भन भन भाइ हो - राम राम
भन भन बैनी हो- राम राम
स्वर मिलाईकन - राम राम राम
राम्ररी भन - रामै राम
जोडले भने - जय जय राम
देशै भरी- रामै राम
प्रधानमन्त्री - बाबुराम
राष्ट्रपति - बरन-राम
विपक्षी नेता - चन्द्र-राम
व्रि्रोही नेता - बादल राम
ओलीका झोली - पर्शुराम
बाबुराम विचार - दिल्लीराम
र्सकारका मन्त्री - सिल्लीराम
आउने पो हो कि - राज्य राम
भइएने पो हो कि - जिल्लाराम
हाम्रो देशका प्रधानमन्त्री मुस्ताङ्ग चढ्छन् लुरुलुरु नि लै लै
मन्त्राणीलाई प्राडो, प्र.म.ज्युलाई घाडो
हिसिलाको चुरुफुरु...........
गच्छेदारको अच्छा भाषन, खोजी गर्ने भ्रष्टाचारी नि लै लै
नखोज न धेर, आफैं ऐना हेर
कालो चस्मा फुकालेर
सबै डाक्टर प्रधानमन्त्री हुदैनन् है पढेर
देउसी खेल्न जाऔं साथी मुस्ताङ् चढेर
जुन पार्टी डाक्टर बैद्य त्यही पार्टी रोगी भो
पार्टी रोगी, नेता ढोंगी, जनता जोगी भो
कुद्न खोज्ने बाबुराम, बैद्य छिर्के लगाउने
नारानकाजी फुत्त निस्की खाने, अघाउने
मार्क्सबाद हो कि मार्क्स'बेद' त्रि्रो, बुझ्नलाई गाह्रो भो !
प्रचण्डलाई 'पथ'मा पुग्न कस्तो साह्रो भो
'बैद्यजी'लाई जंगलतिरै फर्के राम्रो होला नि
जडीबुटी खोज्न लैजाऊ रातो झोला नि
संविधान फल्छ भन्थ्यौ, संघियता ल्याउ“छु भन्थ्यौ नि लै लै
न संघि यता भो, न त संघि उता भो
उल्टै देश कता कता गो
छ सय एकको लामो ताती, पुत्ले पाङ्ग्रे भाती भाती नि लै लै
संवि धान जप्छन्, म्यादमात्रै थप्छन्
लाग्दैन कि कुरी कुरी
चरी उड्यो भुरुरुरु, पर्शु दिउ“सै हरायो
ओलीजीको जोक सुन्दा जोकै डरायो
बल्खु पनि बिरानो भो दिल्लीले नि फाल्दियो
दिल्लीले नि अर्कैलाई टेण्डर हाल्दियो
झलनाथको झिल्के सरकार छ महिना नि रहेन
किन आयो, किन गयो पत्तै भएन
र्'वर्तमान पर्रि्रेक्ष' माधवजीको नारा हो
न बिर्गाछन्, न सपार्छन् डमी पारा हो -
शुशिलदा र देउवा दाइको का“ग्रेसभित्र रडाको
चुनाव हार्ने पालो सधैं पौडेल बूढाको
बुढै बूढा नेता छन्, अझै भन्छन् जवान
युवालाई उठ्नै दिन्नन्, कठै गगन ।
मधेशीलाई मुक्ति दिन्छौं भन्छन् नेता मधेशका
काठमाण्डौमा घर ठड्याउछन्, सयर विदेशका
भ्रष्टाचार अन्त्य गर्छु भन्दै हिड्छन् गच्छेदार
एउटा ऐना किनौं जनता, दिऊ“ न उपहार
नेपाली हौं हामी भन्छन्, देश त्यागी कता कता नि लै लै
ऊ बेलामा फाले, अहिले माग्न थाले
एनआरएनले नागरिकता
घा“टी दुख्ने रोग लागे, नजाऊ भाउजू अस्पताल नि लै लै
डाक्टर सिस्टर आउलान्, बेहोस्को सुइ लाउलान्
झिकी देलान् पाठेघर ।
ए भन भन भाई हो- के भन्ने -
देउसिरे भन- नभन्ने
स्वर मिलाई भन- नभन्ने
भन्नेचाहीं के त - मिसावट
मिर्ठाई हाम्रा- मिसावट
दबाई हाम्रा- मिसावट
दुधका पोका - मिसावट
गुदपाकका प्याकेट- मिसावट
पानीका बोतल- मिसावट
फलफुलमा केमिकल- मिसावट
तरकारी हाम्रो - मिसावट
सरकारै हाम्रो - मिसावट
हाम्लाई भने भिषा दिन महिनौंसम्म झुलाउने
भिषैबिना मुसालाई हङ्कङ डुलाउने
भारतको रक्त चन्दन बिरामी पो भएछ
एम्बुलेन्समा चढेर चाइना गएछ
नेपालका टेलिकमले ठूलो आपत् पारेछन्
को को - भन्दा बोको सुनी, झन्डै मारेछन्
ज्ालस्रोतको धनी भन्दै सधैं गीत गाइरहने
आक्कल-झुक्कल कहिले काहीं बत्ती आइरहने
राष्ट्र बन्न चाहिएको थ्यो धेरै नेता निपूर्ण
सयौं कुम्भकर्ण बिचमा कठै गोकर्ण
अर्थतन्त्र टाट उल्टाउने कस्तो तिम्रो रहर
प्लटिङ गर्ने पल्टने दाई के छ खबर -
भ्याट छल्ने व्यापारी, कर छल्ने तस्कर
सरकारका अघिपछि तिनकै लस्कर
आशिष
ए दिदैछौं आशिष - गनेर
महङ्गी घटोस् - भनेर
ए सुनको भाउ- झन् बढोस्
नूनको भाउ - झन् घटोस्
शेयरको मूल्य - बढ्दो होस्
लोड सेडिङ् सधैं - घट्दो होस्
आयकर तिर्ने - बानी होस्
धारामा सधैं - पानी होस्
सिलिण्डरमा - प्वाल नहोस्
दूतावासको जस्तो - वाल नहोस्
थोत्रा पिलेन - नउडून्
भिरमा गाडी - नगुडून्
मिर्ठाई बासी - नपरोस्
रोगले निम्तो - नगरोस्
कोशेली गुदपाक - नआओस्
आइहालेपनि - नखाओस्
प्रभुले ज्यान - नहरुन्
काशीको बास - नगरुन्
बाबुलाई अल्सर - नलागोस्
छोराले पल्सर - नमागोस्
चोरलाई खेद्ने - लाठी होस्
घरकी जहान - बाठी होस्
देउसीको जस्तो - लय होस्
नेपाली जनताको - जय होस्
आगौं आउला देउसी गाउला सारङ्गी नि रेटौंला
बिपा सप्रे उज्यालोमा फेरि भेटौंला ।।
भन भन बैनी हो- राम राम
स्वर मिलाईकन - राम राम राम
राम्ररी भन - रामै राम
जोडले भने - जय जय राम
देशै भरी- रामै राम
प्रधानमन्त्री - बाबुराम
राष्ट्रपति - बरन-राम
विपक्षी नेता - चन्द्र-राम
व्रि्रोही नेता - बादल राम
ओलीका झोली - पर्शुराम
बाबुराम विचार - दिल्लीराम
र्सकारका मन्त्री - सिल्लीराम
आउने पो हो कि - राज्य राम
भइएने पो हो कि - जिल्लाराम
हाम्रो देशका प्रधानमन्त्री मुस्ताङ्ग चढ्छन् लुरुलुरु नि लै लै
मन्त्राणीलाई प्राडो, प्र.म.ज्युलाई घाडो
हिसिलाको चुरुफुरु...........
गच्छेदारको अच्छा भाषन, खोजी गर्ने भ्रष्टाचारी नि लै लै
नखोज न धेर, आफैं ऐना हेर
कालो चस्मा फुकालेर
सबै डाक्टर प्रधानमन्त्री हुदैनन् है पढेर
देउसी खेल्न जाऔं साथी मुस्ताङ् चढेर
जुन पार्टी डाक्टर बैद्य त्यही पार्टी रोगी भो
पार्टी रोगी, नेता ढोंगी, जनता जोगी भो
कुद्न खोज्ने बाबुराम, बैद्य छिर्के लगाउने
नारानकाजी फुत्त निस्की खाने, अघाउने
मार्क्सबाद हो कि मार्क्स'बेद' त्रि्रो, बुझ्नलाई गाह्रो भो !
प्रचण्डलाई 'पथ'मा पुग्न कस्तो साह्रो भो
'बैद्यजी'लाई जंगलतिरै फर्के राम्रो होला नि
जडीबुटी खोज्न लैजाऊ रातो झोला नि
संविधान फल्छ भन्थ्यौ, संघियता ल्याउ“छु भन्थ्यौ नि लै लै
न संघि यता भो, न त संघि उता भो
उल्टै देश कता कता गो
छ सय एकको लामो ताती, पुत्ले पाङ्ग्रे भाती भाती नि लै लै
संवि धान जप्छन्, म्यादमात्रै थप्छन्
लाग्दैन कि कुरी कुरी
चरी उड्यो भुरुरुरु, पर्शु दिउ“सै हरायो
ओलीजीको जोक सुन्दा जोकै डरायो
बल्खु पनि बिरानो भो दिल्लीले नि फाल्दियो
दिल्लीले नि अर्कैलाई टेण्डर हाल्दियो
झलनाथको झिल्के सरकार छ महिना नि रहेन
किन आयो, किन गयो पत्तै भएन
र्'वर्तमान पर्रि्रेक्ष' माधवजीको नारा हो
न बिर्गाछन्, न सपार्छन् डमी पारा हो -
शुशिलदा र देउवा दाइको का“ग्रेसभित्र रडाको
चुनाव हार्ने पालो सधैं पौडेल बूढाको
बुढै बूढा नेता छन्, अझै भन्छन् जवान
युवालाई उठ्नै दिन्नन्, कठै गगन ।
मधेशीलाई मुक्ति दिन्छौं भन्छन् नेता मधेशका
काठमाण्डौमा घर ठड्याउछन्, सयर विदेशका
भ्रष्टाचार अन्त्य गर्छु भन्दै हिड्छन् गच्छेदार
एउटा ऐना किनौं जनता, दिऊ“ न उपहार
नेपाली हौं हामी भन्छन्, देश त्यागी कता कता नि लै लै
ऊ बेलामा फाले, अहिले माग्न थाले
एनआरएनले नागरिकता
घा“टी दुख्ने रोग लागे, नजाऊ भाउजू अस्पताल नि लै लै
डाक्टर सिस्टर आउलान्, बेहोस्को सुइ लाउलान्
झिकी देलान् पाठेघर ।
ए भन भन भाई हो- के भन्ने -
देउसिरे भन- नभन्ने
स्वर मिलाई भन- नभन्ने
भन्नेचाहीं के त - मिसावट
मिर्ठाई हाम्रा- मिसावट
दबाई हाम्रा- मिसावट
दुधका पोका - मिसावट
गुदपाकका प्याकेट- मिसावट
पानीका बोतल- मिसावट
फलफुलमा केमिकल- मिसावट
तरकारी हाम्रो - मिसावट
सरकारै हाम्रो - मिसावट
हाम्लाई भने भिषा दिन महिनौंसम्म झुलाउने
भिषैबिना मुसालाई हङ्कङ डुलाउने
भारतको रक्त चन्दन बिरामी पो भएछ
एम्बुलेन्समा चढेर चाइना गएछ
नेपालका टेलिकमले ठूलो आपत् पारेछन्
को को - भन्दा बोको सुनी, झन्डै मारेछन्
ज्ालस्रोतको धनी भन्दै सधैं गीत गाइरहने
आक्कल-झुक्कल कहिले काहीं बत्ती आइरहने
राष्ट्र बन्न चाहिएको थ्यो धेरै नेता निपूर्ण
सयौं कुम्भकर्ण बिचमा कठै गोकर्ण
अर्थतन्त्र टाट उल्टाउने कस्तो तिम्रो रहर
प्लटिङ गर्ने पल्टने दाई के छ खबर -
भ्याट छल्ने व्यापारी, कर छल्ने तस्कर
सरकारका अघिपछि तिनकै लस्कर
आशिष
ए दिदैछौं आशिष - गनेर
महङ्गी घटोस् - भनेर
ए सुनको भाउ- झन् बढोस्
नूनको भाउ - झन् घटोस्
शेयरको मूल्य - बढ्दो होस्
लोड सेडिङ् सधैं - घट्दो होस्
आयकर तिर्ने - बानी होस्
धारामा सधैं - पानी होस्
सिलिण्डरमा - प्वाल नहोस्
दूतावासको जस्तो - वाल नहोस्
थोत्रा पिलेन - नउडून्
भिरमा गाडी - नगुडून्
मिर्ठाई बासी - नपरोस्
रोगले निम्तो - नगरोस्
कोशेली गुदपाक - नआओस्
आइहालेपनि - नखाओस्
प्रभुले ज्यान - नहरुन्
काशीको बास - नगरुन्
बाबुलाई अल्सर - नलागोस्
छोराले पल्सर - नमागोस्
चोरलाई खेद्ने - लाठी होस्
घरकी जहान - बाठी होस्
देउसीको जस्तो - लय होस्
नेपाली जनताको - जय होस्
आगौं आउला देउसी गाउला सारङ्गी नि रेटौंला
बिपा सप्रे उज्यालोमा फेरि भेटौंला ।।
No comments:
Post a Comment