मुक्तक
बुद्धिमानी खोजेका थियौं मनकै काले
परेछ ऊ ।
लेख्न भनी पठाएको कस्तो चोथाले परेछ
त्यो ??
न अण्डा पार्छ न चल्ला कोरल्छ मात्रै
दाना पचाउँछ,
चार चार वर्ष ओथारा बस्ने नपुङ्सक
भाले परेछ त्यो ।।
बादलले सडक धुन्न भन्ने थाहा छैन ?
धर्तीले आकाश छुन्न भन्ने थाहा छैन ??
भो भयो अति भयो, चिन्ता नगर अब
बाँदरले सरकार हुन्न भन्ने थाहा छैन ??
राजा काट्यौँ राजाहरू पलाए ।
भाग बण्डा गरेर देश चलाए ।।
अनुहार उस्तै झुक्किनु झुक्कियौं
तर हनुमानले सारा नेपाल जलाए ।।
भिषाबिना विदेश जान पाउँछ, किनकी ऊ सभासद हो ।
मसाज केन्द्रमा पनि सम्मान पाउँछ,
किनकी ऊ सभासद हो ।।
जनता सभासद होइन, सभासद पनि जनता होइन,
अस्पतालमा रक्सी खान पाउँछ, किनकी ऊ सभासद हो ।।
भुँडी बढाएर मञ्चमा आसन ग्रहण
गर्दैनौं ।
काम बिताएर घरको, भाषण ग्रहण गर्दैनौं ।।
स्वतन्त्र छौं सधैं, सधैं स्वतन्त्रै बाँच्छौं,
छोटे राजाहरूको अब शासन ग्रहण
गर्दैनौं ।।
निगुराको भाउ बाँसभन्दा माथि छ ।
एक माना चामलको मूल्य झण्डै दुई पाथी
छ ।।
धन्य सरकार, धन्य विकास, गर्व गर्छौँ हामी,
हाम्रो देशको एउटा मन्त्री
चिम्पान्जी झैं जाती छ ।।
हाँस आमा
नेपाल आमा
पीडाले आज नरोऊ यसरी ।
सन्तान हामी
खुसीले पाल्छौं मायाले बेसरी ।।
काँक्राको चिरा
चिरेझैं हामी देशलाई चिर्दैनौं ।
जन्मेको देश
छोडेर हामी विदेश छिर्दैनौं ।।
मेची र काली
तराईका बाली हिमाली गुँराश ।
फरक जाति फरक
भाषा क्या मीठो सुवास ।।
अखण्ड मेरो नेपाल
भए म हुन्छु नेपाली ।
हाँस न आमा
एकफेर हाँस सन्तान उचाली ।।
फरक राज्य
हामीले माग्नु आमालाई धक्का हो ।
कालो न सेतो
जुन रङ्ग भए नि नेपाली पक्का हो ।।
तिमीले हाँसे
हामी नि हाँस्छौँ नेपाली भएर ।
युग युगसम्म
खुसीले नाच्छौँ तिमीलाई पाएर ।।
जीवन
नमान पीडा नबने
दुःखी तिमी ।
जुधेर बाँची बन
लौ रिमीझिमी ।।
म हाँस्छु आहा
रसराग फूलको ।
भरी घडा आज
पवित्र मूलको ।।
गुँरास फुल्दा
वन बल्छ दीप झैं ।
हिमाल बोल्यो
पिरती समीप भै ।।
सुटुक्क खेली
जलमा रमाउँदै ।
म खोज्छु माया
मन यो समाउँदै ।।
गरे सफा बात
तिमी म देवता ।
विचार पोखी पख
पूर्ण सभ्यता ।।
निरास कतै नबने
दुःखी पनि ।
गरे सबै काम
सदा खुसी बनी ।।