२०६६।१२।१४
मान्छेको जिन्दगी
नदी त रहेछ आखिर ।
अझ बागमती
बागद्वारमा पवित्र छ बागमती,
बाटोमा दुब्लाउँछ अलिकति
चुस्छन् उसलाई यहाँ ।
पशुपति पुग्दा मोटाउँछ ऊ ,
सायद वैभव र प्रदूषणले भरिन्छ ।
सकिन्न उगाउन उसलाई त्यहाँ
चोभार पुग्दा बढ्रछ भेल फेरि
उठ्छ फिंज दिवाना बनेर
तर गन्हाउँछ उति नै ।
तर्राईका काखमा पुग्दा
बन्छ कञ्चन, नीलो अनि शुद्ध पनि ।
एउटै बाटोमा
एउटै माटोमा
कहिले फूल झैं पवित्र अनि कोमल
कहिले झरना झैं निर्झ
अनि कहिले बाढी झैं कठोर अनि बहुला ।
यतिखेर म सुन्दरीजलमा छु ।
ठोक्किइरहेछ नदी ठूला ढुङ्गामा
म पनि त जीवनको ढुङ्गामा ठोकिएर
हिंड्दा हिंड्दै यात्रामा रोकिएर
आएको छु यहाँ, जीवनमा विन्दास खोज्दै ।
कहिले ढुङ्गाका कापबाट लुसुक्क छिर्छर्ुुहिले साना तलाएमा जम्छु पनि,
ओरालो पाए हाम्फाल्छु
उकालोबाट भाग्छु पनि ।
नली ओरालै बग्छ
जिन्दगी जस्तै ।
रोकिएझैं लाग्छ तर रोकिन्न,
यात्रा त हो जिन्दगीको
घडीका र्सर्ुइको जस्तो,
लक्ष्यहीन, गन्तव्यहीन ।
अलिकति बादल उडिरहेछ
ममाथि, अनि म जस्तै ,
उही बाटो बिराएर,
बाटै हराएर ।
कति मजा हुन्छ बाटो हराउँदा !
हिंड्दा हिंड्दै बाटो टुङ्गदिा !
किनकि म त त्यहाँ भेटिन्छु ।
लक्ष्य भए पो हराउँछ मान्छे,
लक्ष्य छैन भने हराओस् कहाँ -
क्या मज्जा पागल बन्न ।
गाह्रो त मानिस बन्न होला,
नैतिकताका पर्खालले थिच्ला कि -
सामाजिक बन्धनले बाँध्ला कि -
तर म यतिखेर मुक्त छु ।
उही बागमती जस्तै ।
मानिस होस् त पागल जस्तो
अनि पागल होस् त मानिस जस्तो ।
कति मजा छ पागललाई
जे बोले हुन्छ ।
जे गरे हुन्छ ।
तर ऊ बोल्दैन, जे उसको मनमा आउँदैन,
अनि गर्दैन ऊ जे पनि,
जे उस्को मनले अह्राउँदैन ।
उसले जे बोलोस् वा गरोस्
वास्ता गर्दैन कसैले
हर्ेर्दैन सामाजिक कानुनले
कति मुक्त छ ऊ
जीवनका जोखिमबाट,
समुज्वल भविष्यबाट
त्यसैले त मानिस छ ऊ ।
मानिस जस्तो हैन,
ठ्याक्कै मानिस पो हो ऊ त ।
अनि मानिस होस् त
फेरि पागल जस्तै ।
मानिस स्वतन्त्र हुन्छ रे,
तर संभव छैन स्वतन्त्रता उसमा
किनकि स्वतन्त्रता नै उसका लागि
कुनै अधीन वा परतन्त्र हो ।
त्यसैले जिन्दगीको यो घुम्तीमा
न मानिस हुन सकें
न खुसीले पागल नै ।
गुनासो हैन यो जीवनको
अनि उपहार पनि होइन
हो त हो केवल एक सत्य हो
पत्याउन गाह्रो,
भन्न साह्रो
मीठो अनुभव
भावशून्य, शब्दहीन ।
त्यो पारि रुखमा
हल्लिरहेको पात छ मेरो आँखामा ।
मानिसहरू भन्छन्
कति स्वतन्त्र छ ऊ
घरि पर्ूव हल्लिन्छ घरिपश्चिम
घरि दक्षिण त घरि उत्तर
तलमाथि जता मनलाग्यो उतै
तर उसका पछाडि पनि त
एउटा भेट्नु छ , एउटा भेट्नु ।
अथवा उसलाई चलाउने
हावाको दर्बिलो झोक्का छ ।
जसका अधीनमा रहेर
उसले कसैलाई नभेट्नु छ ।
खै बुझछन् उसलाई मानिसले -
कस्तो अद्भूत यो मानिस -
न उसालाई कसैले चिने -
न उसले कसैलाई चिन्यो -
परिचयहीन
अस्तित्वहीन
हुन त परिचयहीनता नै
उसको परिचय होला ।
अस्तित्वविहीनता नै उसको
तरल या ठोस तर अस्तित्व होला ।
पारि बाटाम एकहुल मानिस दौडदै छन्
जीवनको म्याराथुनमा
जित्नु छ तिनले कसलाई -
तर पनि दौडदै छन् किन -
अहँ भेटि्दन म तिनको जीवनको गहिर्राई
न भेट्छु आफ्नै जिन्दगीको -
म जीवनको सतह त भेट्न नसकेको मान्छे
के सक्छु र गहिर्राई भेट्न -
गहिर्राई भेट्न त चुनौतिको डुङ्गा चाहिन्छ
भोको पेट र खाली खुट्टाको अनुभूति पनि ।
तर ती कहिल्यै बनेनन् मेरा मित्र
त्यसैले हल्लिरहेछु म ।
आफ्नो भेट्नु बिर्सिएको,
विचरो, बबुरो स्वतन्त्र त्यो पात बनेर ।
जीवनको एउटा खण्डले
मलाई खण्डहर बनाइरहेछ,
सायद त्यसैले
आजको खाना बिर्सर्ाा
सुन्दरीजलको भित्तो भेट्टाइरहेछ ।
सम्झाइरहेछ पशुपति पनि
कति मुक्त जीवनको अन्त्यष्टी हन्छ त्यहाँ
आखिर एकदिन त सबैले छोड्नर्ैपर्छ संसार
किन मान्छे तामसी बन्छ -
किन बन्छ लोभी अनि पापी पनि -
के मानिसले शान्त बन्न हँदैन -
हुन त होस पनि कसरी -
आफ्ना सबै स्वार्थ बिर्सर्ेेयदि ऊ शान्त बन्यो भने
उसको स्वार्थी जीवनप्रतिको
सायद त्यो नै ठूलो अशान्त हो ।
युद्धको माया
संहारको माया
माया अथवा प्रेम ।
गलत अर्थ लेख्छन् भाषविदहरू
अनि गलतै अर्थ लाउँछन्
बुझने, सुन्ने र जान्ने,
कथित मानिसहरू ।
चित्त बुझेन मलाई
शब्दकोषको अर्थ
जँचेन अनि पचेन
मेरा अग्रजको अर्थ
त्यसैले यो मायाको अर्थ खोब्ज्दै
एकान्तमा आएको छु यतिखेर
यो यथार्थ हो ।
पत्याउन्नन् अरुले
किनकि ती सबै अरुहरू पनि
आदर्शकै एप्रोन लगाएर
आफ्नो मैलो शरीर बाँचिरहेका त छन् ।
अगि म आएको गाडीमा
पाँच जोडीव युवा युवती थिए
तिनीहरू आलैपालौ अँगालोमा बेरिन्थे
के त्यो पनि माया हो -
गाडी ठोक्किन लाग्दा
ड्राइभरले घ्याच्च ब्रेक लायो
होला हामी यात्रुलाई बचाउन ।
के त्योचाहिँ माया हैन -
मेरी आमाले मलाई हर्ुकाउनु भयो,
जीवनका ती कुइनेटामा
मेरो हीतका निम्ति कति त्याग गर्नुभयो
त्योचाहिँ माया हो या हैन -
कति साँघुरो परिधि छ हाम्रो मायामा -
हो माया गर्न हुन्छ रे
अनि लभ गर्नचाहिँ -
म त्यही मायाको तीरले
घाइते भएर
आफ्ना आसुँको रगत पखाल्न
अलिकति शुद्ध बागमतब्ी खोज्दै
आएको छु यहाँ ।
एक्लै छु, एक्लै एक्ले,
देख्ने धेरै थिए
अनि बहाना बनाएर चियाउने पनि धेरै ।
मलाई थाहा छ
ती सबैले मलाई
पागल भनिरहेछन्, पागल ।
तर मलाई केही प्रवाह छैन
किनकि मलाई पागल मन पर्छ
र हो नै पनि म पागल ।
म आफ्ना खुसीका लागि बोल्छु
तर पनि समाउँछ अलिकति समाजले ,
हिन्हिनाउँछु त्यतिखेर
सामना गनर्ेर्ेेक्ति हुन्न ममा
म पनि त एक्लै जन्मेको
बेसाहारा विवसता हुँ ।
म मास्टर समाजको
नमस्ते गरे आज पनि कतिले
विचराहरू !!!
के तिनलाई थाहा छैन -
मास्टर पनि मानिस हुन् ।
तिनीहरू मलाई दया गर्छन कि माया -
मास्टर पनि त फटाहा हुन्छ ,
पनि त हैन
अझ मास्टर नै धेर फटाहा हुन्छ ।
संसारको जान्ने सम्झन्छ आफूलाई
र जान्दैन केही पनि ।
किनकि संसारमा जान्ने नै के छ र -
संसारका सबै वस्तु आफ्नालागि बने
हामीलाई जान्न बनेकै हैनन् ।
त्यसैले फोस्रो आडम्बरको खोल ओडेर
जीवनको र्सार्थकता खोज्दै हिँड्नू नै बेकार छ ।
बरु बेकार जिन्दगी नै र्सार्थक होला ।
म मनले चल्न चाहन्छु
शरीरले होइन ।
तर मानिसहरू शरीर देख्छन्
देख्दैनन् मन
के तिनीहरू अन्धा छन् -
कि मलाई नसुन्ने बहिरा -
संवेदनाहीनहरू
मज्जाले गाली गर्न मन लाग्छ
किनकि गालीमै त म रमाउँछु ।
बन्दाकोपी हो जिन्दगी
नपत्याए बोक्रा च्यात त
के पाएऊ -
फेरि अर्को बोक्रो हैन -
च्यात न च्यात
जति च्याते पनि उही पात हुन्छ ।
कसले भेटेको छ गुदी -
न जिन्दगीको न बन्दाकोपीको ।
तर भ्रममा बाँचिरहेछौ हामी
र त च्यातिरहेछौं पात
थाहा छैन त्यो च्यात्दा च्यात्दै
एकदिन सकिन्छ भनेर
त्यो पनि केही नभेटि ।
फेरि ती पात जोडेर बन्छ र कोपी -
हामी पनि त त्यस्तै हौं ।र्
कर्मका पात च्यात्दा च्यात्दै सकिन्छौं ।
बन्दैनौं फेरि जोडेर ।
त्यसैले र्सार्थक जिन्दगी पाउन्न म संसारमा
जिन्दगी नै पाउन्न म
बरु जस्तो जे पाउँछु
त्यसैमा र्सार्थकता पाउँछु अलिकति ।
प्रिय पाठक !
मेरो उद्देश्य अर्कै थियो
तर म घुमिरहेछु आफैंमा
हुरीको पात बनेर
आखिर भूइँमा खस्न न हो ।
एउट ठूलो ढुङ्गो छ मेरो छेउमा
घरि घरि जिन्दगीको खरानी धस्तै
म त्यसलाई बनाइरहेछु खरानीदानी
पारि दाउरेदाइले दाउरा ठुङेजस्तै
कसैले ठुङीरहेछ मलाई
विगत केही दिनदेखि
बोलेर हैन नबोलेर नै
त्यसैले जिन्दगीका बिम्ब
खोज्दे म आइरहेछु आज यहाँ ।
आदर्शका असिना उठाएँ थें,
थुन्सेभरि भरी ।
निमेसमै पग्लेछ र
चुहिएछ पनि
जुनबेला मैले हर्ेन खोजेँ
थिएन त्यहाँ केही
एउटा ओसिलो थुन्सेबाहेक ।
केही दिनअघि
प्रभाति किरणसँगै
मलाई कसैले बोलायो चोकमा
बिहानको स्नान सकेर
म पुगें त्यही पत्रिका पढ्दै
ऊ आई मसँगै मेरो कोठामा
म एक्लै थिएँ र ऊ पनि एक्लै
दर्ुइ एक्लै जोडेर हामी युगल भयौं ।
चिया पियाएँ मैले अतिथिलाई
गफियौं अन्तरङ्गमा
जीवनका धेरै सुसेली हालेर ।
बिदाइको बेला मैले
स्नेहको छाप लगाइदिएँ गालामा
मायाले, स्नेहले अनि प्रेमले ।
म भाडाको मान्छे
दिनभरि बेचेको छु समय अर्कैलाई
र पुग्नर्ुपर्छ निरन्तर समयको पोको बोकेर
उनै स्कुले साहुकामा आसमी बनेर
गएँ त्यो दिन पनि ।
सधैं मोवाइलमा म्यासेज गर्ने त्यो मान्छे
त्यो दिन बिर्सियो मलाई म्यासेज गर्न ।
केही लेखेर पठाएँ मैले नै
आक्रोशित थियो उसको उत्तर
पत्याउनै गाह्रो ।
मैले जीवनमा कमाएको आदर
जल्यो रे निमेसमै
आगो बल्यो मनमा
हाँसेकै थिएँ ओठले
झुट् म पनि पृथ्वीजस्तै
जो गर्भमा लाभा बोकेर
सतहमा गुलाफ फुलाउँछ ।
माया न हो बढ्छ पनि
तर थरि थरिले , न कि एकैनास ।
केही समयअगाडि
राति साथीसँग तास खेल्दै गर्दा
मोबाइलमा घण्टी बज्यो
अचानक अनि अपरिचित
मैले तत्कालै फर्काएँ, उठेन
म्यासेज आयो
'सरी है मैले फोन उठाइन,
म सानो भाइसँग छु,
मैले फोन उठाए, ऊ पनि उठ्छ,
अनि रुन्छ कराउँछ ।'
मैले अर्को दिन फोन गरें
फेरि उठेन
फेरि म्यासेज आयो
'मैले मेरो दाइलाई फोन गरेको
झुक्किएर तपाईंलाई गएछ ।'
मैले त्यही म्यासेज फिर्ता गरें
ऊ छक्क पर्यो ।
'तपाईंलाई झुक्किएरै धेरै फोन गयो
के हामी मित्र बन्न सक्छौं -'
मेरो मनमा उसका यस्ता म्यासेजले
कौतुहलताको पहाड बनायो
कोही परिचितले मेरो परीक्षा लिदैं छ ।
तर त्यो 'को होला' -
मैले मेरो फोनमा उसको नम्बर
'को होला' भनेरै सेभ गरें ।
अब हामीबीच म्यासेज दोहोरी चल्न थाल्यो
चैतको हुरी झैं ।
प्रत्येकदिन कयौं कयौं ।
अर्कोदिन दिउँसो फोन गरें
फोन उठेन फेरि
प्रत्युत्तर आयो
'मेरो ओठको अप्रेशन छ ।
बोल्न हुन्न मैले ।'
म पनि त के कम -
मैले पनि लेखें
'मेरो औंलाको अप्रेशन छ ।
म्यासेज लेख्न हुन्न मैले ।'
यसरी नै च्याट् गर्यौं हामीले ।
तपाईं को हो -
तपाईंको पेशा के हो -
केटा हो या केटी -
म केटी हुँ, नितान्त विद्यार्थी ।
त्यो पनि सत्र वर्षी ।
तपाईं विवाहित हो -
उसले अनेकौं प्रश्नहरू सोध्यो मलाई ।
मलाई लाग्यो यो कोही केटा हो,
मात्र मेरो परीक्षा लिइरहेको छ ।
मैले लेखें, म केटा हुँ ।
मैले पोहोर विहे गरें ।
तिमी मेरो रोजाइभन्दा
एकवर्षठूली भयौ ।
मेरो आशय थियो,
मेरो विवाहको बारेमा नजिकबाट जान्न चाहे
अघिल्लो वर्षनै ठीक थियो ।
उसले गलत बुझी ।
बुझी कि म सोह्र वर्षो खोज्दै छु ।
केटी हो भन्नेमा करिब म पक्का भएँ
तर 'को होला' को उत्तर भएन मसँग ।
उसले लेखी
'मैले सकारात्मक सोचेर भनेकी हुँ,
तपाईंले नकारात्मक लिनुभयो ।
यदि तपाईं व्यस्त व्यक्ति हो भने
र चाहनु हुन्न भने
भो म अब म्यासेज गर्दिन ।
तर मलाई थाहा छ , तपाईं अविवाहित हो ।'
मैले विवाहित लेख्दा लेख्दै
मलाई अविवाहितको ठोकुवा गर्ने
पक्कै तिमी मेरो अपरिचित हैन,
भन तिमी को हौ - के चाहन्छौं मसँग -
मैले पुनः लेखें ।
'मात्र मित्रता' उसको उत्तर थियो ।
'म बिरामी छु,
मेरो औषधी तिमीसँग छ,
के दिन सक्छौ -' मैले शर्त गराएँ ।
'हुन्छ म दिन सक्छु ।
एउटा मित्रलाई आफूसँग भएको कुरा
त्यो पनि औषधीको रूपमा ।'
उसले मञ्जुर गरी ।
'त्रि्रो परिचय -
मात्र मेरो इच्छा त्यति छ ।'
मैले मागें
'तपाईंका सबै इच्छा पूरा गरिदिन्छु बरु,
तर नाम नमाग्नु है ।'
ऊ फेरि तर्की ।
सबै उपाय फेल भए
र फेल भएँ म आफू पनि ।
म आफूलाई निकै बाठो सम्झन्थें,
झापाली, हुँ एक झापाली,
तर त्यसले मलाई घुमाई फनफनी ।
रिस पटक्कै थिएन
किनकि हामी म्यासेजको खेलमा थियौं ।
अश्लिल लेख्न हुन्न
किनभने माया गर्नेले नै त्यसो गरेको हो ।
नानाथरी तरङ्ग आए मनमा
र, फेरि लेखें
'मैले खेल हारें ।
थाहा छैन कसले जित्यो -
तर भन त्रि्रो परिचय -'
उसले अलिकति खुलासा गरी
'म तपाईंकी विद्यार्थी हुँ
केवल एक विद्यार्थी ।
अन्यथा नसोच्नू है ।
यदि मैले नाम भनें भने
तपाईंले मलाई मार्नु हुन्छ ।'
मन झन सिरिङ्ग भयो ।
कतै दिनभरि उसैलाई पढाएर
साँझ विहान म्यासेज खेल्दै त छैन म -
या मैले नपढाउने कक्षामा हो ऊ -
कति सोधें, तर स्कुल सकेपछि मात्र
नाम भन्छु भन्छे ।
मैले वेवास्ता गरेको भए
उहिल्यै अध्याय समाप्त हुन्थ्यो ।
तर परिचयबिहीनतामा झाङ्गदिै छ हाम्रो माया
त्यसैमा मिठास छ ,
र छ अलौकिक प्रेमस्वाद पनि ।
विवाहको इच्छा छैन
उसमा र ममा पनि
ऊ मलाई औधी माया गर्छर्ेेउटा शिक्षक, दाइ र अभिभावक भनेर
म पनि उसलाई त्यति नै माया गर्छर्ुुसानी बहिनी मात्र ठानेर
तर शून्य छौं हामी
म को हुँ - थाहा छ उसलाई
ऊ को हो - छैन उत्तर मसँग ।
'नम्बर तपाईंको किताबबाट लिएँ ।'
एक दिन लेखेकी थिई उसले ।
'सर तपाईंको बारेमा एउटा हल्ला सुनेकी छु ।
पत्याउनै गाह्रो ।
साना बहिनीहरूले भन्दै थिए
सरको र एकजना म्यामको प्रेम छ ।'
मैले लेखें
'हो त्यो सत्य हो ।
मेरो सबैसँग प्रेम छ ।
आफन्त, विद्यार्थी र साथी ।'
उसले फेरि लेखी
'हैन, विशेष प्रेम त्यो पनि कोहीसँग ।
मैले फोन उठाउन अनुरोध गरें
तर बिकेन मेरो अनुरोध ।
उसले मलाई नानु सम्बोधन गर्न लगाई
गरिदिएँ मैले पनि
मैले उसँगबाट त्यो हल्ला चोर्नु थियो,
त्यही स्वार्थले उसलाई फकाउनु थियो ।
ऊ कहिलेकाँही मेरो,
अनि बोलाइको प्रशंसा गर्थी ।
प्रत्येक दिन मैले गरेको व्यवहारको
साँझ विवरण दिन्थी,
र अनुरोध गर्थी
नेपाली भाषामा कार्यक्रम चलाउन ।
अब म निश्चित थिएँ
हो । ऊ मेरै विद्यार्थी हो ।
तर, हो चाहिँ को -
एकदिन उसैले वाचा गर्राई
'यदि गाली नगर्ने भए म नाम भन्छु ।'
मेरो खुसीको सीमा रहेन
मलाई उसले प्रयोग गर्ने भाषिका
मन पथ्र्यो, त्यो पनि अत्यन्तै ।
मैले गाली नगर्ने बरु माया गर्ने
स्वीकार दिएँ तात्तातै
लाग्यो अब मेरो कौतुहलताको औषधी
आज यतै कतै पाइदैछ ।
आसम्म परिचय अभावमा
फन्टुस म्यासेजमा अनौपचारिक थियौं
अब परिचयले औपचारिक बनाउनेछ हामीलाई ।
'म उही विनू हूँ सर ।'
उसको परिचय पाउनासाथ
दङ्ग भएँ म खुसीले ।
'काली म कहिल्यै गाली गर्दिन ।'
मैले लेखें फेरि ।
उसको उत्तर थियो,
'तपाईंमा कहिल्यै परिवर्तन आएन,
तपाईं उस्तै उस्तै
सबैलाई उत्तिकै माया गर्ने है सर ।'
कहिलेकाँही ऊ गुडनाइटको सट्टा
भूत नाइट लेख्थी ।
म भूत नाइट हुन्न भन्थें ।
किनभने ऊ धेरै टाढा थिई ।
र बनाइदिन्थे उल्टै उसैलाई भूत ।
जति गाली गरे पनि नरिसाउने
दिनैपिच्छे म्यासेज र मिसकल गर्ने
साँच्चै एक अभिन्न मित्र थिई ऊ ।
नहोस् पनि कसरी -
कक्षा छबाट पढाएकी
मोटी अनि छोटी
दर्ुइचुल्ठी बाटेकी
ओठमा सधैं हाँसो टाँसेकी,
ट्वाल्ल परेर हर्ेर्ने
र मनका गहिराइदेखि मलाई माया गर्ने ।
त्यो अबोध र पर्ूवस्मृति
मेरो मनमा ताजै छ
र रहन्छ पनि सधैंभरि ।
ऊ कहिल्यै केटी भइन मेरालागि
र ऊ होइन पनि तरुनी
किनकि ऊ मेरी बहिनी हो ,
सानी बहिनी ।
जसले मेरो काखमा बस्न हुन्छ ।
मेरो अङ्गालोमा पस्न हुन्छ ।
र मेरो स्नेहमा रम्न पनि हुन्छ ।
उमेरमा जत्री होस्,
पर्राईमा जस्ती होस्,
तर मेरा सामुन्ने ऊ
केवल एउटी स्नेही मात्र हो ।
यसरी नै झाङ्गदिै थियो हाम्रो प्रेम ।
कहिलेकाँही फोन पनि हुन्थ्यो ।
परिवारसँग हुँदा उसलाई फोन उठाउने थिएन अनुमति ।
फोनमा पैसा हुञ्जेल
सर्म्पर्क हुन्थ्यो मसँग नै ।
कहिले लेखेर त कहिले बोलेर ।
फोनमा भन्ने गर्थी हाम्रो भेट हुन्न है -
ऊ प्रवेशिका परीक्षाको तयारीमा थिई ।
म आशा थप्थें उसमा,
जिन्दगी धेरै छ ।
भेट कति हुन्छ कति, अघाउँजी ।
ऊ मेरोमा आउन चाहन्थी ।
मलाई आपत थिएन त्यसमा ।
मेरामा धेरै विद्यार्थी आउँछन् ।
साना - ठूला
केटा - केटी
आफ्ना - पर्राई
त्यही संख्यामा ऊ एउटी न हो ।
अझ साहित्य मन पराउनेलाई,
मेरो काठा पुस्तकालय नै हो ।
स्कुलबाटभन्दा
मबाट किताब लैजान्छन् उनीहरू ।
केटाकेटी मसँग खेल्छन् ।
कहिले चुङ्गी, व्याटमिन्टन र बास्केटबल ।
कथा सुन्छन् मसँग र
सोध्छन् समाजको राजनीति ।
म, नारी पुरुषको समानता खोज्ने,
विद्यार्थी उभयलिङ्गी हो भन्ने
र, सबैमा समान व्यवहार गर्ने
उनीहरूले नै गरेको समीक्षा हो यो मेरो ।
त्यसैले मेरो मैलो पर्दाले
निरन्तर स्वागत गर्छ सबैलाई ।
पढ्न आउने,
उपचार गर्न आउने,
डुल्न आउने,
विदेश जान आउन,े
तास खेल्न आउने,
कम्प्युटरमा काम गर्न आउने,
रात्री समय मदिरामा रम्नेहरू
दिवा समय धुवाँमा भुल्नेहरू
आखिर सबै मेरा पाहुना थिए ।
म समयको समायोजन गर्थें उचित,
ममा केही कुराको अभाव छैन,
छ त केवल समयको मात्र ।
म खुसी थिएँ ।
किनकि दुःखको अनुभव गर्ने
मसँग रत्ति पनि समय थिएन ।
त्यसैले उसको त्यो इच्छा,
मेरोमा आएर मसँग गफ गर्ने
त्यसमा तुषारापात भइरहेथ्यो पटक पटक ।
तर त्यो दिन उसको समय पक्का थियो ।
म समयमा उति नै प्रतिबद्ध छु
मिनेटको पनि पालना हुन्छ मसँग ।
थाहा थियो यो कुरा उसलाई पनि,
त्यसैले पाँच मिनेट ढिलाइको
अग्रिम जानकारी गर्राई ।
हर्षे आई मसँग
आफन्त थियौं हामी एकापसमा ।
दिउँसो फोन गरें फेरि,
फोन उठाइन ।
एकक्षणमा म्यासेज आयो,
जसले उसलार्यै बाधा गर्यो रे ।
मेरो कुनै कुराले
कहिल्यै बाधा हुन्नथ्यो उसमा ।
के भयो आज - चट्याङ पर्यो
वा गयो भूकम्प
घरिघरि आए तिरस्कार
अनि घृणका जानकारी ।
यतिसम्म कि मेरो जिल्ला दोष पनि ।
छक्क परें म ।
जलें म पनि ।
तर ठूलो भएकाले
संयम हुनु नै थियो ।
लुकाउनु पनि थियो मेरो कर्म ।
म मास्टर पनि थिएँ ।
फेरि जिन्दगीमा कहिल्यै
आर्थिक र नैतिक मुद्दामा नमुछिएको ।
मेरा दर्ुइवटा धर्म यिनै थिए ।
सोचें के भन्ली अब मलाई -
के ठान्ली उसले -
के हिजो जस्तै हर्ेन सक्छे -
मैले दश मिनेटको भेट मागें
सकिन उसले स्वीकार्न ।
आफू नियन्त्रणहीन भएको बताई
जीवनमा पहिलो पल्ट ।
मेरो पनि पहिलैपल्ट थिायो त्यो तिरस्कार ।
उसले प्रश्न गरी,
'किन त्यो प्रतिक्रिया -'
मैले भनें, 'सानी बहिनी सम्झेर ।'
'म त्यस्ती केटी हैन ।'
उसको जवाफ थियो ।
'तँ मेरालागि केटी नै हैन ।' मैले लेखें ।
मलाई डर भयो
परीक्षा पो बिगार्छर्ेेक -
मैले पढ् भनें
उसले सक्दिन भनी ।
मैले म सम्झाउँछु भनें
उसले संभव छैन भनी ।
सायद जीवनमा,
मैले सबैभन्दा बढी सम्झाएकी
र आफ्नी बनाएकी मान्छे थिई ऊ ।
र, आज सम्झाउन नसकेकी
र पर्रार्इर्र्बनेकी पनि ऊ नै थिई ।
उसको जीतभन्दा ठूलो
मेरो अर्को कुनै जीत थिएन ।
त्यसैले त त्यो हार मेरो ठूलो हार थियो ।
के ऊ शिरिषको फूलकी,
कुनै सकम्बरी हो -
जसलाई पारिजातले चिनेकी थिइन् ।
तर मैले नचिनेको -
कि म धरावासीको मास्टर बाबु हुँ -
जो बाहिर आदर्श बेचेर,
भित्र व्यवहारमा भ्रष्टाचार गर्छ ।
म त परासर ऋषि पनि हैन ।
जसले मत्स्यागन्धालाई
डु्ङ्गामा आफ्नी बनाउँछ ।
उसँग मेरो कुनै शारीरिक प्रेम पनि त छैन ।
म त जेठो छोरो ।
जन्मदै विवाहको पालो आएको ।
स्कुल कलेज पढ्दा र पढाउँदा
मज्जाले गफ गर्ने ।
जसका कारण दर्ुइचार युवतीको मन चोरेको ।
मैले हुन्छ भनेको भए,
धेरैथोक भइसक्थ्यो ।
के आज आएर मैले
यो कलङ्कको खाडलमा
यसरी भासिनु पथ्र्यो र -
ऊ जतिसुकै रूपवती होस्
तर पनि मेरा लागि एउटी बहिनी हो ।
के ममा त्यस्ता रतिराग पलाउँछन् र -
त्यो पनि ऊसँग -
बलियो र राम्रो देख्तैमा
गाई खान्नौं हामी ।
दुब्लै भए पनि खसी खान्छौं ।
किनकि हामी हिन्दू हौं ।
र गाई हाम्री लक्ष्मी ।
त्यतिमात्र होइन
हामी नेपाली पनि हौं ।
र हो गाई हाम्रो राष्ट्रिय जनावर ।
त्यसैले ऊ जस्ती होस्,
उसको रूपले मलाई कहिल्यै तान्दैन ।
ऊ मेरा आँखाकी तरुनी हैन,
मेरा मस्तिष्ककी विद्यार्थी हो ।
तर किन बुझदिन
मेरो मनको भाषा -
मलाई थाहा छ,
हामी मास्टर पनि मानिस हौं ।
फरक यति हो, सामाजिक ।
हामीसँग हाम्रो जीवन व्यक्तिगत छैन ।
हाम्रो पनि शरीर हो ।
राम्रा तरुनी देख्ता
हृदय लोभिन्छ ।
संवेग पलाउँछ ।
तर, मानिस भनेको शरीर मात्र त होइन नि !
उसमा मन पनि छ ।
मनले शरीर नडोर्याए के मानिस -
शरीरले मन चलाउन हुँदैन क्यारे !
भावना न हो
दूध जस्तै ।
आगोमा तताउँदा उम्लिन्छ ।
उम्लिँदा भाँडो भरिन्छ ।
होस नगरे पोखिन्छ पनि ।
तर भाँडो भरियो भनेर झिक्ता,
के उति नै हुन्छ र सेलाउँदा पनि -
ठीकै छ म पनि त उम्लेर भरिएँछु,
सेलाउँदा आफ्नै आयतन भयो त ।
किन बुझदिन ऊ मेरो मनको भाषा -
मैले त उसलाई मुखले
खुद आफ्नै मुखले धेरै माफी दिएँ ।
तर, किन उसको मनले बोल्दैन त्यति -
के वर्षौको हाम्रो माया
ध्वस्त हुन्छ निमेसको भूकम्पले -
ममा कुनै ग्लानी छैन
किनकि गल्तीको कुनै महसुस छैन ।
तर पनि दुःखको एउटा ज्वालामा
पिल्सिएको छु आज आलुजस्तै ।
कारण उसले दुःख मानेकी छ ।
सामुन्नेको फलामे ढोका उघार्नु छ उसले
तर साँचो भाँचिदिँदै छु म ।
केही जानी उसको जिन्दगी बिग्रियो भने -
दोष त मेरो छैन होला,
उसको त झनै छैन ।
ऊ त कलिली मान्छे,
सानी, अनि ज्ञानी मान्छे ।
उसो भए अपजस कसले लिने -
अहँ दोषी म नै हुनेछुृ ।
समयले मलाई नै दोषी ठहर्याउँछ ।
त्यसैले समाधान मैले नै गर्नुपर्छ ।
मास्टरीका पदचिन्हहरू
टेबलभरि कापीहरू छन् ।
बुझाउनु पर्ने मृतरेखा
हिजै कटिसकेको छ ।
मित्रताका प्रतीक कोठाभरि साथी छन् ।
आतिथ्यको सौगात खाना बनाएँ,
सबैले मीठो भने
तर मलाई मीठो छैन,
अरुले थपेर खाए
मैले त्यही मिल्काइदिएँ ।
अरुले दुःखी छस् भने,
मैले बिसन्चो छु भनें ।
यसरी ढाट्नु मेरो बाध्यता थियो ।
भात खाँदाखाँदै निदाउने म,
रातभरि निदाइन
सायद र्छलङ्ग उन्यालो भएको
अनि आछ्यानमै पल्टेर ननिदाएको
त्यो नै पहिलो रात हो मेरो ।
आफ्नी आफन्त
तर अर्धनग्न
गाडीको संयोग
एकै ठाउँको उभ्याइ
बाटाका खाल्डा
अनि ड्राइभरको ब्रेक
के प्रभाव पार्छ र कसैलाई -
झुक्किएर शरीर ठोकिए पनि,
ग्लानी टुसाउँछ मनमा
भाग्छ संवेग
टाढा धेरै धेरै टाढा
च्याप्प समाइन्छ एकआपसमा
तर हुन्न उत्तेजना
किनकि मनले भन्छ
उनी आफन्त हुन् ।
ठीक बिपरीत,
पर्राई बाटामा,
रूपले राम्री , औधी राम्री
मनले कल्पन्छ
कयौं प्रकारका कल्पनाहरू,
देखिन्छे ऊ सपनीमा,
किनकि ऊ पर्राई हो
र हो सबैको मन ।
मलाई थाहा छ ,
प्रत्येक मानिसहरू,
शारीरिक प्रेमनिम्ति
नाङ्गन्िछन् एकबाजी ।
सायद मसँग पनि त कोही हुनेछ ।
र, ऊसँग पनि हुनेछ कोही ।
फरक यति हो,
ऊसँग म र मसँग ऊ,
हुँदैन, अहँ कहिल्यै हुँदैन ।
त्यसैले त नैतिकताको ओरालो ओर्लन्न म,
मैले कमाएको सम्पति नै इज्जत हो
जुन मैले नझिक्ने गरी
मनको मुद्दतीमा राखेको छु ।
यिनै र यस्तै कुरा भए थे
ऊसँगको बिहानीभेटमा ।
के उसले यी सबै कुरालाई खरानी ठानी -
जसलाई समयको हुरीले उडायो,
त्यो पनि कहिल्यै नसमेटिनेगरी ।
हो । मैले उसलाई माया गरें,
मायामा म्वाइँ खाएँ,
तर उसले मेरो मायालाई लभ ठानी ।
अनि चुम्वनलाई किस ।
यही त फरक छ माया र लभमा,
अनि म्वाइँ र किसमा ।
किनकि हाम्रो समाजले
सधैं सधैं फरक अर्थ लगाउँछ ।
विचरी !
उसको के दोष छ र -
ऊ पनि त यसै समाजकी हो ।
भनेको सुन्दछे ।
गरेको देख्तछे ।
तर ऊ बुझदिन भावनाको भाषा
किनकि ऊ केटाकेटी छे ।
छिनमै पग्लन्छे
अनि छिनमै जम्दछे ।
पानीजस्तै ।
पानीको आफ्नो के रहर हुन्छ र -
मौसमको प्रभाव न हो ।
जम्नु अनि पग्लनु ।
हिमाल चिसो हुन्न ।
मौसमले हिउँ जमाउँछ ।
अनि हिउँले हिमाल बनाउँछ ।
तर संसार भन्छ,
हो हिमाल चिसो हुन्छ ।
यही त दोष देख्छु म ।
विचरी !
मैले फेरि दोहोर्याएँ ।
उसको के गल्ती छ र -
समाजले जे सिकायो,
अनि मजस्ता मास्टरले जे सिकाए,
त्यसैको प्रभाव त हो उसमा ।
ऊ खुसी भए त्यो उसको क्षमता हो,
अनि ऊ दुःखी भए
त्यो मेरो दोष हो ।
केवल मेरो दोष ।
उसले मेरो घरमा बस्न हुँदैन,
तर उसले मेरो मनमा बस्नु पर्छ,
मात्रै यति हो मेरो चाहना ।
तर चाहनामा सुनामी आएको छ ।
धर्ैय छु म,
धर्ैयले सुनामी रोकिएको
दृश्य पनि त देखाउँछ ।
फरक यति हो, क्षति कति हुन्छ -
आँकलन गर्न सकिने
वा सकदै नसक्ने ।
म भन्थें
हामीले त्यो काम गर्न हुन्छ,
जुन सबैलाई भन्न हुन्छ ।
तर आज मेरो भुत्ते आदर्श
आफ्नै खियाले भाचिएको छ ।
मैले सच्चा हृदयले ,
एउटी नारीलाई स्पर्षगरेको छु
त्यो त केवल मेरालागि अनुभव छ,
यदि यही कुरा अरुले थाहा पाए भने
म के हुन्छु -
के भन्लान् मलाई -
मेरो जन्त जान सधैं आतुर
मेरी सानी बहिनीले
यदि यो कुरा भनी भने,
म ग्लानीले फतफत पाकेको छु ।
साचेजस्तो हुन्न जीवन,
र जीवनजस्तो सोचिन्न पनि ।
इन्द्रेणी त सबैलाई मन नपर्ला
तर मन पर्ने रङ्ग त छ नि इन्द्रेणीमा ।
किन खोज्दैनन् मानिसहरू
आफ्नो खुसी र जीवन सत्य -
मैले त्यो काम गर्न हुन्छ
जुन मेरी आमालाई भन्न हुन्छ ।
यदि मैले गरेको काम
मेरी आमालाई सुनाउनु परे
कसरी सुनाउने मैले -
मैले विद्यार्थीलाई माया गरें,
आमाले सहज हैन हार्दिकरूपमा लिनुहुन्छ ।
मैले केटीलाई माया गरें,
आमा अलिअलि गम्भिर बन्नु हुन्छ ।
आखिर कुरा एउटै हो,
सत्य पनि एउटै हो ।
सत्य सधैं एउटै हुन्छ ।
तर, सत्यलाई बङ्ग्याउने
तरिका र व्यक्ति अनेक हुन्छन् ।
त्यसैले म द्रविभूत छु ।
मैले रामै गरेको छु ।
तर नराम्रो बन्दैछ परिणाम ।
अमृत रोप्छु विष फल्छ ।
हृदय देखाउँछु
शरीर देखिन्छ ।
के यही हो नियति -
के यही हो जीवन -
भएकोमा चित्त बुझाउने,
या चित्त बुझे भयो भन्ने -
म सन्देहको सागरमा छु ।
न त तैरेर जाने ठाउँ छ कतै -
न त डुबेर बाँच्ने आशा -
यदि पढ्न सक्थ्यो कोही भने,
च्यातेर देखाइदिन्थे म,
हनुमानले झैं आफ्नै छाती ।
तर संभव छैन यो ।
म एउटा मानिस झैं मानिस हुँ ।
त्यसैले एउटा सत्य,
कुनै पुराणको कथा हैन म,
अनि कल्पनाको पात्र पनि ।
मन न हो तरल छ ,
पग्लन्छ अनि बग्छ ।
कता बग्छ भन्न सक्तिन,
तर यतिचाहिँ हो,
ओरालो नै बग्छ जहिल्यै ।
फरक यो हो,
प्रयोजन यसको,
डुबाएर मारे पानीको के अर्थ -
घाँटी भिजाएर जीवन बचाए पो,
हुन्छ पानीको सच्चा अर्थ !
त्यसैले म आफूमा पानी खोज्दै छु ।
अनि मेरो भावनाको प्रयोजन पनि,
म कसैलाई बचाउँदै छु
वा कसैलाई मार्दै -
म मरेर पनि बाँच्न सक्छु
वा बाँचेरै मरिरहेको छु ।
छैन मसँग जिन्दगीको कुनै उत्तर ।
पानी पिएँ,
मुखैमा झवाइँय गर्यो ।
सायद शरीर सुकेरहोला ।
कलेटी परेका ओठ
र, तातेको मन बोक्ने
केवल भाँडो भएको छ,
मेरो जीवन यतिखेर ।
कुनै व्यस्त सडकमा,
बस र कारबीचच दर्ुघटना भए
मानिसहरू भन्छन्,
ए, बसले कारलाई ठोकेछ ।
हो आज त्यही भएको छ ।
न्युटनको चालको तेस्रो नियम,
प्रत्येक क्रियामा बराबर
तर विपरीत प्रतिक्रिया हुन्छ भन्ने
असफल भएको छ ।
त्यो घटना हो वा दर्ुघटना -
तर दोष मेरो हो ।
किनकि म बस हुँ,
र ऊ हो कार ।
कसको गल्ती किनारा
अरुलाई के चासो -
ट्राफिक नियमका कुराहरूर्
र्सवसाधरणलाई के थाहा -
त्यसैले जीवनको यो व्यस्त यात्रामा,
फर्ुसदिलो दर्ुघटना भएको छ ।
क्षति त छैन केही
तर पनि दोषी छ कोही,
नितान्त, अवस्य,
आकार र ज्येष्ठताले,
भूल भएको छ मेरो
यही हैन समाजले भन्ने कुरा -
हुन त मैले उसलाई
बोलाएको हँुदै होइन ।
ऊ आफैं आएकी हो ।
मैैले कुनै प्रस्ताव राखेकै छैन
र सन्देशको सुरुवात पनि उसैले गरेकी हो ।
यसमा उसको कुनै दोष छैन ।
पवित्र हृदयले मलाई भगवान ठान्थी,
के अब मेरो त्यो आसन भत्क्यो होला हैन -
ऊ यौवनले रल्लिएर आएकी हैन ।
म पनि धमिला पानीमा
माछा मार्ने दाउले बसेको हैन ।
संयोग संवेगको पनि हैन ।
धर्ैयको बाँध भत्केको पनि हैन ।
तर बुझाइको अनुदारी
वा भावनाको अति उदारी ।
हिजोसम्मको फूल ओइलाएको छ ।
खुला आकाशमा बादल छ ।
पवित्र गंगामा ढल मिसिएको छ ।
छ चारैतिर फोहोर मात्र ।
सौर्न्दर्य सृष्टिमा हैन,
दृष्टिमा हुन्छ ।
हिजोसम्म किन मलाई असल ठानी
र किन आजै त्यो फिर्ता लिई -
के राजनीतिक दलको र्समर्थन हो त्यो -
केवल सत्ता बनाउन र ढलाउन दिइने ।
म को हुँ -
म के हुँ -
अनुत्तरित यी प्रश्नका भीडले थिचिरहेछ मलाई ।
कसले बचाउँछ -
कसले जोगाउँछ -
यिनै प्रश्नका पीडा कोक्याइरहेछन् ।
भावनाको भूत चढिरहेछ,
लेख्न भ्याएकै छैन ।
घरिघरि पश्चाताप हुन्छ,
देब्रेदाहिने दुवै हात उत्तिकै चल्ने भए
एकै पल्ट घोप्ट्याइदिन्थें
र भरिदिन्थे यी पानाहरू ।
परीक्षाको अन्तिम घडी आइसक्यो,
तर ऊ शान्त छैन ।
सायद सबै पुरुष र मास्टरमा
उसले मेरो अनुहार मात्र देख्दी हो,
अनुदार अनि कालो ।
किन बुझदैनन् मानिसहरू
राम्रो फूलमा काँडा हुन्छ भनेर ।
दृष्टिकोण न हो,
एउटै बोटमा पनि
फूल खोजे फुलै पाइन्छ,
अनि काँडा खोजे काँडा नै पाइन्छ ।
त्यो मेरो दोष हैन,
र, क्षमाहीन अपराध पनि ।
तर उसको मनको आगोमा मैले
सकिन पानी छ्याप्न ।ं
सायद उसले रुनु नै पथ्र्यो ।
भनिन्छ आसँुले वेदना पखाल्छ,
रुने पनि अभ्यास चाहिन्छ,
ममा पनि त्यो अभ्यास हुन्थ्यो भने
मैले आज यति विचलित हुनुपर्थेन ।
तर मलाई थाहा छ ,
समयले धेरै कुराविस्मरणमा पारिदिन्छ ।
सम्झना र बिर्सना दुबै आवश्यक छन्,
उसले पनि बिर्सन्छे एक दिन,
र सम्बन्ध उही बन्छ हाम्रो ।
नराम्रा कुराले पनि बिदाइ लिन्छ नै,
कहिले र कसरी -
रिस शान्त त आफैं गर्नुपर्छ ।
बुझेकी छैन उसले
पर्खेकी मात्र छ शुभ समय ।
म कुनै भ्रमरा होइन,
जसले राम्रा फूल देख्तै चुमोस् ।
र कुनै विषालु नाग पनि हैन,
जसको डसाइले जीवन अन्त्य गरोस् ।
तर किन सम्झन्न ऊ -
म जीवनको अन्योलमा छु ।
अन्योलको आँधीमा छु ।
आँधीको भुमरीमा छु ।
अनि भुमरीको पात भएको छु ।
२०६६।१२।१५ <mबष्तियस्६६।१२।१५श्र
नारी अस्मिता
मलाई अलिअलि थाहा छ ।
त्यो अलिअलि नै आखिर
मेरोनिम्ति त शतप्रतिशत हो ।
मैले बोलेको छु,
मैले लेखेको छु ।
लक्ष्मी, काली, सरस्वती,
सीता, भृकुटी र राधा,
सकम्बरी, लोलिता,
मन्थरा, कैकेयी
यी सबै सबै नारी हुन् ।
सम्मान गर्नुपर्छ यिनको
सम्मान चाहने प्रत्येक पुरुषले
सम्मान गर्नुपर्छ नारीको ।
कमजोर पुरुषहरूमात्र
दबाउँछन् नारीलाई
हेप्छन् नारीलाई
र आफू महान भएको उद्घोष
देखाउँछन् दुनियामा ।
विचरी ऊ
न ऊ उर्वशी हो,
अर्जुनको रूपलावण्यले लोभिएकी -
शकुन्तला पनि त होइन
जो चक्रवर्ती राजा दुश्यन्त
देख्ने बित्तिकै भुतुक्क बनोस् ।
ऊ हैन फेरि लोलिता
जो हर्म्बर्टको पासोमा
पलपल परिरहेकी छ ।
के ऊ अब मसँग असुरक्षित छ -
के अब उसले सबै पुरुषलाई
हर्ेर्ने नजर कलुसित छन् -
अहँ, म भन्न सक्तिन ।
सायद परीक्षाको पहिलो दिन,
आफ्नो निधारमा टीका लगाइदिने
ती सबै शिक्षकमा,
उसले मेरो अनुहार भेटी होली
तिनका सुकुमार हातहरूमा
मेरै कठोर हात भेटी होली
अनि तिनका आशिर्वचनमा
मेरै आडम्बर भेटी होली ।
जुन दिन ऊ मसँग रिर्साई
त्यही बिहान बात मारेका थियौं हामीले ।
असल मानिसका आवश्यक दर्शन
मानवीय सुन्दरताको कसी,
उसको अन्तरमनकोर् दष्टि,
प्रत्येक व्यक्तिमा अलग स्वाद,
त्यही स्वाद नै पृथक पहिचान
संसारको ठूलो अनुशासन
तर यी सबैसबै अब उसले आडम्बर ठान्छे होली ।
बिनाकाम अनि बिनाप्रयोजनको ।
हिजो पानीको कञ्चन रूप हेरें
आज प्रदूषित रूप हर्ेर्दैछु ।
पशुपतिमा यतिखेर
वागमतीमा जीवन खोज्दैछु ।
अघि उक्लेको सिंढीमा
म जीवन ओर्लिरहेथें,
घाटका ती सब शबहरू जीवन उक्लिरहेथे ।
मानिसहरू रित्तै जन्मन्छन्
र मर्दारहेछन् रित्तै नै ।
दर्ुइ दिनको चौतारीमा
मित्थ्या लोभ र लालच
वैभव र घमण्ड मित्थ्या ।
वागमती अलिकति मोटी छे
शरीरभरि गन्हाउने फोहोर बोकेर,
के सफलता भनूँ म -
मान्छेको जिन्दगीका
पीडादायी अनुभवबाट
व्यत्तिःत्व र धन आर्जन गर्नेलाई,
जन्मसँगै आखिर
अवसान सुनिश्चित छ ।
पारी करायो एम्बुलेन्स ,
जिउँदो लास लिएर आउँदैछ ।
जीवनबाट बिदा भएका
रोगीहरू घाट नजिक आउँदैछन् ।
चितामा असरल्ल लास छन् ।
पालो पाएको छैन अझ
खराजी उडिरहेको छ,
प्रत्येक सूक्ष्म एकाइमा
जीवन बोकेर ।
दर्ुगन्ध भनूँ भने
जीवन सकेर मुक्ति पायो
सुगन्ध भनूँ भने
बाँच्ने अभिलासा सारा बिलायो ।
सायद ऊ पनि,
युद्ध गथ्र्यो जीवनमा
सारा सुख हात पार्न
अनि रोजेका खुसीहरूले
आफ्नो पोल्टो सजाउन ।
तर, सकियो यतिखेर
विचरा थाहा पाएन उसले ।
बडो खुसी लाग्छ पशुपति
एकातिर जीवन माग्दै मन्दिर आउनेहरू,
अर्कातिर जीवन त्याग्दै घाट धाउनेहरू
कस्तो अनौठो छ प्रकृतिको लीला -
कतै मृग पाठाहरू नाच्छन्
मृगस्थलीको शोभा बनेर
बिन्दास बाँदरहरू
बैभव बिर्सर्ेेवनमा
झोला तान्छन् सबैको ।
केही बाँदर धुरिए मसँग
झोलामा झुत्ती हान्दै
केराका कोसा लगेर
फिर्ता दिए झोला मलाई,
पढ्दैनन् डायरी तिनीहरू
लैजान्नन् किताब फेरि
जीवनमा दुःखी हुनु छैन तिनलाई
कति बुझक्कड छन् ती,
म जस्ता दृश्य पारखी
थुप्रै थुप्रै छन् यहाँ ।
जीवनको रस खोज्दै आएका
नवयौवना जोडी पनि छन् ।
जसको बुझाइमा जीवन
अङ्गालाको प्रेम हो
स्पर्षो आनन्द हो ।
धूपको सुगन्ध महत्त्व छैन
मानिसको क्रन्दन अर्थ छैन ।
आफ्ना सारा काम ढाँटेर
टाँसिन आएका छन् ती यतिखेर,
तीसँग के अर्थ मागौं म -
प्रेम अनि स्नेहको ।
जो भौतिक सुखभन्दा अरु सुख जान्दैनन् ।
तेरो र मेरो नै उनको धर्म हो ।
'हाम्रो' शब्द मान्दैनन् ।
के तिनको प्रेम सागर
सधैं यस्तै स्वच्छ रहला -
तिनको पवित्र गँगा
सधैं त्यतिकै बग्न पाउला -
निउत्तर, निउत्तर छु म ।
यी असंख्य जोडीले
मेरो र मनको जोडीबीच
के पाउँछन् आनन्द -
त्यसैले तिनीहरू मलाई पागल ठान्छन् ।
पागल कति स्वच्छन्द छ ।
अनि कति विचारोत्तेजक -
तिनका मस्तिष्कका अश्वमानमा
विचरा कहिल्यै बास पाउन्न ।
जीवनको सुवास तिनलाई आउन्न
आफ्नो अपनत्वमा मरिमेट्छन् तिनीहरू ।
ऊ पर, अलि पर,
एउटा युवाले एउटी युवतीलाई
झयाप्प अँगालो हाल्यो
आफ्ना हातहरू
उसको शरीरभरि दौडायो,
मुखमा मुख जोडेर
निकैबेर अँगालोमा आनन्द लियो,
के उसलाई थाहा छ प्रेमको अर्थ -
उसले त्यो तल चितामा
खोलाको किनारमा
जलेको शव देखेकै छैन,
एक दिन मर्नु पर्छ भन्ने
उसले बुझेकै छैन
रगत चुहिएला जस्ता
राता गाला बनाएर
उठ्यो ऊ जुरुक्क
आङ तन्कायो
र हेर्यो चारैतिर
सायद उसको पीत अनुभवमा
जीवनको सच्चा अर्थ
अनि प्रेमको वास्तविक गहिर्राई
बल्ल पत्ता लागेको छ ।
आलिङ्गनका तिनीहरूले
एकअर्कामा धेरै कुरा ख्वाए
प्रेमको प्रतीक हुनर्ुपर्छ ।
काखमा बच्च चेपेका
हात, खुट्टा गुमाएका
भोकले सुकेनास लागेका
धेरैथरी बाँदर आएर
वरिपरि घेरे तिनलाई
आशाका आँखा
टुलुटुलु घुमाएर
रित्ता हातहरू
सामुन्नेमा फिंजाएर ।
र, फर्के रित्तै अन्तत ः
कुन प्रेमले फर्के तिनीहरू
कुन प्रेमले -
पात झरेको
हाँगा र्झन थालेको
यो बूढो रुख पनि
कुनै बेला वैंसालु थियो होला ।
फल र छहारी दिंदै
प्रेम प्रदान गथ्र्यो होला ।
उसका काखमा बस्नेले
माया गर्थे होला
तर आज यो पनि
आफ्नो जीवनको अन्त्यमा
अवसानको घडी पर्खिरहेछ ।
वसन्त बिर्सर्ेेशिशिरको सपनीमा
ठिङ्िग्रङ्ग उभिएको छ ।
म छु उसको साथी
र ऊ केवल मेरो ।
म पनि विसङ्गतिले मात्र
आएको छु यहाँ ।
अवसानको अनुभव लिन ।
जिन्दगीका जँघार तर्दै
खोलाको खासखुस
नदीको निरिहता खोज्दै
धुम्धुम्ती एक्लै
पशुपति परिसरमा ।
विचरी बहिनी
आवेगमा आएर
रिसमा रल्लिई ।
नियन्त्रण नभेटेर
गाली गलौजमा गइहोली
भावनाको मदिराले
शङ्काको सोचाइले
छाँगाबाट छोडेपछि
धरातलमा ध्यान गर्दै
पछुतोमा पाकी पनि ।
उसको रिस मरिसकेको छ ।
गलत सोचाइको अन्त्य भएको छ ।
माफीका शब्द पठाइसकी उसले,
मेरो मोवाइलमा पढेको छु ।
तर वचनका ती चोट्ले
चर्याउँदो हो उसलाई ।
हुन त नारी धर्ती हो,
सहन्छे धेरै कुरा ।
शान्त र शीतल नै
उसका कालजयी परिचय हुन् ।
ऊ पनि वागमती नै हो ,
ठ्याक्कै म जस्तै ।
जीवनका जँघारमा
सङ्िलदै र धमिलिदै
आफ्नो अनन्त यात्रालाई
तन्काइरहेकी र बढाइरहेकी ।
बाँच्न नसकेका केही मानिस
बिलाए खरानीमा ।र्
मर्न नसकेका केही मानिस
सल्बलाइरहेछन् चारैतिर,
जीवनको अन्धकारमा ।
उज्यालो खोज्दै तिनीहरू
मानिस मानिसकै भिडमा
हराइरहेछन् यतिखेर ।
आफैंलाई भेट्न नसकेका
आफैंलाई चिन्न नसकेका
विचरा तिनीहरू
निर्रथक खोज गरिरहेछन् खुसीको,
अनि नउम्रेका उन्मादको ।
सायद तिनीहरू आफूलाई
को ठूलो, को सानो -
को कालो, को सेतो -
को गरिब, को धनीको
विभेदकारी रेखाले
वारिपारि बनाउँछन् ।
हामी दर्ुइ दिनका अतिथि
यस लोकका भन्ने कुरा नजानेर
दुःख सागरमा बिलाउँछन् ।
बल्ल भेटें एउटा जिन्दगी,
भ्रम हो या सत्य त्यो पनि,
एउटा बूढो बाँदर
मेरा नजिक आएर
एउटा पोको फुकायो ।
पोकाभित्र भएका केराका बोक्रा
ओल्टाइ पल्टाइ केलायो,
भित्रबाहिर फर्कायो,
चाट्यो पालैपालो
र, टोक्यो टुप्पाहरू
अनि स्निग्ध ती आँखाले
हेर्यो मतिर
र जनायो धन्यवाद ।
के थाहा उसलाई -
मैले नमिठो ठानेर
फालेका ती बोक्रामा
उसले स्वाद पाइरहेछ ।
अनि अरुअरु पाउने आशामा
थेत्तरो बन्दै बन्दै
मेरै नजिक आइरहेछ ।
बोल्दैन ऊ मसँग
या बुझदिन म उसको भाषा -
तर ऊ जे गरिरहेछ,
बिना योजना र बिना लक्ष्य छ ।
त्यसैले जीवनको अर्थ
अलिकति उसैले बुझेको छ ।
हिजोको चिन्ता छैन उसमा
भोलिको पीर पनि छैन ।
प्याट्ट हिर्काउँछ कसैलाई
टोक्छ, चितोर्छ अनि चुम्छ पनि
तर गर्दैन ग्लानी
त्यसैले त आनन्द छ ऊ ।
मनमा बुद्ध होस्,
मन शुद्ध होस्
अनि भेट्टाउँछ उसले मान्छे
आँखा चिम्लेर खोजोस्
आफू बिर्सर्ेेखोजोस्
अनि भेट्टाउँछ उसले जीवन ।
आफू सम्झेर खोजोस्
आसुँ तौलेर खोजोस्
अनि भेट्टाउँछ उसले प्रेम ।
तर मानिसहरू भिडमा पसेर
प्रतिष्पर्धामा उत्रेर
युद्ध जित्ने दाउमा
स्वयं बाजी थापेर जीवनको
खोजीरहेछन् जीत
र, हारिरहेछन् जीवन ।
म मेरो प्रेमलाई
प्रत्येकका प्रेमसँग तौलिरहेछु ।
म मेरो जीवनलाई
अरु जीवनसँग दाँजिरहेछु
सबैभन्दा फरक अनुभूतिले
अघौंजी गाली गर्न मन लाग्छ ।
सायद म गालीलाई प्रेम गर्छर्ुुर प्रेमलाई गाली ।
जीवनको यात्रा अबरुद्ध छ ।
एकान्तमा म टोलाएको छु ।
अपरिचितहरू मलाई हर्ेर्दै र हाँस्तै
मबाट किनारा लागिरहेछन् ।
कोही सामुन्नेमा ठिङ्ग उभिएर
चुपचाप तर्किरहेछन् ।
बोल्दैनन् कोही मसँग
के तिनीहरू लाटा छन् -
या सुन्दिन म तिनलाई
के म आफैं बहिरो छु -
मेरो मनको आगो
शान्त बन्दै छ ।
के मैले यसरी टोलाउन हुन्न -
मैले मेरो खुसीलाई
जे गरें गरें
किन चाहियो अरुलाई -
आखिर म त आफैंमा
भेट्टइिरहेछु अनि मेट्टइिरहेछु ।
२०६६।१२।१६ <mबष्तियस्६६।१२।१६श्र
कोलाहल सुन्दै छु
मान्छे देख्दिन ।
आँखा बन्द छन्
मन खुल्ला छ
केवल त्यो आवाजमात्र होइन
आवाजपछाडि पनि कोही छ ।
तर मुक्त छन् उनीहरू ।
जीवनको खोजीमा
प्रेमको अन्वेषणमा
म बालाजूको उद्यानमा छु ।
फूल फुलिरहेछन् जीवन बोकेर
फूल हासिरहेछन् प्रेम सँगालेर
फूल ओइलिरहेछन् प्रेम त्यागेर
अनि फूल झरिरहेछन् जीवन बिर्सर्ेे
आफ्नै लागि फुल्यो फूल
आफ्नै लागि छर्यो सुवास,
मुक्त थिएन, बन्धनमा थियो
मुक्त भयो फेरि बन्धन त्याग्यो ।
जीवनका फरक अनुभूति
मनका बगैंचामा सजाउन
भोको पेट
तातो घाम
चर्को र्सर्ूय
शून्य स्थान
एकान्त कुनो
खाली खुट्टा
सबै सबै भोगिसकें ।
बाध्यता होइन रहर हो यो
कल्पना होइन सत्य हो यो
तर पनि भेटिन जीवन प्रेमको
न भेटें प्रेम नै जीवनको ।
जीवनको अवसान अनुभूति
अलिकति भुलेर
आएको छु जीवन नै खोज्दै ।
यी बाइस धाराले
जीवनको कुनै इतिहासमा
पानी ओकल्थे रे ।
प्रकृत्रि्रेमीलाई
प्रेम पस्कन्थे रे ।
तर झुट छ सत्य
रित्ता छन् धारा ।
पत्याउनै गाह्रो ।
जति सजिउन् यी
छैन जीवन यिनीहरूमा
र छैन प्रेम पनि ।
वासन्ती वहारमा हल्लिएर
नवआँकुरा र पालुवामा सजिएर
हल्लिरहेछन् केही वृक्ष ।
थाहा छैन अहिले
यिनीहरू जीवन खोजीरहेछन्
वा यिनीहरू जीवन बाँडिरहेछन् -
हाँस्तै हेरें, खुसी देखें
गम्भीर बनें, गम्भीर नै भेटें
रिसाएर हेरें, देखें काला
क्रोध ओकलिरहेका
रिसको जलनमा जलिरहेका
अलिकति जीवन यिनलाई
पैंचो दिनु थियो
थिएन त्यो संभव
किनकि म आफू स्वयं
जीवन हराएर खोजिरहेछु
प्रेम नपाएर प्यासमा
श्रवणकुमार बनिरहेछु ।
शन्तनुको लाग्ला कि वाण
या उम्कन्छु फेरि
कमण्डलुभरि प्रेम उघाएर
त्यति नै जीवन भरेर ।
फकिर छु जीवनको
अनि जीवन छ फकिरको
खरानी छैन शरीरमा
जीवन नै खरानी छ ।
अस्तित्वहीन, परिचयहीन
र त उडिरहेछ चारैतिर
कसैलाई रोमाञ्चित पार्दै
कसैका आँखा बिझाउँदै ।
प्रेमका नाटकमा
धेरै जोडी छन् सामुन्नेमा
तर लाग्छ ती कसैमा
प्रेमचाहिँ छदै छैन ।
प्रेम स्पर्षहैन,
प्रेम सर्ंर्सग हैन
हैन अनि प्रेम
शारीरिक समीकरण पनि ।
शून्य छौं हामी
अनि हुन्छौं शून्य नै
के खोजौं शून्यको आकार -
के खोजौं मानिसको जीवन -
स्वास फर्ेर्दैमा जीवन हुन्छ -
म आफैं सजीव हैन,
त्यसो भए कहाँ खोजौं म
जीवनको परिभाषा -
कहाँ खोजौं म
नक्कली प्रेमको सक्कली अर्थ -
माथि आकासमा
चिल घुमिरहेछ ।
खोज्दैछ त्यसले जीवन कि,
या खोजिरहेछ चल्ला -
बुझदिन म घुमाइको भाषा,
बुझदिन म उसको कुनै कर्म ।
ऊ पनि मजस्तै आएको हो,
या मचाहिँ ऊजस्तै ।
वसन्ती वासनाले उसलाई
लोभ्याउँदैन पक्कै कहिल्यै,
प्रेमको अर्थ बुझदैन ऊ
यो ऊप्रतिको अन्याय हुन्छ ।
किनकि ऊ पनि चाहन्छ उन्मुक्त प्रेम ।
अनि चाहन्छ सुन्दर जीवन ।
तर, जिन्दगीको बक्र रेखामा,
घुम्यो होला रिंगटाले,
विसङ्गतिका घुम्तीमा
घुम्यो होला फनफनी,
अनि भयो फकिर र
आयो यहाँ मसँग ,
प्रेम र जीवन खोज्न ।
अनि घुम्दै होला ऊ रिङ्गएिर,
बादलमुनि तर बादल जस्तै ।
शिर उठाएँ र पर हेरें,
जोडी, जोडी धेरै जोडी
अझ परै देखें
एउटा रुखको फेदमा
घामबाट लुकेर बसेकी
शीतल छायाँमा छलिएकी,
फगत एक्ली,
भनौं बिजोडी ऊ,
को होला त्यो -
लाग्थ्यो यो एकान्तमा,
एक्लो आउने प्राणी,
केवल म एक्लो हूँ ।
निकै दिनको साधनामा
प्रत्येक पलको तनावमा
मलाई पागल भन्नेहरू
धेरै धेरै भेटिए
र आज भेट्दैछु
ठीक विपरीत
मैले पागल भन्नु पर्ने ऊ एक्ली ।
सायद ऊ पनि म जस्तै होली,
जीवनमा कतै हार जितेर
अनि जीत हारेर
एकान्त यो ठाउँमा
मन बुझाउन आएकी ।
ढाँटी होली उसले पनि
आफ्ना सारा परिवारलाई ।
त्यो छेउको फूलजस्तै,
जो हल्लिइ हल्लिइ हिंड्न खोज्छ,व
तर सक्दैन हिंड्न ।
अनि र्छछ कृत्रिमता,
आफ्ना थुङ्गा, पात र हाँगामा
नक्कली खुसीको ।
जलनमा जलेर,
एक्लैमा हराएर,
प्रकृतिमा बिलाउन आएकी ।
चाहदी हो ऊ पनि आवेगको अवसान,
म जस्तै , मेरो जस्तै ।
तर हो ऊ को -
भट्ट हर्ेदा चिने झैं,
टाढा छे ऊ, अलि टाढा,
म झुक्किएको पनि त हुन सक्छु ।
यस्ता जाबा मान्छेहरू
कति हुन्छन् कति यस संसारमा -
कि त्यो कुनै फकिर हुनसक्छे ,
जो चोभारकी वागमती झैं
मञ्जुश्रीको मनोरमता छाड्दै
गन्हाउने गल्छीबाट
विकृत विसङ्गति बोकेर
भाग्न चाहन्छे आफंैबाट टाढा,
सुटुक्क धेरै टाढा ।
कि त्यसले पनि कुनै दिन,
स्नेहले स्पर्षगरी कसैलाई,
भावना बुझेन कसैले
क्रोध खन्यायो गालीमा
र, ग्लानीको भुँमरीमा घुम्दै घुम्दै
आइपुगी यो शून्यमा ।
कतै वेदना एउटै
पीडा अनि रोग एउटै
छातीभरि बोकेर घाउ
प्रकृतिको यो सुन्दर अस्पतालमा,
निचोर्न आएकी त हैन -
प्रतीक्षामा छे ऊ,
तर कसको -
वरिपरि कोही छैन,
कि मैले नदेखेकेको जीवनको -
कि मैले नभोगेको प्रेमको -
हैन, हैन,
यो खुला उद्यानमा
स्वतन्त्र छन् सबै,
पूरा गर्छन् आफ्ना रहरहरू ।
हो ऊ पनि प्रतीक्षामा होली,
तर आफ्नो स्थायी प्रेमीको हैन ।
सायद ऊसँग यहाँ,
घण्टैपिच्छे प्रेमी फेरिदा हुन् ।
ऊ व्यापारको निम्ति,
यहाँ आएकी हो ।
थुक्क घृणित आइमाई,
नारी कलङ्क,
के उसको त्यो वैंस सधैं रहन्छ -
ओइलाउनु पर्दैन उसले,
झरेको पात झैं -
सीपबिना, बुद्धिबिना
गरीखान खोज्छे ऊ,
जाबो शरीर बेचेकै भरमा ।
निकै बेर भयो,
कोही आएन उसको छेउमा
के ऊ राम्री छैन -
कि उसको रूप, रूप हैन -
भ्रमरा त बस्छन् फूलमा
रोज्दैनन् यो र त्यो ।
भन्दैनन् गुलाव अनि चमेली ।
कि त्यो फूलको रोगन दलेकी
कुने प्लाष्टिकको फूल हो -
कतै लैङ्गकिरूपमा नारी भएकी,
मात्र विरूप आइमाई त होइन -
प्रकृतिका सबै चीज राम्रा छन्,
स्वतन्त्र अवलोकन गर्ने हो भने,
जब एकअर्कामा दाँज्छ कसैले
एउटा राम्रो अनि अर्को नराम्रो
बन्छ स्वभाबैले ।
त्यसो भए त्यो पनि त राम्री छे ।
तर म जस्ती पक्कै छैन,
किनकि म पनि त ऊ जस्तो छैन ।
कति पृथक छन् सिर्जनाहरू
मिल्दैन एउटा अर्कोमा
तर मिल्छ फेरि ।
सबै मानिस एउटै हुन्
र कोही पनि उस्तै छैनन् ।
जीवन चपाएर, जीवन पचाएर,
जीवन खोज्नेहरू
कहाँ भेटिन्छ जीवन सामुन्नेमा -
जीवन पढेर जानिन्न ।
जीवन हातका औंलाले छामिन्न ।
जीवन त अनुभव हो ।
कविता जस्तै हुन्छ जीवन,
नया, नया र नया अनुभूति ।
सायद जीवन गणित भएको भए,
भेटिन्थ्यो होला उहिल्यै
र निस्कन्थ्यो होला एउटै उत्तर ।
जीवन ठोस भएको भए,
भन्थ्यो विज्ञानले त्यसको आकार
र, भन्थ्यो प्रयोजन पनि ।
तर जिन्दगी तरल छ,
बग्छ ओरालामा,
जता बगे पनि ओरालो नै त हो,
त्यसैले हार्छ पलपलमा ।
मानिस जीवनमा जीत भेट्छन् रे,
तर म किन त्यही हार भेट्छु -
के जित्नु हार हैन र -
के हार आफैंमा एउटा जीत हैन र -
नजित्दा कति मीठो थियो,
जितेपछि सारा सकियो ।
फेरि कल्पनाको अर्को क्षितिज उघ्रियो,
पुग्नु पर्छ त्यहाँ ।
पुग्नलाई फेरि तनाव,
यो सानो मनमा
बम भरेझैं तनाव भरेर,
हिंड्छन् मान्छेहरू,
जीवनको यात्रामा तातो बाटो,
र, पड्कन्छन् कति कति -
तिनै मन त साना हुन्छन्
जसको मनमा आफ्नो मात्र हुन्छ ।
मानिसहरू भन्दा हुन्,
ब्रम्हाण्ड ठूलो छ ।
तर ब्रम्हाण्ड एक कुनामा
जगतको जीवन र
जीवनको प्रेम अर्का कुनामा बोकेर
हिंड्ने म जस्ता फकिरलाई
भावनामा विशाल भएकैले
आकारमा नदेखिए पनि
मनभन्दा ठूलो
अर्को के हुन्छ संसारमा -
तर विचरी !
त्यसले बुझिन जीवनको प्रेम ।
र, धेरै युवालाई
पस्कदै बाँड्दै
हिंडेकी छ जीवनको रस
के म पनि त्यसको छेउमा जाऊँ -
एक तमास भयो मन ।
के हुन्छ - म पनि त एक आम मानिस हुँ ।
तर म त्यस्ता मोहबाट टाढा छु ।
र हुनु पनि पर्छ ।
शरीरको भाषा बोल्न हुन्न,
हृदयको सत्ता चले
मनलाई चालक बनाउनु पर्छ ।
सम्हालें आफैंलाई ।
त्यो जस्तै बालसाथीमा
रहेको प्रेमले डोर्यायो यहाँ ।
यदि त्यसले पनि
जीवनको चीसो अर्थ लगाई भने,
शङ्कै शङ्काको पहाड बन्यो मनमा ।
कल्पिदै गएँ, घुणाको वषर्ा
थेग्न सकेन धर्ैयको बाँधले ।
घाम भाग्दै गयो,
साँझ ओर र्सर्दै आयो ।
एकटकले हेरिरहें
नझिम्क्याई आँखा
ऊ खुल्दै गई अझ,
अँध्यारो जति पोखियो
ऊ उति उज्यालो बनी
छोएन अँध्यारोले उसलाई
ऊ झन् खुल्दै खुल्दै गई ।
किञ्चित मेरो आभाष
या हो त्यो सत्य -
कि हो त्यो सत्नारी !
धत् मैले नारीमाथि
कुविचार सोचेंछु ।
छाल उर्लियो मनमा,
घरि तल घरि माथि ।
विचरी त्यो त नारी पो हो
मेरी आमा जस्तै ।
कसरी बोलें मैले
आमाको अस्मितामा धावा -
कसरी सोचें मैले
आमाको शून्य सोचाइमा पाम -
कसले सक्छ नकार्न,
आफ्नी स्नेही आमालाई -
बाबु त केवल विश्वास हो,
फगत आमाले चिनाएकी
तर आमा नै एक शाश्वत सत्य हुन् ।
हो उसलाई पनि आमा देखें ।
संसार सहने धर्ती ।
सिर्जनाकी मुहान
अनि क्षमा, माया र करुणाकी दाता ।
के खोज्दी हो -
साँझ निकै छिप्पियो,
मात्र ऊ देखिन्थी,
उज्ज्वल देदीप्यमान,
झर्झर्र् निख्खर
मानिसहरू बाटा लाग्दैछन्,
चराहरू उड्न छोडिसके
तर ऊ उठि्दन
न म आफैं उठ्न सकें
म उसलाई देखिरहेछु
र म फेरि ऊबाट छलिइरहेछु ।
ऊ नून थिई,
उपस्थितिमा छुट्टै महत्त्व नभएकी
तर अनुपस्थितिमा
सबै सधैं खल्लो र स्वादहीन ।
आज जीवनको स्वाद त्यस्तै छ ।
फेरि नूनको अड्कल त मैले गर्नु पथ्र्यो ।
अड्कल गर्न नजानेर
नूनसँगै रिसाउँछ भने
भान्छेकै दोष हुन्छ न कि नूनको ।
ऊ रिक्ततामा छे,
भावनामा डुब्दै छे
वा बनीसकी राँको वेदनाको ।
त्यसले मलाई छोए,
कि आसुँले बगाउँछे
कि आगोले जलाउँछे
कतै त्यो ऊ नै त होइन -
हिजो सपनामा आइथी,
मैले सिरानी उल्टो पारेथें
रातभर ननिदाइकन चिसो पानी पिएथें
बूढापाका सत्य हुन् भने
उसले पनि उसको सपनामा
भेटी होला मलाई ।
मैले शीतल महसुस गरें
सायद उष्ण ठानी होली उसले ।
मसँग रिसाउँदै थिई,
अनि रुँदै पनि
तर के गर्न सक्थें म -
फेरि त्यो सपना त थियो
तैपनि सपनामै ऊ
मसँग जीवन चाहन्थी ।
मैले खोजें र छामे चारैतिर
थिएन मसँग नै जीवन ।
के दिऊँ म उसलाई -
आफैं जीवनबिहीन गरिब ।
दोस्रो चरण उसले प्रेम मागी,
प्रेमको प्यासले दौडेको म,
त्यो पनि सकिन दिन ।
तेस्रो पटक
विवाह गरेर आजीवन साथ मागी,
संभव थिएन त्यो,
किनकि ऊ मेरी शरीरकी हैन,
मनकी बालरानी थिई ।
अन्तत थप्पड हानी
जोडले गालामा र बोली,
नसताउनू अब,
बिउँझे म झल्यास्स,
ओठ सुकेथे,
बोली रोकिएथ्यो,
ननिदाइ ननिदाइ उज्यालो भएथ्यो ।
दुब्ली थिई ऊ,
मैली थिई ऊ
कसको श्रापले हो -
मेरा अश्रुसिंचित आँखामा
झुत्रे थिई ऊ,
कतै त्यो ऊ नै त होइन --
मैले छेउमा जानर्ुपर्छ ।
ऊसँग बोल्नर्ुपर्छ ।
त्यो जो भए पनि
एकान्तमा एक्लै
मेरै प्रतीक्षामा छे ऊ ।
मनको घाउ शान्त पार्ने
वैद्यको पर्खाइमा छे ऊ ।
हामी उस्तै रोगी,
दिलका रोगी,
सन्नाटाका शैयामा
जुधाउँदा आँखा
कतै विसेक हुन्छ कि मनको घाउ -
संचित गरें अलिकति साहस
र, उठें त्यहाँबाट ।
समीपमा पुगें र हेरें उसैलाई,
गाह्रो थियो चिन्न ।
घुँडामा मुन्टो राखेर,
उधों फर्किरहेकी थिई ऊ ।
घरबाट निकालिए झैं
आफ्नाबाट त्यागिए झैं
घुँक्क घुँक्क गर्थी,
हात छिराएर पुछी आसुँ ।
के रोकिन्थे बरा
हृदयको गँगा फुटेपछि ।
छोऊँ ऊ नारी हो,
नछोऊँ, सुन्छे वा सुन्दिन -
त्यतिञ्जेलको आँट बटुलेर बोलें
'सुन्नुहोस् त'
सुनिन उसले ।
दोहोर्याएँ फेरि
मुन्टो उर्ठाई भारी बनाएर,
विचरी उही थिई,
जो मेरो पीडामा जलेर
घुम्दै तयहाँ आएकी,
हिजोकी चन्द्रमा
जो खग्रास थिई ।
हिजोकी निर्मल जल
जो वागमती बनेकी थिई ।
जुरुक्क उठी, केही नभनी
रोइरही निकै बेर
समाई मेरा दुबै हात
र बोली एकोहोरो ।
'दाजु सम्झन्थें,
बाबु सम्झन्थें,
र, सम्झन्थें असल अभिभावक पनि ।
मन रित्याएर कुरा गर्थें,
दिल फुकाएर हाँसो र्छर्थें,
र, झयाम्मिन्थें सधैं सधैं ।'
विचरी घरिघरि
गला अबरुद्ध हुन्थ्यो उसको ।
चुहिन्थे आसँु चिउडाबाट ।
कत्लै कत्ला अनुहारमा
देखिन्थी मात्र ऊ अँध्यारामा
सुनेको थिएँ
पूणिर्माको जूनले,
र्सर्ूयको प्रकाश लिन्छ
तर आज औंशीकै जूनले पनि
लिइरहेथ्यो र्सर्ूयको प्रकाश ।
तर खुसी थिएन आफैंमा ।
र, थपी अझ
कति घृणित छन् पुरुषहरू -
जो समाजमा बन्धन छिनालेर
दौडन्छन् साँढे झैं ।
परस्त्रीको पीडामा
रम्छन् र सम्झन्छन् पौरख आफैं ।
घृणा लाग्छ मलाई
प्रत्येक पुरुषसँग ।
घरमा पनि पुरुष छन्
बुबा, काका, दाजु, भाइ
अनि डर लाग्छ उनीहरूसँग
कतै यिनका पीडाले
म जस्तै बनेर
संसारको छातीमा
जल्दै छ कि कोही -
जे भन्नु हुन्थ्यो
उही मानें ।
देउता भगवान र आदर्श
सबै सबै ठानें ।
हाम्रो अघिल्लो भेटमा
गालामा लागेको झड्काले
जलेको शरीर बोकेर
घस्रदै छु यतिञ्जेल ।
एकान्तमा बसेर गाली गरें,
मनका अन्धकारमा
डढाएँ आफैंलाई,
लाग्यो झापालीहरू घृणित छन् ।
लाग्यो पुरुषहरू दुराचारी छन् ।
शङ्का लाग्यो
सबै सबै पुरुषहरूबाट
असुरक्षित छौं हामी
पलपल असुरक्षित ।
नारी अस्मिताको
त्यो ढोङ् फुक्ने तपाईं
म र म जस्ता कयौंको
आदर्श शिक्षक तपाईं ।
लाग्यो यो जीवन त्यागू कि आफ्नो,
या गएर अस्तित्व मेटिदिऊँ तपाईंको -
कम्तिमा पनि
स्मृतिका प्रत्येक पानाबाट
बिर्सर्ूूधैं सधैं ,
तपाईंले पढाएका
ती आदर्शका ठेलीहरू ।
तपाईंले सिकाएका
ती अनुशासनका पङ्ितहरू ।
जो आज धुलीसात भएका छन् ।
आफैं नशा बनेर
मलाई लठ्याइरहेछन् ।
र दौडाइरहेछन् चारैतिर ।
भन्नुहोस् सर !
तपाईंले आज सत्य भन्नर्ुपर्छ ।
म अभागिनी
आफ्नैबाट ठगिएकी
र मानिस चिन्न नसकेकीलाई
तपाईं झुट्टा हो या
तपाईंको आदर्श -
तपाईं शिक्षक हो या
आम सामान्य मानिस -
के शिक्षकको पनि
आफ्नो जीवन व्यक्तिगत हुन्छ -
के शिक्षक समाजको भगवान हैन -
शिक्षकले आफू बलेर
अरुलाई उज्यालो दिने हैन -
कि शिक्षकले अरुलाई जलाएर
आफू उज्यालोमा रमाउने हो -
तपाईंले त मलाई जलाउनु भयो ।
सायद तपाईंमा रमाइलो होला -
जीवनको अनुपम उज्यालो होला -
हैन त -
म जस्ता अबोधले
तपाईंलाई हेरेर सिक्ने कि
तपाईंलाई सुनेर सिक्ने -
म भावविभोर थिएँ
ओठमा कम्पन थियो ।
अनि आँखामा विस्मात ।
बोल्न धेरै मन थियो,
तर आवस्यक थिएन ।
मेरो प्रत्येक शब्दलाई
जसले औषधी ठान्थ्यो
आज औषधी नै दिए पनि
विष मान्ने रूपमा छ ऊ ।
त्यसैले, बोलोस् अझै
कराओस् अझै
गाली पनि गरोस्
अनि बर्बराओस्
सक्छे भने हात उठाएर
एक थप्पड हानोस् मलाई ।
म मौन छु
मेरो मौनता पढ्नु पर्छ उसले ।
ऊ अब विद्यार्थी मात्र छैन,
ऊ समाजकी केटाकेटी मात्र हैन,
उसले आमा बन्नु पर्छ कसैको ,
र सिकाउनु पर्छ धेरै कुरा,
ती बालकको पाठशाला
उसकै घर हुनेछ ।
र पढाउनु पर्छ मेरो जस्तै उसले ।
ऊमाथि उठ्ने ती कलिला हातलाई
च्याप्प समाएर रमाएर म्वाइँ खाँदा
बुझने छ उसले म्वाइँको सच्चा अर्थ ।
त्यसैले सम्झें ।
यसका गाली पचाउनु पर्छ मैले,
यसको थप्पड समाएर
चुम्नर्ुपर्छ मैले
यो केटाकेटी हो, बालिका मेरा निम्ति ।
फेरि थपी उसले
हुन त मलाई
बोलाएको हैन तपाईंले
सन्देशको ढोका पनि
खोलेको हैन तपाईंले
परिचय लुकाएर मैले परीक्षा लिँदा
हार्नु भएन कहिल्यै ।
आफू युवती भनेर लेख्दा पनि
लोभिनु भएन कहिल्यै
सबै दोष मेरा थिए ।
म नियतिले ठगिएकी अभागिनी
समय र समाजकी
कलुषित शिष्य
तपाईंले जे सोचे पनि
सम्हालिनु पथ्र्यो म आफू ।
तपाईंले तुच्छ ठाने पनि,
भगवान ठान्नु पथ्र्यो मैले ।
पुरुष भएकाले होइन,
मात्र मानव भएकाले ।
तपाईंमाथिको आदरको पहाड
ध्वस्त गरें एकैक्षणमा
मौरीले रस लिएको थियो,
फूल नमारी
मह या मीठो माया बनाउन ।
तर, झोकिएँ म
र दुखाएँ चित्त तपाईंको ।
त्यसैले त्यही पश्चातापमा
अमिलो मन लिएर आइपुगें यहाँ ।
थाहा थिएन मलाई
कोको छन् यहाँ
म त आँखा चिम्लेकी र
स्वरापमा पिल्सिएकी थिएँ ।
अझ नजिक भई
र, टासिई छेउमा ।
सोचें यो मायाकी भोकी छे
उस्तै, म जस्तै ।
प्रेम र जीवनको अर्थ बुझिछे ।
पश्चातापभन्दा ठूलो सजाय
नगरोस् कसैले कसैलाई ।
आफूले बुझनु र भुल नदोहोर्याउनु
मानिसको महानता हो
र हो बुद्धिमता पनि ।
यस्तै हो
जीवनको बक्र रेखामा
हिंड्छन् सबै मान्छेहरू
एकैनास होला यात्रा
अनि गति उस्तै
तर, फरक छ गन्तव्य ।
मैले यतिखेर
कुनै उत्तर दिएर हुन्न
किनकि अभिशाप छ मेरा निम्ति
आजको यो कालो मिति ।
बनावटी ठान्छे उसले
नाटक सम्झन्छे उसले
अब मेरो सच्चा प्रेममा
जल्दिन ऊ कहिल्यै
मेरो स्नेही चुम्बनमा
पिल्सिन्न ऊ अब ।
मैले भ्याउन्न अब
मनको भाँडो खन्याएर उसमा ।
बुझदिन फेरि उसले
हतासको भाषा ।
लिएँ अँगालोमा उसलाई,
काँप्तै थिई,
डराए जस्तो, हराए जस्तो
पुछिदिएँ आसँु
र लगाएँ पुछ्न उसैलाई
किनकि जसका हुन् आसँु
उसले स्वयं नपुछेसम्म
रोकिन्न मूल कहिल्यै ।
स्नेहले डामिदिएँ फेरि
हाँसोको खुला मैदान
सूर्योदय भन्दा
उज्यालो हाँसोदय हुने
उही दर्ुइ गालामा, पहिले जस्तै ।
र उसले पनि त्यसै त्यसै
त्यति नै थियो हाम्रो
प्रेमको पराकाष्ठा ।
हामी प्रेमी थियौं
तर दम्पती थिएनौं ।
हामी माया बाँड्थ्यौं ।
'माफ गर्नुहोला, मैले धेरै पाप सोचें ।'
थोरै आवाज आयो फेरि उसको ।
प्रत्युत्तर मात्र थियो मेरो
'समयले आफैं सेलाउँछ
समयले बनाएका आफ्ना घाउहरू
नसेलाए दोष मेरैै थियो ।
तिमीले बुझदिनौ मेरो भाषा
म कहाँ थिएँ -
र गर्दै थिएँ के -
बुझनेछौ तिमीले यो डायरीमा ।
डायरी उसको हातमा राखिदिएँ
र निस्क्यौं हामी बाहिर,
रात त जुनेली रहेछ ।
उकालो चढ्ने प्रयास गरें
कहिले उकालो आफैं ओरालो बन्यो ।
ओरालो झरें कि महसुस गरें
फेरि ओरालो आफैं उकालो बन्यो ।
ओरालो र उकालो दुबैको
सीमाना हुँदोरहेछ
सुख र दुःखको जस्तै ।
कति विचित्र यो
जिन्दगीको पहाड
अनि त्यसको अनौंठो यात्रा ।
हुन त यो संसारको
आफ्नै चित्र छ,
छैन कतै पनि विचित्र
तर, मेरो अज्ञानताले
विचित्र बनीरहेछ संसार आज ।
मान्छेको जिन्दगी
नदी त रहेछ आखिर ।
अझ बागमती
बागद्वारमा पवित्र छ बागमती,
बाटोमा दुब्लाउँछ अलिकति
चुस्छन् उसलाई यहाँ ।
पशुपति पुग्दा मोटाउँछ ऊ ,
सायद वैभव र प्रदूषणले भरिन्छ ।
सकिन्न उगाउन उसलाई त्यहाँ
चोभार पुग्दा बढ्रछ भेल फेरि
उठ्छ फिंज दिवाना बनेर
तर गन्हाउँछ उति नै ।
तर्राईका काखमा पुग्दा
बन्छ कञ्चन, नीलो अनि शुद्ध पनि ।
एउटै बाटोमा
एउटै माटोमा
कहिले फूल झैं पवित्र अनि कोमल
कहिले झरना झैं निर्झ
अनि कहिले बाढी झैं कठोर अनि बहुला ।
यतिखेर म सुन्दरीजलमा छु ।
ठोक्किइरहेछ नदी ठूला ढुङ्गामा
म पनि त जीवनको ढुङ्गामा ठोकिएर
हिंड्दा हिंड्दै यात्रामा रोकिएर
आएको छु यहाँ, जीवनमा विन्दास खोज्दै ।
कहिले ढुङ्गाका कापबाट लुसुक्क छिर्छर्ुुहिले साना तलाएमा जम्छु पनि,
ओरालो पाए हाम्फाल्छु
उकालोबाट भाग्छु पनि ।
नली ओरालै बग्छ
जिन्दगी जस्तै ।
रोकिएझैं लाग्छ तर रोकिन्न,
यात्रा त हो जिन्दगीको
घडीका र्सर्ुइको जस्तो,
लक्ष्यहीन, गन्तव्यहीन ।
अलिकति बादल उडिरहेछ
ममाथि, अनि म जस्तै ,
उही बाटो बिराएर,
बाटै हराएर ।
कति मजा हुन्छ बाटो हराउँदा !
हिंड्दा हिंड्दै बाटो टुङ्गदिा !
किनकि म त त्यहाँ भेटिन्छु ।
लक्ष्य भए पो हराउँछ मान्छे,
लक्ष्य छैन भने हराओस् कहाँ -
क्या मज्जा पागल बन्न ।
गाह्रो त मानिस बन्न होला,
नैतिकताका पर्खालले थिच्ला कि -
सामाजिक बन्धनले बाँध्ला कि -
तर म यतिखेर मुक्त छु ।
उही बागमती जस्तै ।
मानिस होस् त पागल जस्तो
अनि पागल होस् त मानिस जस्तो ।
कति मजा छ पागललाई
जे बोले हुन्छ ।
जे गरे हुन्छ ।
तर ऊ बोल्दैन, जे उसको मनमा आउँदैन,
अनि गर्दैन ऊ जे पनि,
जे उस्को मनले अह्राउँदैन ।
उसले जे बोलोस् वा गरोस्
वास्ता गर्दैन कसैले
हर्ेर्दैन सामाजिक कानुनले
कति मुक्त छ ऊ
जीवनका जोखिमबाट,
समुज्वल भविष्यबाट
त्यसैले त मानिस छ ऊ ।
मानिस जस्तो हैन,
ठ्याक्कै मानिस पो हो ऊ त ।
अनि मानिस होस् त
फेरि पागल जस्तै ।
मानिस स्वतन्त्र हुन्छ रे,
तर संभव छैन स्वतन्त्रता उसमा
किनकि स्वतन्त्रता नै उसका लागि
कुनै अधीन वा परतन्त्र हो ।
त्यसैले जिन्दगीको यो घुम्तीमा
न मानिस हुन सकें
न खुसीले पागल नै ।
गुनासो हैन यो जीवनको
अनि उपहार पनि होइन
हो त हो केवल एक सत्य हो
पत्याउन गाह्रो,
भन्न साह्रो
मीठो अनुभव
भावशून्य, शब्दहीन ।
त्यो पारि रुखमा
हल्लिरहेको पात छ मेरो आँखामा ।
मानिसहरू भन्छन्
कति स्वतन्त्र छ ऊ
घरि पर्ूव हल्लिन्छ घरिपश्चिम
घरि दक्षिण त घरि उत्तर
तलमाथि जता मनलाग्यो उतै
तर उसका पछाडि पनि त
एउटा भेट्नु छ , एउटा भेट्नु ।
अथवा उसलाई चलाउने
हावाको दर्बिलो झोक्का छ ।
जसका अधीनमा रहेर
उसले कसैलाई नभेट्नु छ ।
खै बुझछन् उसलाई मानिसले -
कस्तो अद्भूत यो मानिस -
न उसालाई कसैले चिने -
न उसले कसैलाई चिन्यो -
परिचयहीन
अस्तित्वहीन
हुन त परिचयहीनता नै
उसको परिचय होला ।
अस्तित्वविहीनता नै उसको
तरल या ठोस तर अस्तित्व होला ।
पारि बाटाम एकहुल मानिस दौडदै छन्
जीवनको म्याराथुनमा
जित्नु छ तिनले कसलाई -
तर पनि दौडदै छन् किन -
अहँ भेटि्दन म तिनको जीवनको गहिर्राई
न भेट्छु आफ्नै जिन्दगीको -
म जीवनको सतह त भेट्न नसकेको मान्छे
के सक्छु र गहिर्राई भेट्न -
गहिर्राई भेट्न त चुनौतिको डुङ्गा चाहिन्छ
भोको पेट र खाली खुट्टाको अनुभूति पनि ।
तर ती कहिल्यै बनेनन् मेरा मित्र
त्यसैले हल्लिरहेछु म ।
आफ्नो भेट्नु बिर्सिएको,
विचरो, बबुरो स्वतन्त्र त्यो पात बनेर ।
जीवनको एउटा खण्डले
मलाई खण्डहर बनाइरहेछ,
सायद त्यसैले
आजको खाना बिर्सर्ाा
सुन्दरीजलको भित्तो भेट्टाइरहेछ ।
सम्झाइरहेछ पशुपति पनि
कति मुक्त जीवनको अन्त्यष्टी हन्छ त्यहाँ
आखिर एकदिन त सबैले छोड्नर्ैपर्छ संसार
किन मान्छे तामसी बन्छ -
किन बन्छ लोभी अनि पापी पनि -
के मानिसले शान्त बन्न हँदैन -
हुन त होस पनि कसरी -
आफ्ना सबै स्वार्थ बिर्सर्ेेयदि ऊ शान्त बन्यो भने
उसको स्वार्थी जीवनप्रतिको
सायद त्यो नै ठूलो अशान्त हो ।
युद्धको माया
संहारको माया
माया अथवा प्रेम ।
गलत अर्थ लेख्छन् भाषविदहरू
अनि गलतै अर्थ लाउँछन्
बुझने, सुन्ने र जान्ने,
कथित मानिसहरू ।
चित्त बुझेन मलाई
शब्दकोषको अर्थ
जँचेन अनि पचेन
मेरा अग्रजको अर्थ
त्यसैले यो मायाको अर्थ खोब्ज्दै
एकान्तमा आएको छु यतिखेर
यो यथार्थ हो ।
पत्याउन्नन् अरुले
किनकि ती सबै अरुहरू पनि
आदर्शकै एप्रोन लगाएर
आफ्नो मैलो शरीर बाँचिरहेका त छन् ।
अगि म आएको गाडीमा
पाँच जोडीव युवा युवती थिए
तिनीहरू आलैपालौ अँगालोमा बेरिन्थे
के त्यो पनि माया हो -
गाडी ठोक्किन लाग्दा
ड्राइभरले घ्याच्च ब्रेक लायो
होला हामी यात्रुलाई बचाउन ।
के त्योचाहिँ माया हैन -
मेरी आमाले मलाई हर्ुकाउनु भयो,
जीवनका ती कुइनेटामा
मेरो हीतका निम्ति कति त्याग गर्नुभयो
त्योचाहिँ माया हो या हैन -
कति साँघुरो परिधि छ हाम्रो मायामा -
हो माया गर्न हुन्छ रे
अनि लभ गर्नचाहिँ -
म त्यही मायाको तीरले
घाइते भएर
आफ्ना आसुँको रगत पखाल्न
अलिकति शुद्ध बागमतब्ी खोज्दै
आएको छु यहाँ ।
एक्लै छु, एक्लै एक्ले,
देख्ने धेरै थिए
अनि बहाना बनाएर चियाउने पनि धेरै ।
मलाई थाहा छ
ती सबैले मलाई
पागल भनिरहेछन्, पागल ।
तर मलाई केही प्रवाह छैन
किनकि मलाई पागल मन पर्छ
र हो नै पनि म पागल ।
म आफ्ना खुसीका लागि बोल्छु
तर पनि समाउँछ अलिकति समाजले ,
हिन्हिनाउँछु त्यतिखेर
सामना गनर्ेर्ेेक्ति हुन्न ममा
म पनि त एक्लै जन्मेको
बेसाहारा विवसता हुँ ।
म मास्टर समाजको
नमस्ते गरे आज पनि कतिले
विचराहरू !!!
के तिनलाई थाहा छैन -
मास्टर पनि मानिस हुन् ।
तिनीहरू मलाई दया गर्छन कि माया -
मास्टर पनि त फटाहा हुन्छ ,
पनि त हैन
अझ मास्टर नै धेर फटाहा हुन्छ ।
संसारको जान्ने सम्झन्छ आफूलाई
र जान्दैन केही पनि ।
किनकि संसारमा जान्ने नै के छ र -
संसारका सबै वस्तु आफ्नालागि बने
हामीलाई जान्न बनेकै हैनन् ।
त्यसैले फोस्रो आडम्बरको खोल ओडेर
जीवनको र्सार्थकता खोज्दै हिँड्नू नै बेकार छ ।
बरु बेकार जिन्दगी नै र्सार्थक होला ।
म मनले चल्न चाहन्छु
शरीरले होइन ।
तर मानिसहरू शरीर देख्छन्
देख्दैनन् मन
के तिनीहरू अन्धा छन् -
कि मलाई नसुन्ने बहिरा -
संवेदनाहीनहरू
मज्जाले गाली गर्न मन लाग्छ
किनकि गालीमै त म रमाउँछु ।
बन्दाकोपी हो जिन्दगी
नपत्याए बोक्रा च्यात त
के पाएऊ -
फेरि अर्को बोक्रो हैन -
च्यात न च्यात
जति च्याते पनि उही पात हुन्छ ।
कसले भेटेको छ गुदी -
न जिन्दगीको न बन्दाकोपीको ।
तर भ्रममा बाँचिरहेछौ हामी
र त च्यातिरहेछौं पात
थाहा छैन त्यो च्यात्दा च्यात्दै
एकदिन सकिन्छ भनेर
त्यो पनि केही नभेटि ।
फेरि ती पात जोडेर बन्छ र कोपी -
हामी पनि त त्यस्तै हौं ।र्
कर्मका पात च्यात्दा च्यात्दै सकिन्छौं ।
बन्दैनौं फेरि जोडेर ।
त्यसैले र्सार्थक जिन्दगी पाउन्न म संसारमा
जिन्दगी नै पाउन्न म
बरु जस्तो जे पाउँछु
त्यसैमा र्सार्थकता पाउँछु अलिकति ।
प्रिय पाठक !
मेरो उद्देश्य अर्कै थियो
तर म घुमिरहेछु आफैंमा
हुरीको पात बनेर
आखिर भूइँमा खस्न न हो ।
एउट ठूलो ढुङ्गो छ मेरो छेउमा
घरि घरि जिन्दगीको खरानी धस्तै
म त्यसलाई बनाइरहेछु खरानीदानी
पारि दाउरेदाइले दाउरा ठुङेजस्तै
कसैले ठुङीरहेछ मलाई
विगत केही दिनदेखि
बोलेर हैन नबोलेर नै
त्यसैले जिन्दगीका बिम्ब
खोज्दे म आइरहेछु आज यहाँ ।
आदर्शका असिना उठाएँ थें,
थुन्सेभरि भरी ।
निमेसमै पग्लेछ र
चुहिएछ पनि
जुनबेला मैले हर्ेन खोजेँ
थिएन त्यहाँ केही
एउटा ओसिलो थुन्सेबाहेक ।
केही दिनअघि
प्रभाति किरणसँगै
मलाई कसैले बोलायो चोकमा
बिहानको स्नान सकेर
म पुगें त्यही पत्रिका पढ्दै
ऊ आई मसँगै मेरो कोठामा
म एक्लै थिएँ र ऊ पनि एक्लै
दर्ुइ एक्लै जोडेर हामी युगल भयौं ।
चिया पियाएँ मैले अतिथिलाई
गफियौं अन्तरङ्गमा
जीवनका धेरै सुसेली हालेर ।
बिदाइको बेला मैले
स्नेहको छाप लगाइदिएँ गालामा
मायाले, स्नेहले अनि प्रेमले ।
म भाडाको मान्छे
दिनभरि बेचेको छु समय अर्कैलाई
र पुग्नर्ुपर्छ निरन्तर समयको पोको बोकेर
उनै स्कुले साहुकामा आसमी बनेर
गएँ त्यो दिन पनि ।
सधैं मोवाइलमा म्यासेज गर्ने त्यो मान्छे
त्यो दिन बिर्सियो मलाई म्यासेज गर्न ।
केही लेखेर पठाएँ मैले नै
आक्रोशित थियो उसको उत्तर
पत्याउनै गाह्रो ।
मैले जीवनमा कमाएको आदर
जल्यो रे निमेसमै
आगो बल्यो मनमा
हाँसेकै थिएँ ओठले
झुट् म पनि पृथ्वीजस्तै
जो गर्भमा लाभा बोकेर
सतहमा गुलाफ फुलाउँछ ।
माया न हो बढ्छ पनि
तर थरि थरिले , न कि एकैनास ।
केही समयअगाडि
राति साथीसँग तास खेल्दै गर्दा
मोबाइलमा घण्टी बज्यो
अचानक अनि अपरिचित
मैले तत्कालै फर्काएँ, उठेन
म्यासेज आयो
'सरी है मैले फोन उठाइन,
म सानो भाइसँग छु,
मैले फोन उठाए, ऊ पनि उठ्छ,
अनि रुन्छ कराउँछ ।'
मैले अर्को दिन फोन गरें
फेरि उठेन
फेरि म्यासेज आयो
'मैले मेरो दाइलाई फोन गरेको
झुक्किएर तपाईंलाई गएछ ।'
मैले त्यही म्यासेज फिर्ता गरें
ऊ छक्क पर्यो ।
'तपाईंलाई झुक्किएरै धेरै फोन गयो
के हामी मित्र बन्न सक्छौं -'
मेरो मनमा उसका यस्ता म्यासेजले
कौतुहलताको पहाड बनायो
कोही परिचितले मेरो परीक्षा लिदैं छ ।
तर त्यो 'को होला' -
मैले मेरो फोनमा उसको नम्बर
'को होला' भनेरै सेभ गरें ।
अब हामीबीच म्यासेज दोहोरी चल्न थाल्यो
चैतको हुरी झैं ।
प्रत्येकदिन कयौं कयौं ।
अर्कोदिन दिउँसो फोन गरें
फोन उठेन फेरि
प्रत्युत्तर आयो
'मेरो ओठको अप्रेशन छ ।
बोल्न हुन्न मैले ।'
म पनि त के कम -
मैले पनि लेखें
'मेरो औंलाको अप्रेशन छ ।
म्यासेज लेख्न हुन्न मैले ।'
यसरी नै च्याट् गर्यौं हामीले ।
तपाईं को हो -
तपाईंको पेशा के हो -
केटा हो या केटी -
म केटी हुँ, नितान्त विद्यार्थी ।
त्यो पनि सत्र वर्षी ।
तपाईं विवाहित हो -
उसले अनेकौं प्रश्नहरू सोध्यो मलाई ।
मलाई लाग्यो यो कोही केटा हो,
मात्र मेरो परीक्षा लिइरहेको छ ।
मैले लेखें, म केटा हुँ ।
मैले पोहोर विहे गरें ।
तिमी मेरो रोजाइभन्दा
एकवर्षठूली भयौ ।
मेरो आशय थियो,
मेरो विवाहको बारेमा नजिकबाट जान्न चाहे
अघिल्लो वर्षनै ठीक थियो ।
उसले गलत बुझी ।
बुझी कि म सोह्र वर्षो खोज्दै छु ।
केटी हो भन्नेमा करिब म पक्का भएँ
तर 'को होला' को उत्तर भएन मसँग ।
उसले लेखी
'मैले सकारात्मक सोचेर भनेकी हुँ,
तपाईंले नकारात्मक लिनुभयो ।
यदि तपाईं व्यस्त व्यक्ति हो भने
र चाहनु हुन्न भने
भो म अब म्यासेज गर्दिन ।
तर मलाई थाहा छ , तपाईं अविवाहित हो ।'
मैले विवाहित लेख्दा लेख्दै
मलाई अविवाहितको ठोकुवा गर्ने
पक्कै तिमी मेरो अपरिचित हैन,
भन तिमी को हौ - के चाहन्छौं मसँग -
मैले पुनः लेखें ।
'मात्र मित्रता' उसको उत्तर थियो ।
'म बिरामी छु,
मेरो औषधी तिमीसँग छ,
के दिन सक्छौ -' मैले शर्त गराएँ ।
'हुन्छ म दिन सक्छु ।
एउटा मित्रलाई आफूसँग भएको कुरा
त्यो पनि औषधीको रूपमा ।'
उसले मञ्जुर गरी ।
'त्रि्रो परिचय -
मात्र मेरो इच्छा त्यति छ ।'
मैले मागें
'तपाईंका सबै इच्छा पूरा गरिदिन्छु बरु,
तर नाम नमाग्नु है ।'
ऊ फेरि तर्की ।
सबै उपाय फेल भए
र फेल भएँ म आफू पनि ।
म आफूलाई निकै बाठो सम्झन्थें,
झापाली, हुँ एक झापाली,
तर त्यसले मलाई घुमाई फनफनी ।
रिस पटक्कै थिएन
किनकि हामी म्यासेजको खेलमा थियौं ।
अश्लिल लेख्न हुन्न
किनभने माया गर्नेले नै त्यसो गरेको हो ।
नानाथरी तरङ्ग आए मनमा
र, फेरि लेखें
'मैले खेल हारें ।
थाहा छैन कसले जित्यो -
तर भन त्रि्रो परिचय -'
उसले अलिकति खुलासा गरी
'म तपाईंकी विद्यार्थी हुँ
केवल एक विद्यार्थी ।
अन्यथा नसोच्नू है ।
यदि मैले नाम भनें भने
तपाईंले मलाई मार्नु हुन्छ ।'
मन झन सिरिङ्ग भयो ।
कतै दिनभरि उसैलाई पढाएर
साँझ विहान म्यासेज खेल्दै त छैन म -
या मैले नपढाउने कक्षामा हो ऊ -
कति सोधें, तर स्कुल सकेपछि मात्र
नाम भन्छु भन्छे ।
मैले वेवास्ता गरेको भए
उहिल्यै अध्याय समाप्त हुन्थ्यो ।
तर परिचयबिहीनतामा झाङ्गदिै छ हाम्रो माया
त्यसैमा मिठास छ ,
र छ अलौकिक प्रेमस्वाद पनि ।
विवाहको इच्छा छैन
उसमा र ममा पनि
ऊ मलाई औधी माया गर्छर्ेेउटा शिक्षक, दाइ र अभिभावक भनेर
म पनि उसलाई त्यति नै माया गर्छर्ुुसानी बहिनी मात्र ठानेर
तर शून्य छौं हामी
म को हुँ - थाहा छ उसलाई
ऊ को हो - छैन उत्तर मसँग ।
'नम्बर तपाईंको किताबबाट लिएँ ।'
एक दिन लेखेकी थिई उसले ।
'सर तपाईंको बारेमा एउटा हल्ला सुनेकी छु ।
पत्याउनै गाह्रो ।
साना बहिनीहरूले भन्दै थिए
सरको र एकजना म्यामको प्रेम छ ।'
मैले लेखें
'हो त्यो सत्य हो ।
मेरो सबैसँग प्रेम छ ।
आफन्त, विद्यार्थी र साथी ।'
उसले फेरि लेखी
'हैन, विशेष प्रेम त्यो पनि कोहीसँग ।
मैले फोन उठाउन अनुरोध गरें
तर बिकेन मेरो अनुरोध ।
उसले मलाई नानु सम्बोधन गर्न लगाई
गरिदिएँ मैले पनि
मैले उसँगबाट त्यो हल्ला चोर्नु थियो,
त्यही स्वार्थले उसलाई फकाउनु थियो ।
ऊ कहिलेकाँही मेरो,
अनि बोलाइको प्रशंसा गर्थी ।
प्रत्येक दिन मैले गरेको व्यवहारको
साँझ विवरण दिन्थी,
र अनुरोध गर्थी
नेपाली भाषामा कार्यक्रम चलाउन ।
अब म निश्चित थिएँ
हो । ऊ मेरै विद्यार्थी हो ।
तर, हो चाहिँ को -
एकदिन उसैले वाचा गर्राई
'यदि गाली नगर्ने भए म नाम भन्छु ।'
मेरो खुसीको सीमा रहेन
मलाई उसले प्रयोग गर्ने भाषिका
मन पथ्र्यो, त्यो पनि अत्यन्तै ।
मैले गाली नगर्ने बरु माया गर्ने
स्वीकार दिएँ तात्तातै
लाग्यो अब मेरो कौतुहलताको औषधी
आज यतै कतै पाइदैछ ।
आसम्म परिचय अभावमा
फन्टुस म्यासेजमा अनौपचारिक थियौं
अब परिचयले औपचारिक बनाउनेछ हामीलाई ।
'म उही विनू हूँ सर ।'
उसको परिचय पाउनासाथ
दङ्ग भएँ म खुसीले ।
'काली म कहिल्यै गाली गर्दिन ।'
मैले लेखें फेरि ।
उसको उत्तर थियो,
'तपाईंमा कहिल्यै परिवर्तन आएन,
तपाईं उस्तै उस्तै
सबैलाई उत्तिकै माया गर्ने है सर ।'
कहिलेकाँही ऊ गुडनाइटको सट्टा
भूत नाइट लेख्थी ।
म भूत नाइट हुन्न भन्थें ।
किनभने ऊ धेरै टाढा थिई ।
र बनाइदिन्थे उल्टै उसैलाई भूत ।
जति गाली गरे पनि नरिसाउने
दिनैपिच्छे म्यासेज र मिसकल गर्ने
साँच्चै एक अभिन्न मित्र थिई ऊ ।
नहोस् पनि कसरी -
कक्षा छबाट पढाएकी
मोटी अनि छोटी
दर्ुइचुल्ठी बाटेकी
ओठमा सधैं हाँसो टाँसेकी,
ट्वाल्ल परेर हर्ेर्ने
र मनका गहिराइदेखि मलाई माया गर्ने ।
त्यो अबोध र पर्ूवस्मृति
मेरो मनमा ताजै छ
र रहन्छ पनि सधैंभरि ।
ऊ कहिल्यै केटी भइन मेरालागि
र ऊ होइन पनि तरुनी
किनकि ऊ मेरी बहिनी हो ,
सानी बहिनी ।
जसले मेरो काखमा बस्न हुन्छ ।
मेरो अङ्गालोमा पस्न हुन्छ ।
र मेरो स्नेहमा रम्न पनि हुन्छ ।
उमेरमा जत्री होस्,
पर्राईमा जस्ती होस्,
तर मेरा सामुन्ने ऊ
केवल एउटी स्नेही मात्र हो ।
यसरी नै झाङ्गदिै थियो हाम्रो प्रेम ।
कहिलेकाँही फोन पनि हुन्थ्यो ।
परिवारसँग हुँदा उसलाई फोन उठाउने थिएन अनुमति ।
फोनमा पैसा हुञ्जेल
सर्म्पर्क हुन्थ्यो मसँग नै ।
कहिले लेखेर त कहिले बोलेर ।
फोनमा भन्ने गर्थी हाम्रो भेट हुन्न है -
ऊ प्रवेशिका परीक्षाको तयारीमा थिई ।
म आशा थप्थें उसमा,
जिन्दगी धेरै छ ।
भेट कति हुन्छ कति, अघाउँजी ।
ऊ मेरोमा आउन चाहन्थी ।
मलाई आपत थिएन त्यसमा ।
मेरामा धेरै विद्यार्थी आउँछन् ।
साना - ठूला
केटा - केटी
आफ्ना - पर्राई
त्यही संख्यामा ऊ एउटी न हो ।
अझ साहित्य मन पराउनेलाई,
मेरो काठा पुस्तकालय नै हो ।
स्कुलबाटभन्दा
मबाट किताब लैजान्छन् उनीहरू ।
केटाकेटी मसँग खेल्छन् ।
कहिले चुङ्गी, व्याटमिन्टन र बास्केटबल ।
कथा सुन्छन् मसँग र
सोध्छन् समाजको राजनीति ।
म, नारी पुरुषको समानता खोज्ने,
विद्यार्थी उभयलिङ्गी हो भन्ने
र, सबैमा समान व्यवहार गर्ने
उनीहरूले नै गरेको समीक्षा हो यो मेरो ।
त्यसैले मेरो मैलो पर्दाले
निरन्तर स्वागत गर्छ सबैलाई ।
पढ्न आउने,
उपचार गर्न आउने,
डुल्न आउने,
विदेश जान आउन,े
तास खेल्न आउने,
कम्प्युटरमा काम गर्न आउने,
रात्री समय मदिरामा रम्नेहरू
दिवा समय धुवाँमा भुल्नेहरू
आखिर सबै मेरा पाहुना थिए ।
म समयको समायोजन गर्थें उचित,
ममा केही कुराको अभाव छैन,
छ त केवल समयको मात्र ।
म खुसी थिएँ ।
किनकि दुःखको अनुभव गर्ने
मसँग रत्ति पनि समय थिएन ।
त्यसैले उसको त्यो इच्छा,
मेरोमा आएर मसँग गफ गर्ने
त्यसमा तुषारापात भइरहेथ्यो पटक पटक ।
तर त्यो दिन उसको समय पक्का थियो ।
म समयमा उति नै प्रतिबद्ध छु
मिनेटको पनि पालना हुन्छ मसँग ।
थाहा थियो यो कुरा उसलाई पनि,
त्यसैले पाँच मिनेट ढिलाइको
अग्रिम जानकारी गर्राई ।
हर्षे आई मसँग
आफन्त थियौं हामी एकापसमा ।
दिउँसो फोन गरें फेरि,
फोन उठाइन ।
एकक्षणमा म्यासेज आयो,
जसले उसलार्यै बाधा गर्यो रे ।
मेरो कुनै कुराले
कहिल्यै बाधा हुन्नथ्यो उसमा ।
के भयो आज - चट्याङ पर्यो
वा गयो भूकम्प
घरिघरि आए तिरस्कार
अनि घृणका जानकारी ।
यतिसम्म कि मेरो जिल्ला दोष पनि ।
छक्क परें म ।
जलें म पनि ।
तर ठूलो भएकाले
संयम हुनु नै थियो ।
लुकाउनु पनि थियो मेरो कर्म ।
म मास्टर पनि थिएँ ।
फेरि जिन्दगीमा कहिल्यै
आर्थिक र नैतिक मुद्दामा नमुछिएको ।
मेरा दर्ुइवटा धर्म यिनै थिए ।
सोचें के भन्ली अब मलाई -
के ठान्ली उसले -
के हिजो जस्तै हर्ेन सक्छे -
मैले दश मिनेटको भेट मागें
सकिन उसले स्वीकार्न ।
आफू नियन्त्रणहीन भएको बताई
जीवनमा पहिलो पल्ट ।
मेरो पनि पहिलैपल्ट थिायो त्यो तिरस्कार ।
उसले प्रश्न गरी,
'किन त्यो प्रतिक्रिया -'
मैले भनें, 'सानी बहिनी सम्झेर ।'
'म त्यस्ती केटी हैन ।'
उसको जवाफ थियो ।
'तँ मेरालागि केटी नै हैन ।' मैले लेखें ।
मलाई डर भयो
परीक्षा पो बिगार्छर्ेेक -
मैले पढ् भनें
उसले सक्दिन भनी ।
मैले म सम्झाउँछु भनें
उसले संभव छैन भनी ।
सायद जीवनमा,
मैले सबैभन्दा बढी सम्झाएकी
र आफ्नी बनाएकी मान्छे थिई ऊ ।
र, आज सम्झाउन नसकेकी
र पर्रार्इर्र्बनेकी पनि ऊ नै थिई ।
उसको जीतभन्दा ठूलो
मेरो अर्को कुनै जीत थिएन ।
त्यसैले त त्यो हार मेरो ठूलो हार थियो ।
के ऊ शिरिषको फूलकी,
कुनै सकम्बरी हो -
जसलाई पारिजातले चिनेकी थिइन् ।
तर मैले नचिनेको -
कि म धरावासीको मास्टर बाबु हुँ -
जो बाहिर आदर्श बेचेर,
भित्र व्यवहारमा भ्रष्टाचार गर्छ ।
म त परासर ऋषि पनि हैन ।
जसले मत्स्यागन्धालाई
डु्ङ्गामा आफ्नी बनाउँछ ।
उसँग मेरो कुनै शारीरिक प्रेम पनि त छैन ।
म त जेठो छोरो ।
जन्मदै विवाहको पालो आएको ।
स्कुल कलेज पढ्दा र पढाउँदा
मज्जाले गफ गर्ने ।
जसका कारण दर्ुइचार युवतीको मन चोरेको ।
मैले हुन्छ भनेको भए,
धेरैथोक भइसक्थ्यो ।
के आज आएर मैले
यो कलङ्कको खाडलमा
यसरी भासिनु पथ्र्यो र -
ऊ जतिसुकै रूपवती होस्
तर पनि मेरा लागि एउटी बहिनी हो ।
के ममा त्यस्ता रतिराग पलाउँछन् र -
त्यो पनि ऊसँग -
बलियो र राम्रो देख्तैमा
गाई खान्नौं हामी ।
दुब्लै भए पनि खसी खान्छौं ।
किनकि हामी हिन्दू हौं ।
र गाई हाम्री लक्ष्मी ।
त्यतिमात्र होइन
हामी नेपाली पनि हौं ।
र हो गाई हाम्रो राष्ट्रिय जनावर ।
त्यसैले ऊ जस्ती होस्,
उसको रूपले मलाई कहिल्यै तान्दैन ।
ऊ मेरा आँखाकी तरुनी हैन,
मेरा मस्तिष्ककी विद्यार्थी हो ।
तर किन बुझदिन
मेरो मनको भाषा -
मलाई थाहा छ,
हामी मास्टर पनि मानिस हौं ।
फरक यति हो, सामाजिक ।
हामीसँग हाम्रो जीवन व्यक्तिगत छैन ।
हाम्रो पनि शरीर हो ।
राम्रा तरुनी देख्ता
हृदय लोभिन्छ ।
संवेग पलाउँछ ।
तर, मानिस भनेको शरीर मात्र त होइन नि !
उसमा मन पनि छ ।
मनले शरीर नडोर्याए के मानिस -
शरीरले मन चलाउन हुँदैन क्यारे !
भावना न हो
दूध जस्तै ।
आगोमा तताउँदा उम्लिन्छ ।
उम्लिँदा भाँडो भरिन्छ ।
होस नगरे पोखिन्छ पनि ।
तर भाँडो भरियो भनेर झिक्ता,
के उति नै हुन्छ र सेलाउँदा पनि -
ठीकै छ म पनि त उम्लेर भरिएँछु,
सेलाउँदा आफ्नै आयतन भयो त ।
किन बुझदिन ऊ मेरो मनको भाषा -
मैले त उसलाई मुखले
खुद आफ्नै मुखले धेरै माफी दिएँ ।
तर, किन उसको मनले बोल्दैन त्यति -
के वर्षौको हाम्रो माया
ध्वस्त हुन्छ निमेसको भूकम्पले -
ममा कुनै ग्लानी छैन
किनकि गल्तीको कुनै महसुस छैन ।
तर पनि दुःखको एउटा ज्वालामा
पिल्सिएको छु आज आलुजस्तै ।
कारण उसले दुःख मानेकी छ ।
सामुन्नेको फलामे ढोका उघार्नु छ उसले
तर साँचो भाँचिदिँदै छु म ।
केही जानी उसको जिन्दगी बिग्रियो भने -
दोष त मेरो छैन होला,
उसको त झनै छैन ।
ऊ त कलिली मान्छे,
सानी, अनि ज्ञानी मान्छे ।
उसो भए अपजस कसले लिने -
अहँ दोषी म नै हुनेछुृ ।
समयले मलाई नै दोषी ठहर्याउँछ ।
त्यसैले समाधान मैले नै गर्नुपर्छ ।
मास्टरीका पदचिन्हहरू
टेबलभरि कापीहरू छन् ।
बुझाउनु पर्ने मृतरेखा
हिजै कटिसकेको छ ।
मित्रताका प्रतीक कोठाभरि साथी छन् ।
आतिथ्यको सौगात खाना बनाएँ,
सबैले मीठो भने
तर मलाई मीठो छैन,
अरुले थपेर खाए
मैले त्यही मिल्काइदिएँ ।
अरुले दुःखी छस् भने,
मैले बिसन्चो छु भनें ।
यसरी ढाट्नु मेरो बाध्यता थियो ।
भात खाँदाखाँदै निदाउने म,
रातभरि निदाइन
सायद र्छलङ्ग उन्यालो भएको
अनि आछ्यानमै पल्टेर ननिदाएको
त्यो नै पहिलो रात हो मेरो ।
आफ्नी आफन्त
तर अर्धनग्न
गाडीको संयोग
एकै ठाउँको उभ्याइ
बाटाका खाल्डा
अनि ड्राइभरको ब्रेक
के प्रभाव पार्छ र कसैलाई -
झुक्किएर शरीर ठोकिए पनि,
ग्लानी टुसाउँछ मनमा
भाग्छ संवेग
टाढा धेरै धेरै टाढा
च्याप्प समाइन्छ एकआपसमा
तर हुन्न उत्तेजना
किनकि मनले भन्छ
उनी आफन्त हुन् ।
ठीक बिपरीत,
पर्राई बाटामा,
रूपले राम्री , औधी राम्री
मनले कल्पन्छ
कयौं प्रकारका कल्पनाहरू,
देखिन्छे ऊ सपनीमा,
किनकि ऊ पर्राई हो
र हो सबैको मन ।
मलाई थाहा छ ,
प्रत्येक मानिसहरू,
शारीरिक प्रेमनिम्ति
नाङ्गन्िछन् एकबाजी ।
सायद मसँग पनि त कोही हुनेछ ।
र, ऊसँग पनि हुनेछ कोही ।
फरक यति हो,
ऊसँग म र मसँग ऊ,
हुँदैन, अहँ कहिल्यै हुँदैन ।
त्यसैले त नैतिकताको ओरालो ओर्लन्न म,
मैले कमाएको सम्पति नै इज्जत हो
जुन मैले नझिक्ने गरी
मनको मुद्दतीमा राखेको छु ।
यिनै र यस्तै कुरा भए थे
ऊसँगको बिहानीभेटमा ।
के उसले यी सबै कुरालाई खरानी ठानी -
जसलाई समयको हुरीले उडायो,
त्यो पनि कहिल्यै नसमेटिनेगरी ।
हो । मैले उसलाई माया गरें,
मायामा म्वाइँ खाएँ,
तर उसले मेरो मायालाई लभ ठानी ।
अनि चुम्वनलाई किस ।
यही त फरक छ माया र लभमा,
अनि म्वाइँ र किसमा ।
किनकि हाम्रो समाजले
सधैं सधैं फरक अर्थ लगाउँछ ।
विचरी !
उसको के दोष छ र -
ऊ पनि त यसै समाजकी हो ।
भनेको सुन्दछे ।
गरेको देख्तछे ।
तर ऊ बुझदिन भावनाको भाषा
किनकि ऊ केटाकेटी छे ।
छिनमै पग्लन्छे
अनि छिनमै जम्दछे ।
पानीजस्तै ।
पानीको आफ्नो के रहर हुन्छ र -
मौसमको प्रभाव न हो ।
जम्नु अनि पग्लनु ।
हिमाल चिसो हुन्न ।
मौसमले हिउँ जमाउँछ ।
अनि हिउँले हिमाल बनाउँछ ।
तर संसार भन्छ,
हो हिमाल चिसो हुन्छ ।
यही त दोष देख्छु म ।
विचरी !
मैले फेरि दोहोर्याएँ ।
उसको के गल्ती छ र -
समाजले जे सिकायो,
अनि मजस्ता मास्टरले जे सिकाए,
त्यसैको प्रभाव त हो उसमा ।
ऊ खुसी भए त्यो उसको क्षमता हो,
अनि ऊ दुःखी भए
त्यो मेरो दोष हो ।
केवल मेरो दोष ।
उसले मेरो घरमा बस्न हुँदैन,
तर उसले मेरो मनमा बस्नु पर्छ,
मात्रै यति हो मेरो चाहना ।
तर चाहनामा सुनामी आएको छ ।
धर्ैय छु म,
धर्ैयले सुनामी रोकिएको
दृश्य पनि त देखाउँछ ।
फरक यति हो, क्षति कति हुन्छ -
आँकलन गर्न सकिने
वा सकदै नसक्ने ।
म भन्थें
हामीले त्यो काम गर्न हुन्छ,
जुन सबैलाई भन्न हुन्छ ।
तर आज मेरो भुत्ते आदर्श
आफ्नै खियाले भाचिएको छ ।
मैले सच्चा हृदयले ,
एउटी नारीलाई स्पर्षगरेको छु
त्यो त केवल मेरालागि अनुभव छ,
यदि यही कुरा अरुले थाहा पाए भने
म के हुन्छु -
के भन्लान् मलाई -
मेरो जन्त जान सधैं आतुर
मेरी सानी बहिनीले
यदि यो कुरा भनी भने,
म ग्लानीले फतफत पाकेको छु ।
साचेजस्तो हुन्न जीवन,
र जीवनजस्तो सोचिन्न पनि ।
इन्द्रेणी त सबैलाई मन नपर्ला
तर मन पर्ने रङ्ग त छ नि इन्द्रेणीमा ।
किन खोज्दैनन् मानिसहरू
आफ्नो खुसी र जीवन सत्य -
मैले त्यो काम गर्न हुन्छ
जुन मेरी आमालाई भन्न हुन्छ ।
यदि मैले गरेको काम
मेरी आमालाई सुनाउनु परे
कसरी सुनाउने मैले -
मैले विद्यार्थीलाई माया गरें,
आमाले सहज हैन हार्दिकरूपमा लिनुहुन्छ ।
मैले केटीलाई माया गरें,
आमा अलिअलि गम्भिर बन्नु हुन्छ ।
आखिर कुरा एउटै हो,
सत्य पनि एउटै हो ।
सत्य सधैं एउटै हुन्छ ।
तर, सत्यलाई बङ्ग्याउने
तरिका र व्यक्ति अनेक हुन्छन् ।
त्यसैले म द्रविभूत छु ।
मैले रामै गरेको छु ।
तर नराम्रो बन्दैछ परिणाम ।
अमृत रोप्छु विष फल्छ ।
हृदय देखाउँछु
शरीर देखिन्छ ।
के यही हो नियति -
के यही हो जीवन -
भएकोमा चित्त बुझाउने,
या चित्त बुझे भयो भन्ने -
म सन्देहको सागरमा छु ।
न त तैरेर जाने ठाउँ छ कतै -
न त डुबेर बाँच्ने आशा -
यदि पढ्न सक्थ्यो कोही भने,
च्यातेर देखाइदिन्थे म,
हनुमानले झैं आफ्नै छाती ।
तर संभव छैन यो ।
म एउटा मानिस झैं मानिस हुँ ।
त्यसैले एउटा सत्य,
कुनै पुराणको कथा हैन म,
अनि कल्पनाको पात्र पनि ।
मन न हो तरल छ ,
पग्लन्छ अनि बग्छ ।
कता बग्छ भन्न सक्तिन,
तर यतिचाहिँ हो,
ओरालो नै बग्छ जहिल्यै ।
फरक यो हो,
प्रयोजन यसको,
डुबाएर मारे पानीको के अर्थ -
घाँटी भिजाएर जीवन बचाए पो,
हुन्छ पानीको सच्चा अर्थ !
त्यसैले म आफूमा पानी खोज्दै छु ।
अनि मेरो भावनाको प्रयोजन पनि,
म कसैलाई बचाउँदै छु
वा कसैलाई मार्दै -
म मरेर पनि बाँच्न सक्छु
वा बाँचेरै मरिरहेको छु ।
छैन मसँग जिन्दगीको कुनै उत्तर ।
पानी पिएँ,
मुखैमा झवाइँय गर्यो ।
सायद शरीर सुकेरहोला ।
कलेटी परेका ओठ
र, तातेको मन बोक्ने
केवल भाँडो भएको छ,
मेरो जीवन यतिखेर ।
कुनै व्यस्त सडकमा,
बस र कारबीचच दर्ुघटना भए
मानिसहरू भन्छन्,
ए, बसले कारलाई ठोकेछ ।
हो आज त्यही भएको छ ।
न्युटनको चालको तेस्रो नियम,
प्रत्येक क्रियामा बराबर
तर विपरीत प्रतिक्रिया हुन्छ भन्ने
असफल भएको छ ।
त्यो घटना हो वा दर्ुघटना -
तर दोष मेरो हो ।
किनकि म बस हुँ,
र ऊ हो कार ।
कसको गल्ती किनारा
अरुलाई के चासो -
ट्राफिक नियमका कुराहरूर्
र्सवसाधरणलाई के थाहा -
त्यसैले जीवनको यो व्यस्त यात्रामा,
फर्ुसदिलो दर्ुघटना भएको छ ।
क्षति त छैन केही
तर पनि दोषी छ कोही,
नितान्त, अवस्य,
आकार र ज्येष्ठताले,
भूल भएको छ मेरो
यही हैन समाजले भन्ने कुरा -
हुन त मैले उसलाई
बोलाएको हँुदै होइन ।
ऊ आफैं आएकी हो ।
मैैले कुनै प्रस्ताव राखेकै छैन
र सन्देशको सुरुवात पनि उसैले गरेकी हो ।
यसमा उसको कुनै दोष छैन ।
पवित्र हृदयले मलाई भगवान ठान्थी,
के अब मेरो त्यो आसन भत्क्यो होला हैन -
ऊ यौवनले रल्लिएर आएकी हैन ।
म पनि धमिला पानीमा
माछा मार्ने दाउले बसेको हैन ।
संयोग संवेगको पनि हैन ।
धर्ैयको बाँध भत्केको पनि हैन ।
तर बुझाइको अनुदारी
वा भावनाको अति उदारी ।
हिजोसम्मको फूल ओइलाएको छ ।
खुला आकाशमा बादल छ ।
पवित्र गंगामा ढल मिसिएको छ ।
छ चारैतिर फोहोर मात्र ।
सौर्न्दर्य सृष्टिमा हैन,
दृष्टिमा हुन्छ ।
हिजोसम्म किन मलाई असल ठानी
र किन आजै त्यो फिर्ता लिई -
के राजनीतिक दलको र्समर्थन हो त्यो -
केवल सत्ता बनाउन र ढलाउन दिइने ।
म को हुँ -
म के हुँ -
अनुत्तरित यी प्रश्नका भीडले थिचिरहेछ मलाई ।
कसले बचाउँछ -
कसले जोगाउँछ -
यिनै प्रश्नका पीडा कोक्याइरहेछन् ।
भावनाको भूत चढिरहेछ,
लेख्न भ्याएकै छैन ।
घरिघरि पश्चाताप हुन्छ,
देब्रेदाहिने दुवै हात उत्तिकै चल्ने भए
एकै पल्ट घोप्ट्याइदिन्थें
र भरिदिन्थे यी पानाहरू ।
परीक्षाको अन्तिम घडी आइसक्यो,
तर ऊ शान्त छैन ।
सायद सबै पुरुष र मास्टरमा
उसले मेरो अनुहार मात्र देख्दी हो,
अनुदार अनि कालो ।
किन बुझदैनन् मानिसहरू
राम्रो फूलमा काँडा हुन्छ भनेर ।
दृष्टिकोण न हो,
एउटै बोटमा पनि
फूल खोजे फुलै पाइन्छ,
अनि काँडा खोजे काँडा नै पाइन्छ ।
त्यो मेरो दोष हैन,
र, क्षमाहीन अपराध पनि ।
तर उसको मनको आगोमा मैले
सकिन पानी छ्याप्न ।ं
सायद उसले रुनु नै पथ्र्यो ।
भनिन्छ आसँुले वेदना पखाल्छ,
रुने पनि अभ्यास चाहिन्छ,
ममा पनि त्यो अभ्यास हुन्थ्यो भने
मैले आज यति विचलित हुनुपर्थेन ।
तर मलाई थाहा छ ,
समयले धेरै कुराविस्मरणमा पारिदिन्छ ।
सम्झना र बिर्सना दुबै आवश्यक छन्,
उसले पनि बिर्सन्छे एक दिन,
र सम्बन्ध उही बन्छ हाम्रो ।
नराम्रा कुराले पनि बिदाइ लिन्छ नै,
कहिले र कसरी -
रिस शान्त त आफैं गर्नुपर्छ ।
बुझेकी छैन उसले
पर्खेकी मात्र छ शुभ समय ।
म कुनै भ्रमरा होइन,
जसले राम्रा फूल देख्तै चुमोस् ।
र कुनै विषालु नाग पनि हैन,
जसको डसाइले जीवन अन्त्य गरोस् ।
तर किन सम्झन्न ऊ -
म जीवनको अन्योलमा छु ।
अन्योलको आँधीमा छु ।
आँधीको भुमरीमा छु ।
अनि भुमरीको पात भएको छु ।
२०६६।१२।१५ <mबष्तियस्६६।१२।१५श्र
नारी अस्मिता
मलाई अलिअलि थाहा छ ।
त्यो अलिअलि नै आखिर
मेरोनिम्ति त शतप्रतिशत हो ।
मैले बोलेको छु,
मैले लेखेको छु ।
लक्ष्मी, काली, सरस्वती,
सीता, भृकुटी र राधा,
सकम्बरी, लोलिता,
मन्थरा, कैकेयी
यी सबै सबै नारी हुन् ।
सम्मान गर्नुपर्छ यिनको
सम्मान चाहने प्रत्येक पुरुषले
सम्मान गर्नुपर्छ नारीको ।
कमजोर पुरुषहरूमात्र
दबाउँछन् नारीलाई
हेप्छन् नारीलाई
र आफू महान भएको उद्घोष
देखाउँछन् दुनियामा ।
विचरी ऊ
न ऊ उर्वशी हो,
अर्जुनको रूपलावण्यले लोभिएकी -
शकुन्तला पनि त होइन
जो चक्रवर्ती राजा दुश्यन्त
देख्ने बित्तिकै भुतुक्क बनोस् ।
ऊ हैन फेरि लोलिता
जो हर्म्बर्टको पासोमा
पलपल परिरहेकी छ ।
के ऊ अब मसँग असुरक्षित छ -
के अब उसले सबै पुरुषलाई
हर्ेर्ने नजर कलुसित छन् -
अहँ, म भन्न सक्तिन ।
सायद परीक्षाको पहिलो दिन,
आफ्नो निधारमा टीका लगाइदिने
ती सबै शिक्षकमा,
उसले मेरो अनुहार भेटी होली
तिनका सुकुमार हातहरूमा
मेरै कठोर हात भेटी होली
अनि तिनका आशिर्वचनमा
मेरै आडम्बर भेटी होली ।
जुन दिन ऊ मसँग रिर्साई
त्यही बिहान बात मारेका थियौं हामीले ।
असल मानिसका आवश्यक दर्शन
मानवीय सुन्दरताको कसी,
उसको अन्तरमनकोर् दष्टि,
प्रत्येक व्यक्तिमा अलग स्वाद,
त्यही स्वाद नै पृथक पहिचान
संसारको ठूलो अनुशासन
तर यी सबैसबै अब उसले आडम्बर ठान्छे होली ।
बिनाकाम अनि बिनाप्रयोजनको ।
हिजो पानीको कञ्चन रूप हेरें
आज प्रदूषित रूप हर्ेर्दैछु ।
पशुपतिमा यतिखेर
वागमतीमा जीवन खोज्दैछु ।
अघि उक्लेको सिंढीमा
म जीवन ओर्लिरहेथें,
घाटका ती सब शबहरू जीवन उक्लिरहेथे ।
मानिसहरू रित्तै जन्मन्छन्
र मर्दारहेछन् रित्तै नै ।
दर्ुइ दिनको चौतारीमा
मित्थ्या लोभ र लालच
वैभव र घमण्ड मित्थ्या ।
वागमती अलिकति मोटी छे
शरीरभरि गन्हाउने फोहोर बोकेर,
के सफलता भनूँ म -
मान्छेको जिन्दगीका
पीडादायी अनुभवबाट
व्यत्तिःत्व र धन आर्जन गर्नेलाई,
जन्मसँगै आखिर
अवसान सुनिश्चित छ ।
पारी करायो एम्बुलेन्स ,
जिउँदो लास लिएर आउँदैछ ।
जीवनबाट बिदा भएका
रोगीहरू घाट नजिक आउँदैछन् ।
चितामा असरल्ल लास छन् ।
पालो पाएको छैन अझ
खराजी उडिरहेको छ,
प्रत्येक सूक्ष्म एकाइमा
जीवन बोकेर ।
दर्ुगन्ध भनूँ भने
जीवन सकेर मुक्ति पायो
सुगन्ध भनूँ भने
बाँच्ने अभिलासा सारा बिलायो ।
सायद ऊ पनि,
युद्ध गथ्र्यो जीवनमा
सारा सुख हात पार्न
अनि रोजेका खुसीहरूले
आफ्नो पोल्टो सजाउन ।
तर, सकियो यतिखेर
विचरा थाहा पाएन उसले ।
बडो खुसी लाग्छ पशुपति
एकातिर जीवन माग्दै मन्दिर आउनेहरू,
अर्कातिर जीवन त्याग्दै घाट धाउनेहरू
कस्तो अनौठो छ प्रकृतिको लीला -
कतै मृग पाठाहरू नाच्छन्
मृगस्थलीको शोभा बनेर
बिन्दास बाँदरहरू
बैभव बिर्सर्ेेवनमा
झोला तान्छन् सबैको ।
केही बाँदर धुरिए मसँग
झोलामा झुत्ती हान्दै
केराका कोसा लगेर
फिर्ता दिए झोला मलाई,
पढ्दैनन् डायरी तिनीहरू
लैजान्नन् किताब फेरि
जीवनमा दुःखी हुनु छैन तिनलाई
कति बुझक्कड छन् ती,
म जस्ता दृश्य पारखी
थुप्रै थुप्रै छन् यहाँ ।
जीवनको रस खोज्दै आएका
नवयौवना जोडी पनि छन् ।
जसको बुझाइमा जीवन
अङ्गालाको प्रेम हो
स्पर्षो आनन्द हो ।
धूपको सुगन्ध महत्त्व छैन
मानिसको क्रन्दन अर्थ छैन ।
आफ्ना सारा काम ढाँटेर
टाँसिन आएका छन् ती यतिखेर,
तीसँग के अर्थ मागौं म -
प्रेम अनि स्नेहको ।
जो भौतिक सुखभन्दा अरु सुख जान्दैनन् ।
तेरो र मेरो नै उनको धर्म हो ।
'हाम्रो' शब्द मान्दैनन् ।
के तिनको प्रेम सागर
सधैं यस्तै स्वच्छ रहला -
तिनको पवित्र गँगा
सधैं त्यतिकै बग्न पाउला -
निउत्तर, निउत्तर छु म ।
यी असंख्य जोडीले
मेरो र मनको जोडीबीच
के पाउँछन् आनन्द -
त्यसैले तिनीहरू मलाई पागल ठान्छन् ।
पागल कति स्वच्छन्द छ ।
अनि कति विचारोत्तेजक -
तिनका मस्तिष्कका अश्वमानमा
विचरा कहिल्यै बास पाउन्न ।
जीवनको सुवास तिनलाई आउन्न
आफ्नो अपनत्वमा मरिमेट्छन् तिनीहरू ।
ऊ पर, अलि पर,
एउटा युवाले एउटी युवतीलाई
झयाप्प अँगालो हाल्यो
आफ्ना हातहरू
उसको शरीरभरि दौडायो,
मुखमा मुख जोडेर
निकैबेर अँगालोमा आनन्द लियो,
के उसलाई थाहा छ प्रेमको अर्थ -
उसले त्यो तल चितामा
खोलाको किनारमा
जलेको शव देखेकै छैन,
एक दिन मर्नु पर्छ भन्ने
उसले बुझेकै छैन
रगत चुहिएला जस्ता
राता गाला बनाएर
उठ्यो ऊ जुरुक्क
आङ तन्कायो
र हेर्यो चारैतिर
सायद उसको पीत अनुभवमा
जीवनको सच्चा अर्थ
अनि प्रेमको वास्तविक गहिर्राई
बल्ल पत्ता लागेको छ ।
आलिङ्गनका तिनीहरूले
एकअर्कामा धेरै कुरा ख्वाए
प्रेमको प्रतीक हुनर्ुपर्छ ।
काखमा बच्च चेपेका
हात, खुट्टा गुमाएका
भोकले सुकेनास लागेका
धेरैथरी बाँदर आएर
वरिपरि घेरे तिनलाई
आशाका आँखा
टुलुटुलु घुमाएर
रित्ता हातहरू
सामुन्नेमा फिंजाएर ।
र, फर्के रित्तै अन्तत ः
कुन प्रेमले फर्के तिनीहरू
कुन प्रेमले -
पात झरेको
हाँगा र्झन थालेको
यो बूढो रुख पनि
कुनै बेला वैंसालु थियो होला ।
फल र छहारी दिंदै
प्रेम प्रदान गथ्र्यो होला ।
उसका काखमा बस्नेले
माया गर्थे होला
तर आज यो पनि
आफ्नो जीवनको अन्त्यमा
अवसानको घडी पर्खिरहेछ ।
वसन्त बिर्सर्ेेशिशिरको सपनीमा
ठिङ्िग्रङ्ग उभिएको छ ।
म छु उसको साथी
र ऊ केवल मेरो ।
म पनि विसङ्गतिले मात्र
आएको छु यहाँ ।
अवसानको अनुभव लिन ।
जिन्दगीका जँघार तर्दै
खोलाको खासखुस
नदीको निरिहता खोज्दै
धुम्धुम्ती एक्लै
पशुपति परिसरमा ।
विचरी बहिनी
आवेगमा आएर
रिसमा रल्लिई ।
नियन्त्रण नभेटेर
गाली गलौजमा गइहोली
भावनाको मदिराले
शङ्काको सोचाइले
छाँगाबाट छोडेपछि
धरातलमा ध्यान गर्दै
पछुतोमा पाकी पनि ।
उसको रिस मरिसकेको छ ।
गलत सोचाइको अन्त्य भएको छ ।
माफीका शब्द पठाइसकी उसले,
मेरो मोवाइलमा पढेको छु ।
तर वचनका ती चोट्ले
चर्याउँदो हो उसलाई ।
हुन त नारी धर्ती हो,
सहन्छे धेरै कुरा ।
शान्त र शीतल नै
उसका कालजयी परिचय हुन् ।
ऊ पनि वागमती नै हो ,
ठ्याक्कै म जस्तै ।
जीवनका जँघारमा
सङ्िलदै र धमिलिदै
आफ्नो अनन्त यात्रालाई
तन्काइरहेकी र बढाइरहेकी ।
बाँच्न नसकेका केही मानिस
बिलाए खरानीमा ।र्
मर्न नसकेका केही मानिस
सल्बलाइरहेछन् चारैतिर,
जीवनको अन्धकारमा ।
उज्यालो खोज्दै तिनीहरू
मानिस मानिसकै भिडमा
हराइरहेछन् यतिखेर ।
आफैंलाई भेट्न नसकेका
आफैंलाई चिन्न नसकेका
विचरा तिनीहरू
निर्रथक खोज गरिरहेछन् खुसीको,
अनि नउम्रेका उन्मादको ।
सायद तिनीहरू आफूलाई
को ठूलो, को सानो -
को कालो, को सेतो -
को गरिब, को धनीको
विभेदकारी रेखाले
वारिपारि बनाउँछन् ।
हामी दर्ुइ दिनका अतिथि
यस लोकका भन्ने कुरा नजानेर
दुःख सागरमा बिलाउँछन् ।
बल्ल भेटें एउटा जिन्दगी,
भ्रम हो या सत्य त्यो पनि,
एउटा बूढो बाँदर
मेरा नजिक आएर
एउटा पोको फुकायो ।
पोकाभित्र भएका केराका बोक्रा
ओल्टाइ पल्टाइ केलायो,
भित्रबाहिर फर्कायो,
चाट्यो पालैपालो
र, टोक्यो टुप्पाहरू
अनि स्निग्ध ती आँखाले
हेर्यो मतिर
र जनायो धन्यवाद ।
के थाहा उसलाई -
मैले नमिठो ठानेर
फालेका ती बोक्रामा
उसले स्वाद पाइरहेछ ।
अनि अरुअरु पाउने आशामा
थेत्तरो बन्दै बन्दै
मेरै नजिक आइरहेछ ।
बोल्दैन ऊ मसँग
या बुझदिन म उसको भाषा -
तर ऊ जे गरिरहेछ,
बिना योजना र बिना लक्ष्य छ ।
त्यसैले जीवनको अर्थ
अलिकति उसैले बुझेको छ ।
हिजोको चिन्ता छैन उसमा
भोलिको पीर पनि छैन ।
प्याट्ट हिर्काउँछ कसैलाई
टोक्छ, चितोर्छ अनि चुम्छ पनि
तर गर्दैन ग्लानी
त्यसैले त आनन्द छ ऊ ।
मनमा बुद्ध होस्,
मन शुद्ध होस्
अनि भेट्टाउँछ उसले मान्छे
आँखा चिम्लेर खोजोस्
आफू बिर्सर्ेेखोजोस्
अनि भेट्टाउँछ उसले जीवन ।
आफू सम्झेर खोजोस्
आसुँ तौलेर खोजोस्
अनि भेट्टाउँछ उसले प्रेम ।
तर मानिसहरू भिडमा पसेर
प्रतिष्पर्धामा उत्रेर
युद्ध जित्ने दाउमा
स्वयं बाजी थापेर जीवनको
खोजीरहेछन् जीत
र, हारिरहेछन् जीवन ।
म मेरो प्रेमलाई
प्रत्येकका प्रेमसँग तौलिरहेछु ।
म मेरो जीवनलाई
अरु जीवनसँग दाँजिरहेछु
सबैभन्दा फरक अनुभूतिले
अघौंजी गाली गर्न मन लाग्छ ।
सायद म गालीलाई प्रेम गर्छर्ुुर प्रेमलाई गाली ।
जीवनको यात्रा अबरुद्ध छ ।
एकान्तमा म टोलाएको छु ।
अपरिचितहरू मलाई हर्ेर्दै र हाँस्तै
मबाट किनारा लागिरहेछन् ।
कोही सामुन्नेमा ठिङ्ग उभिएर
चुपचाप तर्किरहेछन् ।
बोल्दैनन् कोही मसँग
के तिनीहरू लाटा छन् -
या सुन्दिन म तिनलाई
के म आफैं बहिरो छु -
मेरो मनको आगो
शान्त बन्दै छ ।
के मैले यसरी टोलाउन हुन्न -
मैले मेरो खुसीलाई
जे गरें गरें
किन चाहियो अरुलाई -
आखिर म त आफैंमा
भेट्टइिरहेछु अनि मेट्टइिरहेछु ।
२०६६।१२।१६ <mबष्तियस्६६।१२।१६श्र
कोलाहल सुन्दै छु
मान्छे देख्दिन ।
आँखा बन्द छन्
मन खुल्ला छ
केवल त्यो आवाजमात्र होइन
आवाजपछाडि पनि कोही छ ।
तर मुक्त छन् उनीहरू ।
जीवनको खोजीमा
प्रेमको अन्वेषणमा
म बालाजूको उद्यानमा छु ।
फूल फुलिरहेछन् जीवन बोकेर
फूल हासिरहेछन् प्रेम सँगालेर
फूल ओइलिरहेछन् प्रेम त्यागेर
अनि फूल झरिरहेछन् जीवन बिर्सर्ेे
आफ्नै लागि फुल्यो फूल
आफ्नै लागि छर्यो सुवास,
मुक्त थिएन, बन्धनमा थियो
मुक्त भयो फेरि बन्धन त्याग्यो ।
जीवनका फरक अनुभूति
मनका बगैंचामा सजाउन
भोको पेट
तातो घाम
चर्को र्सर्ूय
शून्य स्थान
एकान्त कुनो
खाली खुट्टा
सबै सबै भोगिसकें ।
बाध्यता होइन रहर हो यो
कल्पना होइन सत्य हो यो
तर पनि भेटिन जीवन प्रेमको
न भेटें प्रेम नै जीवनको ।
जीवनको अवसान अनुभूति
अलिकति भुलेर
आएको छु जीवन नै खोज्दै ।
यी बाइस धाराले
जीवनको कुनै इतिहासमा
पानी ओकल्थे रे ।
प्रकृत्रि्रेमीलाई
प्रेम पस्कन्थे रे ।
तर झुट छ सत्य
रित्ता छन् धारा ।
पत्याउनै गाह्रो ।
जति सजिउन् यी
छैन जीवन यिनीहरूमा
र छैन प्रेम पनि ।
वासन्ती वहारमा हल्लिएर
नवआँकुरा र पालुवामा सजिएर
हल्लिरहेछन् केही वृक्ष ।
थाहा छैन अहिले
यिनीहरू जीवन खोजीरहेछन्
वा यिनीहरू जीवन बाँडिरहेछन् -
हाँस्तै हेरें, खुसी देखें
गम्भीर बनें, गम्भीर नै भेटें
रिसाएर हेरें, देखें काला
क्रोध ओकलिरहेका
रिसको जलनमा जलिरहेका
अलिकति जीवन यिनलाई
पैंचो दिनु थियो
थिएन त्यो संभव
किनकि म आफू स्वयं
जीवन हराएर खोजिरहेछु
प्रेम नपाएर प्यासमा
श्रवणकुमार बनिरहेछु ।
शन्तनुको लाग्ला कि वाण
या उम्कन्छु फेरि
कमण्डलुभरि प्रेम उघाएर
त्यति नै जीवन भरेर ।
फकिर छु जीवनको
अनि जीवन छ फकिरको
खरानी छैन शरीरमा
जीवन नै खरानी छ ।
अस्तित्वहीन, परिचयहीन
र त उडिरहेछ चारैतिर
कसैलाई रोमाञ्चित पार्दै
कसैका आँखा बिझाउँदै ।
प्रेमका नाटकमा
धेरै जोडी छन् सामुन्नेमा
तर लाग्छ ती कसैमा
प्रेमचाहिँ छदै छैन ।
प्रेम स्पर्षहैन,
प्रेम सर्ंर्सग हैन
हैन अनि प्रेम
शारीरिक समीकरण पनि ।
शून्य छौं हामी
अनि हुन्छौं शून्य नै
के खोजौं शून्यको आकार -
के खोजौं मानिसको जीवन -
स्वास फर्ेर्दैमा जीवन हुन्छ -
म आफैं सजीव हैन,
त्यसो भए कहाँ खोजौं म
जीवनको परिभाषा -
कहाँ खोजौं म
नक्कली प्रेमको सक्कली अर्थ -
माथि आकासमा
चिल घुमिरहेछ ।
खोज्दैछ त्यसले जीवन कि,
या खोजिरहेछ चल्ला -
बुझदिन म घुमाइको भाषा,
बुझदिन म उसको कुनै कर्म ।
ऊ पनि मजस्तै आएको हो,
या मचाहिँ ऊजस्तै ।
वसन्ती वासनाले उसलाई
लोभ्याउँदैन पक्कै कहिल्यै,
प्रेमको अर्थ बुझदैन ऊ
यो ऊप्रतिको अन्याय हुन्छ ।
किनकि ऊ पनि चाहन्छ उन्मुक्त प्रेम ।
अनि चाहन्छ सुन्दर जीवन ।
तर, जिन्दगीको बक्र रेखामा,
घुम्यो होला रिंगटाले,
विसङ्गतिका घुम्तीमा
घुम्यो होला फनफनी,
अनि भयो फकिर र
आयो यहाँ मसँग ,
प्रेम र जीवन खोज्न ।
अनि घुम्दै होला ऊ रिङ्गएिर,
बादलमुनि तर बादल जस्तै ।
शिर उठाएँ र पर हेरें,
जोडी, जोडी धेरै जोडी
अझ परै देखें
एउटा रुखको फेदमा
घामबाट लुकेर बसेकी
शीतल छायाँमा छलिएकी,
फगत एक्ली,
भनौं बिजोडी ऊ,
को होला त्यो -
लाग्थ्यो यो एकान्तमा,
एक्लो आउने प्राणी,
केवल म एक्लो हूँ ।
निकै दिनको साधनामा
प्रत्येक पलको तनावमा
मलाई पागल भन्नेहरू
धेरै धेरै भेटिए
र आज भेट्दैछु
ठीक विपरीत
मैले पागल भन्नु पर्ने ऊ एक्ली ।
सायद ऊ पनि म जस्तै होली,
जीवनमा कतै हार जितेर
अनि जीत हारेर
एकान्त यो ठाउँमा
मन बुझाउन आएकी ।
ढाँटी होली उसले पनि
आफ्ना सारा परिवारलाई ।
त्यो छेउको फूलजस्तै,
जो हल्लिइ हल्लिइ हिंड्न खोज्छ,व
तर सक्दैन हिंड्न ।
अनि र्छछ कृत्रिमता,
आफ्ना थुङ्गा, पात र हाँगामा
नक्कली खुसीको ।
जलनमा जलेर,
एक्लैमा हराएर,
प्रकृतिमा बिलाउन आएकी ।
चाहदी हो ऊ पनि आवेगको अवसान,
म जस्तै , मेरो जस्तै ।
तर हो ऊ को -
भट्ट हर्ेदा चिने झैं,
टाढा छे ऊ, अलि टाढा,
म झुक्किएको पनि त हुन सक्छु ।
यस्ता जाबा मान्छेहरू
कति हुन्छन् कति यस संसारमा -
कि त्यो कुनै फकिर हुनसक्छे ,
जो चोभारकी वागमती झैं
मञ्जुश्रीको मनोरमता छाड्दै
गन्हाउने गल्छीबाट
विकृत विसङ्गति बोकेर
भाग्न चाहन्छे आफंैबाट टाढा,
सुटुक्क धेरै टाढा ।
कि त्यसले पनि कुनै दिन,
स्नेहले स्पर्षगरी कसैलाई,
भावना बुझेन कसैले
क्रोध खन्यायो गालीमा
र, ग्लानीको भुँमरीमा घुम्दै घुम्दै
आइपुगी यो शून्यमा ।
कतै वेदना एउटै
पीडा अनि रोग एउटै
छातीभरि बोकेर घाउ
प्रकृतिको यो सुन्दर अस्पतालमा,
निचोर्न आएकी त हैन -
प्रतीक्षामा छे ऊ,
तर कसको -
वरिपरि कोही छैन,
कि मैले नदेखेकेको जीवनको -
कि मैले नभोगेको प्रेमको -
हैन, हैन,
यो खुला उद्यानमा
स्वतन्त्र छन् सबै,
पूरा गर्छन् आफ्ना रहरहरू ।
हो ऊ पनि प्रतीक्षामा होली,
तर आफ्नो स्थायी प्रेमीको हैन ।
सायद ऊसँग यहाँ,
घण्टैपिच्छे प्रेमी फेरिदा हुन् ।
ऊ व्यापारको निम्ति,
यहाँ आएकी हो ।
थुक्क घृणित आइमाई,
नारी कलङ्क,
के उसको त्यो वैंस सधैं रहन्छ -
ओइलाउनु पर्दैन उसले,
झरेको पात झैं -
सीपबिना, बुद्धिबिना
गरीखान खोज्छे ऊ,
जाबो शरीर बेचेकै भरमा ।
निकै बेर भयो,
कोही आएन उसको छेउमा
के ऊ राम्री छैन -
कि उसको रूप, रूप हैन -
भ्रमरा त बस्छन् फूलमा
रोज्दैनन् यो र त्यो ।
भन्दैनन् गुलाव अनि चमेली ।
कि त्यो फूलको रोगन दलेकी
कुने प्लाष्टिकको फूल हो -
कतै लैङ्गकिरूपमा नारी भएकी,
मात्र विरूप आइमाई त होइन -
प्रकृतिका सबै चीज राम्रा छन्,
स्वतन्त्र अवलोकन गर्ने हो भने,
जब एकअर्कामा दाँज्छ कसैले
एउटा राम्रो अनि अर्को नराम्रो
बन्छ स्वभाबैले ।
त्यसो भए त्यो पनि त राम्री छे ।
तर म जस्ती पक्कै छैन,
किनकि म पनि त ऊ जस्तो छैन ।
कति पृथक छन् सिर्जनाहरू
मिल्दैन एउटा अर्कोमा
तर मिल्छ फेरि ।
सबै मानिस एउटै हुन्
र कोही पनि उस्तै छैनन् ।
जीवन चपाएर, जीवन पचाएर,
जीवन खोज्नेहरू
कहाँ भेटिन्छ जीवन सामुन्नेमा -
जीवन पढेर जानिन्न ।
जीवन हातका औंलाले छामिन्न ।
जीवन त अनुभव हो ।
कविता जस्तै हुन्छ जीवन,
नया, नया र नया अनुभूति ।
सायद जीवन गणित भएको भए,
भेटिन्थ्यो होला उहिल्यै
र निस्कन्थ्यो होला एउटै उत्तर ।
जीवन ठोस भएको भए,
भन्थ्यो विज्ञानले त्यसको आकार
र, भन्थ्यो प्रयोजन पनि ।
तर जिन्दगी तरल छ,
बग्छ ओरालामा,
जता बगे पनि ओरालो नै त हो,
त्यसैले हार्छ पलपलमा ।
मानिस जीवनमा जीत भेट्छन् रे,
तर म किन त्यही हार भेट्छु -
के जित्नु हार हैन र -
के हार आफैंमा एउटा जीत हैन र -
नजित्दा कति मीठो थियो,
जितेपछि सारा सकियो ।
फेरि कल्पनाको अर्को क्षितिज उघ्रियो,
पुग्नु पर्छ त्यहाँ ।
पुग्नलाई फेरि तनाव,
यो सानो मनमा
बम भरेझैं तनाव भरेर,
हिंड्छन् मान्छेहरू,
जीवनको यात्रामा तातो बाटो,
र, पड्कन्छन् कति कति -
तिनै मन त साना हुन्छन्
जसको मनमा आफ्नो मात्र हुन्छ ।
मानिसहरू भन्दा हुन्,
ब्रम्हाण्ड ठूलो छ ।
तर ब्रम्हाण्ड एक कुनामा
जगतको जीवन र
जीवनको प्रेम अर्का कुनामा बोकेर
हिंड्ने म जस्ता फकिरलाई
भावनामा विशाल भएकैले
आकारमा नदेखिए पनि
मनभन्दा ठूलो
अर्को के हुन्छ संसारमा -
तर विचरी !
त्यसले बुझिन जीवनको प्रेम ।
र, धेरै युवालाई
पस्कदै बाँड्दै
हिंडेकी छ जीवनको रस
के म पनि त्यसको छेउमा जाऊँ -
एक तमास भयो मन ।
के हुन्छ - म पनि त एक आम मानिस हुँ ।
तर म त्यस्ता मोहबाट टाढा छु ।
र हुनु पनि पर्छ ।
शरीरको भाषा बोल्न हुन्न,
हृदयको सत्ता चले
मनलाई चालक बनाउनु पर्छ ।
सम्हालें आफैंलाई ।
त्यो जस्तै बालसाथीमा
रहेको प्रेमले डोर्यायो यहाँ ।
यदि त्यसले पनि
जीवनको चीसो अर्थ लगाई भने,
शङ्कै शङ्काको पहाड बन्यो मनमा ।
कल्पिदै गएँ, घुणाको वषर्ा
थेग्न सकेन धर्ैयको बाँधले ।
घाम भाग्दै गयो,
साँझ ओर र्सर्दै आयो ।
एकटकले हेरिरहें
नझिम्क्याई आँखा
ऊ खुल्दै गई अझ,
अँध्यारो जति पोखियो
ऊ उति उज्यालो बनी
छोएन अँध्यारोले उसलाई
ऊ झन् खुल्दै खुल्दै गई ।
किञ्चित मेरो आभाष
या हो त्यो सत्य -
कि हो त्यो सत्नारी !
धत् मैले नारीमाथि
कुविचार सोचेंछु ।
छाल उर्लियो मनमा,
घरि तल घरि माथि ।
विचरी त्यो त नारी पो हो
मेरी आमा जस्तै ।
कसरी बोलें मैले
आमाको अस्मितामा धावा -
कसरी सोचें मैले
आमाको शून्य सोचाइमा पाम -
कसले सक्छ नकार्न,
आफ्नी स्नेही आमालाई -
बाबु त केवल विश्वास हो,
फगत आमाले चिनाएकी
तर आमा नै एक शाश्वत सत्य हुन् ।
हो उसलाई पनि आमा देखें ।
संसार सहने धर्ती ।
सिर्जनाकी मुहान
अनि क्षमा, माया र करुणाकी दाता ।
के खोज्दी हो -
साँझ निकै छिप्पियो,
मात्र ऊ देखिन्थी,
उज्ज्वल देदीप्यमान,
झर्झर्र् निख्खर
मानिसहरू बाटा लाग्दैछन्,
चराहरू उड्न छोडिसके
तर ऊ उठि्दन
न म आफैं उठ्न सकें
म उसलाई देखिरहेछु
र म फेरि ऊबाट छलिइरहेछु ।
ऊ नून थिई,
उपस्थितिमा छुट्टै महत्त्व नभएकी
तर अनुपस्थितिमा
सबै सधैं खल्लो र स्वादहीन ।
आज जीवनको स्वाद त्यस्तै छ ।
फेरि नूनको अड्कल त मैले गर्नु पथ्र्यो ।
अड्कल गर्न नजानेर
नूनसँगै रिसाउँछ भने
भान्छेकै दोष हुन्छ न कि नूनको ।
ऊ रिक्ततामा छे,
भावनामा डुब्दै छे
वा बनीसकी राँको वेदनाको ।
त्यसले मलाई छोए,
कि आसुँले बगाउँछे
कि आगोले जलाउँछे
कतै त्यो ऊ नै त होइन -
हिजो सपनामा आइथी,
मैले सिरानी उल्टो पारेथें
रातभर ननिदाइकन चिसो पानी पिएथें
बूढापाका सत्य हुन् भने
उसले पनि उसको सपनामा
भेटी होला मलाई ।
मैले शीतल महसुस गरें
सायद उष्ण ठानी होली उसले ।
मसँग रिसाउँदै थिई,
अनि रुँदै पनि
तर के गर्न सक्थें म -
फेरि त्यो सपना त थियो
तैपनि सपनामै ऊ
मसँग जीवन चाहन्थी ।
मैले खोजें र छामे चारैतिर
थिएन मसँग नै जीवन ।
के दिऊँ म उसलाई -
आफैं जीवनबिहीन गरिब ।
दोस्रो चरण उसले प्रेम मागी,
प्रेमको प्यासले दौडेको म,
त्यो पनि सकिन दिन ।
तेस्रो पटक
विवाह गरेर आजीवन साथ मागी,
संभव थिएन त्यो,
किनकि ऊ मेरी शरीरकी हैन,
मनकी बालरानी थिई ।
अन्तत थप्पड हानी
जोडले गालामा र बोली,
नसताउनू अब,
बिउँझे म झल्यास्स,
ओठ सुकेथे,
बोली रोकिएथ्यो,
ननिदाइ ननिदाइ उज्यालो भएथ्यो ।
दुब्ली थिई ऊ,
मैली थिई ऊ
कसको श्रापले हो -
मेरा अश्रुसिंचित आँखामा
झुत्रे थिई ऊ,
कतै त्यो ऊ नै त होइन --
मैले छेउमा जानर्ुपर्छ ।
ऊसँग बोल्नर्ुपर्छ ।
त्यो जो भए पनि
एकान्तमा एक्लै
मेरै प्रतीक्षामा छे ऊ ।
मनको घाउ शान्त पार्ने
वैद्यको पर्खाइमा छे ऊ ।
हामी उस्तै रोगी,
दिलका रोगी,
सन्नाटाका शैयामा
जुधाउँदा आँखा
कतै विसेक हुन्छ कि मनको घाउ -
संचित गरें अलिकति साहस
र, उठें त्यहाँबाट ।
समीपमा पुगें र हेरें उसैलाई,
गाह्रो थियो चिन्न ।
घुँडामा मुन्टो राखेर,
उधों फर्किरहेकी थिई ऊ ।
घरबाट निकालिए झैं
आफ्नाबाट त्यागिए झैं
घुँक्क घुँक्क गर्थी,
हात छिराएर पुछी आसुँ ।
के रोकिन्थे बरा
हृदयको गँगा फुटेपछि ।
छोऊँ ऊ नारी हो,
नछोऊँ, सुन्छे वा सुन्दिन -
त्यतिञ्जेलको आँट बटुलेर बोलें
'सुन्नुहोस् त'
सुनिन उसले ।
दोहोर्याएँ फेरि
मुन्टो उर्ठाई भारी बनाएर,
विचरी उही थिई,
जो मेरो पीडामा जलेर
घुम्दै तयहाँ आएकी,
हिजोकी चन्द्रमा
जो खग्रास थिई ।
हिजोकी निर्मल जल
जो वागमती बनेकी थिई ।
जुरुक्क उठी, केही नभनी
रोइरही निकै बेर
समाई मेरा दुबै हात
र बोली एकोहोरो ।
'दाजु सम्झन्थें,
बाबु सम्झन्थें,
र, सम्झन्थें असल अभिभावक पनि ।
मन रित्याएर कुरा गर्थें,
दिल फुकाएर हाँसो र्छर्थें,
र, झयाम्मिन्थें सधैं सधैं ।'
विचरी घरिघरि
गला अबरुद्ध हुन्थ्यो उसको ।
चुहिन्थे आसँु चिउडाबाट ।
कत्लै कत्ला अनुहारमा
देखिन्थी मात्र ऊ अँध्यारामा
सुनेको थिएँ
पूणिर्माको जूनले,
र्सर्ूयको प्रकाश लिन्छ
तर आज औंशीकै जूनले पनि
लिइरहेथ्यो र्सर्ूयको प्रकाश ।
तर खुसी थिएन आफैंमा ।
र, थपी अझ
कति घृणित छन् पुरुषहरू -
जो समाजमा बन्धन छिनालेर
दौडन्छन् साँढे झैं ।
परस्त्रीको पीडामा
रम्छन् र सम्झन्छन् पौरख आफैं ।
घृणा लाग्छ मलाई
प्रत्येक पुरुषसँग ।
घरमा पनि पुरुष छन्
बुबा, काका, दाजु, भाइ
अनि डर लाग्छ उनीहरूसँग
कतै यिनका पीडाले
म जस्तै बनेर
संसारको छातीमा
जल्दै छ कि कोही -
जे भन्नु हुन्थ्यो
उही मानें ।
देउता भगवान र आदर्श
सबै सबै ठानें ।
हाम्रो अघिल्लो भेटमा
गालामा लागेको झड्काले
जलेको शरीर बोकेर
घस्रदै छु यतिञ्जेल ।
एकान्तमा बसेर गाली गरें,
मनका अन्धकारमा
डढाएँ आफैंलाई,
लाग्यो झापालीहरू घृणित छन् ।
लाग्यो पुरुषहरू दुराचारी छन् ।
शङ्का लाग्यो
सबै सबै पुरुषहरूबाट
असुरक्षित छौं हामी
पलपल असुरक्षित ।
नारी अस्मिताको
त्यो ढोङ् फुक्ने तपाईं
म र म जस्ता कयौंको
आदर्श शिक्षक तपाईं ।
लाग्यो यो जीवन त्यागू कि आफ्नो,
या गएर अस्तित्व मेटिदिऊँ तपाईंको -
कम्तिमा पनि
स्मृतिका प्रत्येक पानाबाट
बिर्सर्ूूधैं सधैं ,
तपाईंले पढाएका
ती आदर्शका ठेलीहरू ।
तपाईंले सिकाएका
ती अनुशासनका पङ्ितहरू ।
जो आज धुलीसात भएका छन् ।
आफैं नशा बनेर
मलाई लठ्याइरहेछन् ।
र दौडाइरहेछन् चारैतिर ।
भन्नुहोस् सर !
तपाईंले आज सत्य भन्नर्ुपर्छ ।
म अभागिनी
आफ्नैबाट ठगिएकी
र मानिस चिन्न नसकेकीलाई
तपाईं झुट्टा हो या
तपाईंको आदर्श -
तपाईं शिक्षक हो या
आम सामान्य मानिस -
के शिक्षकको पनि
आफ्नो जीवन व्यक्तिगत हुन्छ -
के शिक्षक समाजको भगवान हैन -
शिक्षकले आफू बलेर
अरुलाई उज्यालो दिने हैन -
कि शिक्षकले अरुलाई जलाएर
आफू उज्यालोमा रमाउने हो -
तपाईंले त मलाई जलाउनु भयो ।
सायद तपाईंमा रमाइलो होला -
जीवनको अनुपम उज्यालो होला -
हैन त -
म जस्ता अबोधले
तपाईंलाई हेरेर सिक्ने कि
तपाईंलाई सुनेर सिक्ने -
म भावविभोर थिएँ
ओठमा कम्पन थियो ।
अनि आँखामा विस्मात ।
बोल्न धेरै मन थियो,
तर आवस्यक थिएन ।
मेरो प्रत्येक शब्दलाई
जसले औषधी ठान्थ्यो
आज औषधी नै दिए पनि
विष मान्ने रूपमा छ ऊ ।
त्यसैले, बोलोस् अझै
कराओस् अझै
गाली पनि गरोस्
अनि बर्बराओस्
सक्छे भने हात उठाएर
एक थप्पड हानोस् मलाई ।
म मौन छु
मेरो मौनता पढ्नु पर्छ उसले ।
ऊ अब विद्यार्थी मात्र छैन,
ऊ समाजकी केटाकेटी मात्र हैन,
उसले आमा बन्नु पर्छ कसैको ,
र सिकाउनु पर्छ धेरै कुरा,
ती बालकको पाठशाला
उसकै घर हुनेछ ।
र पढाउनु पर्छ मेरो जस्तै उसले ।
ऊमाथि उठ्ने ती कलिला हातलाई
च्याप्प समाएर रमाएर म्वाइँ खाँदा
बुझने छ उसले म्वाइँको सच्चा अर्थ ।
त्यसैले सम्झें ।
यसका गाली पचाउनु पर्छ मैले,
यसको थप्पड समाएर
चुम्नर्ुपर्छ मैले
यो केटाकेटी हो, बालिका मेरा निम्ति ।
फेरि थपी उसले
हुन त मलाई
बोलाएको हैन तपाईंले
सन्देशको ढोका पनि
खोलेको हैन तपाईंले
परिचय लुकाएर मैले परीक्षा लिँदा
हार्नु भएन कहिल्यै ।
आफू युवती भनेर लेख्दा पनि
लोभिनु भएन कहिल्यै
सबै दोष मेरा थिए ।
म नियतिले ठगिएकी अभागिनी
समय र समाजकी
कलुषित शिष्य
तपाईंले जे सोचे पनि
सम्हालिनु पथ्र्यो म आफू ।
तपाईंले तुच्छ ठाने पनि,
भगवान ठान्नु पथ्र्यो मैले ।
पुरुष भएकाले होइन,
मात्र मानव भएकाले ।
तपाईंमाथिको आदरको पहाड
ध्वस्त गरें एकैक्षणमा
मौरीले रस लिएको थियो,
फूल नमारी
मह या मीठो माया बनाउन ।
तर, झोकिएँ म
र दुखाएँ चित्त तपाईंको ।
त्यसैले त्यही पश्चातापमा
अमिलो मन लिएर आइपुगें यहाँ ।
थाहा थिएन मलाई
कोको छन् यहाँ
म त आँखा चिम्लेकी र
स्वरापमा पिल्सिएकी थिएँ ।
अझ नजिक भई
र, टासिई छेउमा ।
सोचें यो मायाकी भोकी छे
उस्तै, म जस्तै ।
प्रेम र जीवनको अर्थ बुझिछे ।
पश्चातापभन्दा ठूलो सजाय
नगरोस् कसैले कसैलाई ।
आफूले बुझनु र भुल नदोहोर्याउनु
मानिसको महानता हो
र हो बुद्धिमता पनि ।
यस्तै हो
जीवनको बक्र रेखामा
हिंड्छन् सबै मान्छेहरू
एकैनास होला यात्रा
अनि गति उस्तै
तर, फरक छ गन्तव्य ।
मैले यतिखेर
कुनै उत्तर दिएर हुन्न
किनकि अभिशाप छ मेरा निम्ति
आजको यो कालो मिति ।
बनावटी ठान्छे उसले
नाटक सम्झन्छे उसले
अब मेरो सच्चा प्रेममा
जल्दिन ऊ कहिल्यै
मेरो स्नेही चुम्बनमा
पिल्सिन्न ऊ अब ।
मैले भ्याउन्न अब
मनको भाँडो खन्याएर उसमा ।
बुझदिन फेरि उसले
हतासको भाषा ।
लिएँ अँगालोमा उसलाई,
काँप्तै थिई,
डराए जस्तो, हराए जस्तो
पुछिदिएँ आसँु
र लगाएँ पुछ्न उसैलाई
किनकि जसका हुन् आसँु
उसले स्वयं नपुछेसम्म
रोकिन्न मूल कहिल्यै ।
स्नेहले डामिदिएँ फेरि
हाँसोको खुला मैदान
सूर्योदय भन्दा
उज्यालो हाँसोदय हुने
उही दर्ुइ गालामा, पहिले जस्तै ।
र उसले पनि त्यसै त्यसै
त्यति नै थियो हाम्रो
प्रेमको पराकाष्ठा ।
हामी प्रेमी थियौं
तर दम्पती थिएनौं ।
हामी माया बाँड्थ्यौं ।
'माफ गर्नुहोला, मैले धेरै पाप सोचें ।'
थोरै आवाज आयो फेरि उसको ।
प्रत्युत्तर मात्र थियो मेरो
'समयले आफैं सेलाउँछ
समयले बनाएका आफ्ना घाउहरू
नसेलाए दोष मेरैै थियो ।
तिमीले बुझदिनौ मेरो भाषा
म कहाँ थिएँ -
र गर्दै थिएँ के -
बुझनेछौ तिमीले यो डायरीमा ।
डायरी उसको हातमा राखिदिएँ
र निस्क्यौं हामी बाहिर,
रात त जुनेली रहेछ ।
उकालो चढ्ने प्रयास गरें
कहिले उकालो आफैं ओरालो बन्यो ।
ओरालो झरें कि महसुस गरें
फेरि ओरालो आफैं उकालो बन्यो ।
ओरालो र उकालो दुबैको
सीमाना हुँदोरहेछ
सुख र दुःखको जस्तै ।
कति विचित्र यो
जिन्दगीको पहाड
अनि त्यसको अनौंठो यात्रा ।
हुन त यो संसारको
आफ्नै चित्र छ,
छैन कतै पनि विचित्र
तर, मेरो अज्ञानताले
विचित्र बनीरहेछ संसार आज ।
No comments:
Post a Comment