Search This Blog

Monday, October 31, 2011

चतुरे र चमेली



चतुरेः     आऊ साथी बात मारौं, कविताको भाषा ।
        प्रश्न, उत्तर गरी खेलौं, दोहोरीको पासा ।।
        गाउँहरू नदिएरै, उत्तर भन है त ।
        छ फन्कामा बिसाउनलाई, पहिले सोध्छु म त ।।

        सानी सानी तिखी नानी, घोच्ने उनको बानी ।
        एउटै मात्र आँखो छ नि, हर्ेर्छिन् धागो तानी ।।
        हात, गोडा केही छैनन्, त्यस्तो वस्तु के हो -
        जानेदेखि उत्तर भन, नत्र गाउँ देऊ भो !

चमेलीः    कस्तो खाले प्रश्न सोध्यौ, साह्रो भयो भन्न ।
        उत्तर खोज्न प्रयास गर्छर्ुुम त गाउँ दिन्न ।।
        धागो भए नि आँखो हुन्न, होइन रै छ टाँगो ।
        उत्तर यसको सियो हो नि, तानी हर्ेर्ने धागो ।।

चतुरेः    स्यावास् ! तिम्लाई उत्तर दियौ, अब भन अर्को ।।
        धर्ैय गरी विचार गर, नमान है झर्को ।।
        ज्रि्रो उसको निकै ठूलो, बोल्ने भने होइन ।
        खुट्टा एउटै नभए पनि, हिँड्न छोड्ने होइन ।।

चमेलीः    इस्कुसको ज्रि्रो हुन्छ, सक्दैन त्यो बोल्न ।
        गाह्रो भयो उत्तर भन्न, हिँड्दैन त्यो डुल्न ।।
        चुप लागी बस्छन् होला, उसको मालिक सुत्दा ।
        नबोले नि हिँड्छन भने, हुनर्ुपर्छ जुत्ता ।।   
       
चतुरेः    एउटै सानो घरभित्र, धेरै भाइ बस्ने ।
        बाहिर निस्की टाउको ठोकी, आगो बाली हाँस्ने ।।
        के होला त त्यस्तो चिज, भान्सामा नि पाइने -
        चुरोट खाने अम्मलीलाई हरबखत्मा चाहिने ।।

चमेलीः    जुम्रा पनि बस्ने गर्छन, धेरै मिली केशमा ।
        टाउँको ठोक्तै आगो बाल्ने, शक्ति हुन्न त्यसमा ।।
        उत्तर त्यसको पत्ता लाउन, गाह्रो भयो मलाई ।
        ए ए, त्यस्तो चिज पक्कै, हुनर्ुपर्छ सलाई ।।

चतुरेः    उसको एउटा खुट्टो मात्र, तल तिर बाङ्गो । तलतिर
        बन्द गरे इज्जतिलो, उघार्दा झन् नाङ्गो ।।
        घामपानीमा मान्छेहरू, लिन्छन् उसको साथ ।
        के होला त त्यस्तो चिज, ढाकिदिने माथ - चीज
चमेलीः    के होला त त्यसतो चिज, बाङ्गो हुने खुट्टो ।
        घामपानीमा चाहिन्छ भने, होइन त्यो त कुट्टो ।।
        बुहारी र जेठाजु भैFm, टाउको ढाक्ने नाता ।
        करङ् पनि हुन्छ भने, हुनर्ुपर्छ छाता ।।

चतुरेः    टाउको मात्र खान खोज्ने, उसको ठूलो मुख ।
        तालु टेकी बस्न पाए, निकै मान्छ सुख ।।
        ओजन भने छँदै छैन, बोक्छन् दर्ुइ हातले ।
        आफ्नो गौरव ठानी लाउँछन्, नेपालीका जात्ले ।।

चमेलीः    मुख मात्रै हुन्छ होला, हुन्न् आँखाकान । हुन्न
        नेपालीले लाउने गर्छन्, मानी आफ्नो सान ।।
        रमाउँछ बस्न पाए, सधैँ टाउको छोपी ।
        दर्ुइ हातले बोक्ने कुरो, हुनर्ुपर्छ टोपी ।।

चतुरेः    सुरिलो छ रुख एउटा, टुप्पामा छ पात ।
        भान्साभित्र पस्यो भने, बाँडने गर्छ भात ।। बाँड्ने
        बाहुन पनि होइन ऊ त, साँझबिहान नुहाउँछ ।
        चुपै लागी बस्यो भने, भोकै राखी रुवाउँछ ।।

चमेलीः    अचम्मको कुरा गर्र्छौ, रुखले बाँड्ने भात ।
        त्रि्रो प्रश्न सुन्दै खेरी, लाग्यो मलाई मात ।।
        एउटा रुखमा एउटै पात, आजै मात्र सुन्या ।।
        कि त हो त्यो डाडु चम्चा, कि त हो त्यो पन्यू ।।

        छछ वटा प्रश्न सोध्यौ, यत्ति पहिलो फेरो ।
        उत्तर भन्ने पालो त्रि्रो, प्रश्न सोध्ने मेरो ।।
        प्रश्नहरू सोधिकन, गर्न लागे पूरा ।
        सबै उत्तर मिलाएर, बन है त सुरा ।।

        महिलाको हात बाँध्छ, हैन त्यो त दाम्लो ।
        छम्छम आवाज दिने, हैन पक्कै नाम्लो ।। छमछम
        सुन्दरहुन लागाइन्छ, विविध त्यसका रङ्ग । सुन्दर हुन
        के होला त त्यस्तो चिज, परिदिने दङ्ग -

चतुरेः    कस्तो खाल्को बाँध्ने चिज, दाम्लो पनि होइन ।
        रङ्गीचङ्गी हुन्छ भने, नाम्लो पनि होइन ।।
        सजावटका लागि लाइने, अनौठो त्यो कुरा ।
        महिलाले लाउँछन् भने, पक्कै पनि चुरा ।।

चमेलीः    रङ्गहीन स्वादहीन, जताततै पाइने ।
        सजीवको जीवन धान्ने, सधैंभरि चाहिने ।। धान्न
        आकार पनि नभएको, आगो भने मार्ने ।
        के होला त त्यस्तो चिज, ओरालामा झर्ने -

चतुरेः    रङ्ग, आकार, स्वाद छैन, अनौठो त्यो जात ।
        ओरालामा बगीकन, लाग्ने गर्छ खात ।। बगिकन
        पत्ता लाएँ जस्तो लाग्छ, सुन है त ज्ञानी ।
        हामीलाई सधैँ चाहिनेे, पक्कै हो त्यो पानी ।।

चमेलीः    जति तान्यो उति छोटो, धुवाँ आउने धेर ।
        बारम्बार प्रयोग गरे, जीवन जान्छ खेर ।।
        क्यान्सरको जन्मदाता, निकोटिनको पोको ।
        के हो त्यस्तो अम्मलीले, मेट्ने गर्छन् धोको -

चतुरेः    जति तान्यो उति छोटो, उल्टो भयो कुरा ।
        धुवाँ आई जीवन लाने, डर लाग्यो पूरा ।।
        अम्मलीले नपाएमा, मानिहाल्छ उराठ । उराठ्
        क्यान्सरलाई जन्म दिने, पक्कै हो त्यो चुरोट ।।

चमेलीः    जति ताछ्यो उति ठूलो, जेजे पर्ुन चाहिने ।
        आकाशमा हुने होइन, धर्तीमा चै पाइने ।।
        खुकुरीको भन्दा पनि, कोदालाको काम ।
        कत्तिको जान्या रहेछ, सुनौ न त नाम - सुनौं

चतुरेः    प्रश्न सुन्दै हाँसो उठ्यो, ताछ्दा खेरि ठूलो ।
        संसारमा नभएको, पक्कै त्रि्रो भुल हो ।।
        उत्तर मैले नदिए त, गाउँ दिनु पर्छ ।
        ए ए, सुन त्यस्तो चिज, खाल्डो हुनर्ुपर्छ ।।

चमेलीः    पेटभरि कालो पानी, टुप्पामा चै तिखो ।
        लेख्नेहरू मान्छन् उसलाई, सधैँभरि निको ।।
        सफा सादा देख्यो कि त, उसको कामै कुध्ने ।
        के होला त्यो, अन्यायमा विचार पोखी जुध्ने -

चतुरेः    सानोसानो आकारको, पेटमा बोक्ने पानी ।
        पक्का पनि बनाउँछ, मानिसलाई ज्ञानी ।।
        संसारको सबै लेख्ने, दुःखीहरूको मलम ।
        विचार जन्माई जुझछ भने, पक्कै हो त्यो कलम ।।

चमेलीः    बन्द एउटा घैंटोभित्र, लेदबेदे पानी ।
        त्यही पानीमा अडेको छ, एउटा जिन्दगानी ।।
        पौष्टिक तत्त्व ठानिकन, मान्छे खाने गर्छन । गर्छन्
        के हो त्यस्तो, जोगाएमा सबै खेर जान्छन् -

चतुरेः    अनौठो छ कुरै सुन्दा, जीवन घैंटाभित्र ।
        जोगाएमा खेर जाने, गाह्रो भयो मित्र ।।
        मुख नभै सेतो भए, चल्लाहरूको मूल ।।
        मैले पक्का पत्ता लाएँ, पंक्षीहरूको फुल ।।

चमेलीः    पत्याएकै थिइन मैले, तिमी रहिछौ छुरा ।
        छछ वटै सोधी सिध्यो, दोस्रो फन्को पूरा ।।
        जति सोधें मैले तिम्लाई, मिलाई दियौ सब ।।
        प्रश्न सोध्ने त्रि्रो पालो, उत्तर मेरो अब ।।

चतुरेः    आकाशमा उडे पनि, त्यो त होइन चरो ।
        पानी हुन्छ सधैं साथ, दमकल होइन मेरो ।।
        सेलाएर ठोक्किएर, धर्ती भिजाइ दिन्छ ।
        के होला त त्यस्तो चीज, किसान रिझाइ दिन्छ -

चमेलीः    समुद्रमा जन्मेपछि, उडने उसको काम । उड्ने
        पागल जस्तो लक्ष्यहीन, हुन्न एकै ठाम ।।
        पहाडमा ठोक्कियो कि, घन्काइ दिन्छ मादल ।
        तिमले सोध्या पक्का पनि, हुनर्ुपर्छ बादल ।। तिम्ले

चतुरेः    चारखुट्टा त्यसको नानी, चेप्टो पर्‍यो जीउ ।
        हरेक सामान राख्न परे, थापिदिन्छ जीउ ।।
        कार्यालय, विद्यालय, घरमा पनि हुने ।
        पुरस्कार पाउछ्यौ नानी, त्यसको उत्तर भने ।। पाउँछ्यौ

चमेलीः    जनावरको चारखुट्टा, चेप्टो जीउ चै हुन्न ।
        कर्ुर्सर्ीीलङ हो कि हो कि, मन लाग्यो भन्न ।।
        सामान पो राख्ने बस्तु, बस्ने सुत्ने होइन । वस्तु
        टेबल भन्दा बाहेक अरू, विकल्प नै छैन ।।

चतुरेः    पहाडमा गर्ल्यामगर्ुर्लुम, तर्राई पुगे शान्त । गर्ल्याम्गर्ुर्लुम्
        पानीबाहेक उसलाई कहिल्यै, भेटिँदैन अन्त ।। उस्लाई
        उकालो चै चढ्ने होइन, ओरालो भई झर्छर्ेे
        के हो त्यस्तो चीज भन, समुद्रमा मर्छर्ेे।

चमेलीः    पहाड हिमाल उत्ताउली, तर्राईमा ज्ञानी ।
        भन्छौ फेरि भेटिन्न ऊ, नभएमा पानी ।।
        समुद्रमा पुगी भने, त्यागी दिन्छे चोला ।
        त्यस्तो चिज कि त नदी, कि त हुन्छ खोला ।।

चतुरेः    अँध्यारामा साथ हुन्न, खोइ कता धाउँछ ।
        घामजुन उज्यालामा, मेरो साथ आउँछ ।। जून
        निर्जीव भए नि सँगै हिँड्छ, हैन आफ्नो मित ।
        छाम्न खोज्यो भेने फेरि, भेटिँदैन ऊ त ।। भने

चमेलीः    निर्जीव भए नि अचम्मको, त्रि्रो साथ धाउने ।
        अँध्यारामा हुन्न भन्छौ, उज्यालामा आउने ।।
        छाम्न खोज्दा भागे पनि, गर्दो रैछ माया ।
        त्यस्तो खालको अनौठो त, हुनर्ुपर्छ छाया ।।

चतुरेः    एउटा सानो गाउँभित्र, तीन भाइको राज ।
        हिजो भोलि दुवै हुन्न, खाली हुुन्छ आज ।।
        बार वटा घर घुम्छन्, फरकफरक गति ।
        के हो त्यस्तो घुमिरहने, नखाइकन राति -

चमेलीः    कति सानो गाउँ रहेछ, बारै घरले भर्‍या ।
        मिलिजुली तीनै भाइले, फेरि रुङले गर्‍या ।। रुङ्ने
        दाइँ जस्तो घुम्छन् होला, आकार पनि छडी ।
        नखाइकन हिँडछन् भने, पक्का हो त्यो घडी ।।

        त्रि्रो पनि पालो सिद्धियो, अब मेरो फन्को ।
        सुन तिमी प्रश्न सोध्छु, अब मेरो मनको ।।
        अहिलेसम्म बराबर छ, प्रश्नउत्तरहरू ।
        हर्ेर्दै जाऊ केके हुन्छन्, बाँकी रहेका अरू ।।

        तर्राईमा पाइँदैन, हिमालमा हुन्छ ।
        पानी धेरै चिसो भए, पनि त्यस्तो हुन्छ ।।
        घामको तातो पायो भने, भस्याकभुसुक् बिल्ने ।
        त्यस्तो चिज के हो भन, हिमनदीमा मिल्ने ।।

चतुरेः    कस्तो खालको चिज हो त्यो, हिमालमा हुने ।
        घामको तातो पाउनासाथ, मृत्यु मुख छुने ।।
        छँुदैखेरि हुन्छ होला, सायद चिसो जिउ । जीउ
        त्यस्तो चिज पक्कै हुन्छ, हिमालको हिउँ ।।

चमेलीः    काली डल्ली, भुन्टीको छ, पेटभरि पानी ।
        टाउकामाथि आगो बोक्छे, उज्यालेमा खानी ।। उज्यालोकी
        शिरदेखि पीँधसम्म, कपडाको त्यान्द्रो ।
        के हो त्यस्तो भन बाबु, पेट उसको ध्वान्द्रो ।।

चतुरेः    कस्ती खालकी डर लाग्दी, बोकी बस्या धागो ।।
        पेटभरि पानी भए नि, टाउको चै आगो ।।
        बिजुलीमा कामै छैन, आँध्यारामा अति । अँध्यारामा
        ध्रि्री, कुपी भन्छन् कतै, कतै भन्छन् बत्ती ।।

चमेलीः    एउटा सानो डल्ले भाइको, हात खुट्टा छैन ।
        लात्ती खान्छ हजारौंको, रुने कहिल्यै हैन ।।
        कुटाइ खाए हाँसीउप|mी, मैदानभरि घुम्छ ।
        के हो त्यस्तो खेलाडीका, आसपासमा झुम्छ -

चतुरेः    कस्तो रै छ त्रि्रो भाइ, नभएको अङ्ग ।
        कुट्दाखेरि खुसी हुने, परें म त दङ्ग ।।
        खेलाडीले खेल्छन् होला, लात्ती उज्याइ ठोकी ।
        त्यस्तो खालको नौलो वस्तु, भकुन्डो पो हो कि ।।

चमेलीः    आँखा खोले देखिँदैन, चिम्लिँदा चै पाइने ।
        आछ्यानमै सुतीसुती, संसार घुम्न जाइने ।। ओछ्यानमा
        यात्राहरू रमाइला छन्, व्यवहार चै बन्दा ।
        के हो त्यस्तो निदाउँदा चै, देख्न पाइने धन्दा - -चै धेर हुन्छ कि)

चतुरेः    त्यस्तो कुन चिज होला, आँखा चिम्ली देख्ने ।
        निदाउँदा भेट हुने, बिउँझदा लुक्ने ।।
        कल्पनाका लामा कुरा, पक्कै होइन विपना । विप्ना
        त्यस्तो खालको हुनुपर्ने, निश्चितै हो सपना ।। सप्ना

चमेलीः    बुढाबुढी हिँडे भने, अघिअघि लाग्ने । बूढाबूढी
        सत्रु पक्ष भेट्यो भने, प्रतिकारमा जाने ।। शत्रु
        हातखुट्टा नभएको, हर्ेदा खेरि सिख्टो । सिटो
        के हो त्यस्तो सधैँ हिड्ने, मान्छेभन्दा छिटो - हिंड्ने

चतुरेः    बुढाबुढीसँग साथी, जवानसँग छैन । बूढाबूढी
        शत्रुहरू देखेपछि, छोड्ने पनि होइन ।।
        हातखुट्टा नभए नि, अघि हिँड्ने बौरो ।
        लङ्गडालाई पनि साथी, पक्का हो त्यो लौरो ।।

        सोध्ने पालो मेरो आयो, उत्तर भन्नै मिठो ।
        अझै धेरै मिलाइदिन्छु, प्रश्न सोध छिटो ।।
        मेरो बुद्धिदेखि तिमी, छक्कै पर्छर्ेेहोला । पर्छर्ेे
        छिटो सोध अरू मलाई किन गर्छर्ेेढिला ।। गर्छर्ेे

चमेलीः    जङ्गल जाँदा काध चढी, घरतिर हर्ेछ ।
        घर आउँदा पनि चढ्छ, जङ्गलतिर फिर्छ ।।
        रुख ढाल्ने दाउरा चिर्ने, भरपर्दो साथी ।
        के हो त्यस्तो एकखुट्टे, चढ्ने काँधमाथि -

चतुरेः    जता छाड्यो उतै हर्ेर्ने, अनौठो त्यो साथी ।
        आउँदाजाँदा चढ्दो रैछ, सधैँ काँधमाथि ।।
        खुट्टा एउटै भए पनि, रुख ढाल्दो रैछ ।।
        त्यस्तो दरो हाम्रो साथी, बन्चरो पो रैछ ।।

चमेलीः    एउटै सानो मुठ्ठीभित्र, सोर भाइ बस्छन् ।
        सब्जनाको दाउ बोलाइ, सबै भुइँमा खस्छन् ।।
        चित पोट दर्ुइ सुताइ, जोस रिस धेर ।
        के हो त्यस्तो खेल्दाखेरि, पैसा जाने खेर -

चतुरेः    कस्ता खालका सोर भाइ, मुठ्ठीभित्र अट्ने ।
        चित पोट हुँदै खेरि, पैसा डाँडो काट्ने ।। कट्ने
        उत्तर भन्न सम्भिmदैमा, छुटी सक्यो धुँवा ।
        हड्डीबाट बन्नर्ुपर्छ, त्यस्तो चिज जुवा ।।

चमेलीः    चोयैबाट बने पनि, जउिभरि आँखा । जीउभरि
        साँझबिहान घाँस बोक्न, जाने गर्छ पाखा ।।
        आमा उसकी नभए नि, बाबु भने बाँस ।
        के हो त्यस्तो चिज भन, नभएको सास -

चतुरेः    कस्तो खालको चिज हो त्यो, आँखा भाको ज्यानमा ।
        घाँस लिन जाने गर्छ, साँझबिहान वनमा ।।
        बाँसको छोरो भएपनि, आमाको चै भोको । भए पनि
        सास नभा चिज भए, पक्कै हो त्यो डोको ।।

चमेलीः    घर भन्दा धेरै ऊ त, गोठैतिर बस्छ । घरभन्दा
        वस्तुभाउ भेट्यो भने, घाँटी समाइ कस्छ ।।
        आगोमा चै पर्‍यो भने, भस्याकभुसुक हुन्छ ।
        दिउँसो सुत्ने को हो त्यस्तो, राती जागै हुन्छ - के

चतुरेः    घरमा भन्दा गोठमा बस्ने, घिन लाग्दो मोरो ।
        वस्तु देख्तै घाँटी ताक्ने, होइन बाघको छोरो -
        आगामा चै भस्याक भुसुक, बन्न सक्छ नाम्लो ।
        दिउँसो सुती राती उठे, पक्कै हो त्यो दाम्लो ।।

चमेलीः    गयो गयो भन्छन सबै, आको देखिँदैन ।
        सारा संसार भत्काउँछ, कहिले छेकिँदैन ।।
        रूप रङ्ग नभए नि, विनास गर्न जाग्ने ।
        के हो त्यस्तो कुरा भन, सुन्दै डर लाग्ने -

चतुरेः    तिम्ले मलाई सोध्दैखेरि, डर लाग्यो धेर ।
        आको भने देखिँदैन, गयो भन्छन फेरि ।।
        आकार उसको नभए नि, बिनास गर्न आउने । विनास
        भुकम्प पो होला त्यस्तो, थाहै नदिइ धाउने ।। भूकम्प

चमेलीः    उसलाई हर्ेन खोजे भने, उल्टै मलाई हर्ेछ । खोजें
        मुख बङ्ग्याइ जिस्काएमा, ऊ नि त्यसै गर्छ ।।
        आफ्नो रूप हर्ेनलाई, सधँैभरि चाहिने ।
        के होला त त्यस्तो चिज, कोठाभित्र पाइने -

चतुरेः    कोठाभित्र बसिकन, जिस्काउने भन्छौ ।
        उसलाई च्याउन खोज्यो भने, उल्टै च्याउने भन्छौ ।।
        कस्तो त्रि्रो प्रश्न हो यो, हराइसक्यो चैन ।
        तिम्ले मलाई माग्या उत्तर, पक्कै हो त्यो ऐना ।।

चमेलीः    यो फन्का नै सिद्धिसक्यो, अर्को पालो आयो । नि
        गाउँ दिनुभन्दा पनि, उत्तर मज्जा लाग्यो ।।
        दुवै जना जान्ने जान्ने, परिएन फेला ।
        प्रश्नउत्तर थाली अब, बढाउँ फेरि खेला ।। बढाऊँ   

चतुरेः    सास उसको नभए नि, बेस्या भैFm बानी । बेस्याको
        एकै ठाउँ बस्ने होइन, कहिल्यै मज्जा मानी ।।
        जेसुकै नै किन्नु पर्दा, उनै पहिले चाहिने ।
        के होला त त्यस्तो चिज, सबैसँग पाइने -

चमेलीः    बेस्याको भैFm बानी भनौं, धेरैसँग धाउने । भन्यौ
        भेट्दै छोड्दै सबैसँग, माया प्रीति लाउने ।।
        एकै ठाउँ कहिल्यै पनि, नबस्ने रे ऐसा ।
        त्यस्तो चञ्चल् पक्का पनि, हुनर्ुपर्छ पैसा ।।

चतुरेः    फलफूल केही छैन, रोप्ता र्सर्ने होइन ।
        एकै ठाउँ निकै बाक्लो, काट्दा मर्ने होइन ।।
        कालो भई उम्रे पनि, बुढो भई प'mुल्ने । बूढो
        के होला त त्यस्तो वस्तु, जन्तुसँग डुल्ने -

चमेलीः    फलफूल नभए नि, मास्न अति गारो ।
        त्रि्रो उत्तर सम्झनलाई, मलाई पर्‍यो सारो ।।
        एकैछिन पर्ख है त, बुद्धि खियाउन धौ । द्यौ
        त्रि्रो प्रश्न जे भएनि, उत्तर त रौँ ।। भए नि

चतुरेः    काखभरि मान्छे बोक्छ, आमाजस्तो छैन ।
        पानीभित्रै खेले पनि, पक्कै माछो होइन ।।
        मान्छेहरू खोला तार्छ, पक्कै होइन पुल ।
        उत्तर भन अब बाबु, नगरी नि भुल -

चमेलीः    पानीभित्रै खेल्ने भए, आमा होइन पक्कै ।
        माछो पनि होइन भन्दा, म त परे छक्कै ।।
        पानीमाथि उत्रनलाई सक्दैन त्यो ढुङ्गा ।
        वारिपारि तार्छ भने, पक्कै हो त्यो डुङ्गा ।।

चतुरेः    पर्ूवबाट निस्किएर, पश्चिम पुग्ने काम ।
        संसार सारा पार गर्दा, छैन कतै डाम ।।
        छेउमा भए भष्म पार्छ, परै ताप ज्योति ।
        के हो त्यस्तो युगौंयुग, अमर बन्ने मोती -

चमेलीः    युगौंयुग बाँची बस्ने, अचम्मको वस्तु ।
        छेउ परे भष्म पार्ने, चिज हो त्यो कस्तो -
        जति हिँडोस् संसारमा, नभेटिने डाम ।
        त्यस्तो खालको चिज भन्या, पक्कै पनि घाम ।।


चतुरेः    नसा झिकी रेटे पनि, मिठो कुरा बोल्छ ।
        सङ्गीतका वाणी बोकी, माधर्ूयता खोज्छ ।। खोल्छ
        उसको आफ्नो मन छैन, कलाकारकै हात ।
        के हो त्यस्तो नौलो कुरा, मिठो मार्ने बात -

चमेलीः    रिसराग नभएको, कस्तो सुन्दर जात ।
        जोसँग नि गास्ँँन खोज्ने, सङ्गीतको नाता ।।
        बोल्न थाले उसले स्वर, सबको मन छोला ।
        त्यस्तो खालको प्यारो कुरा, सारङ्गी पो होला ।।

चतुरेः    शरीर उसको घ्याम्पोजस्तो, एउटै मात्रै गाला ।
        गालभरि मोसो दली, बज्नु पर्ने खेला ।।
        लौरो बोकी हिर्काएमा, बात मार्न थाल्ने ।
        त्यस्तो के हो निर्दयीलाई, क्षणभरमै गाल्ने ।।

चमेलीः    फर्सर्ीीो कि भनौं भने, त्यसको हुन्न गालो ।
        सारा जीउ गालो भए नि, त्यसमा हुन्न कालो ।।
        बज्न भने बजाउँछन्, उचालेर ठोकी । बज्छ
        त्यस्तो खाले भाव भको, ट्याम्को चे पो हो कि ।। चै

चतुरेः    कसै गरे गाउँ पाइन, कति सारो तेजी ।
        केही क्षण गम खाएर, उत्तर दिन्छौ खोजी ।।
        प्रश्न गर अब तिमी, तयार भएँ म त ।
        गाउँ मेरो जिती अब, सोधी हेर न त ।।

चमेलीः    झुसेमुसे झ्यासभित्र, काठको छ गोल  ।
        गोलभित्र मासु हुन्छ, मासुभित्र जाल ।। झोल
        पहाडमा भन्दा पनि, तर्राईमा धेर  ।
        रुखमा फली पाइने खान, के हो त्यस्तो कुरा -

चतु्रेः    रुखमा फल्ने कुराहरू -प्रायः), पाइन्छ नि खान ।
        मासुभित्र जल भन्दा, अप्ठ्यारो भो जान्न ।।
पहाड-मा) भन्दा तर्राईमा, धेरै पाइने फल ।
त्यस्तो खाले खानेकुरा, पक्का नरिवल ।।

चमेलीः    गोकरकी डल्ली बुढी, लडिबुडी गर्छर्ेे गोबरकी
        भान्साभित्र जुठो टिपी, आफ्नो पेट भर्छर्ेे।
        खाइपिई सकेपछि, दुलही हात रुङने ।
        के हो त्यस्तो एकै क्षणमा, जुठेल्नामा पुग्ने -

चतुरेः    कस्ती खाले बुढी भन्छौ, गोबरले बन्या ।
        भान्साभित्र जुठो टिपी, टिपी सधैं खान्या ।।
        जुठेल्नामा पुग्ने भन्दा, भेटाएको हो कि ।
        तिम्ले माग्याँ उत्तर त, लोटाएको हो कि ।।

चमेलीः    भूँ भूँ गरी कराए नि, मौरी भने होइन ।
        काँधमा जनै भिरे पनि, मान्छेसम्म होइन ।।
        जतिसुकै घुमे पनि, कहीँ छैन पुग्ने ।
        के हो त्यस्तो सधैँभरि, धागो कात्न रुङने -

चतुरेः    जतिसुकै घुमे पनि, हैन कहिल्यै धाउने ।
        मान्छे ऊ नभए नि, जनै भने लाउने ।।
        मौरी पनि होइन भने, भन्छु भन्छु पर्ख ।
        धागो काती बस्छ भने, पक्का हो त्यो चर्खा ।।   

चमेलीः    फोहोरी त्यो कति सारो, सिंगानसम्म बोक्छ ।
        भाँचीकुची पटिएर, गोजीभित्र लुक्छ ।।
        गरिबसँग भन्दा पनि, धनीसँग पाइने ।
        के हो त्यस्तो वस्तु भन, प्रायः सधैं चाहिने -

चतुरेः    कस्तो खाले चिज हो त्यो धनीहरूले बोक्ने ।
        सिंगान बोकी भाँचिएर, गोजीभित्र लुक्ने ।।
        प्रश्न त्रि्रो सुुुुुुन्दैखेरि, कस्तो खालको कमाल ।
        सबैलाई चाहिन्छ भने, पक्का हो त्यो रुमाल ।।

चमेलीः    आकार उसको सानो तर, घर रुङने काम ।
        राङ्लो समाइ बसेपनि, खाने होइन माम ।। साङ्लो
        न त आउँछ कहिल्यै बाहिर, न त भित्र पस्छ ।
        के हो त्यस्तो चिज भन, सधैं झुन्डिइ बस्छ -

चतुरेः    कस्तो खालको चिज हो त्यो झुन्डिएर बस्ने ।
        सङ्लो समाइ भोकै बस्ता, न त कहिल्यै खस्ने ।। साङ्लो समाई
        उत्तर भन्न नजान्दा त, प्रश्न भयो हावी ।
        रक्षा खातिर बस्छ भने, निश्चित् हो त्यो चाबी ।।

चमेलीः    सेती बुढी घुम्न जाँदा, तातो तेलमा परी ।
        रातीपिरी  हुँदाहुँदै, झनै भई खरी ।।
        चुरा जस्तो शरीर बोकी, तिहारमा भेट्ने ।
        के हो त्यस्तो भन न त, खाँदा स्वाद मेट्ने -

चतुरेः    बिचरी त्यो सेती बुढी, हुँदै गई राती । विचरी
        एक्लै गइछन् घुम्न क्यारे, नलिएर साथी ।।
        निकै पार्‍यो गारो मलाई, भन्छु एकै चोटि ।
        त्यस्तो खालको खानेकुरा, होला सेल रोटी ।।

चमेलीः    खेल्दाखेल्दै बेर भयो, टुङ्ग्याउने पो हो कि -
        गाउँ दिनै नपाएर, मज्जा आएन कि -
        फेरि फेरि अर्को दिन, सँगै साथआउँला ।
        भेट हुँदा प्रश्न उत्तर, खेली माया लाउँला ।।

अर्कोदिन

चतुरेः    शरीरभरि अक्षर बोकी, देशविदेश घुम्ने ।
        ज्ञानगुनका कुरा सिकाई, मनमुटु चुम्ने ।।
        मुख उसको नभए पनि, थुप्रै कुरा बोल्छ ।
के हो त्यस्तो वस्तु भन, संसारभरि डुल्छ -

चमेलीः    मुखैबेगर बोल्ने कुरा, अनौठो छ मान ।
        अक्षर बोकी दिन्छ भन्छौ, संसारलाई ज्ञान ।।
        प्रश्न सोधी झुक्याउने, तिमी कस्ता हौ पो -
        कोही भन्छन् खबर कागज, कोही पत्रिका पो ।।

चतुरेः    फेदै काटौं टुप्पा काटौं, कसै मर्ने होइन ।
        उखेलेर सार्‍यो भने, फेरि र्सर्ने होइन ।।
        बैंस छँदा कालो खैरो, बुढो भए सेतो ।
        पातै न भा त्यान्द्रो रुख, के हो भन त्यस्तो -

चमेलीः    पातै न भा त्यान्द्रो रुख, प्रश्न अचम्मको ।
        र्सार्न खोज्दा नसरे नि, मर्न बिर्सिएको ।।
        जालीफटाहा कुरा गरी, नझुक्याकै बेश ।
        कोहीले भन्छन् कपाल भने, कोहीले भन्छन् केश ।।

चतुरेः    दुवैपट्ट िलेखिएको, किताब पनि होइन ।
        खुट्टैबेगर संसार डुल्न, कहिल्यै भुल्ने होइन ।।
        धनीगरिब बनाउने अचम्मको जात हो ।
        देशैपिच्छे छुट्टै हुने, भन भन के हो -

चमेलीः    दुवैपट्ट िलेख्या भन्दा किताब मानेको थें ।
        खुट्टै बेगर संसार डुल्ने, चिठी ठानेको थें ।।
        जसले पायो उसले सधैं, मान्छ होला ऐसा ।
        धनी गरिब पार्छ भने, पक्कै हो त्यो पैसा ।।

चतुरेः    लुगाचाहिं सुनको छ, चाँदीको छ जिउ ।
        जिउ सबै घ्युजस्तो, त्यसैभित्र बिउ ।।
        मिलीजुली रुखमाथि, झुन्डिएर बस्ने ।
        के हो त्यस्तो फल भन, स्वाद मिठो गाँस्ने -

चमेलीः    चाँदीबाहिर सुन लाउने, घमन्डको बल ।
        घ्युजस्तो जिउ त्यसको, कस्तो खालको फल ।।
        मिलिजुली स्वाद गाँसे, भन्छु एक फेरा ।
        नउम्रने विउ भए, पक्का हो त्यो केरा ।। बिउ

अर्कोदिन

चमेलीः    जिउभरि खटिरा छ, बाहिर बाक्लो लुगा ।
        मुख भने छ कि छैन, तर लामो जुँगा ।।
        के हो त्यस्तो अन्न भन, खाजा खान चाहिने -
        जिउभित्र मोटो ठूलो, एउटै हाड पाइने ।।

चतुरेः    मुखैबिना लामो जुँगा, अचम्मको अन्न ।
        जिउभरि खटिरा रे, गारो भयो भन्न ।।
        ठूलो हाड बाक्लो लुगा, झुक्याएको पो हो कि -
        खाजा खान पाइने भए, मकै घोगो हो कि ।।

चमेलीः    घरभरि कपडा छन्, लाउन सधैं भुल्छ ।
        बुढाबुढी भेट्यो भने, साथी बनी डुल्छ ।।
        हात खुट्टा केही छैन, केही होइन खाने -
        स्यावास पाउँछौं तिमले अब, यको उत्तर जाने -

चतुरेः    लाजै नभा लबस्तरो, लुगा लाउँदै भुल्दो रैछ । लाउनै
        खुट्टाबिना नखाइकन, सारा संसार डुल्छ रैछ ।। डुल्दो
        स्यावास पाउने अञ्जन मै, उत्तर हान्छु झट्टी । पाउन अञ्जान
        केहीले भन्लान् "लौरो" यसलाई, कोहीले भन्लान् लठ्ठी ।। कोहीले

चमेलीः    कागजका पोकाभित्र, अक्षरको खेती ।
        मायामोह साटिदिन्छ, आफन्तलाई भेटी ।।
        भोकै डुल्छ संसारभरि, खबर लिन दिन ।
        उत्तर भन झट्टै अब, ढिलो गर्र्छौ किन -

चतुरेः    ढिला गर्न खोज्या हैन, प्रश्न भयो गारो ।
        माया साट्ने खबर बोक्ने, झनै पार्‍यो सारो ।।
        गाउँ तिम्लाई दिनुभन्दा, उत्तर भन्छु मित्र ।
        कोहीले त्यसलाई चिठी भन्लान्, कोहीले भन्लान् पत्र ।।


चमेलीः    टाउकामा छ पुरुषको, मस्तिष्क नि हैन ।
        झुन्डयाउनलाई काम दिने, उझिन्डो नि हैन ।। छैन
        न त लौरो न त हतियार, होइन फेरि अङ्ग ।
        भन के हो यसको उत्तर, नपर न दङ्ग -

चतुरेः    लौरो हतियार अङ्ग होइन, टाउकोमा रे फेरि ।
        छक्कै परें म त हेर, त्रि्रो प्रश्न हेरी ।।
        डोरीजस्तो नरम त्यान्द्रो, तार पनि होइन ।
        "टुप्पी" बाहेक अर्को उत्तर केही पनि छैन ।।

अर्कोदिन

चमेलीः    खानेकुरा पाकाउँछे, भान्से होइन फेरि ।
        जे भेटे नि डढाइ दिने, मान्छे होइन फेरि ।। डर्ढाई
        हाम्लाई सधैँ चाहिए पनि, छुनै हुन्न ताती ।
        के हो त्यस्तो वस्तु भन, हटाइ दिन्छ राती -

चतुरेः    खानेकुरा पाकाउँदैमा, भान्से हुन्न साथी । पकाउँदैमा
        छुँदै खेरि पोल्छे भने, हैन रै छ जाति ।। जाती
        हाम्लाई सधैं चाहिने कुरा, भन्न मन लाग्यो । लागो
        अँध्यारालाई खान्छ भने, हुनर्ुपर्छ आगो ।।

चमेलीः    कालो भए सफा लाग्ने, सेतो भए छि छि ।
        हेर्र्छौँ हामी सधैं उसलाई, कक्षाभित्र बसी ।।
        एउटा सानो सेतो भाइ, त्यसलाई टेकी हिँड्छ ।
        के हो त्यस्तो कुरा भन, हाम्लाई ज्ञान दिन्छ -

चतुरेः    कक्षा पसी बाहिर हेरे, मर्ूख ठान्नर्ुपर्छ  ।
        कालो भए फोहोर हुन्छ, हाम्ले जान्नु पर्छ ।।
        सेतो भाइ हिँड्छ भन्दा, मलाई विपत भो कि ।
        ज्ञान दिन्छ भन्छौ फेरि कालोपाटी हो कि ।।

चमेलीः    एउटा सानो चेप्टी नानी, टेबलमा बस्छे । एउटी सानी
        त्यसका अङ्ग थिच्यो भने, ज्ञान दिँदै हाँस्छे ।।
        विद्युत खाई बुद्धि दिन्छे, संसारभर पुगि । पुगी
        के हो त्यस्तो कुरा भन, विश्व विकास गरी -

चतुरेः    विद्युत खाई ज्ञान दिने, अनौठी -त्यो ) नानी रै छ ।
        पढ्ने ठाउँमा बस्छे भने, छुच्चो त्यसको बानी रै छ ।।
        अङ्ग थिच्दा खुसी मान्दै, विश्व विकास गर्ने भए त ।
        कम्प्युटर भन्ने गर्‍या, सुसाङ्ख पो हो त ।। सुसाङ्ख्य

चमेलीः    तातो पार्छ त्यसले फेरि, फेरि पार्छ चिसो ।
        अँध्यारामा पुग्यो भने, पारिदिन्छ दिउँसो ।।
        देखिने त्यो वस्तु होइन, सबथोक चलाउँछ ।
        के हो त्यस्तो कुरा भन, पानीभित्रै पलाउँछ -

चतुरेः    पानीभित्र पलाएर, तातो चिसो गर्ने ।
        प्रश्न सोध्छौ खाली उल्टो, छक्क पर्नु पर्ने ।।
        नदेखिए नि चल्न सक्ने, सारै धर्ुत रै छ ।
        सबैथोक चलाउने, विद्युत पो रै छ ।। सबै थोक

चमेलीः    अन्न खाई भुइँ खन्ने, डोजर त्यो कस्तो ।
        बिजुलीमा नजोडे नि, पछाडि छ तार जस्तो ।।
        चालक त्यसको छैन अहिले, गणेशजी चढ्छन अरे । चढ्छन्
        के हो त्यस्तो पराइले -देख), लठ्ठी बोकी लखेड्छन् अरे - खेद्छन्

चतुरेः    डोजर भए पेट्रोल खान्थ्यो, खान्न त्यसले अन्न ।
        कस्तो खाले प्रश्न सोध्यौ, गारो भयो भन्न ।।
        सुरुङभित्रै बस्छ भने, पक्का होइन हात्ती ।
        तार भए नि गणेश चढे, मुसा हो त्यो साथी ।।

अर्कोदिन

चतुरेः    मुखभन्दा पिँध सानो, सेतो ठेकी चाँदीको छ ।
        जमिनमुनि ठेकी राखी, स्याउला बिर्को खाँदेको छ ।।
        दही, मही कोही छैन, खाँदा पिरो पाइने । केही
        के हो त्यस्तो वस्तु भन, तरकारीमा चाहिने -

चमेलीः    खर्ुसानीभैFm लागेको थ्यो, तर सेतो हुन्न ।
        मुखभन्दा पिंध सानो, चाँदीको त ठेकी हुन्न ।।
        ठेकी भन्दै झुक्याउँदा, मलाई शङ्का लागेको हो ।
        सेतो मुला भन्ने उत्तर तिमले मलाई मागेको हो ।। तिम्ले

चतुरेः    दाँत भाको तरवार, घेरो लगाइ बोकेको छ ।
        तरवारककै बीचमा बसी, मिठो मह रोकेको छ ।।
        जिउभरि आँखा उसका, एउटै मुख छैन ।
        के हो त्यस्तो फल जसको, ठूलो रुख हुन्न - जस्को

चमेलीः    दुइटा आँखा एउटा मुख, सब कोहीको हुनुपर्ने । दर्ुइ
के रै छ त त्यस्तो फल, मह बोकी रुनुपर्ने -
        गाउँ मेरो लैजाऊ बरु, दिन्न जिल्ला म त ।
        भुइँकटहर भनें भने, त्रि्रो उत्तर मिल्ला कि त ।।

चतुरेः    सुरिलो छ रुख एउटा, तर कतै हाँगा छैन ।
        फल त्यस्को परै जावस, फूल फुल्ने जाँगर छैन ।। जावस्
        बोटै टोकी कपास थुके, महजस्तै मिठो रै छ ।
        के हो त्यस्तो बोट भन, बाँस जस्तै ठिटो रै छ -

चमेलीः    बाँस जस्तै सुरिलो रे, हाँगा फल नरहेको ।
        कस्तो खाले मह देला, फूलसम्म नभएको ।।
        फेद रोपे मर्ला त्यो त टुप्पा रोपे र्सर्ने ।
        उखु भनी उत्तर मिलाए, भन के -  ) गर्नेर् - पो

चतुरेः    एउटा रातो पृथ्वीमा, भित्र धेरै चिरा रै छ ।
        प्रत्येक चिरा फोरी हर्ेदा, रस बोक्या किरा रै छ ।। कीरा
        त्यही किरा टिपी खाए, गुलियो स्वाद पाउने ।
        के हो त्यस्तो वस्तु भन, खाँदा मजा आउने -

चमेलीः    किरा खाको कुरा गर्‍यौ, मलाई घिन लाग्यो ।
        पृथ्वीभैFm फल होला, भन्न मन लाग्यो ।।
        चिरा भन्या केस्रा भए, किरा भन्या बिजुली हो । बिजुली
        तिम्ले माग्या उत्तर त, पक्का पनि सुन्तला हो ।।

चतुरेः    मानिसलाई बाँधेको छ, फेरि त्यसमा किला छैन ।
        संसार घुम्न भ्याइसक्यो, हिँड्न डुल्न ढिला छैन ।।
        कस्तो खालको दाम्लो हो त्यो, एकातिर सानो ।
        अर्कातिर ठूलो हुने, उत्तर भन नानु - नानू

चमेलीः    संसार डुल्या कुरा गर्र्छौ, फेरि भन्छौ दाम्लो ।
        घाँटी समाई बान्छ भने, पक्का होइन नाम्लो ।।
        उत्तर यसको मिलाएँ भने, खुवाउ है त मिठाइँ ।
        संसारलाई मनपर्ने, हुनर्ुपर्छ त्यो र्टाई ।।

अर्कोदिन

चमेलीः    जता जाउँ आफू भन्यो, ऊ पनि पछि लाग्छ । नि
        घाम लागे कालो हुन्छ, अँध्यारामा भाग्छ ।
        जति हिडोस साथी फेरि, शब्द बोल्ने हैन । हिंडोस्
        के हो त्यस्तो वस्तु भन, जीवन उसको छैन -

चतुरेः    कस्तो साथी त्रि्रो हो त्यो, सधैँ पछि लाग्ने ।
        चुप लागी दिउँसो हिँड्ने, अँध्यारामा भाग्ने ।।
        खानपिउन नमागे नि, गर्दो रहेछ माया ।
        जीवन उसको छैन भने, पक्का हो त्यो छाया ।।

चमेलीः    पेट उसको नभए पनि, सधैँ मासु खान्छ ।
        मोटाउला भन्छु म त, झन्झन् घट्दै जान्छ ।।
        खुकुरीले काट्छन सबले, तै नि घाइते छैन ।
        यसको उत्तर तिम्ले अब, नभनी नि भएन -

चतुरेः    मासु खाँदा नमोटाउने, पेट नभएको मोरो ।
        घाइते नभइ काटिने त, भेट छैन मेरो ।।
        उत्तर भन्न गाह्रो पार्‍यो, गाउँ खोज्या हो कि -
        तिम्ले खोज्या उत्तर त अचानो पो हो कि ।।

चमेलीः    आमा छोरी एकै ठाउँ, झगडा छ सधैँ ।
        आमा सोझी छोरी भने, तगडा छ सधँैं ।।
        छोरी कुट्छे आमालाई, आमा रुन्छे बरा ।
        के हो त्यस्तो मन्दिरमा पार्छ हरबरा -

चतुरेः    मन्दिरमा आमा छोरी, रुन्छे भन्छौ बुढी फेरि ।
        हातै बेगर आमा कुट्ने, विचरी त्यो डुँडी छोरी ।।
        कुर्टाई खाए नि छोरी बोक्ने, क्या मजाको दिल् छ कि त -
        घन्टी भन्ने उत्तर दिए, तिम्ले खोज्या मिल्छ कि त -

चमेलीः    रङ्गहीन स्वादहीन, अचम्मको झोल ।
        पाइन्छ त्यो नि जताततै, चाहिँदैन मोल ।।
        पातलजमिन दुवैतिर, हुन्छ बादलमाथि ।
        हाम्लाई बाँच्न चाहिने त्यस्तो, के होला त साथी -

चतुरेः    रङ्गस्वाद दुवै नभा, अचम्मको झोल ।   
        कस्तो चीज होला त्यस्तो, नपर्ने त्यो मोल ।।
        हाम्लाई बाँच्न चाहिन्छ भन्दा, मैले बुभे+m नानी ।
        नुहाउन, धुन, पिउन चाहिने, पक्का हो त्यो पानी ।।

अर्को दिन

चतुरेः    एउटा सानो सोलीभित्र, भरी सेता जन्ती ।
        कति धेरै कति धेरै, कस्ले गर्ने गन्ती -
        कहिले सोली हरियो हुने, कहिले हुने रातो -
        के हो त्यस्तो वस्तु भन, खाँदा लिन्छ सातो -

चमेलीः    सोलीभित्र जन्ती भन्यौ, चट्पटे पो हो कि -
        रङ्ग फेरि हरियो रातो, उत्तर बिग्रियो कि -
        मैले आज हारे भने, निकै जाग्छौ तिमी । हारें
        झट्ट भन कुन गाउँ, आज माग्छौ तिमी -

चतुरेः    गाउँ नै नदिई कोहीले उत्तर, खोज्न पाउँदैन ।
        माग्नेले त छाडी पाउँछ, रोज्न पाउँदैन ।।
        उत्तर चाडो चाहिने भए, गाउँ तिम्ले दिनर्ुपर्छ ।
        मैले लाएको भागबन्डा, तिम्ले लिनर्ुपर्छ ।।

चमेलीः    निकै छट्टु रहेछौ साथी, गाउँ तान्ने भयौ । छट्टु
        राम्रा कुरा आफू राखी, नराम्रोचाहिँ बाँड्ने भयौ ।।
        गाउँ दिदै दिन्न साथी, एउटा सहर दिन्छु ।
        गन्हाउने काठमाडौं दिई, अब उत्तर लिन्छु ।।

चतुरेः    कहिले देखि जाती भयौ, पहिले छुच्ची थियौ । कहिलेदेखि
        धन्यवाद तिम्लाई साथी, फोहोर सहर दियौ ।।
        फलफूल प्रगतिचाहिं, मेरो राख्ने धोको ।
        दर्र्ुगर्न्ध र अगतिको, लैजाउ त्रि्रो पोको ।। लैजाऊ

चमेलीः    चुप साथी फोहोर नदेउ, मैले नाक थुने । नदेऊ थुनें
        तैबरु उत्तर भन्छु, मनभित्र गुनेँ ।।
        च्यातिएको सोली होला, त्यसमाथि जुँगा ।
        मकैको घोगो हो नि, बाहिर खस्रो लुगा ।।

चतुरेः    स्यावास ! भन्ने मन थियो, मिलाएनौ नि तिम्ले ।
        फेरि बाठो भयौ भने, लोपार्दिन्छु अहिले ।।
        फुर्ती कहिल्यै नलाऊ साथी, तिम्ले हार्नु पर्ला ।
        कान समाई सबैसामु, उठ्बस  गर्नु पर्ला ।। उठ्बस्

चमेलीः    यस्तो लाज नपार न, उठ्बस चाहिँ गर्दिन म ।
        त्रि्रा सामु कहिल्यै पनि, घमन्ड नि गर्दिन म ।।
        सहरमाथि गाउँ थप्दै, लैजाउ बरु सब ।
        नगर न बेइज्जत साथी, उत्तर भन अब ।।

चतुरेः    जान्नु तान्नु केही छैन, फुर्ती लायौ धेर ।
        सबैसामु बेइज्जतको, लोप्पा खायौ हेर ।।
        तिम्ले दिएको गाउँको म, राजा हुन्छु अब । ठालु
        सिठी फुकी तिम्ले सधैं, फोहोर फाल्नु सब ।।

        हार्‍यौ भने ग्वाँ गर, जित्या भए ठूली हुन्थ्यौ ।
        फोहोर फाल्ने काम छोडी, राजा जस्तै खुला हुन्थ्यौ ।
        गाउँ खोज्ने काम छोडी, तिम्ले हार्‍या जाती ।
        मैले माग्या उत्तर त, खर्ुसानी हो साथी ।।

चमेलीः    चतुरे भाइ मैले हारे, मलाई गर माफ । हारें मलाई माफ गर
        सुटुक्क आई यही ठाउँमा, कहिले मलाइ भेट ।। मलाई भेट्ने गर

चतुरेः    हार्दैखेरि जिल खाने, चमेलीको बानी रै छ । त्रि्रो
        जा जा बरु घरै जा न, ननिकी त भगर्ुइ रै छ ।।

अर्को दिन

चतुरेः    घरि कस्ती घरि कस्ती, रङ्ग रूप फेर्छर्ेे
        अनन्तमा घुमीफिरी, हामीतिर हर्ेर्छर्ेे।
        पोल्टाभरि पानी बोक्छे, भिज्ने होइन कहिल्यै ।
        टाढा टाढै भागी रहन्छे, मिल्ने होइन कहिल्यै ।।

चमेलीः    पोल्टाभरि पानी बोक्ने, कुरा जाती होइन ।
        टाढाटाढै भाग्ने भए, हाम्रो साथी होइन ।।
        न त जानें उत्तर मैले, न त सार पाएँ ।
        तिम्ले नै उत्तर भन, मैले हार खाएँ ।। तिमीले

चतुरेः    गाउँखाने कविता हो, उत्तर त्यसै पाइँदैन ।
        गाउँँँँँँ देऊ एउटा राम्रो, अर्थोक केही चाहिँदैन ।। अरु
        यति पनि नजान्नेले, किन फुर्ति लाउने । फर्ुर्ती
        तिम्ले उत्तर नमिलाए त, मैले गाउँ पाउने ।।

चमेलीः    कठिन कठिन प्रश्न सोधी, मलाई गारो पार्‍यौ ।
        कस्तो खाले गाउँ दिनु्, मलाई सारो पार्‍यौ ।। दिनू
        छिट्टै भन उत्तर अब, नहेर न टोलाई ।
        बानियाँटार तिम्लाई दिन्छु, अरू गाउँ मलाई ।।

चतुरेः    बानियाँटारको सेरोफेरो, राम्रो जति मेरो ।
        तिम्लाई दिन्छु गन्हाउने, विष्णुमती घेरो ।।
        जाती गर्ने सर, मिस, माया जति मलाई ।
        पिट्ने कुट्ने गाली जति, दिन्छु तिमीलाई ।।

चतुरेः    यो गाउँको राजा हुँ म, तिमी भयौ थाङ्ने ।
        कस्तो खालको अवस्तरो, उत्तर पनि माग्ने ।। लवस्तरो
        आकार हुन्छ तरल यसको, तीव्र हुन्छ वेग ।
        कोहीले भन्छन् बादल यसलाइ कोहीले भन्छन् मेघ ।।

चमेलीः     सेतो खैरो सानो भाइको, उघ्रिएको छाता ।
        पक्का पनि पर्छ होला, भ्यागुत्ताको नाता ।।
        कोही भने जाती खाले, भोक मेटाइदिने ।
        कोही भने खराब हुन्छ, के हो ज्यान लिने -

चतुरेः    जाती खराब कस्ता होलान, त्रि्रा भाइहरू । होलान्
        छाता ओढ्छ भाइले भने, सोझो दाइ बरु ।।
        प्रश्न सुन्दा सजिलैथ्यो, उत्तर त गारो रै छ ।
        भन साथी काबु भएँ, कुन र्सत चाहिन्छ -त) ।।

चमेलीःर्    र्सत केही चाहिदैन, गाउँ खाने कवितामा ।
        एउटा राम्रो गाउँ दिए, उत्तर त भन्दिन्छु म ।। भन्छु
        भन साथी कुन गाउँ दिन्छौ, मलाई रोजी ।
        भागबन्डा लाउनु पर्लार्, तराजुमा जोखी ।।

चतुरेः    उत्तर भन्न नसके छि, हार्नु पर्छ मैले ।।
        राम्रोराम्रो कुरा उसले, कहाँ पाउँछ पहिले ।
        बेइज्जत -मेरो) हुन लाग्यो, उत्तर भन खोजी ।
        कुन गाउँ चाहियो तिम्लाई, लग आफै रोजी ।।


चमेलीः    म त हेर धर्ैय नै छु, रोजी गाउँ चाहिँदैन ।
        त्रि्रो मनमा पापबाहेक, अरू केही पाँइदैन ।।
        भाग बन्डा केही लाउन्न, अब अक्कल पुर्‍याऊ ।
        मैले माग्या उत्तर त, सानो फुच्चे च्याउ ।।

चतुरेः    वनमै जन्म्यो वनमै हुक्र्यो, वनमै थियो वास ।
        सिकारीको हतियारले, पार्‍यो उसलाई नास ।।
        कर्मी आई मर्मत गर्दा, रूप फेर्न पुग्छ ।
        के हो त्यस्तो वस्तु अहिले, जलमा पौडी कुद्छ -

चमेलीः    वनमा जन्मी जलमा डुब्ने, सिकारीले मार्‍या ।
        मित्र रहिछ कर्मीचाहिँ, जसले राम्रो पार्‍या ।।
        उत्तर भन्न निकै सोचेँ, तै नि लाइन टुङ्गो । टुङ्गा
        पानीमाथी कुद्छ भने, पक्का हो त्यो डुङ्गा ।।माथि

चतुरेः    वारिपारि दिदीबहिनी, बीचमा ठूलो भीर ।
        भेट कहिल्यै नभइ दिँदा, मनमा पर्छ पीर ।।
        एउटी खोज्छे अर्की हर्ेन, अर्की टाढा भाग्ने ।
        के हो त्यस्तो दुवै मिली, संसार हर्ेन जाग्ने -

चमेलीः    दुवै मिली संसार हर्ेर्ने, फेरि भेट हुन्न भन्छौ ।
        भेट गर्न दुइटीलाई, ठूलो भीरले दिन्न भन्छौ ।।
        निकै सोची मुहार छामें, तै नि आएन भाका ।
        औलो पुगी बल्ल छोएँ, पक्का रैछन् आँखा ।।

चतुरेः    जति खेल्यो दोहोरी यो, खेलौं भन्छ मन त ।
        हारजित कहिल्यै हुन्न, हुन्न कहिल्यै अन्त ।

चमेलीः    डाँडामाथि घाम पनि, डुब्न लाग्यो भाइ ।
        माया गाँस्तै बिदा पाउFm, छुटौं आजलाई

   


   





No comments:

Post a Comment