बाह्र महिना
बैशाखमा बिहे भयो, जन्त गइन म ।
जेठमा धेरै गर्मी भयो, तै नि रोइन म ।।
असारमा पानी पर्यो, बाटो भयो हिलो ।
साउनमा खेत रोप्न, किन भयो ढिलो ।।
भदौ महिना भेल बढी, पाखो बगायो ।
असोजमा दसैं आई, सब्लाई जगायो ।।
कार्तिकमा तिहार थियो, गाउँ नै झिलिमिली ।
मंसिरमा धान काट्यौं, सबै मिलिजुली ।।
पुस महिना जाडो भयो, सेतो हुस्सु टम्म ।
माघ महिना हिउँ पर्यो, डाँडामाथि डम्म ।।
फागुनमा होली खेल्यौं, रङ्ग दलिदली ।
चैत महिना कोइली नाच्यो, वसन्तमा खेली ।।
यो वर्षा बाह्रै महिना, मेरा भए जाती ।
तिम्रा झनै राम्रा होलान्, सुनाऊ न त साथी ।।
अङ्क गणना
मानिसको जहिल्यै पनि, एउटा नाक हुन्छ ।
दुवैपट्टि कान गन्दा, जम्मा दुइ हुन्छ ।।
नाक कान दुवै मिली, अब भयो तीन ।
नाक आँखा जोड्दा जम्मा, चार भयो जान ।।
एउटा हातका सबै औंला, गन्दा भयो पाँच ।
छ बनाउन अर्को हातको, एउटा औंलो भाँच ।।
एउटै हातले दुइटै आँखा, छुँदा भयो सात ।
आठ पार्न आँखा नाक, छुन लग हात ।।
एउटा हातको एउटा औंलो, लुक्दा नौ भयो ।
दुईटै हातका सबै औंला, फुक्दा दश भयो ।।
म र ऊ
म - मेरो सानो साथी ।
हेर आकासमाथि ।।
ऊ- मेरो ठूलो साथी ।
हेरें आकासमाथि ।।
म - सेतो कालो रङ्ग छ ।
बादल आफैं दङ्ग छ ।।
ऊ - बादलभन्दा माथि त ।
जून हुन्छ राति त ।।
म - राति जून देखिन्छ ।
दिउँसो घाम भेटिन्छ ।।
ऊ - बिजुलीझैं बलेका ।
जून तारा खेलेका ।।
म - हामी पनि मिलौं है ।
साथी साथी खेलौं है ।।
सानु साथी
सानु साथी आउनुहोस्, मिली हात समाऊँ ।
ओरिपरी घुमेर, गोलो घेरा बनाऊँ ।।
आफ्नो आफ्नो ठाउँमा, थच्याक्थुचुक् बसौं न ।
सबैजना मिलेर, रूमाल लुकाइ खेलौं न ।।
फनफनी घुम्नुहोस्, हामी हेर्र्छौं अगाडि ।
रूमाल लुकाइ सुटुक्क, राखी दिनुस् पछाडि ।।
मैले भेटें रूमाल, छाम्छाम् छुम्छुम् पारेर ।
अघि बढें खुसुक्क, बीचमा रूमाल झारेर ।।
एक फन्को म घुम्दा, थाहै पाएन साथीले ।
प्याट्ट पिटें पिठ्यँुमा, डुम भयो ऊ अहिले ।।
जङ्गल
सानो सानो जङ्गलमा, हाम्रो साथी हरायो ।
साथी साथी भनेर, चिच्याई चिच्याई करायो ।।
खोज्न जाऊँ उसलाई, ऊ त एक्लो परेछ ।
डर लागी मनमा, उसको आँसु झरेछ ।।
एक्लै जान हुँदैन, जङ्गलमा हामीले ।
हाम्लाई डर देखाउँछ, बाघ अनि भालुले ।।
सबै मिली गएर, हाम्रो साथी खोजौं न ।
विचराका आँसुलाई, हामी मिली पुछौं न ।।
कोहीलाई दुःख परेमा, हामी सबै मिल्दछौं ।
सुख दुःख बाँडेर मिली मिली खेल्दछौं ।।
स्याउ
स्याउ खोई स्याउ, झोलाभित्र होला ।
आहा कति राम्रा, सबै गोला गोला ।।
झोलाभित्र केके छ, फेरि पनि हेर ।
लामो लामो पहेंलो, कति राम्रो केरा ।।
स्याउभन्दा सानो छ, तर छैन टुप्पो ।
पाके पनि हरियो, अङ्गुरको, झुप्पो ।।
पहेंला यी दानालाई, खाँदा मिठो होला ।
जुनार अनि मौसम, सँगै रै छ सुन्तला ।।
फलफूल बोकी धारामा, पखाल्नलाई जाउँ न ।
चक्कु लिई काटेर, बाँडी बाँडी खाउँ न ।।
गन्ती
हात पुर्याएँ नाकमा, १ मात्र रै छ ।
मानिसको जहिल्यै, २ आँखा हुन्छ ।।
नाक आँखा जोडौं न, अब ३ भयो ।
कान आँखा जोडेमा, अनि ४ भयो ।।
मुठ्ठी पारौं पहिले, अनि खोलौं अहिले ।
एउटा मुठ्ठीभित्र, ५ औंला जहिले ।।
अब आफैं ६ भयो, औंला राखें नाकमा ।
७ पार्न राखौं न, सधैं दुबै आँखामा ।।
नाक आँखा छुँदामा, जम्मा ८ भयो ।
हातका सबै औंलामा, एक झिके ९ रह्यो ।।
दुबै हातका औंला ती, खोल्दा भयो १० ।
१ देखि १० जान्ने, ज्ञानी तिमी बस ।।
बैशाखमा बिहे भयो, जन्त गइन म ।
जेठमा धेरै गर्मी भयो, तै नि रोइन म ।।
असारमा पानी पर्यो, बाटो भयो हिलो ।
साउनमा खेत रोप्न, किन भयो ढिलो ।।
भदौ महिना भेल बढी, पाखो बगायो ।
असोजमा दसैं आई, सब्लाई जगायो ।।
कार्तिकमा तिहार थियो, गाउँ नै झिलिमिली ।
मंसिरमा धान काट्यौं, सबै मिलिजुली ।।
पुस महिना जाडो भयो, सेतो हुस्सु टम्म ।
माघ महिना हिउँ पर्यो, डाँडामाथि डम्म ।।
फागुनमा होली खेल्यौं, रङ्ग दलिदली ।
चैत महिना कोइली नाच्यो, वसन्तमा खेली ।।
यो वर्षा बाह्रै महिना, मेरा भए जाती ।
तिम्रा झनै राम्रा होलान्, सुनाऊ न त साथी ।।
अङ्क गणना
मानिसको जहिल्यै पनि, एउटा नाक हुन्छ ।
दुवैपट्टि कान गन्दा, जम्मा दुइ हुन्छ ।।
नाक कान दुवै मिली, अब भयो तीन ।
नाक आँखा जोड्दा जम्मा, चार भयो जान ।।
एउटा हातका सबै औंला, गन्दा भयो पाँच ।
छ बनाउन अर्को हातको, एउटा औंलो भाँच ।।
एउटै हातले दुइटै आँखा, छुँदा भयो सात ।
आठ पार्न आँखा नाक, छुन लग हात ।।
एउटा हातको एउटा औंलो, लुक्दा नौ भयो ।
दुईटै हातका सबै औंला, फुक्दा दश भयो ।।
म र ऊ
म - मेरो सानो साथी ।
हेर आकासमाथि ।।
ऊ- मेरो ठूलो साथी ।
हेरें आकासमाथि ।।
म - सेतो कालो रङ्ग छ ।
बादल आफैं दङ्ग छ ।।
ऊ - बादलभन्दा माथि त ।
जून हुन्छ राति त ।।
म - राति जून देखिन्छ ।
दिउँसो घाम भेटिन्छ ।।
ऊ - बिजुलीझैं बलेका ।
जून तारा खेलेका ।।
म - हामी पनि मिलौं है ।
साथी साथी खेलौं है ।।
सानु साथी
सानु साथी आउनुहोस्, मिली हात समाऊँ ।
ओरिपरी घुमेर, गोलो घेरा बनाऊँ ।।
आफ्नो आफ्नो ठाउँमा, थच्याक्थुचुक् बसौं न ।
सबैजना मिलेर, रूमाल लुकाइ खेलौं न ।।
फनफनी घुम्नुहोस्, हामी हेर्र्छौं अगाडि ।
रूमाल लुकाइ सुटुक्क, राखी दिनुस् पछाडि ।।
मैले भेटें रूमाल, छाम्छाम् छुम्छुम् पारेर ।
अघि बढें खुसुक्क, बीचमा रूमाल झारेर ।।
एक फन्को म घुम्दा, थाहै पाएन साथीले ।
प्याट्ट पिटें पिठ्यँुमा, डुम भयो ऊ अहिले ।।
जङ्गल
सानो सानो जङ्गलमा, हाम्रो साथी हरायो ।
साथी साथी भनेर, चिच्याई चिच्याई करायो ।।
खोज्न जाऊँ उसलाई, ऊ त एक्लो परेछ ।
डर लागी मनमा, उसको आँसु झरेछ ।।
एक्लै जान हुँदैन, जङ्गलमा हामीले ।
हाम्लाई डर देखाउँछ, बाघ अनि भालुले ।।
सबै मिली गएर, हाम्रो साथी खोजौं न ।
विचराका आँसुलाई, हामी मिली पुछौं न ।।
कोहीलाई दुःख परेमा, हामी सबै मिल्दछौं ।
सुख दुःख बाँडेर मिली मिली खेल्दछौं ।।
स्याउ
स्याउ खोई स्याउ, झोलाभित्र होला ।
आहा कति राम्रा, सबै गोला गोला ।।
झोलाभित्र केके छ, फेरि पनि हेर ।
लामो लामो पहेंलो, कति राम्रो केरा ।।
स्याउभन्दा सानो छ, तर छैन टुप्पो ।
पाके पनि हरियो, अङ्गुरको, झुप्पो ।।
पहेंला यी दानालाई, खाँदा मिठो होला ।
जुनार अनि मौसम, सँगै रै छ सुन्तला ।।
फलफूल बोकी धारामा, पखाल्नलाई जाउँ न ।
चक्कु लिई काटेर, बाँडी बाँडी खाउँ न ।।
गन्ती
हात पुर्याएँ नाकमा, १ मात्र रै छ ।
मानिसको जहिल्यै, २ आँखा हुन्छ ।।
नाक आँखा जोडौं न, अब ३ भयो ।
कान आँखा जोडेमा, अनि ४ भयो ।।
मुठ्ठी पारौं पहिले, अनि खोलौं अहिले ।
एउटा मुठ्ठीभित्र, ५ औंला जहिले ।।
अब आफैं ६ भयो, औंला राखें नाकमा ।
७ पार्न राखौं न, सधैं दुबै आँखामा ।।
नाक आँखा छुँदामा, जम्मा ८ भयो ।
हातका सबै औंलामा, एक झिके ९ रह्यो ।।
दुबै हातका औंला ती, खोल्दा भयो १० ।
१ देखि १० जान्ने, ज्ञानी तिमी बस ।।
No comments:
Post a Comment