दिइरहेछौं ।
परीक्षा नै नदिइ
जीवनमा सफलता पाएका त्रि्रासामु
ननिदाइ बाँच्न विवस हामी,
बेचैनको यो ढुङ्गे युगबाट
स्वार्थको सिंढीमाथिको शिखरबाट
मनभरि अँध्यारो बोकेका उज्याला अनुहारले
स्वहीत र र्सवहीतको मन्त्र जप्तै
मनभरि चाँदनी बोकेर
अघाँउजी निदाएर
आफ्नै जिन्दगी बाँचेको
गुमेको आल्लादित
त्रि्रो यृुगको गणतन्त्र सम्भिmरहेछौं हामी ।
३. संविधान
बा !
संविधान भनेको के हो -
मरुभूमिमा हुने नाकपिणीको काँडा हो -
त्यही भएर हाम्रो सुन्दर देशमा नआएको हो -
त्यसैले पो नेताजी डराएको हो -
बा !
नेता को हो -
के नेताले मात्र संविधान बनाउँछ हो -
तिमीलाई संविधान बनाउन आउँदैन -
डोको, डालो र थुन्से त बन्छौ त,
मोही पनि पार्र्छौ, गोठ पनि सार्र्छौ,
कि तिमीले संविधान बनाउन हुँदैन हो -
बा ! किन तिमीले संविधान बनाउँदैनौ -
लुगा सुकिलो नभएर हो -
अघाउँजी भात नखाएर हो -
फोहोरी खेल नजानेर हो -
कि गरिबले संविधान बनाउन हुँदैन र हो -
बा ! संविधानले के गर्छ -
शान्ति हुन्छ भन्छन् नि
संविधानले बन्दुक बनाउँछ हो -
जनता खुसी हुन्छन् रे नि
संविधानले चामल फलाउँछ हो -
कि संविधानमा सिटामोल पाइन्छ -
जनता रमाउँछन् भनेर
संविधान नबनाको हो -
बा ! संविधानले देश एउटै बनाउँछ भन्छन् नि,
अहिले देश दर्ुइटा छ हो -
जनताले दुःख पाउने एउटा
र नेताले मस्ती लुट्ने अर्को हो -
बा ! हाम्रो संविधान हामी आफैं बनाउन,
हामी पनि सघाउँछौं नि तिमीलाई ।
म घोचा काट्छु,
बैनी पानी ओसार्छिन्
तिमी नै संविधान बनाउन ।
तिमीले बनाए पो हाम्रो हुन्छ ।
पर्राईले त हामीलाई के दिन्छ -
बा ! संविधानमा अब
बैनीले लाउने घाँघर हुन्छ हो -
मैले पढ्ने बाह्रखरी हुन्छ हो -
नया संविधानले अब
हाम्रो दाजु बाँचेर र्फकन्छ हो -
बा ! संविधान बनाउन तिमी
हामी पनि सघाउँछौं नि ।
जनताले सुखको सास फर्ेन नपाएको
विश्वको यो अनौंठो भूगोलको गणतन्त्रमा
कल्पना गर्दा गर्दै थाकेर
अचेल म, अनविज्ञ भै सपना देख्छु ।
विपनाको वर्तमान नेपालसँग
रोइरहेको अतीतको नेपाल
मेरा परेलीका डिलमा नाच्दै
रुन्छ, कराउँछ अनि चिच्याउँछ
अनि भन्छ
खै तेरो कल्पनाको नेपाल -
राजा हटाएर, जनता नै राजा भएको बेला
आफ्नो गाँस काटेको पैसाले
आफ्नै विरुद्धमा हतियार किनेको बेला,
काम चलाउ सरकार, काम चलाउ जनता
अनि काम चलाउ जिन्दगीका त्रिवेणीमा
निस्फल पसिना बगाउँदै सपना देखेको छु ।
मेरो सपनामा नेपाल घुम्छ,
अहिलेको भन्दा फरक, सामान्य तर संभव अनि सत्य ।
मेरो नेपालको सपनामा
अनि मेरो सपनाको नेपालमा
बन्दुकका नालमा नडराइकन
चराहरू बस्छन्, नाच्छन् र गाउँछन् ।
मानिसको रगतको रङ्ग नदलेका
गुराँसका थुङ्गा फुल्दै फक्रन्छन् टाकुरामा
बम, बारुज र विष्फोटन इतिहासमा मात्र पढेर
कलेजको विद्यार्थीले प्रश्न सोध्छ,
नेपाल बन्द भनेको के हो -
मेरो सपनाको नेपालमा
दार्चुला र जुम्लाका मानिसहरूले
आफ्नै अनुभवमा नून र चामलको स्वाद बताउँछन् ।
सबै नेपाली एउटै चौतारी बसेर
पर्ुखाका जातीय र रङ्गीय भेदमा पछुताउँछन् ।
देश हाम्रो हो भनेर चर्को स्वरमा
जनता छाती फुलाएर बोल्दै हुन्छन् ।
आफ्नो देशको माती नचिनेर,
विदेशका ढुङ्गा रङ्गाउन पुगेका बन्धुहरू
देशको सुगन्ध अनुभव गर्दै र्फकन्छन् ।
भावीले भाग्य कोरीदिने कलम
परिश्रमी हातमा सरेर भाग्य लेखिदिन्छ
र, पसिनाको प्रतिफल गुलियो बनाउँदै
आफ्नो परिचयले संसार सुवासित पार्नेछ ।
सगरमाथा र बुद्धको देश नेपाल हैन,
सगरमाथा र बुद्धचाहिँ नेपालका रहेछन् भनेर ।
मेरो सपनाको नेपालमा वीरेनहरू हुन्नन्
र हुन्छन् ख्यातीहरू मात्र ।
प्रविधि हुन्छ र प्राविधिक हुन्छन् सुरक्षालाई
माटोको माया पलाउँछ र पसिनाले विवेक फलाउँछ,
नेता हुन्छन्, नीति हुन्छ र नेतृत्व पनि हुन्छ ।
फरक यति हो देश बेच्ने ठेकेदार हुन्नन् ।
तपाईं आफ्नै ठाउँमा बस्नुहोस् र पसिना पोख्नुहोस्,
देशको सुगन्धले संसार नाचेको देख्न पाउनु हुन्छ ।
म यतिखेर बिउँझको छु,
निदाएन भने सत्य सपनाहरू विपना बन्छन् भन्थे बूढापाका
किनकि मेरोजस्तो सपना
मेरा भावी पुस्ताले देख्न नपरोस्,
मेरोजस्तो यथार्थ र दर्ुदशा
भावी पुस्ताले भोग्न नपरोस् ।
२गुमेको गणतन्त्र
प्रिय पर्ूवज !
श्रद्धेय अग्रज !!
सम्झनाको इतिहास र
भोगाइको वर्तमनका
दर्ुइ किनाराबीच बगिरहेछौं हामी ।
तिमी बाँचेको गणतन्त्र अनि
हामी मनभरि ढुङ्गा बोकेका जनताका
ढुङ्गे युगको चित्र
बिनारङ्ग, बिनाकुची र बिनाक्यानभास
हृदयभरि कोरिरहेछौं हामी ।
मानिसहरू तिमीलाई हेपेर
जंगली, बर्बर र असभ्य भन्दारहेछन्
अशिक्षित, पाखे र अचेतन ठान्दारहेछन् ।
फूलको आँखामा संसार फूल हुन्छ भन्थे
काडाँको आँखामा संसार काँडा हुन्छ भन्थे,
त्यसैले बिनारङ्गमञ्च, बिनाकलाकारको
यो कलियुगी नाटक हेरिरहेछौं हामी ।
र, आदिम कालका तिमी आर्याङ्उटेन अनि रामापिथेकसको
गणतन्त्र सम्भिmरहेछौं हामी ।
तिमीले जीव हन्या गर्यौ जिविकोपार्जननिम्ति
हामी उपद्रो उपार्जननिम्ति मानिसै हत्या गरिरहेछौं ।
हातमा रगत दलेर आफू साधु बनिरहेछौं ।
तिमी लुगा नभएर नाङ्गै हिंड्यौ
हामी त्यही लुगाको प्रभावले
झन खुला र नाङ्गै हिडींरहेछौं
त्यसैले वर्तमान मरेको बेला
हामी हार्दीकतापर्ूवक सम्भिmरहेछौं
इतिहास बाँचेको त्रि्रो गणतन्त्र ।
तिमी आनन्दित थियौ
त्रि्रो युगमा जन्मेनन् वीरेनहरू
र बाँचे ख्यातीहरू
लक्ष्मी, काली र सरस्वती बनेर ।
तर, हाम्रो युगमा
सहर, सडक र गाउँका पाखाभरि
असरल्ल वीरेनहरू जन्माउँछन् आमाहरूले
अनि मार्छन् अबोध लक्ष्मी, काली र सरस्वतीलाई
ख्याती बनाएर ।
सायद अशिक्षा र अअखबारले
तिमीले पढ्न पाएनौ आफ्नै इतिहास
तर हामी सुशिक्षित नागरिकहरू
प्रयास, प्रविधि र प्रकाशको शिकार बनेर
आफ्नै आँखाले पढिरहेछौं
आफैं मरेका इतिहास र समचारहरू ।
सहरका भित्तामा टाँसिएका विज्ञापनका फोटामा
आफैं चुसिएको रगत हेरिरहेछौं ।
टेबलका टेलिभिजनका काँचमा
आफैं ठगिएको पसिना देखिरहेछौं ।
बम, बारुज र बन्दुकको बिस्फोटनमा
भोका पेटहरूको क्रन्दन सुनिरहेछौं ।
एकाध सुँगुरका सुन्दर खोरमा
सहस्र जीवनको कला र सीप बुुनिरहेछौं ।
शरीरका कोष कोष छरेर
सिङ्गै बाँचेको भ्रममा
कलियुगको निसासिँदो यो ढुङ्ग युगबाट
बचेको स्मरणशक्तिभरि हामी
त्रि्रो आदिमकालको गणतन्त्र सम्भिmरहेछौं ।
त्रि्रो सिङ्गो संसारीय देशलाई,
बगरेले मासु भाग लाएझैं
स्वदेश र विदेश बनाएका छौं ।
हामीसँग आफ्ना र बिराना छन्
त्यसैले सीमाना मिचिने पीर छ आज,
जनता हेपिने त्रास छ आज ।
प्रतिश्पर्धाको भावनाले
बिफलताको डरमा छौं हामी
जीवनमा पटक पटक असफल भएर पनि
अङ्कगणितीय सफलता निम्ति परीक्षा दिइरहेछौं ।
परीक्षा नै नदिइ
जीवनमा सफलता पाएका त्रि्रासामु
ननिदाइ बाँच्न विवस हामी,
बेचैनको यो ढुङ्गे युगबाट
स्वार्थको सिंढीमाथिको शिखरबाट
मनभरि अँध्यारो बोकेका उज्याला अनुहारले
स्वहीत र र्सवहीतको मन्त्र जप्तै
मनभरि चाँदनी बोकेर
अघाँउजी निदाएर
आफ्नै जिन्दगी बाँचेको
गुमेको आल्लादित
त्रि्रो यृुगको गणतन्त्र सम्भिmरहेछौं हामी ।
३. संविधान
बा !
संविधान भनेको के हो -
मरुभूमिमा हुने नाकपिणीको काँडा हो -
त्यही भएर हाम्रो सुन्दर देशमा नआएको हो -
त्यसैले पो नेताजी डराएको हो -
बा !
नेता को हो -
के नेताले मात्र संविधान बनाउँछ हो -
तिमीलाई संविधान बनाउन आउँदैन -
डोको, डालो र थुन्से त बन्छौ त,
मोही पनि पार्र्छौ, गोठ पनि सार्र्छौ,
कि तिमीले संविधान बनाउन हुँदैन हो -
बा ! किन तिमीले संविधान बनाउँदैनौ -
लुगा सुकिलो नभएर हो -
अघाउँजी भात नखाएर हो -
फोहोरी खेल नजानेर हो -
कि गरिबले संविधान बनाउन हुँदैन र हो -
बा ! संविधानले के गर्छ -
शान्ति हुन्छ भन्छन् नि
संविधानले बन्दुक बनाउँछ हो -
जनता खुसी हुन्छन् रे नि
संविधानले चामल फलाउँछ हो -
कि संविधानमा सिटामोल पाइन्छ -
जनता रमाउँछन् भनेर
संविधान नबनाको हो -
बा ! संविधानले देश एउटै बनाउँछ भन्छन् नि,
अहिले देश दर्ुइटा छ हो -
जनताले दुःख पाउने एउटा
र नेताले मस्ती लुट्ने अर्को हो -
बा ! हाम्रो संविधान हामी आफैं बनाउन,
हामी पनि सघाउँछौं नि तिमीलाई ।
म घोचा काट्छु,
बैनी पानी ओसार्छिन्
तिमी नै संविधान बनाउन ।
तिमीले बनाए पो हाम्रो हुन्छ ।
पर्राईले त हामीलाई के दिन्छ -
बा ! संविधानमा अब
बैनीले लाउने घाँघर हुन्छ हो -
मैले पढ्ने बाह्रखरी हुन्छ हो -
नया संविधानले अब
हाम्रो दाजु बाँचेर र्फकन्छ हो -
बा ! संविधान बनाउन तिमी
हामी पनि सघाउँछौं नि ।
No comments:
Post a Comment